Monday, October 2, 2023

नेपालले भारतविरुद्ध फिल्डिङ गर्दै

१६ असोज, काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनाेद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् ।

यस्तै, भारतका जितेश शर्मा र साई किशाेरले टी-२०आईमा डेब्यु गरेका छन् ।

 



from Online Khabar https://ift.tt/n9cZVJa

इस राज्य में जनता को अब नहीं लगाना होगा नगर निगम के चक्कर, ऐप से होगी शिकायत

देहरादून नगर निगम ने एक ऐप बनाया है, जिसके माध्यम से लोग निगम की सेवाओं का लाभ एक क्लिक पर ले सकेंगे. इस ऐप को गूगल प्ले स्टोर से डाउनलोड किया जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/1dbfhsp

एमाले काेशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

१६ असाेज,विराटनगर। नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरे । खतिवडा र ढकालबीचकाेे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे ।

प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे । भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार भएका थिए ।

उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । दुवैजना नै खतिवडा प्यानलका हुन् ।

उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेकाे थियाे ।



from Online Khabar https://ift.tt/g8qdGjB

Sunday, October 1, 2023

रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

‍१५ असोज, दाङ । रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।

दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना परेको हो ।

दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिए ।

प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा लिएको छ ।



from Online Khabar https://ift.tt/lEnmdJe

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

१५ असोज, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

 



from Online Khabar https://ift.tt/aqBPUe4

स्पेनको नाइट क्लबमा आगो लाग्दा १३ जनाको मृत्यु

१५ असोज, काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।

स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो ।

आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।

एक २८ वर्षीया महिलाले आफ्नी आमालाई पठाएको अडियो म्यासेजमा ‘आमा म हजुरलाई धेरै माया गर्छु, हाम्रो मृत्यु हुनेवाला छ’ भनेकी छन् । ती महिला आफ्नो पार्टनर र साथीहरुसँग नाइट क्लबमा गएकी थिइन् ।

उनी जीवित छिन् कि मृत्यु भइसक्यो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।

 



from Online Khabar https://ift.tt/c9HSGEd

WhatsApp ने अगस्त में 74 लाख से ज्यादा भारतीय अकाउंट किए बैन, जानिए वजह

Whatsapp Account Ban: इंस्टैंट मैसेजिंग ऐप वॉट्सऐप ने अगस्त महीने में 74 लाख से ज्यादा भारतीय अकाउंट्स को बैन किया है. ये सभी अकाउंट्स नियमों के खिलाफ जाकर अलग-अलग गतिविधियों में लिप्त थे.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/0kRGj1L