
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3p7zrdg
१८ जेठ, कर्णाली (सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
‘पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ’, निर्देशक डा खड्काले भने, ‘कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।’ मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक रहेको उनले बताए ।
उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका ६ जना भेन्टिलेटरमा, ५३ जना आईसीयूमा, ३७० जना आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा रहेका छन् ।
कर्णालीमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही घटे पनि मृत्यु हुने क्रम रोकिएको छैन । सोमबारसम्म २४७ जना व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् ।
भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।
उनले भनेका छन,’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’
१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ ।
विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।
भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।
कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।
यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ती नै जनाएको थियो । भारतको सन्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सन्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।
डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति । अझै विभिन्न जातजाति र भेषभुषा झल्कने नेपाली संगीतसँगै नृत्य प्रस्तुत हुँदा विदेशीहरु पनि मोहित देखिन्थे। कोही नेपाली फुड स्टलहरुमा नेपाली परिकारको साथमा रमाउँदै थिए। शनिबार अष्ट्रेलियाको डार्बिनमा सम्पन्न नेपाल महोत्सवको यो दृश्य देख्दा डार्बिन सहर ‘मिनी नेपाल’ जस्तै देखिन्थ्यो।
एनआरएनए नर्दन टेरीटोरीको आयोजना तथा स्थानीय सरकारको समेत सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु लगायत एनआरएन केन्द्रीय तथा स्थानीय संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति थियो।
कार्यक्रममा अष्ट्रेलियामा नै जन्मेका र यतै हुर्केका नेपाली बालबालिकाहरुको विशेष प्रस्तुतिसमेत राखेका थियो । उक्त अवसरमा नेपाल चिनाउने तथा पर्यटकीय गन्तव्यहरुको परिचय गराउने भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो।
संसारभर कोरोना महामारीको त्रास फैलिरहेको बेला प्रवासको नेपाली समुदायमा आयोजना भएको यो सम्भवत: सवैभन्दा ठूलो कार्यक्रम हो। सामाजिक दूरी कायम गर्दै कार्यक्रममा १० जनासम्म बस्न मिल्नेगरी स्टल तयार पारिएको थियो।
नेपाली मेला सम्पन्न गर्नका लागि डार्बिन ब्वाइजमा ५० जना स्वयंसेवकहरु परिचालन गरिएको थियो। कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सहयोग पुर्याएकोमा एनआरएनए नर्दन टेरिटोरीको संयोजक हेम पुनले नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् ।
१८ जेठ, काठमाडौं । बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट ‘म्यानुपुलेसन’ गर्ने प्रयास गर्नु नौलो होइन । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि उनीहरु बजेट ‘म्यानुपुलेसन’ गर्न चाहन्छन् ।
यो पटक राजनीतिक परिस्थिति फरक थियो । प्रतिनिधिसभा विघटन गरेर कात्तिक ७ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा भइसकेको थियो । पूर्वअर्थमन्त्री लगायतले कामचलाउ मात्र बजेट ल्याउन आग्रह गरेका थिए भने पूर्व निर्वाचन आयुक्तहरुले पनि निर्वाचनलाई प्रभावित गर्ने कार्यक्रमहरु बजेटमा नराख्न आग्रह गरेका थिए ।
तर सरकारले चुनावलाई हेरेर लोक रिझाउने बजेट मात्र ल्याएन, प्रधानमन्त्री र उनी निकट नेताहरुको गृह जिल्लाले बजेटमा राम्रै स्थान पाएको छ । ‘बजेट म्यानुपुलेट गर्ने प्रवृत्ति नांगो रुपमा आयो । पहुँच भएकाहरुले आफ्नै पोल्टा बढी भरेको देखियो’ पूर्व मुख्यसचिव विमल कोइराला भन्छन् ।
‘आफ्नो हात जगन्नाथ’
अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला हो रुपन्देही, अध्यादेशमार्फर्त ल्याइएको आगामी आर्थिक वर्षको बजेटमा रुपन्देहीका लागि दर्जनौं कार्यक्रम समावेश छ । रुपन्देहीमा पनि बढीजसो बजेट बुटवल उपमहानगरपालिकामा केन्दि्रत छ ।
जस्तो, बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत, बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आहृवान गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पत्तिका लागि आईभिएफ सेवा विस्तार गर्ने, नारायणगढ-बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल-कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थाल्ने आदि ।
बुटवल-काठमाडौं दूरी छोट्याउन दुम्कीबास-बर्दघाट सुरुङमार्गको अध्ययन गर्ने, बुटवल-लमही-कोहलपुर-अत्तरिया प्रसारणलाइन खण्ड निर्माणको पूर्व तयारी गर्ने, रुपन्देहीको कर्साघाटमा कृषि उपजको थोक बजार बनाउने, रुपन्देहीकै मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने काम दुई वर्षमा सक्ने, बुटवल-भैरहवा लुम्बिनीसहितका ठूला सहरमा निजी क्षेत्रले ठूला विद्युतीय बस सञ्चालन गरे थप प्रोत्साहन अनुदान दिने पनि बजेटमा उल्लेख छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकालाई स्मार्ट सिटी बनाउने, सिद्धार्थनगर लगायत शहरीकरण भइरहेका नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजना कार्यान्वयन गर्ने, रूपन्देहीको बेलहिया नाकामा २ हजार मालवाहक सवारीसाधन अट्ने पार्किङ यार्ड बनाउने, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गर्ने, बुटवलको जितगढी संरक्षण गर्न विस्तृत अध्ययन गर्ने, तिनाउ-दानव नदी नियन्त्रण आयोजना निर्माण गर्न पनि बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ ।
बुटवल-भैरहवासहित नगरपालिकाहरूलाई मेगा सिटीमा विकास गर्ने गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श सेवा लिने, भैरहवामा क्रिकेट मैदान र बुटवलका लागि झुम्साखोला खानेपानी आयोजनालाई निरन्तरता दिइने लगायतका विषय पनि बजेटमा परेको छ ।
समग्रमा, अर्थमन्त्री पौडेलले आफ्नो गृहजिल्लातिर बजेटको डाडु बढी कोल्ट्याएर ‘आफ्नो हात जगन्नाथ’ भन्ने उखान चरितार्थ गरेको देखिन्छ ।
झापामा बजेटको ओइरो
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाले पनि अघिल्ला वर्षहरुमा झैं यो वर्ष पनि राम्रै बजेट पाएको छ । दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशालादेखि सिटी पार्कसम्मका योजना बजेटमा समावेश छन् ।
दुई वर्षभित्र मदन भण्डारी रंगशाला सञ्चालनमा ल्याउने गरी निर्माण थाल्ने बजेटमा उल्लेख छ । सुरुमा कमल गाउँपालिकामा बन्न लागेको आदिवासी जनजाति रंगशालाको नाम मदन भण्डारी रंगशाला राख्न खोजिएको थियो । त्यसको विरोध भएपछि प्रधानमत्री ओलीले अर्को स्थानमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेका थिए । अर्थमन्त्री पौडेलले त्यसका लागि बजेट छुट्याएको बताएका छन् ।
दमकमा निर्माण थालिएको औद्योगिक क्षेत्रको पूर्वाधार दुई वर्षभित्र बनाइसक्ने, दमकमै बहुतले बसपार्कसहित सिटीपार्क र बालबालिकाका लागि ‘चिल्ड्रेन प्याराडाइज’ बनाउने, बिर्तामोड-भद्रपुरमा प्रदेश र स्थानीय तहको साझेदारीमा विद्युतीय बस सञ्चालन गर्दा थप प्रोत्साहन अनुदान दिने घोषणा पनि बजेटले गरेको छ ।
वायो इञ्जिनियरिङ प्रविधिबाट भद्रपुर बजारलाई नदी कटानबाट जोगाउने, चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, चन्द्रडाँगीमा कृषि फार्मलाई दुई वर्षभित्र ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गर्ने पनि बजेटमा उल्लेख छ । बिर्तामोड, चन्द्रगढी लगायत नगरपालिका र गौरीगञ्ज गाउँपालिकालाई मेगा सिटी बनाइने, दमकमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने, भद्रपुर नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जन पार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सहरी पूर्वाधार आयोजना सञ्चालन गरिने भएको छ ।
भारतको सिलिगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनका लागि पनि बजेट विनियोजन गरिको छ । मदनभण्डारी राजमार्गको झापा खण्ड समेटिएको शान्तिनगर-धरान खण्ड निर्माण सुरु गनर्ेे, हुलाकी राजमार्गको झापा खण्डमा बनिरहेका कन्काइ, रतुवा, बिरिङ लगायत खोलाका पुल पनि आगामी वर्ष सक्ने, पूर्वपश्चिम राजमार्गको काकडभिट्टा-इनरुवा खण्डको डिजाइन सकेर आगामी वर्षभित्र ४ लेनको बनाउने गरी निर्माण थाल्ने घोषणा पनि आगामी आ.ब. को बजेटमा छ ।
काँकडभिट्टा-इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी सकेर बाँकी काम थाल्ने घोषणा पनि बजेटमा छ । सिँचाइ सुविधा विस्तार गर्न स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान गर्ने योजनामा झापा पनि समेटिएको छ ।
दाङसहितका जिल्लामा उस्तै
अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशका विभिन्न जिल्लालाई पनि बजेटमा प्राथमिकता दिएको देखिन्छ । विशेषगरी दाङ, बाँके र पाल्पा बढी प्राथमिकतामा परेका छन् ।
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो । त्यहाँ विमानस्थल सञ्चालनमा ल्याउने, लक्ष्मीपुरमा औद्योगिक क्षेत्र र लमहीमा क्रिकेेट मैदान बनाउने योजना बजेटमा छ । बृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि बजेट दिइएको छ भने तुल्सीपुरलाई स्मार्ट सिटी बनाउन बजेट छुट्याएको छ ।
दाङको नारायणपुरमा विमानस्थल निर्माण प्रारम्भ गर्न, भालुबाङदेखि सिक्टासम्म जल यातायातको सम्भाव्यता अध्ययन गर्न, प्रगन्ना र बड्कापथ सिंचाइ आयोजना निर्माण गर्न र बृहत दाङ उपत्यकाका लागि पनि बजेट छुट्टयाइएको छ ।
दाङका स्थानीय सरकारलाई विभिन्न अनुदान शीर्षकअन्तर्गत चार अर्ब ५६ करोड सात लाख रुपैयाँ छुट्याइँदा सबैभन्दा बढी घोराही उपमहानगरपालिकाले पाएको छ ।
