Saturday, January 1, 2022

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले विरोध जारी राख्ने

१८ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

त्यसअघि प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने छ ।

एमालेले विरोधलाई जारी राख्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा विरोध जनाउँदै आएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोधलाई निरन्तरता दिने बताए ।

यसअघि पुस ७ गतेको प्रतिनिधि सभा बैठकले एमालेको विरोधका बीच चार वटा अध्यादेश स्वीकृत गरेको थियो । सो दिन नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको थियो ।

आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले हिउँदे अधिवेशनको पहिलो बैठकदेखि पनि विरोध जारी राखेको छ ।



from Online Khabar https://ift.tt/3EPgySG

50 मेगापिक्सल, 6GB RAM के साथ लॉन्च हुआ Vivo का नया बजट स्मार्टफोन, ज़्यादा नहीं है कीमत

नया वीवो Y21T (Vivo Y21T) वॉटर ड्रॉप-स्टाइल डिस्प्ले नॉच औक ट्रिपल कैमरा सेटअप के साथ आता है. इस फोन में क्वालकॉम स्नैपड्रैगन 680 SoC मिलता है, और ये फोन 18W फास्ट चार्जिंग के साथ आता है. वीवो Y21T दो कलर वेरिएंट और सिंगल स्टोरेज में आता है. फोन की कीमत बजट रेंज में रखी गई है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/32RYOZR

लहडमा सभाहल : कतै प्रयोगविहीन, कतै भत्काइँदै

१८ पुस, काठमाडौं । पछिल्लो महिनामा तीन वटा राजनीतिक दलका महाधवेशन काठमाडौं उपत्यकामै भए । नेपाली कांग्रेस र राप्रपाले भृकुटीमण्डपमा उद्घाटन समारोह गरेर राष्ट्रियसभा गृहमा अरु कार्यक्रम गर्‍यो भने नेकपा (माओवादी केन्द्र)को महाधिवेशन प्रज्ञा भवन, कमलादीमा चलिरहेको छ ।

१६०० भन्दा बढी महाधिवेशन प्रतिनिधि बोलाएको माओवादीले १५०० क्षमताको प्रज्ञा भवनमा महाधिवेशन उद्घाटन गर्दा आधाभन्दा बढी मानिस बाहिरै बस्नु परेको थियो । तीन हजार सिट क्षमताको गोदावरीस्थित सम्मेलन केन्द्र अर्थात् गोदावरी सनराजमा भने माकुराले जालो लगाउन थालेको छ । असोज १५-१७ मा नेकपा एमालेले विधान सम्मेलन गरे यता त्यहाँ कुनै कार्यक्रम भएको छैन । राप्रपा, कांग्रेस र माओवादी केन्द्रले गोदावरी सनराजमा महाधिवेशन गर्ने सोच नबनाएको पनि होइन ।

राप्रपाले सुरुमा गोदावरी सनराजमा महाधिवेशन गर्ने भनेर छलफल गरेको थियो, तर अन्तिम समयमा बुकिङ गरेन । कांग्रेसले पनि सभाहल हेर्‍यो, तर त्यहाँ कार्यक्रम गर्न नसकिने भन्दै फर्कियो । माओवादी केन्द्रले त १२ दिनका लागि गरिसकेको बुकिङ रद्द नै गर्‍यो । सबैले समान कारण देखाए-अपायक स्थान, अपर्याप्त पार्किङ क्षेत्र, होटलहरूको कमजोर उपलब्धता ।

राजधानीमा ठूला सभा सम्मेलन गर्ने स्थानको अभाव भएको भन्दै ८१ करोड बढी खर्चिएर यो सम्मेलन केन्द्र बनाइएको थियो । ३१ वैशाख २०७८ मा निर्माण सक्दानसक्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार उद्घाटन पनि गरेका थिए । तर यो सभाहल प्रयोगविहीनजस्तै छ ।

सरकारले शुरूमा १४६ रोपनीमा बनाउने निर्णय गरिएको भएपनि सभाहल ४६ रोपनीमा मात्र बनेको छ । सभाहल सञ्चालनको जिम्मा पाएको ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ (आईसीसी) को विकास समितिका कार्यकारी निर्देशक विद्रोह दाहालका अनुसार जग्गा घटेपछि पर्याप्त पार्किङ स्पेस छैन ।

