Wednesday, December 20, 2023

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै, पहिलो दिन चार खेल

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो । टी–२० ढाँचामा हुने खेलको व्यवस्थापन नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ ।

१४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी छन् । खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।

आज पहिलो दिन चार खेल हुँदैछन् । बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मुलपानी मेदानमा खेल हुनेछ ।

यस्तै गण्डकी र लुम्बिनीबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच मूलपानी मैदानमा खेल हुनेछ ।

प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिनपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् ।

क्यानका सचिव पारस खड्काले पहिलो पटक राउण्ड रोविन लिगमा प्रतियोगिता गर्न लागेकाले हरेक टिमले धेरै खेल खेल्न पाउने र यसले महिला क्रिकेटरका लागि पनि अवसर प्रदान गर्ने बताए ।

सहभागी टिमका कप्तानहरुले राउण्ड रोविनका आधारमा खेल हुँदा धेरै खेल खेल्न पाइने र नयाँ खेलाडीको लागि पनि प्रतिभा देखाउने अवसर हुने बताए ।

अघिल्ला संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।  यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ ।

पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

 



from Online Khabar https://ift.tt/8EpuAOw

Tuesday, December 19, 2023

श्रीलंकाका विदेशमन्त्री साब्री आज काठमाडौं आउँदै

४ पुस, काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।

२१ र २२ डिसेम्बर (आगामी बिहीबार र शुक्रबार) हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलंकाको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन् ।

बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने छ ।

श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट पनि गर्ने छन् ।

उनी २३ डिसेम्बर अर्थात् शनिबार स्वदेश फर्किने छन् ।



from Online Khabar https://ift.tt/fQ02bDe

फोन को जला दो या समंदर में फेंक दो, तब भी डिलीट नहीं होती WhatsApp चैट

WhatsApp दुनियाभर में इस्तेमाल होने वाला एक फेमस ऐप है. इसके चैट फोन के टूट जाने के बाद भी डिलीट नहीं होते.

from News in Hindi, Latest News, News https://ift.tt/6avreoY

नवलपरासीमा वन्यजन्तुले बाली मासेपछि विकल्पमा माछा पालन

४ पुस, त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् ।

माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का किसान देवराज सुब्बाले बताए ।

वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको सुब्बाले बताए । ‘यहाँ करिब ७० घरपरिवार सबैजसोको पोखरी छ, वनसँग जोडिएको ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प माछापोखरी बनेको छ’, उनले भने। माछापालनबाट आम्दानीसमेत राम्रो हुँद आएको उनले बताए ।

पहिले धानखेती लगाउँदै आएका यमबहादुर नेपालीले पनि पछि माछापोखरी खनेका छन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि यस माछापोखरी निर्माण गर्ने क्रम बढेको उनले बताए ।

जिल्लाको देवचुली, कावसोती, मध्यविन्दु नगरपालिकाको मध्यवर्ती आसपासका क्षेत्रमा दिनप्रतिदिन माछापालन गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

वनको सीमा क्षेत्रमा रहेका जग्गामा माछापोखरी निर्माणका लागि यहाँका सामुदायिक वनले समेत सहयोग गर्दै आएका छन् ।

माछापालन गर्न चाहनेका लागि नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सहयोग गर्ने गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताए ।

नमूना मध्यवर्ती सामुदायिक वन र कृष्णसार मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने यस क्षेत्रमा मात्रै एक सय ४० वटा माछापोखरी रहेका छन् ।

माछापालनले बन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । अन्य बाली लगाउँदा वन्यजन्तुले क्षति पुर्‍याउने हुँदा वन नजिकमा माछापालन व्यवसाय फस्टाउँदै गएको उनले बताए ।

यसले वन्यजन्तुले बाली मास्ने समस्या पनि हटेको र माछापालन व्यवसायबाट मनग्य आम्दानी हुने गरेको उनले बताए ।

कावासोती नगरपालिकाले माछापालनमा मध्यवर्ती क्षेत्रका बासिन्दा आकर्षित भएसँगै वडाहरूलाई पकेट क्षेत्रका रुपमा घोषणा गरी अनुदान उपलब्ध गराउँदै आएको छ ।

