Wednesday, October 18, 2023

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

२ कात्तिक, काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।



from Online Khabar https://ift.tt/DkAUXVd

15 हजार से कम में सैमसंग लाया गदर फोन, लुक मस्त, फीचर्स जबरदस्त!

सैमसंग ने भारत में अपने एक नए बजट स्मार्टफोन को लॉन्च किया है. इस स्मार्टफोन में 50MP प्राइमरी कैमरे के साथ बड़ी बैटरी दी गई है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/pEwG9co

गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु

२ कात्तिक, गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछान्लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटना स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली खटिएको छ ।



from Online Khabar https://ift.tt/cUpnx4Z

Tuesday, October 17, 2023

नेपालले २० महिनापछि यूएईसँग टी-२० आई खेल्दै

१ कात्तिक काठमाडौं । नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी-२० सिरिजमा नेपाल र यूएईसहित हङकङ पनि सहभागी छ ।

नेपाल र यूएई २० महिनापछि टी-२० आईमा भिड्न लागेका हुन् ।

यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी-२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।

यूएईले भने टी-२० विश्वकपमा स्थान बनाउँदै अष्ट्रेलिया टी-२० विश्वकप खेलेको थियो ।

त्यही टी-२० विश्वकप छनोटको तयारी स्वरुप भएको चारदेशीय टी-२० सिरिजमा पनि नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

पछिल्लो समय लगातार वानडे क्रिकेट खेलिरहेको नेपाली टोली अब टी-२० फर्म्याटमा अभ्यस्त हुने प्रयासमा छ । नेपाल केही समयअघि चीनको हान्झाउमा भएको १९औं एसियाडमा टी-२० फर्म्याटमै खेलेको थियो । जहाँ मंगोलियाविरुद्ध कीर्तिमानको वर्षा गरेको नेपाल क्वाटरफाइनलमा भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै बाहिरिएको थियो ।

टी-२० आईमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।

नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी-२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २-१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यसै सिरिजमार्फत टी-२०आईमा डेब्यु गरेका अभिनाश बोहरा प्लेअर अफ दि सिरिज बनेका थिए ।

एसियाडबाट नेपाली टिममा फर्केका अभिनाशले पुरानो लय भेट्टाएको बताएका छन् र यस पटक पनि नेपाली टिममा छन् ।

नेपालले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली टी-२० सिरिजका लागि घोषणा गरिसकेको छ । एसियाडको टिममा रहेका स्पीनर सन्दीप लामिछाने व्यक्तिगत कारणले देखाउँदै यस पटक टिममा छैनन् भने लोकश बम, ललित राजवंशी र सूर्य तामाङले टिममा पुनरागमन गरेका छन् ।

विश्वकप छनोटलाई ध्यानमा राख्दै नेपालले यस पटक टोलीमा १८ खेलाडी राखेको हो । विश्वकप छनोटका लागि अभ्यास सिरिज जस्तो रहेकोले प्रशिक्षक मोन्टी देसाइले खेलाडीहरुलाई अवसर दिने सम्भावना छ ।

यूएईले मोहम्मद वासिमको कप्तानीमा खेल्नेछ ।

नेपालका कप्तान रोहित र यूएईका कप्तान वासिमले विश्वकप छनोटअघि हुन लागेको यस सिरिजले धेरै सहयोग पुग्ने बताएका छन् ।

सिरिज डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यसै खेलबाट मुलपानी क्रिकेट मैदानले टी-२० आई मा डेब्यु गर्नेछ । यसअघि ओडीआई खेल भइसकेको मुपानीमा पहिलो पटक टी-२० आई खेल हुन लागेको हो ।



from Online Khabar https://ift.tt/xZVLvEO

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिंदै   

१ कात्तिक, काठमाडौं  । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो ।

कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।



from Online Khabar https://ift.tt/9tJW6w3

Monday, October 16, 2023

एनआरएनलाई आज नागरिकता, के गर्न पाउँछन्, के पाउँदैनन् ?

३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपाली -एनआरएन)लाई आजदेखि नागरिकता वितरण सुरु गर्दै छ ।

गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता वितरण शुभारम्भ गर्न लागेका हुन् ।

सुरुमा एनआरएनका पदाधिकारीहरुबाट नागरिकता वितरण शुभारम्भ गर्न लागिएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । अन्यले पछि क्रमशः नागरिकता पाउनेछन् ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।

यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ ।

साथै, नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधानसमेत छ ।



from Online Khabar https://ift.tt/AYoEuhZ

एनआरएनएको विश्व सम्मेलन आजदेखि सुरु हुँदै

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ ।

नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् ।

वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् ।

केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूलाई क्रमश: एमाले, कांग्रेस र माओवादीको समर्थन रहेको छ ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी  विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ ।

विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या ९६ हजार ८ सय ५० छ ।



from Online Khabar https://ift.tt/SZiDa8c