Monday, June 3, 2024

फ्लिपकार्ट पर सबसे किफायत दाम पर मिल रहा है Poco का ये फोन, हो जाएगी बड़ी बचत

बजट रेंज में नया फोन घर लाना है तो आपके लिए एक जबरदस्त ऑफर दिया जा रहा है. डील के तहत पोको C65 को काफी अच्छे डिस्काउंट पर घर लाया जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/1Bgjxmw

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा नेपाल उपविजेता

२२ जेठ, काठमाडौं । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भएपछि उपविजेता बनेको हो ।

१२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ए को उपविजेता तथा बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

नेपालले सेमिफाइनलमा समूह बी को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गरेको थियो ।

समूह चरणमा पाँच मध्ये चार खेल जितेको नेपाल बंगलादेशसँगै पराजित भएको थियो । फाइनलमा पनि नेपालले बंगलादेशसँग खेल्दा बदला लिने अवसर थियो । तर, घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले नेपाललाई दोस्रो पटक हराउँदै उपाधि उचाल्यो ।

बंगलादेश लगातार चौथो पटक च्याम्पियन बनेको हो । नेपाल पहिलो पटक उपविजेता बनेको हो ।

फाइनलमा पराजित भएपनि नेपाली टिमका कप्तान घन्श्याम रोका मगर प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।



from Online Khabar https://ift.tt/YpzAkob

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुआत

२२ जेठ, अमेरिका । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ ।

७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । ब्याटिङका लागि कठिन पिचमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य भेट्याउन संघर्ष गरेको थियो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । क्विन्टन डी ककले २७ बलमा १ चौकासहित सर्वाधिक २०, रिजा हेन्ड्रिक्स ४, एडेन माक्ररम १२, ट्रिस्टन स्टब्स १३ र डेविड मिलरले ६ रन बनाए ।

श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २, दासुन शानका र नुवान थुसराले एक/एक विकेट लिए ।

त्यसअघि नासौं काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अल आउट भएको थियो ।

श्रीलंकाका एन्जिलो म्याथ्युजले १६ बलमा २ छक्कासहित १६ रन बनाए । कुशल मेन्डिसले ३० बलमा १ चौकासहित सर्वाधिक १९ र कामिन्दु मेन्डिसले ११ रन बनाए । श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले दुई/दुई विकेट लिएका थिए ।

समूह डी को दोस्रो खेलमा मंगलबार ग्राण्ड प्रेरी रंगशाला डालसमा नेपाल र नेदरल्यान्ड्सबीच राति ९:३० मा सुरु हुनेछ ।



from Online Khabar https://ift.tt/35gDkLa

Sunday, June 2, 2024

पपुवा न्युगिनीमाथि घरेलु टोली वेष्टइन्डिजको संघर्षपूर्ण जित

२१ जेठ, अमेरिका । घरेलु टोली वेष्टइन्डिजले आईसीसी टी-२० विश्वकप २०२४ मा पपुवा न्युगिनीमाथि ५ विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।

१३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । रोश्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले ।

एक समय वेष्टइन्डिजलाई जितको लागि १९ बलमा ३९ रन चाहिएको अवस्थामा थियो । त्यसपछि रोश्टन चेश र आन्द्रे रसेलले खेल जितसम्म पुर्‍याएका थिए । स्कोर बोर्डमा खासै ठूलो योगफल नबनाए पनि पपुवा न्युगिनीका बलरले वेष्टइन्डिजका ब्याटरलाई दबाबमा राख्न सफल भएका थिए ।

ओपनर ब्रेन्डन किंग २९ बलमा ७ चौकासहित ३४, जोनसन चार्ल्स शून्य, निकोलस पुरन २७, रोभम्यान पावेल र आन्द्रे रसेलले १५/१५ रन बनाए ।

पपुवा न्युगिनीका असाद भालाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । एली नओ, चाद सोपर, जोन कारिकोले एक/एक विकेट लिए ।

