Tuesday, June 22, 2021

एनटिसीको जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान

९ असार, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।

नेपाल टेलिकमका सूचना अधिकारी तिलक शर्माका अनुसार अहिले त्यो समाधान भएको छ । फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु दुई घण्टासम्म हैरान भएका थिए ।



from Online Khabar https://ift.tt/3gVzYLU

No comments:

Post a Comment