कावासोती नगरपालिकाभित्रका वडा नं ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्दै अनुदान उपलब्ध गराउने गरेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताए ।

‘मध्यवर्ती आसपासमा माछापालन गर्ने क्षेत्र बढ्दै जाँदा नगरपालिकाबाट आवश्यक अनुदान उपलब्ध गराउन थालेका छौँ, किसानले पनि राम्रो आम्दानी लिने गरेका छन्’, शाखा प्रमुख कुमालले भने ।



from Online Khabar https://ift.tt/S2Au47P

Monday, December 18, 2023

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

३ पुस, मन्थली (रामेछाप) । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।

पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए ।



from Online Khabar https://ift.tt/SPUcauT

मुख्य प्रशिक्षक अल्बर्टो एनेसको कार्यकाल ३ महिना १५ दिन थप

३ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको कार्यकाल तीन महिना १५ दिन थप गर्ने निर्णय गरेको छ ।

एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले मुख्य प्रशिक्षकको जिम्मेवारीलाई जम्मा साढे तीन महिना अर्थात १०५ दिन मात्र थप गर्ने निर्णय गरेको हो ।

‘नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको कार्यकाल विश्वकप छनोटको दोस्रो चरणको खेल सम्मलाई तीन महिना १५ दिन अवधि थप गर्ने,’ एन्फा कार्यसमिति बैठकको निर्णया लव एन्फा प्रवक्दा सुरेश शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो निर्णय अनुसार एन्फाले अहिले चलिरहेको विश्वकप छनोटको दोस्रो चरणको बाँकी चार खेलका लागि मात्र एनेसलाई प्रशिक्षकको रुपमा राख्न चाहेको छ ।

एन्फाले गत वर्ष फागुन १७ मा इटालियन प्रशिक्षक भिनसेन्जोलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसैले उनको कार्यकाल आउने फागुनमै सकिने थियो । तर, विश्वकप छनोटका चार खेल बाँकी नै रहेकोले एन्फाले त्यही खेलका लागि मात्र उनको कार्यकाल थप्ने भएको हो ।

अब साढे तीन महिना कार्यकाल थपिएपछि एनेसले २०८० जेठ अन्तिमसम्म नेपालको प्रशिक्षकको रुपमा रहनेछन् ।

विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा यमन विरुद्ध भएको खेलपछि प्रशिक्षण कार्यकाल बारे सोध्दा प्रशिक्षक एनेसले आफूलाई नेपालमा बस्न मन भएको प्रतिक्रिया दिएका थिए ।

अब नेपालले छनोटमा चार खेल खेल्न बाँकी छ । आगामी मार्च र जुनमा नेपालले दुई/दुई खेल खेल्नेछ ।

नेपालले मार्च २१ (चैत ८ गते) मा बहराइनसँग घरेलु मैदानमा र मार्च २६ (चैत १३ गते) मा बहराइनमा गएर खेल्नेछ । यस्तै जुन  ६ (२०८१ जेठ २४ गते) मा नेपालले घरेलु मैदानमा युएईसँग खेल्नेछ भने अन्तिम खेल जुन ११ (२०८१ जेठ २९) मा यमनको मैदानमा गएर खेल्नेछ ।

दोस्रो चरणमा हरेक समूहको शीर्ष दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् भने एसिया कपमा सीधै छनोट हुनेछन् । यदी शीर्ष दुईमा पर्न नसकेपनि नेपालले एसिया कप छनोटको अर्को चरण भने खेल्न पाउनेछ ।

थ्री नेसन्स कप देखि विश्वकप छनोट सम्म  

एनेस आएपछि नेपालले खेलको पहिलो प्रतियोगिता प्रधानमन्त्री कप थ्री नेसन्स कप थियो । जहाँ नेपालसहित लाओस र भुटान सहभागि थिए । नेपालले फाइनलमा लाओसलाई हराएर उपाधि जितेको थियो ।

त्यसपछि नेपालले गत जुनमा भारतमा साफ च्याम्पियनसिप खेल्यो । जसमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । कुवेत र भारतसँग पराजित भएको नेपालले पाकिस्तानलाई मात्र पराजित गरेको थियो । त्यतिबेलै प्रशिक्षक एनेसले नेपाली टिम छाड्ने हल्ला चलेको थियो तर उनले बेंगलोरमै नेपाल पत्रकारहरुसँग कुरा गर्दै आफूले नेपाली टिमसँगै हुने बताएका थिए ।