अर्थमन्त्री पौडेलको पुरानो निर्वाचन क्षेत्र समेत भएको पाल्पाको बर्तुङ लिफ्ट खानेपानी आयोजना र सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । यसैगरी सिद्धार्थ राजमार्गलाई डेडिकेटेड राजमार्गका रूपमा विस्तार गर्ने घोषणा पनि बजेटले गरेको छ । पाल्पा-तम्घास सडकको जोर्तेमा सुरुङमार्गको सम्भाव्यता अध्ययनका बजेट दिइएको भने पाल्पामा मौसम मापन गर्न राडर स्थापना हुने भएको छ ।
गुल्मीको सिमीचौरमा नियमित उडान गर्ने र अर्घाखाँचीमा पनि विमानस्थल बनाउने बजेटमा उल्लेख छ । अर्घाखाँचीमा कृषि भण्डारण र एकीकृत वस्ती बनाउने योजना पनि छ । गुल्मीको रुरु क्षेत्रको धार्मिक पर्यटकीय पूर्वाधारको विकास गर्ने घोषणा भएको छ ।
यसबाहेक राष्ट्रिय गौरबका आयोजनाहरु सिक्टा सिँचाइ, बबई सिँचाइ, भेरी बबई डाइभर्सन, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष लगायतका आयोजनाले नियमित बजेट पाएका छन् ।
लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने र अन्तर्राष्ट्रिय स्तरका योजनाविदद्वारा लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी वृहत लुम्बिनी विकास गुरुयोजना तयार गर्ने घोषणा पनि बजेटले गरेको छ । यसका लागि १ अर्ब ५० करोड विनियोजन भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाउने योजना पनि घोषणा भएको छ ।
कालीगण्डकी डाइभर्सन, भेरी-बबई डाइभर्सनका साथै बाँकेको नेपालगञ्जमा क्रिकेट मैदान निर्माणका लागि पनि बजेट राखिएको छ । कोहलपुर-नेपालगञ्ज विद्युतीय बस सञ्चालनका लागि अनुदान दिइने भएको छ ।
भक्तपुर र काभ्रेलाई प्राथमिकता
प्रधानमन्त्री निकट एमाले नेताद्वय गोकुल बास्कोटाको जिल्ला काभ्रे र महेश बस्नेतको जिल्ला भक्तपुरले पनि बजेटमा राम्रै स्थान पाएको देखिन्छ ।
बजेटले भुक्तपुरको चाँगुनारायाण नगरपालिकाको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न सुविधासम्पन्न अस्पताल निर्माण गर्ने घोषणा दोहोर्याएको छ ।
‘तीन वर्षभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्यसम्पन्न गरिनेछ । भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्चाालनमा ल्याइनेछ,’ बजेटमा भनिएको छ ।
यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालयमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । काठमाडौंको जडीबुटीदेखि अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुवै किनारामा चार-चार लेनको करिडोर सडक बनाउने घोषणा पनि बजेटबाट भएको छ ।
यसैगरी, बजेटले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालसहित बिपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला क्यान्सर अस्पताललाई त्यस मातहत सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।
एकीकृत जग्गा विकास कार्यक्रमका लागि पनि भक्तपुर रोजिएको छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी तथा काठमाडौंको शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका चार ठाउँमा विदेशी लगानी समेत आकषिर्त गरी सार्वजनिक निजी साझेदारीमा नयाँ शहर निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ ।
घरेलु हिंसा पीडित महिलालाई संरक्षण गर्न भक्तपुरकै सूर्यविनायकमा मङ्गला-साहना पुनःस्थापना केन्द्र निर्माण गर्ने घोषणा भएको छ । बालसुधार गृह सञ्चालन गर्ने सूचीमा मोरङ, कास्की, तनहुँ, बाँके र भक्तपुर जिल्ला छन् ।
काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली सुधार गरेर भक्तपुरमा वितरण प्रभावकारी बनाउने योजना पनि बजेटमा छ । त्यसका लागि पाइपलाइन विस्तार गर्न रु.४ अर्ब ७९ करोड विनियोजन भएको छ ।
भक्तपुरको ताथलीबाट छाप हुँदै काभ्रेको रविओपी सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन र जिल्ला अदालत भवन निर्माणको लागि पनि बजेट छुट्याइएको छ । त्यस्तै, गुन्डुलाई स्मार्ट सिटी बनाउन पनि बजेट विनियोजन भएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउन र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको डीपीआर बनाउन १ अर्ब ५५ करोड विनियोजन भएको छ । तिमालमा लिफ्ट खानेपानी र काभ्रे उपत्यका स्मार्ट सिटी आयोजनाले पनि बजेट पाएको छ ।
बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गर्ने घोषणा बजेटले गरेको छ । त्यस्तै, काभ्रेमा व्यवसायिक कागती खेती विस्तार गर्न पनि बजेट दिइएको छ । अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नती तथा विस्तार गर्न १ अर्ब १३ करोड बजेट व्यवस्था गरिएको छ । त्यस्तै पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मानचौर लगायत क्षेत्रमा शहरी पूर्वाधार विकास गरिने भएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ भने चुनाव गर्ने घोषणा भएपछि सबै दलहरुले मैदानमा समान खालको -लेभल प्लेइङ फिल्ड) हुनुपर्ने बताउँछन् । उनले शक्तिमा रहने र नरहनेका लागि उस्तै वातावरण तयार गर्नुपर्ने भन्दै बजेटले मतदाता प्रभावित गरिए त्यो गलत हुने बताए । ‘पहुँचमा रहेका र नरहेकाले समान खालको चुनावी मैदान पाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले नै वातावरण तयार गर्ने हो ।’
१८ जेठ, काठमाडौं । सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक सदस्यको लागि उपचुनाव हुँदै थियो । प्रदेशका मतदाता र स्थानीय तहबाट भोट हाल्न आउने मतदाताको छुट्टाछुट्टै बाकस थियो ।
निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परे । तर पछि बुझ्दै जाँदा एक जना मतदाताले मतपत्रको ठाउँमा आफ्नो पीसीआर परीक्षण रिपोर्ट खसालेर गएको भेटिएपछि त्यो विवाद त्यहीँ सल्टिएर मतपरिणाम घोषणा गरिएको थियो ।
निर्वाचन अधिकारीका अनुसार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको कागज मतपेटिकामा भेटिएको छ । सो कागज स्थानीय तहका प्रतिनिधिले भोट खसाल्ने बाकसमा भेटिएको हो ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले कुल २९७ जनाले मतदान गरेकोमा एउटा मतपत्रबाहेकको ‘अन्य’ कागज भेटिएको जानकारी दिए । ‘हामीले कुल सदर मतलाई मात्रै मान्यता दिने भएकाले मतपरिणाम २९६ जनाको मात्रै आयो, एउटा मतपत्र कहाँ गयो भनेर खोजी गर्दै जाँदा एउटा अन्य पत्र भेटिएको हो,’ कुँवरले अनलाइनखबरसँग भने ।
सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । निर्वाचनमा पाण्डेयले चार हजार एक सय ४० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याएका थिए ।
१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवतरुपमा उद्घाटन गरे ।
नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा दिन थालेको थियो ।
‘फिल्ड हस्पीटल’ नाम दिइएको उक्त अस्पतालमा नेपाली सेना, सेवानिवृत्त सैनिक र उनीहरुका परिवारका सदस्यलाई उपचार दिइने सुदूरपश्चिम पृतनाले जनाएको छ । अस्पतालमा कोरोना संक्रमितको समेत उपचार भइरहेको छ ।
यस्तै प्रधान सेनापति थापाले सुदूरपश्चिम सैनिक शिविरको समेत उद्घाटन गरेका छन् । उक्त शिविरमा खेलकुद कम्प्लेक्स, क्लब, ठूलो दर्जाका सैनिक परिवारसहित बस्न मिल्ने अपार्टमेन्ट लगायतका संरचना निर्माण हुनेछन् । सुदूरपश्चिम पृतनाले केही संरचना निर्माण भइसकेको र केही निर्माणकै चरणमा रहेको जनाएको छ ।
१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ ।
नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिए ।
सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।
१७ जेठ, धनगढी । नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् ।
पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो ।
तर उनीहरु ६ जनाले नै स्पष्टीकरण पेश नगरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ । ‘उहाँहरुले अहिलेसम्म स्पष्टीकरण बुझाउनुभएको छैन,’ एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुमाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही हुन्छ । त्यो प्रक्रिया अगाडि बढिसकेको छ ।’
गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहोरिँदा भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्कालाई मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका थिए ।
यस्तै एमालेकै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउदलाई सामाजिक विकास राज्यमन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
यसअघि नै कारबाहीका लागि सिफारिसमा परेका आर्थिक योजनामन्त्री शाह बाहेकका ६ जना मन्त्रीसँग एमालेले स्पष्टीकरण मागेको थियो । पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण नबुझाएको एमालेले जनाएको छ ।
१७ जेठ, बुटवल । अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न नदिन विपक्षी चार दलले माग गरेका छन् ।
मतदान हुनुभन्दा १६ घण्टा अगाडि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकारको अधिकार दिएपछि विपक्षी दलहरूले यो निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।
पार्टीले कारवाही गरेपछि जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए । पदमुक्त भएपछि उनीहरु सर्वोच्च अदालत गएका थिए । अदालतले अन्तरिमकालीन आदेश दिंदै पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
तर निर्वाचन आयोगले मतदाताको अन्तिम नामावलीमा उनीहरुको नामावली प्रकाशन गरेको थिएन । आइतबार साँझ ५ बजेपछि निर्वाचन आयोगले मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका चार सांसदलाई मतदानको लागि अधिकार दिएपछि विपक्षी गठवन्धनले आयोगको निर्णयको विरोध गरेको छ ।
सोमबार -आज) बिहान ९ बजेदेखि ३ बजेसम्म दाङको घोराहीमा उपनिर्वाचनका लागि मतदान हुँदैछ । नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनौडिया, माओवादी केेन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजजादी पार्टीका संसदीय दलकी प्रमुख सचेतक पूर्मती ढेङ्गा मगर र राष्ट्रिय जनमोर्चाकी तारा जिसीले संयुक्त विज्ञप्ति निकालेर आयोगको पछिल्लो कदमले संवैधानिक आयोगको विश्वसनियतामा समेत आशंका पैदा भएको उल्लेख गरेका छन् ।