‘सरकारले सभाहललाई दिने भनेको जग्गामा सुकुमबासी छन्, त्यसैले ठूला कार्यक्रम गर्न पर्याप्त पार्किङ स्पेस पुग्दैन’ उनी भन्छन्, ‘यसलाई व्यावसायिक रूपमा सञ्चालन योग्य बनाउन जसरी पनि पार्किङको पर्याप्त व्यवस्था त गर्नैपर्छ ।’ सुकुम्बासी बस्ती हटाउन पनि सजिलो छैन । ‘सुकुमबासी बस्ती भोट बैंक भएकाले त्यो आँट कसैले गर्लान् जस्तो लागेको छैन’ शहरी विकास तथा भवन निर्माण विभागका एक अधिकारी भन्छन् ।

यस्तै आवासीय कार्यक्रम गर्न नजिकै पर्याप्त होटल रुमहरू नहुनु अर्को समस्या बनेको छ । सम्मेलन केन्द्रसम्म पुग्ने सडकको अवस्था राम्रो नभएकाले आउजाउ गर्न पनि सहज छैन । ‘काठमाडौं उपत्यकाको एउटा कुनामा भएकाले त्यहाँसम्म सभा सम्मेलन गर्न आउनै आयोजकहरू चाहँदैनन्’ तीन अधिकारी भन्छन्, ‘एमालेले विधान महाधिवेशन गरेपछि सभाहल शून्यजस्तै छ ।’

उनका अनुसार वर्षभरिमा सीमित प्रयोग गरेर सभाहल सञ्चालन र व्यवस्थापनको ठूलो खर्च उठाउनै कठिन हुन्छ । साथै सिंदरबारभित्र संसद भवन बनिरहेकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिट्टै खाली हुँदैछ भने भुक्तपुरमा पाँच हजार मानिस अट्ने अर्को सम्मेलन केन्द्र निर्माणको तयारी हुँदैछ ।

जताततै सभाहल

पछिल्ला समयमा सभा हल निर्माणको हलर चलेको छ । तर आवश्यकता, प्रयोगको सम्भाव्यता केही पनि ख्याल नगरी सभाहरू बन्दा गोदावरीकै हालत हुने खतरा छ ।

त्यसको उदाहरण हो, दमक नगरपालिकामा निर्माण भइरहेको १८०० सिट क्षमताको सभाहल । ३२ करोड ९ लाख ८७ हजारमा ठेक्का लागेकोमा १७ कट्टा जग्गामध्ये सभाहलले ७ हजार २०० वर्गमिटर ओगट्छ । ‘स्थलगत निरीक्षण गर्दा गाडी पार्किङको लागि जग्गाको अभावले पार्किङ्ग स्थलको व्यवस्था नै नरहेको तथा सभाहलको लागत तथा प्रतिफलको विश्लेषण गरेको देखिएन । सम्भाव्य देखिएको स्थानमा मात्र संरचना निर्माण गर्नुपर्छ,’ महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक  प्रतिवेदनले भनेको छ ।

अहिले देशभर ४० भन्दाबढी सभाहल निर्माणाधिन छन् । आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन, २०७६ को दफा ६ मा प्रतिइकाइ लागत, सम्पन्न गर्न लाग्ने समय र प्राप्त हुने प्रतिफल खुलाइ आयोजनाको प्राथमिकीकरण गर्नुपर्ने उल्लेख छ । तर, संघ, प्रदेश र स्थानीय सरकार जताततै सभाहलहरू बनाइरहेका छ । गत आर्थिक वर्षसम्म करीब ८ अर्ब ७१ करोड ४७ लाख रहेका २८ वटा सभाहल निर्माणको कार्य शुरु भइसकेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सुनसरीको लौकही, उदयपुरको त्रियुगा, नुवाकोटको विदुर, चितवनको रत्ननगर, स्याङ्जाको आँधीखोला, गल्याङ, चापाकोट, रुपन्देहीको बुटवल (२ वटा), दाङको घोराही, सुर्खेत (२ वटा), डोटी, रौतहटको मौलापुर, रसुवाको धुन्चे, नेपालगञ्ज, गोरखा, तनहुँको दमौली, बैतडीलगायतका स्थानमा संघीय सरकारकै बजेटमा सभाहलरु बनिरहेका छन् । त्यसमध्ये २० भन्दा बढी त बन्दाबन्दै समयमै काम नभएर रुग्ण आयोजना बनिसकेका छन् ।