त्यसबाहेक केही मैत्रीपूर्ण खेल पनि खेलेको थियो । जसमा साफ च्याम्पियनसिप अघि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

साफ च्याम्पियनसिपपछि  नेपालले सिधै सेप्टेम्बरमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा पराजित भयो ।

यस्तै २०२६ को फिफा विश्वकप र २०२७ को एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत प्रारम्भिक चरणमा नेपालले लाओसलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो । जहाँ समूह एचमा नेपालसँगै युएई, बहराइन र यमन छन् ।

पहिलो अवे खेलमा युएईसँग नेपाल ४-० ले पराजित भएको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा यमनसँग खेल्दा २-० ले पराजित भयो ।



from Online Khabar https://ift.tt/l2vkaLr

Sunday, December 17, 2023

महत्वाकांक्षी योजनामा अघि बढिरहेको झापा एफसी

२ पुस, काठमाडौं । पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) खेलिरहेको झापा ६ खेलबाट ७ अंक बटुलेर पाँचौं स्थानमा छ ।

पहिलो स्थानको धनगढी एफसी र सातौं स्थानको एफसी चितवनसँग खेल्न बाँकी रहेको झापा शीर्ष ४ मा रहँदै प्ले अफ खेल्ने होडमा छ ।

एनएसएलमा यसै वर्षदेखि सहभागी भए पनि झापा नेपाली फुटबलमा नयाँ टिम होइन । सन् २०११ मा नै निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

शहीद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लो पटक भएका दुई वटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो । तर त्यसमा सफल भएन ।

झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्का भन्छन्, ‘फुटबलमै दत्तचित्त भएर लाग्ने भएपछि किन एनएसएलमा प्रयास नगर्ने त भनेर हामी यसमा जोडिएका हौं ।’

२०७८ मा एनएसएलको पहिलो संस्करण आयोजना हुँदा कोरोना महामारीको समय थियो । त्यसबेला ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । यसपटक झापा, स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेड गरी तीन नयाँ टोली थपिएका छन् भने पहिलो सिजनमा सहभागी विराटनगरले खेलेको छैन।

विदेशी खेलाडीमा चुके

झापाले सुरुमै राष्ट्रिय टिमका स्टार अञ्जन विष्टलाई मार्की प्लेअर चयन गरेको थियो । अहिले अञ्जन नै टिमको कप्तान छन् ।

प्रशिक्षकमा स्पेनका ओरिएल मोहेडानो सेगुरा छन् । विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना छन् । यस्तै सर्बिया र उज्वेकिस्तानका खेलाडी पनि छन् ।

अञ्जनलाई नेपालमा मार्कीले पाएको मध्ये सम्भवत धेरै रकम दिएको बताए पनि अर्पणले रकम भने खुलाएनन् ।

अर्पणले यसपटक विदेशी खेलाडीमा केही चुकेको स्वीकार गरे । ‘त्यसमा पनि फिनिसिङ र मिडफिल्ड पार्ट नै हो’, उनले भने । झापा मात्रै एउटा त्यस्तो टोली हो जसले अफ्रिकन खेलाडी राखेको छैन ।

यसपटक एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो । त्यमसा आइकोनिक प्लेअर राखेमा ५ विदेशी मात्रै राख्न पाउने थियो । झापाले स्पेनिस कोचलाई अनुबन्ध गर्नुअघि नै नेपाली मूलका अमेरिकी खेलाडी धिरज तथाली मगर, सर्वियन गोलकिपर स्टेफन क्युपिक र उज्वेकिस्तान समान्दार ओचिलोभसँग सम्झौता गरिसकेको छ ।

त्यसपछि प्रशिक्षककै सल्लाहमा दुई स्पेनी खेलाडी फर्नान्डो टोरेस र जर्ज सान्चेजलाई अनुबन्ध गरेको हो । ‘हामीले कोच आउनुअघि नै केही खेलाडी अनुबन्ध गरिसकेका थियौँ । उहाँकै सिफारिसमा दुई स्पेनकै खेलाडी ल्यायौँ । त्यसैले अन्य  खेलाडीहरु चाहेर पनि अटाउन सकेनन्’  अध्यक्ष  खड्काले भने ।

