Friday, November 3, 2023

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

 



from Online Khabar https://ift.tt/nR7e4mh

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, घरहरूमा क्षति

१८ कार्तिक, सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।  भूकम्पले घरहरुमा क्षति पुगेको जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए ।

उनका अनुसार खलंगामा भएका पुरानो घरहरू भत्किएको र मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको छ ।



from Online Khabar https://ift.tt/xwsTfk7

Thursday, November 2, 2023

10 हजार से कम में लॉन्च हुआ ये नया 5G फोन, तगड़ी बैटरी के साथ है 50MP कैमरा

Lava Blaze 2 5G को भारत में लॉन्च कर दिया गया है. ये कंपनी का लेटेस्ट बजट 5G फोन है. Lava Blaze 2 5G को पिछले साल के Blaze 5G के अपग्रेड के तौर पर उतारा गया है. इसमें सेगमेंट फर्स्ट रिंग लाइट दिया गया है. आइए जानते हैं इस फोन में बाकी क्या कुछ है खास.

from News in Hindi, Latest News, News https://ift.tt/61svuUp

मुक्तिनाथको दर्शन गर्दै मुस्ताङको स्याउ कोसेली

अहिले मुस्ताङमा लटरम्मै स्याउ पाकेको छ । मुखै रसाउने स्वादिलो स्याउ पाकेर डाँडापाखा रंगीन बन्दा असाध्यै मनमोहक देखिन्छ, यो सिजनमा मुक्तिनाथ ।

मुक्तिनाथको दर्शन गरेपछि घर फर्किंदा आशीर्वादसँगै कोसेलीको रूपमा स्याउ ल्याउने गरिन्छ । त्यसैले यो मुस्ताङ घुम्ने र स्याउ चाख्ने सबैभन्दा उपयुक्त समय हो ।

त्यसैले, सामान्यतः अक्टोबरदेखि डिसेम्बरसम्म मुस्ताङमा पर्यटकको भीडभाड देखिन्छ । यो भीडमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुन्छन् । विशेषतः भारतीय पर्यटकको चाप यतिबेला मुक्तिनाथमा बढी देखिन्छ ।

प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण गन्तव्य मुक्तिनाथ जीवनमा एकपटक पुग्ने इच्छा जो–कोहीले गर्छन् ।

पछिल्लो समय मुक्तिनाथ धार्मिक दृष्टिकोणले बढी चर्चामा रहेकोमा नयाँ पुस्ताले प्राकृतिक सुन्दरताको मनमोहक गन्तव्यका रूपमा आफ्नो प्राथमिकतामा राख्ने गरेका छन् ।

मुक्तिनाथ कोही हवाई रुटबाट जान्छन् भने अधिकांशतः स्थलमार्गबाट पुग्छन् । स्थलमार्गमा पनि हिंडेर र गुडेर पुग्ने दुवै विकल्प छन् ।

दशैं तिहारको बिदामा सरकारी कर्मचारीदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरू बढी मात्रामा मुक्तिनाथ पुग्छन् । कतिपय त दोहोर्याई–तेहर्याई त्यहाँ पुगेका हुन्छन् । उनीहरू भन्छन्– एकपटक गएर कहाँ धीत मर्छ र मुक्तिनाथको !

मुक्तिनाथमा भेटिएका दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरको यो यात्रा तेस्रो रहेछ । प्रत्येक चोटि फरक अनुभूति लिन पाएको उनले बताए । अहिले स्थानीय तहले सडक, बजार व्यवस्थापन र भौतिक संरचनामा ध्यान दिएकाले पहिलाको भन्दा निकै सुविधा, सहजता र सुन्दरता बढेको अध्यक्ष थोकरको अनुभूति छ ।

समुद्री सतहबाट ३,७१० मिटरको उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीहरूको लागि ठूलो धार्मिक महत्वको तीर्थस्थल हो । हिन्दु र बौद्धधर्मी दुवैको विश्वास छ कि मुक्तिनाथ केही मन्दिरहरूमध्ये एक हो जहाँ पञ्चतत्व (आगो, पानी, आकाश, पृथ्वी र वायु) सबै पाउन सकिन्छ ।

मुक्तिनाथ मन्दिरको पछाडिको आँगनमा रहेको १०८ वटा जलाधारमा नुहाउँदा आत्माशुद्धि, नवीकरण र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । मुक्तिनाथ मन्दिर अन्नपूर्ण सर्किटमा पर्ने जोमसोमबाट २४ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । तसर्थ, अन्नपूर्ण सर्किट वरिपरि पदयात्रा गर्ने पदयात्रीहरूबाट मन्दिरको धेरै भ्रमण हुन्छन् ।

मुक्तिनाथ क्षेत्रलाई मुक्ति क्षेत्र भनेर पनि चिनिन्छ जहाँबाट मोक्ष प्राप्त गर्न सकिन्छ । नेपालका चार धाममध्ये यो एक हो । यस मन्दिरलाई वैष्णव सम्प्रदायले पवित्र मानिने १०८ दिव्य देशाटनमध्ये १०६औं मन्दिर मानिन्छ । वैष्णव साहित्यमा यसको प्राचीन नाम तिरु शालिग्राम हो ।

