Sunday, April 2, 2023

Whatsapp पर सिंगल चैट भी हो सकेगी लॉक, अब कोई नहीं कर पाएगा तांक-झांक, प्राइवेसी होगी मजबूत

वॉट्सऐप Lock Chat नाम का एक फीचर लेकर आ रही है. यह फीचर यूजर्स को प्लेटफॉर्म पर सिंगल चैट को लॉक करने इजाजत देगा. फिलहाल यह फीचर डेवलपमेंट स्टेज में है और इसे फ्यूचर अपडेट के साथ रोलआउट किया जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/wdEAO4e

तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

२० चैत, काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।

२०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

 



from Online Khabar https://ift.tt/Ja3vq8o

Saturday, April 1, 2023

Samsung का नया फोन इतना सस्ता हुआ है कि हर कोई खरीदने के लिए दौड़ पड़ा, फिदा हो गए फैंस

अगर आप सैमसंग के फैन है तो आपके लिए अच्छी खबर है. ऐसा इसलिए क्योंकि सैमसंग के लेटेस्ट फोन गैलेक्सी F14 5G पर ऑफर दिया जा रहा है, जिसके तहत फोन को सस्ते में घर लाया जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/iPN2ecB

चैतको जाडो कहिलेसम्म ?

१९ चैत, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । बिहानको समयमा त बाक्लो ज्याकेट नै लगाउनुपर्ने खालको चिसो महसुस भएको छ ।

तर यो अवस्था अब कम हुँदै जाने र गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । मौसमविद् प्रतिभा मानन्धरले अब पानी पर्न कम हुँदै जाने र न्यानो पनि हुने बताइन् । ‘हिजोको भन्दा आज सुधारात्मक छ । आजभन्दा भोलि सुधार हुन्छ,’ मानन्धरले भनिन्, ‘पानी पर्ने क्रम पनि कम हुने र न्यानो पनि हुँदै जान्छ ।’

अर्का मौसमविद विनोद पोख्रेलले पनि केही दिनयता देशभर भएको वर्षा आजदेखि कम हुँदै जाने बताए ।

जलवाष्पसहितको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनयता पानी परेको छ । बिहीबार भने काठमाडौं उपत्यका आसपासका अग्ला डाँडामा हिउँ नै पर्‍यो ।

नेपालको आकाशको उपल्लो तहमा पश्चिमी वायु जहिले पनि बहिरहेको हुन्छ । यसमा जलवाष्प बढी भयो भने पानी पर्छ ।

वर्षायामको बेला पश्चिमी वायुलाई पूर्वी वायुले प्रतिस्थापन गर्छ । वर्षायाम सकिएपछि पुनः पश्चिमी वायुले प्रभाव जमाउँछ । अहिले मनसुनपूर्वको समय भएकाले क्रमशः पूर्वी वायुले प्रभाव बढाउँदै जाने समय हो । तर पश्चिमी वायुको प्रभाव अहिले पनि कायमै छ ।

क्यारेबियन समुद्र हुँदै हिमाल माथिबाट नेपाल प्रवेश गर्ने हिउँ पार्ने प्रणाली अहिलेसम्म पनि उपल्लो तहमा कायमै रहेकाले पनि हिउँ पर्ने, वर्षा हुने र चिसो महसुस हुने गरेको मौसमविद् बताउँछन् ।

अत्यधिक जाडो हुने मंसिर, पुस र माघ महिनामा नपरेको हिउँ चैतमा पर्नु र मनसुन पूर्वको समयमा पनि लामो समयसम्म पानी पर्नुलाई मौसमविद्हरू वातावरण असन्तुलनको असर हुनसक्ने अनुमान गर्छन् ।

मौसमविद् पोख्रेल चैतमा चिसो महसुस हुनुलाई असामान्य मान्न नसकिए पनि हिउँ नै पर्नु र लामो समयसम्म वर्षा हुनु अध्ययनको विषय हुनसक्ने बताउँछन् । ‘यस्तो हुँदै हुँदैन भन्न त सकिँदैन तर यो अध्ययनको विषय हो,’ उनले भने । उनले आजदेखि पानी पर्न कम हुँदै जाने र चिसो पनि हट्दै जाने बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज देशका थोरै स्थानमा मात्र मेघगर्जन, चट्याङ्ग, हावा हुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र अन्य प्रदेशमा मौसम सफा हुने महाशाखाले जनाएको छ ।



from Online Khabar https://ift.tt/dJiqwaT

आज प्रतिनिधि सभाको बैठक, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ ।

यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् । त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।



from Online Khabar https://ift.tt/HCV5z74

Redmi Note 12 5G के नए वेरिएंट की भारत में एंट्री, 6 अप्रैल से शुरू सेल, कंपनी ने दी कीमत की जानकारी

Redmi Note 12 5G के नए वेरिएंट की भारत में एंट्री हो गई है. कंपनी ने पुष्टि की है कि 5G मॉडल भी जल्द ही तीसरे हाई-एंड स्टोरेज विकल्प में उपलब्ध होगा. ग्राहक फोन को 6 अप्रैल से खरीद सकेंगे.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/YMcRGzt

आर्सनलको सहज जित, जेससको दुई गोल

१९ चैत, काठमाडौं । गाब्रीएल जेससले दुई गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४-१ ले पराजित गरेको छ ।

यस जितपछि लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि पुन: ८ अंकको अग्रता कायम राखेको छ ।

शनिवारै चाँडै भएको खेलमा सिटीले लिभरपुललाई ४-१ ले नै हराएको थियो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनललाई सहज जित दिलाउन जेससले ३५औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दा ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

चोटबाट पुनरागमन गरेपछि जेसलले पहिलो पटक लिगमा गोल गरेका हुन् । जेससले अक्टोबरपछि पहिलो गोल गरेका हुन् ।

यस्तै बेन ह्वाइटले ४७औं र ग्राइन्ट जाकाले ८४औं मिनेटमा गोल गरे ।

लिड्सका लागि रासमस क्रिस्टेनसेनले एक गोल फर्काए ।

जितपछि आर्सनलले २९ खेलबाट ७२ अंक जोडेको छ । २८ खेलबाट ६४ अंकसहित सिटी दोस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/LAUr9uf