‘यसले निर्वाचन आयोगजस्तो संवैधानिक अंग केपी ओली एमालेको विभागमा परिणत भएको प्रमाणित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिममा गरिएको निर्णय स्वीकार्य नभएको उनीहरूको भनाइ छ ।
आयोगको पछिल्लो निर्णयले लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । चार मन्त्रीले मताधिकार पाएसंगै सत्ता पक्षका उम्मेदवारको पक्षमा १९६ मत बढेको छ ।
एकजना प्रदेश सांसदको मतभार ४८ रहेको छ । निर्वाचनमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी चार दलको गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार छन् ।
१७ जेठ, काठमाडौं । स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको हो ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिए । पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठकले आवश्यक निर्णय लिने उनले बताएका छन् ।
यसअघि १० जेठको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडा छन् । उनीहरूले स्पष्टीकरण बुझाएका छैनन् ।
१७ जेठ, काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।
नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।
विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।
जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
१७ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको छ । उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो । भारतमा बितेको चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांक छ ।
१७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२/एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको हो । नेपाल आइतबार कुवेत पुगेको हो । त्यहाँ नेपाली टोलीको पीसीआर परीक्षणको लागि स्वाव संकलनसमेत भएको छ ।
शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६-२ ले पराजित भएको थियो । नेपालका लागि अन्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए ।
कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने यी खेलहरु एएफसीले सेन्ट्रल भेन्युको रुपमा कुवेतमा खेलाउन लागेको हो ।
यसअघि ५ खेल खेलिसकेको नेपालले १ जितबाट ३ अंक जोडेको छ र समूहमा पाँच टिममध्ये चौथो स्थानमा छ ।
कुवेतसँग दुवै खेल खेलिसकेको नेपाल ७-० र १-० ले पराजित भएको थियो । यस्तै अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले पराजित गरेको थियो ।
नेपालले छनोटको पछिल्लो खेल २०१९ नोभेम्बरमा भुटानको थिम्पुमा कुवेतसँग खेलेको थियो र उक्त खेलमा १-० ले पराजित भएको थियो । त्यसको करिब १८ महिनापछि नेपालले छनोटको खेल खेल्न लागेको हो ।
विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना नेपालको लगभग सकिसकेको छ । अंकगणितीयरुपमा मात्र झिनो सम्भावना बाँकी छ ।
तर २०२३ मा हुने एसियन कपको समेत यो छनोट रहेकोले नेपाललाई बाँकी ३ खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपाल चौथो स्थानमै रहेर छनोट सकाए एसिया कपको लागि सिधै छनोट हुने सम्भावना रहन्छ । पाँचौ भएमा भने नेपालले एसिया कपको अर्को चरणमा पुग्नका लागि पनि थप प्लेअफ राउण्ड खेल्नुपर्ने हुन्छ ।
१७ जेठ, धनगढी । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे ४ लाख बढीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतका बोर्डर आउट पोष्ट (बीओपी) पचुई, बयलबन्दा, दोधाराचाँदनी, झिलमिला र थापा चोकबाट खटिएको टोलीले सीमामा गस्ती गर्ने क्रममा अवैध ४ लाख ६६ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले चिनी, किरानाका सामान, मल, बिउविजन, मैदा, खेत जोत्ने हैरो, माछा र मोटरसाइकल बरामद गरिएको जनाएको छ ।
बरामद गरिएका माछा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन बेलौरी र अन्य सामान भन्सार कार्यालयमा बुझाइएको छ ।
१७ जेठ, बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा आज मतदान हुँदै छ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।
प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।
जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।
१७ जेठ, विराटनगर । काम गरेको पैसा नदिई ठेकेदार प्रतिनिधि हिँडेपछि आफूहरु अलपत्र परेको मोरङको घिनाघाट-विराटचोक सडक खण्डमा काम गर्ने कामदारहरुले बताएका छन् ।
सो सडकखण्डमा उदयपुरका १५ युवा कार्यरत छन् । उनीहरुले बेखर्ची भएर भोकभोकै बस्नु परेको बताएका छन् । ‘ठेकेदारका मान्छे पैसा नदिई हिँडे, हामी यहाँ अलपत्र छौँ,’ उदयपुर बेलका नगरपालिका-३ का रेवत राईले भने, ‘पैसा माग्दा झुलाइ राखे, भात पनि पाइएन ।’
ठेकेदारले पैसा नदिएका कारण नुन र पानीसँग भात खानु परेको कामदार सविन राईले बताए ।’एउटा कोठामा १५ जना बसेका छौं,’ उनले भने, ‘आज नुन र पानीसँग भात खायौंं अब भात खाने चामल छैन ।’
बानियाँ निर्माण सेवाले घिनाघाट-विराटचोक सडकको पर्खाल बनाउन डेढ महिना अघि उनीहरुलाई विराटनगर बोलाएको थियो । ठेकेदार कम्पनीले काम गरेको करिब दुई लाख ५० हजार रुपैयाँ नदिएको रेवत राईले बताए ।
एक सातायता काम विहीन भएर कोठामा बस्नु परेको उनले बताए । खाने चामल नभएपछि उनीहरुले ठेकेदार कम्पनीसँग पैसा मागिरहेका छन् । तर अरु कर्मचारीलाई पैसा दिएको ठेकेदार कम्पनीले १५ जनालाई पैसा नदिई बेखर्ची बनाएको उनले बताए ।
उनले आफूले पाउने पैसा दिलाएर घर जाने वातावरण बनाइदिन आग्रह गरेका छन् । काम गरेको पारिश्रमिक माग्न जादा ठेकेदार प्रतिनिधिले भेट्नै नमानेको उनले बताए । ‘यहाँ भोकभोकै बस्दैनौं, पैसा उठाएर घर जाने वातावरण बनाइदिनु पर्यो,’ उनले भने, ‘ठेकेदारले हाम्रो कुरा सुनेन, पैसा दिने भाका मात्रै सारे ।’
हाम्रो अभियानको राहत
यता ठेकेदार कम्पनी बानियाँ निर्माण सेवाले अझै केही दिन पैसा दिन नसक्ने बताएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि मनोज अधिकारीले बैंक बन्द भएकाले तत्काल कामदारलाई पैसा दिन नसक्ने बताए । ‘आज दिने भनेका थियौं तर बैङ्क बन्द छ,’ उनले भने, ‘अझै केही दिन लाग्छ ।’
पैसा नहुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएपछि अलपत्र परेका कामदारलाई हाम्रो अभियान नामक युवाहरुको समूहले सहयोग गरेको छ ।
आइतबार केही दिनका लागि पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो । हाम्रो अभियानका संयोजक वसिम आलमले चामल, तेल, नुन, आलुलगायत सामाग्री सहयोग गरिएको जानकारी दिए ।
१७ जेठ, धनगढी । लागुऔषधसहित कञ्चनपुर प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले वेदकोट नगरपालिका-७ को लालपुरबाट लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका २५ वर्षीय प्रविन चौधरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको साथबाट ०.२७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।
उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
१६ जेठ काठमाडौं । पोल्याण्डका अल्फ्रेडो लियोनले विश्व भलिबलमा एकै खेलमा १३ सर्भिसको नयाँ कीर्तिमानी बनाएका छन् । हाल भइरहेको भलिबल नेशन लिग अन्तर्गत सर्वियाविरुद्धको खेलमा लियोनले एकै खेलमा १३ वटा सर्भिसमा पोइन्ट ल्याउँदै कीर्तिमानी बनाए ।
उनको उत्कृष्ट प्रदर्श प्रेरित पोल्याण्डले सर्वियालाई ३-१ ले पराजित गरेको थियो । लियोनले यसअघि एकै खेलमा रहेको सात सर्भिस अंकको कीर्तिमानीलाई झण्डै डबलले पछि पारे । प्रतियोगितामा बनेको यो पहिलो कीर्तिमानी हो ।
यसअघि सन् २०१९ मा जापानका युजी निसिदाले बुल्गेरिया र अष्ट्रेलियाका सामुइल वाल्केरले ब्राजिल विरुद्ध एक खेलमा ७ सर्भिस अंक ल्याएका थिए ।
यस्तै खेलमा पोल्याण्डले सर्भिसबाट मात्रै कूल १७ अंक ल्याएको थियो जुन अर्को कीर्तिमानी हो । सन् २०१८ मा इटलीले ब्राजिललाई ३-२ को सेटमा पराजित गर्दा सर्भिसबाट १४ अंक जोडेको गियो ।
यसैगरी पोल्याण्डका लियोन फास्टेस्ट सर्भिस गर्ने खेलाडी पनि बनेका छन्। उनले सोही खेलमा १३५.६ किलोमिटर प्रतिघण्टाको स्पिडमा सर्भिस गरेका थिए । यसअघि भलिबल नेशन लिगमा इटलीका इभान जात्सेबले १३४ किलोमिटर प्रतिघण्टाको स्पिडमा सर्भिसको कीर्तिमान बनाएका थिए ।
१७ जेठ, डोटी । ‘खाना खाएर छोरीसंगै सुतेकी थिएँ, मध्यराति कोठाको स्यानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो । उठेर हेरेँ, केही देखिएन । फेरि ओछ्यानमा पल्टिएकी मात्र थिएँ, त्यही झ्यालबाट ग्यालेनले मट्टितेल जस्तै ज्वलनशील पदार्थ फाल्न थाल्यो । मैले उठेर भित्रबाट रोक्न खोजेँ, सकिन ।’
डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटको भनाइ हो यो । दिपायल राजपुरमा रहेको सु–जङ्ग सामुदायिक अस्पतालमा उपचाररत उनी त्यो घटना सम्झँदै भन्छिन् ‘ज्वलनशील पदार्थ फालेर सलाई कोरेर भित्र फालियो, मैले पहिलो काँटी निभाएँ । एकछिनमै अर्को काँटी फाल्यो र आगो टिपीहाल्यो ।’ उनीले आगोबाट बच्नबाहिर निस्किन खोजिन् तर आक्रमणकारीले बाहिरबाट ढोका थुन्यो । उनी चिच्याइन्, एकोहोरो चिच्याइरहिन् ।
उनको चिच्याहट छरछिमेकीहरुको कानमा पुग्यो, छिमेकीहरु हतारिएर आएपछि आक्रमणकारी भाग्यो । तर त्यतिबेलासम्म लक्ष्मीको जिउमा आगो सल्किसकेको थियो । उनकी दुई वर्षीया छोरीलाई पनि आगोले टिपिसकेको थियो । ‘राति अध्याँरो थियो, झ्याल पनि सानो थियो, ढोका खोल्न दिएन’ लक्ष्मी भन्छिन् ‘को मान्छे हो, मैले चिन्न सकिनँ ।’ उनी ज्वलनशील पदार्थ के हो भन्ने पनि छुट्याउन सकिरहेकी छैनन् तर गन्धका आधारमा मट्टितेल हो भन्ने उनलाई लाग्छ ।
उनको आठ वर्षअघि सन्तोषभाटसँग विवाह भएको थियो । उनीहरुबीच पछिल्लो समय राम्रो सम्वन्ध थिएन । तीन वर्षअछि सन्तोषले अर्को बिहे गरेपछि उनीहरुको सम्वन्धमा झन् फाटो आयो तर लक्ष्मीले श्रीमान् बिरुद्ध कतै उजुरवाजुर गरिनन् । अर्को बिहे गरेपछि सन्तोष कान्छी श्रीमतीसँग बस्न थाले । उनले आफू र छोरीहरुको वास्ता गर्नछोडेपछि लक्ष्मीले गुजारा चलाउन गाउँमै सानो चिया पसल सुरु गरिन् । उनी पसलमै बस्दै आएकी थिइन् । तीन छोरीकी आमा लक्ष्मी फागुन यता श्रीमानसँग बोलचाल समेत बन्द भएको बताउँछिन् । घटनाको समयमा उनकी दुई छोरी बाजेबजैसँग अर्कै घरमा थिइन् ।