त्यसअघि प्रोभिडेन्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । असाद भाला २१, टोनी उरा २, चाल्र्स अमिनी १२, किप्लिङ डोरिगा २७ र चाद सोपरले १० रन जोडे ।

वेष्टइन्डिजका आन्द्रे रसेल र अल्जारी जोशेफले २/२ विकेट लिए । अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोतीले एक/एक विकेट लिए ।

समूह सी मा वेष्टइन्डिज, पपुवा न्युगिनी, अफगानिस्तान, न्युजिल्यान्ड र युगान्डा छन् ।

विश्वकपको तेस्रो खेलमा आज बिहान ६ : ३० मा समूह बी का ओमान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुआत गर्नेछ ।



from Online Khabar https://ift.tt/P0ksCiv

Saturday, June 1, 2024

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

२० जेठ, कास्की । कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५-७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधिसहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमती प्रदेशलाई १०-७ ले हरायो । तेस्रो बनेको एपीएफले २० हजार रुपैयाँ हात पारेको छ ।

विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्रीधर शर्मा, राखेपका बोर्ड सदस्य राजेश गुरुङ, रग्बी संघका महासचिव गोविन्द घिमिरे, गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङ लगायतले ट्रफी, मेडल तथा पुरस्कार रकम प्रदान गरेका थिए ।

प्रतियोगितामा सात प्रदेशसहित विभागबाट आर्मी र एपीएफ गरी १० टिम सहभागी थिए ।

खेलकुदमार्फत पयर्टन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ पोखरा महानगरले यस प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिएको पोखरा महानगरका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिए ।

प्रतियोगितालाई पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघले संयुक्त रुपमा मिलेर आयोजना गरेका हुन् । 



from Online Khabar https://ift.tt/1LhPlsX

38 दिन चलेगी इस नए फोन की बैटरी, कंपनी ने रखा है बेहद कम दाम, हर तरफ है चर्चा!

अगर आप रियलमी फैन है तो आपको जानकर खुशी होगी कि कंपनी ने अपने लिस्ट में एक नया फोन जोड़ लिया है. इस फोन में कई खासियत मिलती है, लेकिन सबसे ज्यादा इसके बैटरी बैकअप पर जाता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/FXgIq9H

टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

२० जेठ, अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ ।  उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।

क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो ।

यसै साता अमेरिकाले ह्युस्टनमा बंगलादेशविरुद्ध तीन टी–२० आई खेलको सिरिज २–१ ले जितेको थियो । अमेरिकाको मुख्य हतियार तीव्र गतिको बलिङ आक्रामण हो । सौरभ नेत्रवालकर, अली खान, कोरी एन्डरसन, शाड्ली भान र जेसी सिंह तीव्र गतिका बलर हुन् । जसमा अली खानसँग विश्वभर फ्रेन्चाइज लिग खेलको अनुभव छ ।

उता कोरी एन्डरसन न्युजिल्यान्डका पूर्व चर्चित अलराउण्डर हुन् । आक्रामक ब्याटिङ अलराउण्डर कोरीको आगमनले अमेरिका झनै मजबुत बनेको छ । स्टिभ टेलर, आरोन जोन्स र कोरी प्रमुख ब्याटर हुन् । अमेरिकाले घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउनेछ ।

क्यानडाले ग्राण्ड प्रेरीमै वार्मअप खेलमा नेपाललाई ६३ रनले हराएको थियो । सोही मैदानमा अमेरिका र नेपालबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।

यता क्यानडा आरोन जोनसन, निकोलस किर्टोन र रविन्द्रपाल सिंह प्रमुख तीन ब्याटर हुन् । स्पिनर साद बिन जाफर, तीव्र गतिका बलर कलिम साना डिलोन हेलिगर प्रमुख बलर हुन् । पछिल्लो समयको प्रदर्शनले क्यानडाको मनोबल उच्च छ ।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।



from Online Khabar https://ift.tt/QZXwh9e