संघीय भवन कार्यालयहरूले पनि सभाहल निर्माणलाई प्राथमिकतामा राखेको प्रतिवेदनको निचोड छ । विशेष भवन निर्माण आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पाँच हजार सिट क्षमताको सभाहल निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्न परामर्शदाता नियुक्त गरेर डिजाइन गरिरहेको छ । सहरी विकास विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार १९० रोपनीमा बन्ने सभाहलको डिजाइनको काम चलिरहेको छ ।

बजेट वक्तव्य २०७६/७७ मा सार्वजनिक निजी साझेदारीमा पाँच हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने उल्लेख भएकोमा उपत्यकामा ललितपुरको गोदावरीमा सभाहल निर्माण भएको परिप्रेक्ष्यमा प्रतिफलको विश्लेषण गरेरमात्र उक्त सभाहल निर्माणमा लगानी गर्नुपर्ने महालेखाको ठहर छ ।

लुम्बिनीमा ८ हजार मानिस अटाउन सक्ने सभाहल बनिरहेको छ । यो सभाहल अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दा बाहेक प्रयोगमा आउने सम्भावना कम छ ।

ठूला सभाहल ‘भुत बंगला’ बनेको उदाहरण बागमती प्रदेशको राजधानी हेटौंडामै छ । २०६२ अघि ‘ज्ञानेन्द्र सभागृह’का नाममा हेटौंडाको हुप्रचौरमा निर्माण थालिएको सभागृह अहिले भत्काइँदैछ । गणतन्त्र आएपछि ‘शहीद बासुदेव सभागृह’ नामाकरण गरिएको यो सभाहल करीब तीन करोड लागतमा बनेको हो । हेटौंडा उपमहानगरपालिकाले गरेको अध्ययनमा थप २ करोड खर्चिंदा प्रयोगयोग्य बनाउन सकिने देखियो । तर अझै सभाहल प्रयोग हुने अवस्था नरहेको ठहर गर्दै महानगरले सार्वजनिक निजी साझेदारीमा १३ तले व्यापारिक बनाउने निर्णय गरेको छ । त्यसका लागि अनुमति पाएको बानियाँ निर्माण सेवाले अहिले सभाहल भत्काइरहको छ ।

थपिँदै आयोजना

जथाभावी सभाहल बनाउँदा प्रयोगविहीन भइरहँदा नयाँ हल बनाउने योजनामा ब्रेक लागेको छैन । कतिपय प्रस्तावित सभाहल बजेट कुरेर बसेका छन् । केही सभहल बजेट कम भएर निर्माणमा जान सकेका छैनन् ।

विराटनगर, पोखरालगायतका सहरमा ठूला सभाहल हल बनाउने पूर्वतयारी सकिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बनिरहेको सभागृहको दोस्रो चरणको काम बजेट अभावले प्रभावित छ । सभाहल रहने भवन बने पनि फर्निचर, मञ्च, लाइट र साजसज्जासहितका पूर्वाधारको व्यवस्था गर्न बाँकी छ । पार्किङ र बगैँचा व्यवस्थापनलगायतका काम पनि हुन सकेको छैन । यो सबैका लागि करीब ४ करोड लाग्ने अनुमान छ ।

सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्मा कतिपय ठाउँमा औचित्यकै आधारमा सभाहल बनिरहेको बताउँछन् । तर कतिपय स्थानमा ‘बजेट पाइन्छ भने बनाहालौं’ भन्ने ढंगले सअभालहरू निर्माण भइरहेको उनले स्वीकार गरे । ‘राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सभाहल व्यक्तिले बनाउन नसक्ने भएकाले राज्यले लगानी गर्नैपर्छ’ उनी भन्छन्, ‘तर, नबनाउँदा पनि हुने र प्रयोगमै नआउने स्थानमा सभाहल बनाउने र बनाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्छौं ।’