लक्ष्मीलाई स्थानीय अस्पतालले अर्कै अस्पतालमा रिफर गर्न लागेको छ । तर आर्थिक अभावका कारण उनी अन्त जान सकिरहेकी छैनन् । संगैकी छोरीलाई काखी च्याप्दा कम जलिन् तर अस्पतालका अनुसार लक्ष्मीको शरीर आधाभन्दा धेरै जलेको छ ।
घटनापछि लक्ष्मीका श्रीमान् सन्तोष फरार छन् । लक्ष्मीको कुरुवा बसेका उनका ससुरा गोरे भाटले भन्छन् ‘डाक्टरले अन्त लैजाऊ भन्नुभयो, आफूसँग न पैंसा छ, न कसैले ऋण दिन मानिरहेका छन्, कहाँ लैजाने, कसरी उपचार गर्ने भन्ने पनि मलाई केही जानकारी छैन ।’ उनी अस्पतालमा भए दुखेको बेला औषधि त पाइएला भनेर यतै राखेको वताउँछन् ।
घटनालगत्तै गोरेले छोरा सन्तोषलाई फोन गरेर जानकारी गराएका थिए । तर आफू भारतबाट आएका यात्रु लिएर आएकोले क्वारेन्टिनमै बसेको र निन्द्रा थकानका कारण आउन नसक्ने जवाफ छोरोले दिएको उनी बताउँछन् ।
आफूहरुले सुरुमै यता उपचार सम्भव नहुने जानकारी गराइसकेको बताउँछन् सु–जंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायर । उनले भने ‘उहाँको शरीर आधाभन्दा धेरै जलेको छ, अरु ठाउँ त सुधार हुन सक्छ तर हातको घाउ यताको उपचारले सम्भव छैन ।’ उनी छोरीको अवस्था सामान्य रहेको वताउँछन् ।
प्रहरीको शंका श्रीमानतिरै
लक्ष्मीले अँध्यारोको कारण आक्रमणकारीलाई चिन्न नसकेको बताएकी छन् । प्रहरीले भने प्रारम्भिक अनुसन्धानका क्रममा आक्रमणकारी लक्ष्मीकै श्रीमान् सन्तोष भाट रहेको अनुमान गरेको छ ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा श्रीमान्कै हात भएको देखिन्छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ‘यसअघि पनि उनीहरुबीच मनमुटाव रहेछ ।’ यत्रो घटना हुँदासम्म पनि उनी नजिक नआउनु, फोन अफ गरेर फरार रहनुले पनि यसमा थप सशंकित गराएको उनी बताउँछन् । घटनापछि उनले आफन्तहरुलाई फोन गरेर आफूले घटना घटाएको बताएको समेत प्रहरीको दावी छ । उनी भारत छिरिसकेके प्रहरी अनुमान छ ।
लक्ष्मीका माइती पक्षले आइतबार सन्तोषविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए । उनले सन्तोषको खोजी भइरहेको बताएका छन् ।
१६ जेठ, जनकपुरधाम । पहिलो लहरको कोरोना कोरोना महामारीको समयदेखि नै संक्रमणदर उच्च एवं मृत्युदर समेत धेरै देखिएको प्रदेश २ मा कोरोना परीक्षण दर भने कुल जनसंख्याको आधारमा अत्यन्त कम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाका अनुसार प्रदेशमा रहेका अनुमानित ६० लाख जनसंख्यामध्ये हालसम्म २ दशमलव ९८ प्रतिशतले हुन आउने संख्यामा मात्रै पीसीआर परीक्षण गरिएको छ ।
भारतीय सीमासँग जोडिएको र घना वस्ती रहेको प्रदेशमा यति कम संख्यामा परीक्षण गरेर यसको न्यूनीकरण गर्न कठिन रहेको जानकारहरु बताउँछन् । १३ जेठमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी लिन बोलाएको सरोकारबलाहरुको बैठकमा प्रदेशमा हालसम्म भएको कोरोना परीक्षणको तथ्यांक माग गरेपछि यो तथ्यांक सार्वजनिक भएको हो ।
निर्देशनालयको आइतबारसम्मको तथ्यांक अनुसार कुल १ लाख ८२ हजार ४ सय २३ जनाको कोरोना परीक्षण भएको छ । यसमध्ये आइतबारसम्म ३२ हजार ३ सय ७२ जनामा संक्रमण देखिएको छ । यसमध्ये ६ सय ७० जनाको मृत्यु भएको छ । प्रदेश २ मा पछिल्ला दिनमा कोरोनाको परीक्षण झनै घट्दै गएको छ । पहिले १ हजारभन्दा बढीसम्म परीक्षण हुँदै आएको प्रदेशमा अहिले दैनिक केवल ८ सय जनासम्मको परीक्षण हुने गरेको निर्देशनालयले जनाएको छ ।
परीक्षण घटेसँगै संक्रमित पनि घटिरहेको देखिन्छ । पछिल्लो समयमा परीक्षण कम भइरहेको स्वीकार्छन् प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा । परीक्षण कम भइरहेकाले नै संक्रमित पनि कम देखिइरहेको उनको दाबी छ । ‘केही दिनअघिसम्म दैनिक ५ सयसम्म संक्रमित पुगिरहेको थियो’ उनी भन्छन्, “अहिले आधा भएको छ । सँगै परीक्षण पनि घटेको छ । परीक्षण नभए घटेको भन्न मिल्दैन ।”
त्यसो त प्रदेशमा आफैँ परीक्षण गर्न आउनेको संख्या पनि अत्यन्त कम छ । झा भन्छन् ‘घर घरमा बसेर संक्रमण फैलाइरहेका छन् । जबसम्म परीक्षण हुँदैन तबसम्म कहाँको अवस्था के छ भन्ने कुरा बुझ्न कठिन छ । तर यहाँ लक्षण देखिए पनि कोही पनि आफैँ परीक्षण गर्न आउँदैनन् ।”
झा प्रदेश २ को परीक्षण दर पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पूरा भएको बताउँछन् । ‘विश्व स्वास्थ्य संगठनले कम्तीमा २ प्रतिशत जनसंख्याको परीक्षण गराउन भनेको छ’ उनी भन्छन्, “हामी सही दिशामै छौं । तर ओभर कन्फिडेन्स भएका छैनौं । परीक्षण अझै बढाउनैपर्छ ।”
प्रदेश सरकारका स्वास्थ्य विज्ञ समेत रहेका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह प्रदेशमा संक्रमण घट्न थालेको बताउँछन् । ‘तथ्यांकमा त भन्न सक्दिनँ तर, पछिल्लो समयमा संक्रमित घट्न थालेको देखेको छु’ उनी भन्छन्, “तर यसको मतलव यो होइन कि परीक्षण नगरियोस् ।”
परीक्षण बढाउनुपर्नेमा संघीय सरकारको पोलिसी नै अर्कै रहेको उनी बताउँछन् । ‘केन्द्रबाट बनेको गाइडलाइनले नै परीक्षणको दायरालाई कमजोर बनाएको देखिएको उनी बताउँछन् । गत बर्ष झैं कन्ट्याक्ट ट्रेसिङ्ग गरेर परीक्षण गर्नुपर्नेमा अहिलेको गाइडलाइनले त्यो कुरा नबोलेको बताउँछन् उनी ।
घर–घर पुगेर परीक्षण गरिने
प्रदेशका जनता नै परीक्षण गराउन नमानिरहेको प्रदेश सरकारको स्वास्थ्य निकाय बताउँछ । स्वास्थ्य निर्देशनालयका निर्देशक झा रुघाखोकी लाग्दा, ज्वरो लाग्दा तथा कोरोनाका अन्य लक्षण देखापर्दा पनि सर्वसाधारण घरमै बस्ने गरिएका कारण पनि परीक्षण धेरै हुन नसकेको बताउँछन् ।
‘मान्छे जतिलाई परीक्षण गराउनुपर्ने हो उनीहरुले नै गराइरहेका छैनन् । रुघाखोकी लागे, खोकी, नकाबाट पानी आए, दम फुल्दा समेत घरमै बस्ने गरेको पाइएको छ’ उनी भन्छन्, “हुन सक्छ कोरोना नभएर अर्कै बिमारी होस् । तर जाँच गराउँदा के हुन्छ ? तर मानिरहेका छैनन् ।
सर्वसाधारण नआएपछि उनीहरुकै घरदैलोमा गएर परीक्षण गर्न लागिएको उनले जानकारी दिए । परीक्षणको दायरा बढाउनकै निम्ति अब हामी समुदायमा जान लागेका छौं’ उनी भन्छन्, “स्थानीय जनप्रतिनिधीको सहयोगमा शंकास्पद सबैको जाँच गरिनेछ ।”
समुदायमा गएर एन्टिजेन परीक्षण गरिने उनले बताए । यसका निम्ति २ लाख किट केन्द्रबाट आइसकेको उनले बताए । पिसिआरजस्तै क्षमता भएको यो किट मार्फत् १५ मिनेटमै परीक्षण गरी संक्रमितलाई तत्कालै आइसोलेट गर्ने योजना रहेको उनले बताए ।
१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो ।
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले संयुक्त राष्ट्रसंघको पहलमा तयार गरेको गुरुयोजना सन् १९९५ मा सम्पन्न गर्ने भनिएको थियो । तर ४३ वर्षमा ८० प्रतिशत काम मात्र पूरा भएको छ । वजेट वक्तव्यमा दुई वर्षमा पूरा हुने भनिएपनि कोरोना महामारीको अन्त्य भएको खण्डमा अबको तीन वर्षमा गुरुयोजना सम्पन्न हुने लुम्बिनी विकास कोषका पदाधिकारीहरु बताउँछन् ।
गुरुयोजनाका बाँकी काम एकैपटक पूरा गर्नेगरी गत सोमबार ४ अर्ब रुपैयाँ बराबरको ग्लोबल टेण्डर समेत आह्वान भएको छ भने थप ३ अर्बको टेण्डर यही असारभित्रै गर्ने लुम्बिनी विकास कोषको तयारी छ । ४ अर्बको बोलपत्रमा सम्झौता भएको २ वर्षभित्र काम सक्नुपर्ने भनिएको छ । ‘ग्लोबल टेण्डर आह्वान र आउँदो आर्थिक वर्षका लागि डेढ अर्ब वजेट विनियोजन हुनुले अब गुरुयोजना छिट्टै पूरा हुन्छ’–लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने–‘गुरुयोजनाको ८० प्रतिशत भन्दा बढी काम पूरा भइसकेको छ, बाँकी काम साढे दुई वर्षमा पक्कै पूरा हुन्छ ।’
कोषका योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईले ४ अर्बको टेण्डरमा रोड नेटवर्क अन्तर्गत करिब ६० किलोमिटर आन्तरिक सडक, ढल, पुल, कल्बर्ट, बिहार जोड्ने लिंक रोडहरु, सौन्दर्यीकरण र विद्युतीकरण लगायतका कामहरु हुने बताए ।
असारभित्र गरिने थप ३ अर्ब बराबरको टेण्डरमा नदी नियन्त्रण, फोहोर व्यवस्थापन प्रणाली र ६ वटा भवन निर्माण लगायतका काम हुने इन्जिनियर भट्टराईले बताए । गुरुयोजनाले राष्ट्रिय÷अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्य राखेको छ ।
लुम्बिनीलाई सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ बिघा (तीन वर्ग माइल) जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन वर्ग माइललाई एक÷एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको क्षेत्रलाई लुम्बिनीग्राम, बीचमा रहेको दोस्रो खण्डलाई शैक्षिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय बिहार तथा गुम्बाक्षेत्र भनी नामाकरण गरिएको छ । दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । यहाँ बुद्धले पहिलो पटक धर्तीमा पाइला टेकेका थिए ।
लुम्बिनीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद फखरुद्दिन खानले भने कामचलाउ सरकारका अर्थमन्त्रीले भनेजस्तो दुई वर्षमा गुरुयोजनाका काम पूरा नहुने बताउँछन् । ‘पहिलो कुरा त यो असंवैधानिक सरकारले ल्याएको वजेट हो, यसको कार्यान्वयनै शंका छ’–खानले भने–‘अर्कोतर्फ कोरोना महामारीको असर कहिलेसम्म रहने हो यकिन छैन, त्यसैले कम्तीमा तीन वर्षमा गुरुयोजना सम्पन्न हुने आशा गर्न सकिन्छ ।’
विगतका वर्षहरुमा न्यून वजेट विनियोजन हुंदा गुरुयोजनाका काम उल्लेख्य रुपमा अघि बढ्न नसकेकोमा पछिल्ला वर्षहरुमा वजेटको समस्या नभएकाले अब टेण्डर अवधिमै गुरुयोजना पूरा हुने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । गुरुयोजनाका सबै काम पूरा गर्न लाग्ने ७ अर्ब वजेटको सुनिश्चितता भइसकेको र काम गर्दै जांदा बाँकी वजेट अर्को आर्थिक वर्षको वजेटमा प्राप्त हुने बताए ।
गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्रस्थलको रूपमा विकास हुने कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीले बताउंछन् ।
के के छन् गुरुयोजनामा ?