बौद्धहरूले यसलाई चुमिग ग्यात्सा भन्छन्, जसको तिब्बती अर्थ ‘सय पानी’ हो । तिब्बती बौद्धहरूका लागि मुक्तिनाथ डाकिनी, स्काई नर्तक भनेर चिनिने देवी र २४ तान्त्रिक स्थानमध्ये एक महत्वपूर्ण स्थान हो । तिनीहरूले मूर्तिलाई अवलोकितेश्वरको अभिव्यक्ति हो भनेर बुझ्छन्, जसले सबै बुद्धहरूको करुणालाई मूर्तरूप दिन्छन् ।



from Online Khabar https://ift.tt/ei5cCdM

Wednesday, November 1, 2023

डोटीमा मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

१६ कात्तिक, धनगढी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।

उनीहरू १९ जना घाइते भएका छन् भने अन्य ५ जना सकुशल छन् । घाइते भएकाहरूलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरू मध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण  नखुलेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/nGc1TaZ

भूल जाएंगे LG-Samsung, घर ले आएं Thomson का ये 55-इंच Google TV, दाम है कम

अगर आप इस दिवाली आप एक नया स्मार्ट टीवी खरीदने के बारे में सोच रहे हैं. तो आपको बता दें कि फ्रेंच ब्रांड Thomson ने भारत में हाल ही में 55-इंच 4K स्मार्ट टीवी को लॉन्च किया था. एक तरफ जहां सैमसंग और LG जैसी कंपनियों के 55-इंच के स्मार्ट टीवी काफी महंगे आते हैं तो वहीं थॉमसन के इस टीवी की बिक्री फ्लिपकार्ट पर महज 26,999 रुपये में फिलहाल की जा रही है. आइए जानते हैं कि ये स्मार्ट टीवी कैसा है.

from News in Hindi, Latest News, News https://ift.tt/Kz5WXbT

नेपाल र ओमानबीचको खेल आज, यस्तो छ हेड टु हेड

१६ कात्तिक, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । लगातार दुई खेल हारेका मलेसिया र सिंगापुर सेमिफाइनल होडबाट बाहिरिसकेका छन् र सान्त्वना जितका लागि खेल्दैछन् ।

यी दुई खेलसहित बिहीबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ र त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समिकरण पनि टुङ्गो लाग्नेछ ।

यस्तै समूह ‘बी’ अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन छ ।

समूह ‘बी’ मा यूएई समूह विजेता बन्ने सम्भावना रहेकोले नेपाल र ओमान समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा यूएईसँगको सम्भावति भेट टार्न चाहन्छ । समूह ‘ए’ को विजेताले पहिलो सेमिफाइनल टीयू मैदानमै खेल्ने भएकोले पनि नेपालले ओमानलाई हराएर समूह विजेता बन्ने लक्ष्य छ र महत्वपूर्ण हुने सेमिफाइनल खेल टीयू मैदानमा खेल्न चाहन्छ ।

किनकि सेमिफाइनल विजेता दुई टोलीमात्रै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

समूह चरणमा दुवै खेलमा सहज जित निकालेको नेपालको लागि सेमिफाइनल अघि ओमानविरुद्धको खेलमा असली परीक्षण हुन सक्छ । किनभने नेपालका स्टार लअराउण्डर दीपेन्द्रसिंह ऐरी चोटका कारण अघिल्ला दुई खेलमा खेल्न सकेनन् । उनले छनोटमा अब खेल्ने सम्भावना कम छ । त्यसैले अनुभवी टिमविरुद्ध हुने महत्वपूर्ण खेलमा दीपेन्द्रको स्थान कसले लिन्छ भन्ने चासोका साथ हेरिएको छ ।

गत वर्ष ओमानमै भएको टी-२० विश्वकप ग्लोबल क्वालिफायरका नेपाल र ओमान दुवै छनोट हुन असफल भएका थिए ।

यस पटक लयमा रहेको नेपाल घरेलु मैदानमा हजारौं समर्थकअघि खेल्दैछ र र १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाउने एक मात्र लक्ष्य छ । २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेपछि नेपाल पछिल्लो तीन संस्करणमा छनोट हुन सकेको छैन ।

नेपाल र ओमानबीच हेड टु हेट

टी-२० आईमा नेपाल र ओमानको विगत हेर्दा नेपाल अघि छ । अहिलेसम्म यी दुई टोलीबीच चार टी-२०आई खेल हुँदा नेपालले तीन खेल जितेको छ भने ओमानले एक खेल जितेको छ ।

संयोगवस २०२२ मा भएको तीनवटै खेल ओमानको मैदानमा भएको थियो । त्यसमा सबै खेल नेपालले जितेको थियो ।

गत वर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ‘ए’ मा यी दुई टोली एकै समूहमा परेका थिए । जहाँ नेपालले समूह चरणको खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । तर, दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुन: खेल भएको थियो । त्यसमा नेपालले ओमानलाई ९ विकेटले सहजै हराएको थियो ।

विश्वकप छनोटअघि भएको चारदेशीय टी-२० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो ।

२०१९ मा ओमानमै भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।



from Online Khabar https://ift.tt/dthmUlp