अर्पणले २०१० डिसेम्बरमा प्रक्रिया अगाडि बढाएका उनले २०११ जनवरी २ क्लब दर्ता गरे । उनी झापा एफसीलाई नेपालकै पहिलो प्राइभेट लगानीको क्लब भनेर दाबी गर्छन् । क्लब प्राइभेट भए पनि झापामा हुने सामाजिक र सामुदायिक कामहरुमा यो क्लब वर्षैभर सक्रिय सहभागी हुने गरेको छ

झापाले अमेरिका, अष्ट्रेलिया, मलेसिया, कतार लगायत विभिन्न देशका क्लबहरुसँग पनि साझेदारी गरेको छ । त्यहाँ सम्भावना बोकेका नेपाली खेलाडीहरुलाई टिममा सहभागी गराउने प्रयास गरिने अर्पणले बताए ।

‘यो पार्टनरसिपको मुख्य उद्देश्य भनेको उनीहरुसँग पनि खेलाडी हुन सक्छ । ती खेलाडीलाई हामीले डि क्याटेगोरीमा रुकी प्लेअरको रुपमा अवसर दिनेछौं,’ उनले भने । अहिले झापाबाट खेलिरहेका धिरज अमेरिकामा डल्लास गोर्खाजबाट खेल्छन् ।

झापा एफसीको लक्ष्य

पहिलो पटक एनएसएल खेलिरहेको झापाले लक्ष्य त उपाधि जित्ने नै बनाएको थियो । तर सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको खड्काले स्वीकार गरे । ‘हामीले उपाधि जित्ने नै लक्ष्य राखेका थियौँ । तर सुरुवातमा राम्रो प्रदर्शन भने हुन सकेन । तैपनि बाँकी खेलमा राम्रो गर्ने लक्ष्य छ’ उनले भने ।

एनएसएलमा २ गोल मात्र गर्न सकेको झापाले गोल पनि २ मात्र खाएको छ । सर्बियाली गोलकिपरले ३ खेलमा त क्लिनसिट राखेका थिए ।

झापाले देशभित्रको प्रतियोगिता मात्र नभई एसियाली स्तरका फुटबल प्रतियोगितामा पनि सहभागी हुने योजना बनाएको छ । ‘अहिलेका लागि हाम्रो अल्पकालीन टार्गेट साउथ एसियामा टप क्लब बन्ने हो’, अर्पणले भने ।

भारतमा पनि अहिले इन्डियन सुपर लिग (आईएसएल) भइरहेको छ । त्यसैको शैलीमा नेपालमा एनएसएल भइरहेको छ । भारतमा आइ लिग र आईएसएल दुबै प्रतियोगिता सहज रुपमा सञ्चालन भए पनि नेपालमा शहीद स्मारक ए डिभिजन लिग र एनएसएलबीच तिक्तता रहेको अर्पण बताउँछन् ।

झापाले महिला फुटबल टिम, उमेर समूहका टिम र फुटबल एकेडेमी पनि सञ्चालन गर्ने उद्देश्य राखेको छ । निकट भविष्यमा आफ्नै रंगशाला बनाउने पनि अर्पणले बताए ।

‘हामीले ५-६ विघा जग्गा लिएर स्टेडियम प्लान गर्दैछौँ । जसरी भएपनि फुटबललाई हराभरा बनाउने लक्ष्य छ’,  उनले भने, ‘नेपालमा फुटबल विकासको लागि ग्रासरुटबाट धेरै परिवर्तन गर्न जरुरी छ ।’ ए डिभिजनको विकेन्द्रिकरण गर्ने, क्बलहरुको एकेडेमी बनाउने, होम एण्ड अवे खेल खेलाउने गरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।