गुरुयोजनाले पवित्र उद्यान क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । त्यहाँ गौतम बुद्धले पहिलो पाइला टेकेका थिए । यो क्षेत्रलाई चारैतिरबाट पोखरी (सर्कुलर लेबी) ले घेरिएको छ । यहाँ वरिपरि नीलो पानीले घेरिएको सुन्दर बगैँचाको परिकल्पना गरिएको छ । गोलो पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरू, प्राचीन लुम्बिनीग्रामका अवशेषहरू मात्र रहने गरी नयाँ निर्माणका काममा रोक लगाइएको छ ।
उत्तर–पश्चिमबाट आउने बाढीको पानी यो क्षेत्रभित्र पस्न नदिन गोलाकार नहरहरू बनाइएको छ । पवित्र उद्यान क्षेत्र विश्व सम्पदा सूचीमा समावेश छ । यो क्षेत्रमा दायाँ–बायाँ वा पूर्व–पश्चिम गरी दुई क्षेत्रमा दुई/दुई सय जनासम्म साधक साधिका अटाउने ध्यानकुटी र गोलाकार नहरको बाहिर पवित्र पुरातात्विक क्षेत्रको हेरचाहका लागि पुरातात्विक कार्यालय बनाइएको छ । गोलाकार पोखरीबाहिर एउटा विशिष्ट अतिथि गृह र अर्को अति विशिष्ट अतिथि गृह बनाउने योजना छ ।
उद्यान क्षेत्रभित्र बुद्धको जन्म भएको स्थान, मायादेवी मन्दिर, मायादेवीले स्नान गरेका चिसो र तातो पानीयुक्त दुई कुण्ड, अशोक स्तम्भ र त्यसवरिपरि प्राचीन बिहार, चैत्य आदिका भग्नावेशषको संरक्षण गरी बुद्धकालीन प्राचीन बगैँचालाई झल्काउने गरी फूल तथा बिरुवा रोप्ने योजना पनि गुरुयोजनामा छ ।
४१ वटा उद्यानका प्लटमध्ये तीनवटा तयार भएका छन् । बाँकी प्लटलाई सौन्दर्यीकरण गर्ने, उद्यान परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ ।
अहिलेको पोखरीलाई दोब्बर बढाएर घाँस तथा झार उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सुरु भएको छ । पोखरीका विभिन्न पाँच स्थानमा पानीका रंगिन फोहरा बनाउने योजना छ । पोखरीमा जलचर प्राणीहरू र चराचुरुड्गीको आगमन वृद्धि गर्न उनीहरूको बासस्थान सुरक्षित गर्दै सौन्दर्यीकरण गर्ने योजना छ ।
नयाँ लुम्बिनी ग्राम
लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन क्षेत्रमध्ये उत्तरतर्फको एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ । गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजना समावेश गरिएको क्षेत्रलाई गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरूलाई आवश्यक भौतिक सुविधा पु¥याउने धेरैजसो संरचनाहरू यो क्षेत्रमा निर्माण हुन बाँकी छन् ।
गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको छ । जसमध्ये एकसय बेडको सबै सुविधायुक्त विलासी होटल, १ सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, २ सय बेडको साधारण आवासगृह र चारवटा क्याम्पिङ निर्माण गर्ने योजना बनाएको थियो । तीनस्तरका होटल सञ्चालनमा आइसकेका छन् भने क्याम्पिङ निर्माण हुन बाँकी छ ।
पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन निर्माण सम्पन्न भई सञ्चालनमा छन् भने डोम आकारका आठ वटा भवन बन्न बाँकी छन् । कोषले यी भवनलाई लुम्बिनीको धरोहरका रूपमा लिएको छ । बैंक, प्रहरी, उपचार भवन, ट्राभल एजेन्ट र रेस्टुरेन्टका लागि यस्ता भवनहरू बन्नेछन् ।
गुरुयोजना क्षेत्रभित्र नौवटा गेटमा आधुनिक सुरक्षा पोस्टहरूको निर्माण कार्य सकिएको छ । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण कार्य पनि पूरा भएको छ ।
३५ करोडको लागतमा खानेपापानी ट्यांकी निर्माण भइसकेको छ । ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेसन र विद्युतीय विस्तार, ३५ करोडकै लागतमा ढल निकासको काम निर्माणाधीन छन् ।
यीबाहेक केही ठूला पोखरी र केन्द्रीय नहरको विस्तारका काम बाँकी रहेका योजना प्रमुख भट्टराईले बताए । नयाँ लुम्बिनी ग्रामक्षेत्रमा १ हजार क्षमताकोे अस्थायी सभाहल निर्माण भएको छ ।
यसै क्षेत्रमा मावि तहको विद्यालय र अस्पतालको परिकल्पना गुरुयोजनाले गरेको छ । विद्यालयको नाममा लुम्बिनी गुरुयोजनाकै डिजाइनअनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयको आवास क्षेत्र निर्माण गरिएको छ । यी भवन २० वर्ष विश्वविद्यालयले उपयोग गरेपछि विद्यालय सञ्चालन गर्ने कोषको योजना छ ।
गुरुयोजनाअनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खनन गर्न, बाँकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण, विद्युतीय व्यवस्थापनका कामहरु बांकी छन् ।
एडिलेट / साउथ अष्ट्रेलियाया रहेको एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका)ले क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिट क्रिकेट अवार्ड २०२०-२१ जितेको छ ।
जुनियर क्रिकेट इनोभेटिभ कम्युनिटी अवार्डअन्तर्गत रहेको सो अवार्ड जुनियर क्रिकेटको क्षेत्रमा विशेष कार्य गर्ने संस्थाहरुलाई दिदै आएको अष्ट्रेलियाको राष्ट्रिय अवार्ड हो ।
अष्ट्रेलियामा रहेका सबै राज्य बाट छनौट भएर आएका मध्ये एनका र एनएसडब्लुको गोलवन डिस्ट्रिक जुनियर क्रिकेट एशोसिएसन फाइनलका लागि छनौट भएका थिए ।
एनकाले गोलवन डिस्ट्रिकलाई पछाडि पार्दै राष्ट्रियस्तरको अवार्ड हात पार्न सफल भएको अध्यक्ष विजय जोशीले बताए ।
साउथ अष्ट्रेलियन क्रिकेट एशोसिएसनले साउथ अस्ट्रेलियामा रहेर जुनियर क्रिकेट क्षेत्रमा काम गरिरहेका संस्थाहरु मध्येबाट एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनलाई छनौट गरी क्रिकेट अष्ट्रेलियामा पठाएको थियो ।
जोशीकाअनुसार सन् २०२०-२१ का लागि एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनले साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन कम्युनिटी अवार्डसमेत जित्न सफल भएको छ।
एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका) स्थापनाकालको सुरुआती दिनहरुमा युवाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको थियो ।
कुशल व्यवस्थापनका कारण छोटो समयमा सफलता प्राप्त गर्दै गएको यस एशोसिएसनले आफ्नो दायरालाई फराकिलो गर्दै महिला र बालबालिकाहरु लक्षित कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।
अष्ट्रेलियामा रहेका धेरै समुदायका क्रिकेट संस्थाहरुमा आफूलाई अग्रपंक्तिमा उभ्याएर एनकाले क्रिकेट अष्ट्रेलियाको मन जित्नसमेत सफल भएको छ ।
साउथ अष्ट्रेलियाको प्रिमियर अफिसका लागि सहायकमन्त्री जिंग ली यस एशोसिएसनको दूत रहेकी छन् भने अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब सल्लाहकार रहेकी छन् ।
सन् २०१५ देखि बालबालिकाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको छ । हरेक सत्रमा जुनियर क्रिकेट ब्लास्ट कार्यक्रम संचल गर्दै आएको हो ।
बालबालिकाहरुको क्रिकेट क्षेत्रमा रुचि बढ्दै गएको हुँदा एनकाले गएको सत्रदेखि अन्डर-१० एनका जेम्स टिमसमेत निर्माण गरेको छ।
एनका जेम्स टिमले साउथ सेन्ट्रल जुनियर क्रिकेट एशोसिएसन अन्डर-१० टुर्नामेन्ट खेल्दै आएको छ । गएको सत्रमा १३ लिग खेलमा एनका जेम्सले १० खेलमा जित हात पारेका थिए ।
एनका अध्यक्ष विजय जोशीले अस्ट्रेलियाको राष्ट्रिय टिममा एक दिन यिनै जेम्सहरु पुग्ने बताए । जुनियर बलास्टर, मास्टर बलास्टर, अन्डर १०-१२-१४-१६-१९ हुँदै प्रिमियर, स्टेट हुँदै एक दिन अस्ट्रेलियाको राष्ट्रिय टिमसम्म पुग्ने आशा राखेका छन् ।
जोशीका अनुसार एनका जेम्समा नेपाली समुदायसँगै अन्य समुदायबाट समेत बालबालिकाहरु रहेका छन् ।
राष्ट्रिय र राज्यका महत्वपूर्ण अवार्डहरु जित्दै गर्दा यसले खुशीसँगै जिम्मेवारीसमेत बढेको अध्यक्ष जोशी बताउँछन् ।
जोशीले एनकाको खेलकुद यात्रामा साथ दिने नेपाली समुदाय र सम्पूर्ण सहयोगीहरुलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
साउथ अस्ट्रेलियाको समाजमा क्रिकेटमा प्रगति गरेकोमा एन्का टिमलाई यहाँ स्थित व्यक्ति तथा संस्थाहरुले बधाई ज्ञापन गरेका छन् ।
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नवीन पन्तले यो टिमले भविष्यमा निक्कै प्रगति गर्ने विश्वास व्यक्त गरे ।
साउथ अस्ट्रेलियाका लागि नेपाली कन्सुलेट दीपक धमालाले उक्त टिमको आगामी यात्राको लागि शुभकामना दिए ।
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा चुनावलाई लक्षित गरेर पर्याप्त छुटको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने गरी समेत विभिन्न विषयमा छुट दिइएको छ ।
आगामी कात्तिक अन्तिम साता र मंसिरको पहिलो साताको लागि चुनावको मिति तय भइसकेको अवस्थामा झण्डै ३ दर्जन विषयमा छुट दिएर मतदाता रिझाउने प्रयास गरेको भनेर सरकारको आलोचना भएको छ ।
सरकारले विभिन्न क्षेत्रमा कम्तीमा १० प्रतिशतदेखि बढीमा ९० प्रतिशत सम्म छुट सुविधा दिएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमा समेटिएका छुट तथा सहुलियत सम्बन्धी व्यवस्थाहरु निम्नानुसार छन् ।
१. अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छुट र सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिने घोषणा बजेटमार्फत गरिएको छ । कोभिड १९ महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत शुल्कमा ५० प्रतिशत छुट दिइने भएको छ ।
२. कोभिड १९ को उपचारमा प्रयोग हुने औषधि आयातमा भन्सार महसुल छुटको व्यवस्था गरिएको छ ।
३. गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गरी नागरिकको स्वास्थ्यमा सुधार ल्याउन नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्तालाई वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल यसै महिनादेखि छुट दिई निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