भ्युटावरको नयाँ श्रङ्खला

पछिल्ला दिनमा ठूला होटलहरू बन्ने क्रमसँगै सहरहरूमा उपलब्ध सभाहलको संख्या बढेको छ । खानेबस्ने सुविधा हुने भएकाले होटल नै रोजाइमा पर्छ । ठूला बैंक्वेट/पार्टी प्यालेसहरू पनि बनेकाले धेरै सभा सम्मेलन त्यहाँ हुने गरेका छन् । काठमाडौं महानगरपालिका आफैंले राष्ट्रिय सभागृह छोडेर होटलहरूमा कार्यक्रम गर्नु त्यसको गतिलो प्रमाण हो । खानपिनको व्यवस्था गर्न सहज हुने भएकाले धेरैले सभाहलमा कार्यक्रम गर्ने झन्झट गर्न छाडेका छन् । यस्तो अवस्थामा करोडौं सरकारी लगानीमा बन्ने सभाहलको सञ्चालन र व्यवस्थापन सकसपूर्ण बनेको छ ।

त्यसैले पूर्वाधारविद्हरू भविश्यमा दिने प्रतिफल र सञ्चालनको सहजता र सम्भाव्यता नहेरी सभाहल निर्माण गर्ने क्रम बढ्नु चिन्ताको विषय भएको बताउँछन् ।

राज्यस्रोतको दोहन हुनुका साथै सरकार र जनताले लाभ पाउनुको साटो महँगो मूल्य चुकाउनुपर्ने अवस्था आउने पूर्वाधारविद् आशिष गजुरेल बताउँछन् । ‘आवश्यकता हो कि हैन भन्ने हेर्नुपर्छ । भोट हेरेर चर्चाका लागि गोजीबाट परियोजना निकाल्ने प्रवृत्ति रहेसम्म देखाउनका लागि मात्रै परियोजना बनाउने प्रचलन अन्त्य हुँदैन’ भन्छन्, ‘सभाहल बन्दैछ भने सञ्चालनका लागि चाहिने वासस्थल, पार्किङ, सडक पूर्वाधारलाई ध्यान दिनुपर्छ । भविश्यमा समुचित प्रयोग हुने ग्यारेन्टी नगरी सभाहल बनाउनु उचित हुन्न । यो डाँडाडाँडामा महँगा भ्यूटावर ठड्याउनु जस्तै विकृतिको श्रृङ्खला हो ।’

बरु निजी क्षेत्रलाई व्यावसायिक सम्भावना देखाएर आकर्षित गर्नु उचित हुने उनी बताउँछन् । ‘सकेसम्म सरकारले अत्यावश्यक बाहेकको धेरै हल बनाउनु हुन्न, आवश्यक स्थानमा निजी क्षत्रेलाई प्रोत्साहित गर्नुपर्छ’ पूर्वाधार गजुरेल भन्छन्, ‘सरकारी निकायले सभा हल त बनाउँछन् तर मार्केटिङ र म्यानेजमेन्ट गर्न रुचि देखाउँदैनन्, सक्दैनन्, जसले सभाहलको आम्दानी कमजोर भएर सभाहलको खर्च धान्न मुस्किल हुने अवस्था आउनसक्छ ।’

त्यसैले सरकारले आवश्यक ठाउँमा सभाहलहरू बनाउँदा पनि एकैपटक धेरै वटा कार्यक्रम गर्न सकिने, अस्थायी पार्टेसन गरेर सानासाना हलहरू बनाउन सकिने सुविधा राख्नुपर्छ । ‘तर सभाहल बनाउँदा बढीभन्दा बढी उपयोग कसरी गर्न सकिन्छ भन्ने पक्षलाई ध्यान दिइएको पाइँदैन,’ विज्ञ गजुरेल भन्छन् ।



from Online Khabar https://ift.tt/3qHAFNO

काफी सस्ता हो गया 8GB RAM वाला Samsung का बजट 5G स्मार्टफोन, मिलेगी 64 मेगापिक्सल कैमरा

सैमसंग गैलेक्सी M52 5G (Samsung Galaxy M52 5G) की कीमत में कटौती कर दी गई है. इस फोन की सबसे खास बात इसका ट्रिपल कैमरा, 120Hz सुपर AMOLED डिस्प्ले और 25W का चार्जिंग सपोर्ट मिलता है. आइए जानते हैं कैसे हैं इस फोन के फुल स्पेसिफिकेशंस.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3qJjSK4

माओवादी केन्द्रमा सहमतिको प्रयास जारी, क्लष्टर मिलाउन कठिन

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रमा सहमतिमा नयाँ कार्यसमिति चयनको प्रयास जारी छ । निर्वाचन प्रक्रिया स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् ।