यसरी जन्मियो झापा एफसी

अर्पण खड्का ।

कतारमा बसेर फूलको व्यावसाय गर्दै आएका अर्पणबिक्रम खड्काको मनपर्ने खेल को फुटबल । उनले केही साथीहरुसँग मिलेर झापा एफसीमा लगानी गरेका छन् । झापा एफसीमा अहिले ७ जनाको सञ्चालक समिति छ । त्यसमा फुटबलमै केही गर्नुपर्छ भनेर लागेका अपर्णजस्तै युवाहरु छन् ।

अर्पणलाई युवा उमेर फुटबल खेल्ने खुबै शोख थियो । स्कुल पढ्दा खेल्थे तर ठूलै खेलाडी बन्ने सपना पूरा भएन । प्रवेश कटुवालसँगै उनले यू-१६ का लागि ट्रायल समेत दिएका थिए । तर अन्तिम ४० मा नपरेपछि उनको करिअर अर्कैतिर मोडियो । आफू खेलाडी बन्न नसकेकामा उनी धेरै चिन्तित थिए ।

खेलाडी बन्न नसके पनि फुटबलबाट अलग हुन उनको मनले पनि मानेन । युवा उमेरमै वैदेशिक रोजगारीको लागि कतार पुगेका अर्पणले फुटबललाई माया मार्न सकेनन् ।

कतार जाँदा उनी २१ वर्षका मात्र थिए । त्यहाँ नेपाली समुदाय बीच हुने फुटबल प्रतियोगिताहरुमा सहभागी हुन थाले । काम सकेर बेलुका खेल्न जान्थे । केही प्रतियोगिता जिते । त्यहीँ हुँदैमा सल्लाह भयो क्लब दर्ता गर्ने ।

‘हामीले साथीहरुसँग सल्लाह गरेर एउटा क्लब दर्ता गर्ने योजना बनायौं । त्यही बेला नेपालमा फुटबलमै लागेका केही साथीहरुसँग चिनजान भयो र हामी अघि बढ्यौं’, अर्पणले सुरुवाती क्षण स्मरण गरे ।

नेपालमा इतिहास बोकेका पुराना क्लब आफ्नै समुदायमा मात्र सीमित छन् । उनीहरुले पुटबलको संरचनामा काम नगरेको पाएर अर्पणलाई एउटा सञ्चालक समिति नै क्लब चलाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि सन् २०१० नोभेम्बरमा उनी नेपाल कतारबाट नेपाल आए । क्लब चलाउन आफ्नै मैदान र एकेडेमी चाहिने उनको बुझाइ छ ।

अर्पण विदेशी फुटबल पनि फलो गर्छन् । जहाँ धेरै जसो क्लबहरु शहरको नामबाटै चर्चित छन् । म्यानचेष्टर, मड्रिड,  मिलान यस्तै । अर्पणले पनि किन शहरको नामबाट क्लबको नाम नराख्ने भन्ने सोचेर झापा एफसी राखे ।

‘संसारमा प्रख्यात क्लबहरुले त्यो शहरको पनि रिप्रिजेन्ट गर्छ । त्यसैले नाम सुन्दै मान्छेहरुलाई यो यहाँको क्लब हो भन्ने थाहा हुनुपर्छ भने झापाको नाम राख्यौँ’, उनले भने ।

त्यहाँको समुदायलाई पनि जोड्ने र झापावासीहरुको आफ्नै क्लब हो भन्ने बनाउनका लागि उक्त नाम राखेको उनले बताए ।

अर्पणले २०१० डिसेम्बरमा प्रक्रिया अगाडि बढाएका उनले २०११ जनवरी २ क्लब दर्ता गरे । उनी झापा एफसीलाई नेपालकै पहिलो प्राइभेट लगानीको क्लब भनेर दाबी गर्छन् । क्लब प्राइभेट भए पनि झापामा हुने सामाजिक र सामुदायिक कामहरुमा यो क्लब वर्षैभर सक्रिय सहभागी हुने गरेको छ ।

अर्पणले सुरु गरेपछि फुटबलमा लगाव भएका व्यक्तिहरु यसमा जोडिँदै गए । ‘अहिले हामी ७ जनाको समूह छ । सबैको कनेक्सन भनेकै फुटबल हो । हामी सुरुमा जम्मा भएर क्लब खोलेको होइन कि झापा एफसी बनेपछि सबै जोडिँदै जानुभएको हो ।’



from Online Khabar https://ift.tt/Vyi5YkX