४. निषेधाज्ञा अवधिभर खाद्या व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल पीठो, दाल, नुन, खानेतेल चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
५. निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्तामध्ये मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइनेछ । उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरिएको छ ।
६. कोरोनाबाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ लगायतका पर्यटन व्यवसाय सार्वजनिक यातायात हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्युटी पार्लर, हेल्थ क्लब जस्ता व्यवसायले आगामी आर्थिक वर्षमा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिने र स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ ।
७. सरकारी र सरकारी स्वामित्वका निकायको घर, गोदाम वा जग्गा भाडामा लिई व्यवसाय गरेका व्यवसायीहरुले निषेधाज्ञा अवधिभरको भुक्तानी गर्नुपर्ने भाडामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाउने व्यवस्था गरिएको छ ।
८. कृषिको यान्त्रीकरणका लागि कृषि औजार तथा कृषि उपकरण र सोको पार्टपूर्जाको आयातमा दिइएको कर तथा महसुल छुटको दायरा तथा प्रतिशतमा वृद्धि गरेको छ ।
९. पेट्रोलियम पदार्थको सवारीलाई विस्थापन गर्न विद्युतीय सवारीलाई प्राथमिकता दिने घोषणा । यसकालागि अवलम्बन गर्नुपर्ने नीति, छुट तथा सुविधा, पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने एवं पेट्रोलियम पदार्थबाट ढुवानी हुने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गरे ५ वर्षसम्म नवीकरण शुल्क र सडक निर्माण तथा सम्भार दस्तुरमा छुट दिने व्यवस्था गरिएको छ ।
१०. काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरुलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गरेमा त्यस्ता उद्योगलाई १० वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराउने, पाँच वर्षसम्मका लागि विद्युत डिमाण्ड शुल्कमा पूरै छुट र उद्योगले पैठारी गर्ने मिल, मेसिनरी र सोको पार्टपूर्जामा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने भएको छ ।
११. विदेशी लगानीकर्ताले नेपालमा उत्पादन गरी शतप्रतिशत निकासी गरेमा त्यस्ता उद्योगलाई आयकरमा थप छुटको व्यवस्था गरिएको छ ।
१२. खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिइने भएको छ ।
१३. सामूहिक ट्रेडमार्क मवीकरण दस्तुर नेपाल सरकारले व्यहोर्ने र अर्गानिक प्रमाणीकरणका लागि लाग्ने शुल्क छुट दिने व्यवस्था गरिएको छ ।
१४.उपभोक्ता समूहमा सञ्चालित खानेपानी आयोजनामा प्रयोग हुने विद्युत महसुल तथा डिमाण्ड शुक पूरै छुटको घोषणा गरिएको छ ।
१५. निश्चित युनिटभन्दा बढी र माग कम हुने समयमा विद्युत खपत गर्ने औद्योगिक ग्राहकलाई महसुल दरमा थप छुटको व्यवस्था गरिएको छ ।
१६. सरकारले कोभिड १९ महामारीबाट प्रभावित उद्योग व्यवसायलाई कर छुट दिने एवं सहुलियत उपलब्ध गराउने भएको छ ।
१७. आर्थिक वर्ष २०७७÷७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतको आयकर छुट गरिएको छ ।
१८. कोरोनाबाट अत्यधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याइएको छ ।
१९. सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४ अनुसार आर्थिक वर्ष २०७५÷७६सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवाना तिर्दा १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा हुने व्यवस्था मिलाउने उल्लेख गरेको छ ।
२०. करसम्बन्धी विभिन्न ऐन अनुसार २०७७ साल असार मसान्तभित्र भएको कर निर्धारण उपर चित्त नबुभाई विभिन्न न्यायिक निकायमा विचाराधीन मुद्दामध्ये झूटा तथा नक्कली विजक बाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई निर्धारित कर र सोमा लागेको ब्याजको ५० प्रतिशत रकम २०७८ मंसिर मसान्तसम्म बुझाएमा बाँकी सबै शुल्क मिनाहा हुने भएको छ ।
२१. २०७६ असार मसान्तसम्मको कर रकम र सोमा लागेको ब्याज २०७८ पुष मसान्तभित्र दाखिला गरेमा शुल्क जरिवाना तथा थप दस्तुर मिनाहा हुने भएको छ ।
२२. तीनै तहका सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको छ ।
२३. निवृत्तिभरणबापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुटको व्यवस्था गरिएको छ ।
२४. करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपीग्यासको खरिदमा तिरेको मूल्य अभिबृद्धि कर कट्टी गर्न पाउने व्यवस्था मिलाइएको छ । ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गाे सेवा, इलाइब्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ तथा टुर प्याकेज, जस्ता सेवा शुल्क र उत्पत्तिको प्रमाणपत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिबृद्धि कर छुटको व्यवस्था गरिएको छ ।
२५. अक्सिजन ग्यास, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य जीवनदायक सामग्री र औषधि आयात, उत्पादन तथा बिक्री बितरणमा लाग्ने भन्सार महसुल मूल्य अभिवृद्धि कर र अन्तशुल्क २०७८ पुष मसान्तसम्म छुट गरिएको छ ।
२६. विद्युतीय सवारीसाधनको अन्तशुल्कमा पूरै खारेज र भन्सार शुल्कमा पनि कमी ल्याइएको छ ।
२७. इन्डक्सन चुलोको भन्सार महसुल घटाइएको छ भने राइसकुकर, रेफ्रेजेरेटर लगायत अन्य विद्युतीय उपकरणको अन्तशुल्क खारेज गरिएको छ ।
२८. शिशु स्वास्थ्य पोषणलाई बढावा दिन बच्चाले खाने दूधको भन्सार महसुलमा ५० प्रतिशत घटाइएको छ ।
२९. चिया, जुट, चलचित्र, पश्चिमा, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्मममा प्रयोग हुने यन्त्र उपकरण र पार्टपुर्जाको भन्सार छुट दिइएको छ ।
३०. कृषि व्यावसायिकरण गरी उत्पादन र रोजगारी बृद्धि गर्न व्यावसायिक कृषि आयामा लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ । साथै, सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइएको छ ।
३१. स्टार्टअप व्यवसायलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ ।
३२. स्वदेशी उयत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा २० प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाइएको छ ।
३३. वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ बस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले पहिलो ३ वर्षसम्म लाग्ने आयकरको ५० प्रतिशत र थप २ वर्षसम्म २५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
३४. औद्योगिक क्षेत्रमा वा औद्योगिक ग्राम बाहिर सञ्चालनमा रहेका उद्योग, औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन सुरु भएको ३ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट र त्यसपछिको ५ वर्षसम्म २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सिड्नी / विश्वभरी फैलिएको कोरोना माहामारीले नराम्ररी असर गरेको क्षेत्र शिक्षा पनि हो । यो महामारीको अवस्था नभएको भए अहिले लाखौं नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनको आफ्नो गन्तव्यमा हुन्थे ।
यो अवस्था सधैं रहला भन्ने छैन । महामारी रोक्न संसार भर भएका यात्रा प्रतिबन्ध र लकडाउनले विद्यार्थीलाई निराश बनाएको पक्कै छ । तर, यात्रा प्रतिबन्ध र लकडाउनको समय सदुपयोग गर्ने उपायहरु पनि नेपाली शिक्षा प्रेमी उद्धमीहरुले पत्ता लगाएका छन्।
नेपालका विद्यार्थीलाई दश जोड दुई पढिसकेपछि कुन ठाउँमा गएर कुन कलेजमा कुन विषय पढ्ने जस्ता प्रश्नले अल्मल्याएको बेला स्वदेशमै हो भने विभिन्न कलेज चाहार्नु पर्ने र देश बाहिर जाने निर्णय गर्नुपर्दा शैक्षिक परामर्शदाताहरुकोमा धाउनु पर्ने यसअघिको बाध्यता अब छैन ।
नेपाली युवाहरुले सुरु गरेको स्टडी इन्फो सेन्टर डटकमले लकडाउनका बेला घरमै बसेर यी सबै कुरा बुझ्न सम्भव बनाएको संस्थाकी नेपाल निर्देशक रमला भण्डारीले बताइन् ।
विद्यार्थीहरुलाई अनलाइन शैक्षिक परामर्शमात्र होइन जान चाहेको देश र सहरमा उनीहरुका लागि आवास तथा रोजगारीका अवसरबारे पनि जानकारी दिने भरपर्दो अनलाइन माध्यम बनेको भण्डारीको दाबी छ ।
सन् २०२०को नोभेम्बरमा नेपालका वरिष्ठ शिक्षाविदहरुको उपस्थितिमा औपचारिकरुपमा सुरुआत भएको यो अनलाइन पोर्टलमा त्यसयता उच्च शिक्षासम्बन्धी जानकारी प्राप्त गर्न नेपाल र विदेशबाट दुई लाखभन्दा धेरैले भिजिट गरेको र दश हजार बढी विद्यार्थीले विभिन्न सूचनाको माग गर्दै अनलाइन परामर्श लिएको उनले बताइन ।
छोटो अवधिमै विभिन्न देशका विद्यार्थीहरुमाझ विश्वसनीय बनेको यो संस्थाबाट हालसम्म ६ हजार बढी विद्यार्थीहरुले विभिन्न अवसरहरुको पहिचान गर्दै संस्थाले दिने कोर्षसम्बन्धी जानकारी, युनिभर्सिटीहरुको तुलना, र अनलाइन परामर्श जस्ता सेवाहरु लिइसकेका छन् ।
नेपालसँगै श्रीलंका, फिलिपिन्स, भारत लगायतका देशहरुबाट समेत विद्यार्थिहरुले सोधपुछ गर्ने गरेको संस्थाकी निर्देशक रमला भण्डारीले जानकारी दिइन् ।
संस्थाले अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया डेनमार्कलगायतका एक दर्जन बढी उच्च शिक्षाका लागि कहलिएका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई ती देशका तीनसयभन्दा धेरै विश्वविद्यालय र क्याम्पसमाबारे अत्यावश्यक जानकारी अनलाइन मै उपलब्ध गराएको छ ।