माओवादीका एकजना स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष प्रचण्ड आइतबार बिहान पनि नेताहरुसँग परामर्शमा व्यस्त छन् ।

सहमतिको प्रयास जारी रहेकाले माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ ।

क्लष्टर मिलाउन सकस

बन्दसत्र हलबाट पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रति निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । यसभित्र खुलातर्फबाट १४५ जना र समानुपातिकबाट १५४ जना निर्वाचित हुनेछन् । तर समानुपातिकतर्फ क्लष्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्न भने माओवादीलाई सकस परिरहेको छ ।

समानुपातिकतर्फ खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन् । यसमा पनि पुरुष १२ जना, पुरुष युवा ३ जना, महिला २४ जना र महिला युवा ६ जना चुनिनेछन् ।

यसैगरी दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष ६ जना, पुरुष युवा १ जना, महिला १२ जना र महिला युवा ३ जना रहने छन् ।

मुस्लिम तर्फ ७ जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष १ जना, पुरुष युवा १ जना महिला ४ जना र महिला युवा १ जना रहनेछन् ।

मधेसीतर्फ २३ जना चुनिनेछन् । यसभित्र पुरुष ६ जना, पुरुष युवा १ जना, महिला १३ जना र महिला युवा ३ जना रहनेछन् ।

आदिवासी जनजातिर्फ ४३ जना चुनिनेछन् । यसभित्र पनि पुरुष ११ जना, पुरुष युवा ३ जना, महिला २३ जना र महिला युवा ६ जना रहनेछन् ।

थारुतर्फ १० जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष २ जना, पुरुष युवा १ जना, महिला ६ जना र महिला युवा १ जना रहनेछन् ।

अपाङ्गता भएका २ जनामध्ये पुरुष र महिला १-१ जना निर्वाचित हुनेछन् ।

पिछडिएको क्षेत्रतर्फ पनि २ जनामध्ये पुरुष र महिला १-१ जना निर्वाचित हुनेछन् ।

समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको छ । तर, सबै प्रदेश समितिबाटै नाम सिफारिस गर्न सकस भइरहेको छ ।

सहमतिको प्रयाससँगसँगै चुनावको तयारी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमति नभए निर्वाचन प्रक्रियामा जाने घोषणा शनिबारको बन्दसत्रमा गरेका थिए । त्यसैले सहमतिको प्रयाससँगसँगै निर्वाचनको तयारी पनि अघि बढाइएको माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

शनिबार राति सार्वजनिक संशोधित निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने छ । त्यसपछिका अन्य प्रक्रिया पूरा गरी साँझ ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदानको कार्यक्रम निर्धारण गरिएको छ ।



from Online Khabar https://ift.tt/3qDhzbr

नए साल पर Telegram का तोहफा! मैसेज रिएक्शन से लेकर थीम कोड तक आए ये धांसू फीचर्स

टेलीग्राम का 2021 का 12वां अपडेट आ गया है. कंपनी ने इस अपडेट में रिएक्शन, मैसेज ट्रांसलेशन सपोर्ट, थीम वाले क्यूआर कोड, हिडन टेक्स्ट (स्पॉइलर) और इंटरैक्टिव ईमोजिज आदि फीचर्स जोड़े गए हैं. इस खबर में हम आपको टेलीग्राम के इस ईयर एंड अपडेट के बारे में डिटेल में बताएंगे,

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3eHmOkV

Friday, December 31, 2021

बड़े डिस्काउंट पर मिल रहा है 32 इंच का एंड्रॉयड Realme Smart TV, मिलेगा 24W का क्वाड स्पीकर

रियलमी स्मार्ट टीवी 32 इंच (Realme Smart TV 32 inch) को ऑफर के साथ उपलब्ध कराया जा रहा है. इस टीवी को 16,999 रुपये की कीमत में उपलब्ध कराया जा रहा है. रियलमी.कॉम से मिली जानकारी के मुताबिक 80cm की इस स्मार्ट टीवी को 2,000 रुपये पर 100 रुपये की छूट पर पाया जा सकता है. आइए जानते हैं कैसे हैं इस स्मार्ट टीवी के फुल स्पेसिफिकेशंस...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3eDdBtQ