घरमै बसेर दक्ष तथा अनुभवी परामर्शदाताहरुबाट सम्पूर्ण जानकारीसमेत निःशुल्क लिन सकिने र गन्तव्यसम्म जान आवश्यक जानकारी लिई प्रवेशाज्ञा प्रक्रियासमेत अघि बढाउन सकिने भएकोले पनि संस्थाप्रति विद्यार्थीको चासो बढेको प्रयोगकर्ताहरुले बताएका छन् ।
१६ जेठ, काठमाडौं । भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।
भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ ।
सन् २०१९ को अन्तिममा चीनमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ । यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।
भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।
भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म चारवटा भेरियन्ट (भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिल)लाई मात्र पुष्टि गरेको छ । भियतनाममा फेला परेको भनिएको नयाँ भेरियन्टबारे डब्ल्यूएचओका अधिकारीहरुको टिप्पणी सार्वजनिक भएको छैन ।
१६ जेठ, काठमाडौं । वेष्ट लण्डन क्लब ब्रेन्टफोर्ड पहिलो पटक इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।
शनिबार राति भएको इंग्ल्याण्डको दोस्रो श्रेणीको च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २-० ले पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको हो ।
सन् १९४७ पछि इंग्ल्याण्डको शीर्ष डिभिजन फुटबलमा फर्केको ब्रेन्टफोर्ड १९९२ मा सुरु भएको प्रिमियर लिग खेल्ने ५०औं टिम बन्नेछ ।
ब्रेन्टफोर्डलाई जित दिलाउन इभान टोनीले २०औं र इमिलियानो मार्कोन्डेसले २०औं मिनेटमा गोल गरे ।
६५ औं मिनेटमा जय फुल्टनले रातो कार्ड पाएपछि स्वान्सी १० खेलाडीमा समेटिएको थियो ।
गत सिजन ब्रेन्टफोर्ड प्ले अफको फाइनलमा फुलहमसँग पराजित भएर बढुवा हुनबाट बन्चित भएको थियो ।
‘भीआईपी उपचार गराउन आए भने झन् तनाव हुन्छ’, भेरी अस्पतालकी नर्स सदीक्षा गैरेले अस्पतालमा आक्रमण भएको त्रासदीपूर्ण घटना सम्झँदै भनेकी छिन्, ‘आफ्नो पेशाप्रति म सधैं इमानदार थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिनँ । सम्झिँदा पनि यो पेशामा किन लागेछु भन्ने कुरा बारम्बार मनमा आइरहन्छ ।’
केही वर्षयता स्वास्थ्यकर्मीहरूले बारम्बार यही मनस्थितिसहितको अभिव्यक्ति दिइरहेका छन् । पेशागत असुरक्षा, बेरोजगार, न्यून पारिश्रमिक र थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यताका कारण चिकित्सकहरू वर्षौंदेखि त्रसित रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन् ।
भेरी अस्पतालको आक्रमण पहिलो नभएर घटनाहरूको निरन्तरता भएको उनको भनाइ छ । कार्कीका अनुसार, ‘हाम्रो बिरामीलाई तल-माथि भयो भने चड्कन लाउँछु, एक-एकलाई गिंड्छु’ भन्दै त्रसित पार्दा पनि काम गर्नुपर्ने बाध्यता सामान्य अवस्था होइन ।
स्वास्थ्यकर्मीमाथि जघन्य अपराध हुँदा पनि महामारीको कारण स्वास्थ्यकर्मीहरू सेवामा खटिन बाध्य भएको संघका महासचिव डाक्टर बद्री रिजाल बताउँछन् ।
महामारी नभएर अन्य अवस्था थियो भने स्वास्थ्यकर्मीले काम नगर्ने उनको दाबी छ । ‘ज्यान नै लिने उद्देश्यले हमला गरेको देख्दादेख्दै कसलाई काम गर्न मन लाग्छ त ?’ डा. रिजाल प्रश्न गर्छन् ।
संघका अध्यक्ष डा. कार्की स्वास्थ्यकर्मीले ज्यान जोगाउन ट्वाइलेटको झ्यालबाट हाम फाल्ने अवस्था आउनु भनेको सामान्य घटना नभएर अपराध भएको बताउँछन् ।
‘बारम्बार स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु र दोषीलाई कारबाही नहुने प्रवृत्तिले गर्दा स्वास्थ्यकर्मी सधैं असुरक्षित छन् । स्वास्थ्यकर्मीले कहिलेसम्म त्रासमा काम गर्ने ?’ उनी भन्छन् ।
यसरी स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड भएको पहिलोपटक भने होइन, गत वैशाख २८ गते जनकपुरस्थित प्रादेशिक अस्पतालमा महोत्तरीका कोरोना संक्रमितको मृत्यु भएपछि अस्पतालको आईसीयू कक्षमा तोडफोड गरिएको थियो । त्यो बेला दुई वटा भेन्टिलेटरमा क्षति पुगेको थियो ।
संघको तथ्यांक अनुसार २०७० देखि २०७७ साल चैतसम्म ३४ घटनामा स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड भएका छन् । यो तथ्यांकमा संघमा दर्ता भएका स्वास्थ्यकर्मीको मात्र घटना समावेश छ । कार्कीका अनुसार योभन्दा ठूलो संख्यामा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।
संघका दर्ता भएका ३४ घटनामध्ये २२ वटा घटना निजी अस्पतालमा भएका छन् भने १२ वटा सरकारी अस्पतालमा भएका छन् । यी घटना कानूनी प्रक्रियामा गए/नगएको संघलाई जानकारी छैन ।
‘घटना यति छिटो छिटो र धेरै हुन्छ कि रेकर्ड राख्न सक्ने अवस्था नै हुन्न’, महासचिव रिजाल सुनाउँछन् ।
स्वास्थ्यकर्मीलाई हातपात र कुटपिट गर्नेहरूलाई पक्राउ गरिए पनि कुनै कारबाही नहुने भएकाले यस्ता घटना बढेको चिकित्सा समाजशास्त्री आमोद प्याकुरेल बताउँछन् । उनका अनुसार यस्तो जघन्य घटना हुँदा समेत कानूनको अभावले दोषीहरू उम्कन्छन् । दोषीलाई कारबाही गर्ने कानूनको अभावका साथै कुनै नेता या राजनीतिक दलको संरक्षण पाएका व्यक्तिका कारण पनि यस्तो अराजकता बढ्ने प्याकुरेलको भनाइ छ । ‘स्वास्थ्यकर्मीमाथि आक्रमणमा को संलग्न भयो भन्दा पनि कसको संरक्षणमा भयो र कस्तो मान्छे संलग्न भयो भन्ने कुराले कानूनी बाटो तय गरिनु दुःखद विषय हो, नत्र भने पीडित नर्सले भीआईपी बिरामी आउँदा डर लाग्छ भन्ने अवस्था आउने नै थिएन’, चिकित्सा समाजशास्त्री प्याकुरेल भन्छन् ।
आपराधिक मनोवृत्तिका साथ कुनै पनि राजनीतिक दल या शक्ति समूहले गरेको आक्रमणलाई फरक नजरियाका साथ हेर्नुपर्ने चिकित्सा मानवशास्त्री सचिन घिमिरे बताउँछन् । उनका अनुसार यस्तो गम्भीर घटनामा तुरुन्त कारबाही नहुँदा अराजकताको नजिर बस्छ ।
‘कुनै राजनीतिक दलको संरक्षण भयो भन्दैमा दोषी उम्कन पाउँदैन, चाँडोभन्दा चाँडो दोषीलाई कारबाही गर्नुपर्छ’, उनी भन्छन् ।
संघका अध्यक्ष कार्की स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेलाई पक्राउ गरी धरौटीमा नछाड्ने अर्थात् ‘जेल विथ आउट वेल’ को व्यवस्था लागू नभएसम्म यस्ता घटना दोहोरिरहने बताउँछन् । बर्दीमा भएको प्रहरीलाई गालीगलौज तथा हातपात गर्दा कारबाही भएजस्तै ड्युटीमा रहेको स्वास्थ्यकर्मीलाई हातपात हुँदा कारबाही हुनुपर्ने उनको माग छ ।
कानूनको लागि चिकित्सकको आन्दोलन
स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ छ । उक्त ऐनमा स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ । यदि त्यस्तो भएको खण्डमा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्न सक्ने व्यवस्था गरिएको छ ।
सो ऐनले अस्पताल अथवा स्वास्थ्यकर्मीलाई लापरबाहीको आरोप लगाएर हातपात र तोडफोड भएमा उनीहरूको सुरक्षाको लागि समन्वयात्मक रूपले काम गर्नको लागि समिति गठन गर्ने व्यवस्था गरेको छ ।
त्यो समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा सम्बन्धित निकायबीच समन्वय गर्ने, अदालतको फैसला बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको तर्फबाट सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा अवलम्बन गर्नुपर्ने नीतिका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम गर्नेछ भनिएको छ ।
तर यो कानून स्वास्थ्यकर्मीको हितमा नभएको भन्दै चिकित्सकहरूले आन्दोलन गर्दै आएका छन् । दोषी पक्राउ परे पनि कानूनको अभावले छुट्ने भएकाले यस्तो घटनामा दोषीलाई कारबाही भएको थाहा नभएको नेपाल मेडिकल काउन्सिलका इथिकल कमिटीका संयोजक डा. हरिहर वस्ती बताउँछन् ।
यो कानून अस्पताल र स्वास्थ्यकर्मीको हितमा नभएको भन्दै धरौटी विना जेल चलान गर्नुपर्ने कानून ल्याउन नेपाल चिकित्सक संघले आन्दोलन गरेको वर्षौं भएको छ ।
उक्त कानूनको मस्यौदामा ड्युटीका डाक्टरलाई हातपात गरेमा या अस्पताल तोडफोड गरेमा सीधै धरौटी विना जेल हाल्ने प्रावधान छ । हाल सो कानून विधायक समितिमा गएर अड्किएको संघका अध्यक्ष कार्की बताउँछन् ।
अध्यादेशमार्फत भए पनि जेल विथआउट वेलको कानून पास गराउनुपर्ने संघको माग छ । ‘जस्तै अपराध सहनु परे पनि यस्तो बेला स्वास्थ्यकर्मीले आˆनो धर्म त्यागेर काम छाड्न मिल्दैन । त्यसैले दोषीलाई तत्काल कडा कारबाही गर्नुपर्छ र यस्ता घटना दीर्घकालीन रूपमै अन्त्य गर्न जेल विदआउट वेलको कानून पास गराउनुपर्छ भन्ने हाम्रो माग छ’ संघको माग सुनाउँछन् कार्की ।
सेना, प्रहरी, वकिल जस्ता पेशाकर्मीलाई ड्युटीमा रहँदा हातपात हुँदा कडा कारबाही नहुने तर ड्युटीमा रहेका चिकित्सक कुटिंदा कुनै कारबाही नहुने भएकाले पनि चिकित्सकका विरुद्ध आक्रमण भएको संघका महासचिव डा. रिजाल बताउँछन् ।
दुर्घटनाको फरक पाटो
मेडिकल साइन्सको आˆनै सीमितता हुने भएकाले अस्पताल पुगेका सबै बिरामी बाँच्दैनन् । त्यसैगरी अस्पतालमा उपलब्ध स्रोतसाधन र जनशक्तिको अभावका कारण स्वास्थ्यकर्मीले चाहेर पनि गुणस्तरीय सेवा दिन सकिरहेका छैनन् । तर, अस्पतालमा हुने अधिकांश यस्ता घटनामा स्वास्थ्यकर्मीको लापरबाही भन्दै आक्रमण गरिन्छ ।
स्वास्थ्यकर्मीलाई सरकारको स्वास्थ्य नीतिले नै अन्याय गरेको चिकित्सा मानवशास्त्री घिमिरे बताउँछन् । उनका अनुसार स्वास्थ्य संस्थामा बिरामी र चिकित्सकको अनुपात नमिलेको कारण स्वास्थ्यकर्मीलाई बिरामीको भार बढी छ । स्वास्थ्य प्रणालीको संरचना र जनशक्तिको अभावले स्वास्थ्यकर्मीहरू पीडित भइरहेका बेला महामारीले झन् भार थपेको घिमिरेको ठहर छ ।
प्रति १० हजार १४ जना मात्रै स्वास्थ्यकर्मी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समेत गरेर २३ जना स्वास्थ्यकर्मी चाहिन्छ । देशभर ८ हजार ३१४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । जसमा १४०० चिकित्सकहरू मात्र कार्यरत छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १० हजार जनसंख्याका लागि १४ जना मात्रै स्वास्थ्यकर्मी छन् ।
डब्ल्युएचओको मापदण्ड अनुसार जनरल वार्डमा एक जना नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने हुन्छ । सुत्केरी वार्डको एउटा बेडमा दुई जना नर्स आवश्यक पर्छन् । आईसीयू, सीसीयूमा र पोस्ट अपरेटिभ वार्डमा एक बिरामी बराबर एक जना नर्स हुनुपर्ने मापदण्ड छ । त्यस्तै अपरेसन थिएटरमा एक टेबलमा तीनजना नर्स हुनुपर्ने मापदण्ड बनाएको छ ।डब्ल्युएचओले बनाएको यो मापदण्डमा नेपाल सरकारले पनि हस्ताक्षर गरेको छ । तर अहिले सरकारी अस्पतालमा एक नर्सले ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । निजी अस्पतालको अवस्था पनि यो भन्दा फरक छैन ।
‘हामी दुई/तीन जना नर्सले पूरै वार्ड सम्हाल्नु परेको छ, सरकारले अस्पतालमा पर्याप्त जनशक्ति दिंदैन अनि हामीले मात्र सबै कसरी हेर्नसक्नु’, भेरी अस्पतालका नर्सहरूको गुनासो पनि यही छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् । निजी स्वास्थ्य संस्थामा भने करीब १३ हजार कार्यरत छन् । सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ छ । यही जनसंख्यालाई आधार मान्दा पनि ६८ हजार ४९० जना नर्सको आवश्यकता देखिन्छ।
माथिको तथ्यांकले स्वास्थ्य संस्थाहरूले आवश्यक जनशक्ति नराखेको कारण स्वास्थ्यकर्मीलाई भार परेको र त्यसैका कारण पनि कतिपय घटना हुने गरेको देखिन्छ ।
from Online Khabar https://ift.tt/3uz9yo2
१६ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत मागे ।
खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भए । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।’
इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालेपछि अलमुताइरीको यो पहिलो खेल थियो ।
कुवेती प्रशिक्षक अलमुताइरीले राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह गरे । उनले भने, ‘हामीले आज २ गोल गरेर खुशी मनायौं तर अब धरै खुशी बनाउँछौं । केही समय पर्खनुस्, हामी राम्रो गर्छौं । हामी विश्वकप छनोटका लागि तयार हुन्छौं ।’
राम्रो नतिजाका लागि केही समय चाहिने बताउँदै उनले भने, ‘हामीले आज एक अवसर गुमायौं । त्यो गोल भएको भए राम्रो हुन्थ्यो । केही सिल्ली मिस्टेक गर्दा खेल हारिन्छ, हामीलाई केही समय चाहिन्छ । जब हाम्रो लामो ट्रेनिङ हुन्छ हामी राम्रो रिजल्ट ल्याउँछौं ।’
डेब्यू खेलमा गोल गरेका मनिस डाँगीले राम्रो अनुभव हासिल गरेको भन्दै भविष्यमा अझै राम्रो खेल्ने बताए ।
१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४-२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो ।
नेपालका लागि मनिष डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै डेब्यु गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो ।
खेलको खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।
१४औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । अन्जन विष्टले पेनाल्टी एरिया भित्र गोलकिपरसंग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार इराकी गोलकिपरले बचाए ।
२९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् । ३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३-२ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४-२ को अग्रता दिलाए । पहिलो हाफमा गोलको वर्षा हुँदा ६ गोल भएको थियो । तर दोस्रो हाफमा २ गोल मात्र भयो । ६७औ मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५-२ को अग्रता दिलाए । ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६-२ को अग्रता दिलाए ।
खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।
१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो ।
नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो ।
खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।
१४औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । अन्जन विष्टले पेनाल्टी एरिया भित्र गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार इराकी गोलकिपरले बचाए ।
२९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् ।
३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।
६७ औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५–२ को अग्रता दिलाए । ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए ।
खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।
१६ जेठ, काठमाडौं । फिफा विश्वकप/एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसँग खेलको मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोर्यो ।
इराकविरुद्ध उसैको मैदानमा नेपालले दुई गोल गर्दा पहिलो गोल गर्ने खेलाडी थिए मनिष डाँगी । अर्को गोल भने नेपालले उपहारमा पाएको थियो । यसअघि नेपालले इराक विरुद्ध ३ खेल खेल्दा ३ गोल गरेको थियो र निराजन रायमाझी र हरि खड्काले गोल गरेका थिए ।
इराकविरुद्ध अर्को गोल कसले गर्ला भनेर चर्चा भइरहेको बेला २० वर्षीय मनिषले गोल गरे ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका मनिषले इराक विरुद्ध पहिलो रोजाइमै खेल्ने अवसर पाए । उनले खेल १-१ को अवस्थामा रहेका बेला २९औं मिनेटमा सन्तोष तामाङको चलाखीपूर्ण पासमा गोल गर्दै नेपाललाई इराक विरुद्ध अग्रता दिलाएका थिए । उक्त अग्रता नेपालले १० मिनेट जोगाएको थियो । दोस्रो हाफमा उनी रिप्लेस भए । तर इराकविरुद्ध गोल गर्नेमा भने उनको नाम स्कोरसिटमा रह्यो ।
कोरिया बस्दै आएका मनिषले यसअघि नेपालको उमेर समूहमा खेलेका थिए । तर उनले अहिलेसम्म ए डिभिजन लिग खेलेका छैनन् । खेलपछि इराक विरुद्ध खेल्दा धेरै सिक्न पाएको र राम्रो अनुभव भएको उनले बताए । ‘प्रदर्शन राम्रो भयो । सबै हामीभन्दा राम्रो टेक्निकल्ली राम्रो खेलाडीहरु थिए। रिजल्ट राम्रो आएन । तर धेरै कुरा सिक्न पाएँ । यो एउटा राम्रो अनुभव भएको छ ।’ उनले अनुभव सुनाए ।
डेब्यू खेल गोल गर्दाको अनुभव कस्तो छ भनेर सोध्दा उनले खुशीसंगै दु:ख पनि लागेको बताए । ‘डेब्यूमै गोल गर्दा खुशीसँगै दु:ख पनि लागिरहेको छ। नजिता राम्रो आउन सकेन,’ उनले भने, ‘भविष्यमा मेहेनत गरेर अझै राम्रो गर्न चाहन्छु ।’
प्रशिक्षक अलमुताइरी आएपछि उनी बन्द प्रशिक्षणका लागि बोलाइएको ३२ सदस्यीय सूचीमा परेका थिए । पछि नेपाल सुपर लिगपछि अलमुताइरीले त्यो सूचीमा केही पेरबदल गर्दा पनि उनी अटाए । नेपाल सुपर लिगमा उनले विराटनगर सिटीबाट खेलेका थिए । विराटनगरका लागि उनले वैक्लपिक खेलाडीको रुपमा खेलेपनि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसअघि ए डिभिजन क्लब थ्री स्टार क्लबबाट मोफसलमा खेलेका थिए ।
१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले समग्रमा तेस्रो पटक फाइनल खेल्दा दोस्रो पटक उपाधि जितेको हो ।
पहिलो पटक फाइनल पुगेको सिटी भने उपविजेतामै सिमित बन्यो । स्टाडिओ डो ड्रागाओमा भएको खेलको ४३औ मिनेटमा काई हाभार्टले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
त्यही गोल चेल्सीलाई युरोकपको विजेता बनाउन पर्याप्त बनेको हो ।
दुई फरक क्लबबाट लगातार दोस्रो पटक फाइनल पुग्दा प्रशिक्षक थोमस टुचेलले पहिलो पटक च्याम्पियन्स लिग जितेका छन् । गत सिजन पेरिस सेन्ट जर्मेनको प्रशिक्षक हुँदा उनको ६िम फाइनलमा बायर्न म्युनिखसंग पराजित भएको थियो ।
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उनले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’
१५ जेठ, काठमाडौं । नेपालले गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड १९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गर्यो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा १० लाख डोज आउनै बाँकी छ ।
भारत सरकारले खोप निर्यातमा रोक लगाएसँगै तत्काल नेपालले भारतीय कम्पनीबाट नयाँ खोप प्राप्त गर्ने सम्भावना देखिँदैन । बिहिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया समकक्षीसँग टेलिफोन संवाद गरी चीनमा उत्पादित खोप सहयोग गर्न तथा खरीदका लागि समेत सहजीकरण गरिदिन अनुरोध गरिन् ।
उसो त नेपालले रुसी खोप स्पुतनिक भी, भारतको कोभ्याक्सिन, अमेरिकाको जोन्सन एण्ड जोन्सन लगायतलाई स्वीकृति प्रदान गरिसकेको छ । त्यस्तै निकै प्रभावकारी मानिएका फाइजर, मोर्डेना लगायतका खोप खरीदको विकल्प पनि नेपालसँग छ । तथापि ती खोपहरुको मूल्य चाहीँ निकै चर्को पर्ने देखिन्छ । नेपालले खरीद गरिसकेको कोभिशिल्डको मूल्यमा अन्य खोपहरु प्राप्त हुन मुस्किल मात्र होइन असम्भव नै देखिएको छ ।
विश्व बजारमा कुन खोपको मूल्य कति ?
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार विश्वमा हालसम्म प्रयोगमा आएका कोभिड १९ विरुद्धका खोपको मूल्य समान त छैन नै एउटै खोपको मूल्य पनि देश अनुसार फरक रहेको छ । युरोपेली युनियनले प्रतिडोज २.१५ अमेरिकी डलरमा खरीद गरेको बेलायतमा उत्पादित अक्सफोर्ड एण्ड एस्ट्राजेनिकाको खोपलाई दक्षिण अफ्रिकाले ५.२५ अमेरिकी डलर तिर्यो भने बंगलादेशले ५ अमेरिकी डलर । अमेरिकाले चाहीँ उक्त खोपलाई प्रतिडोज ४ डलर तिर्ने गरेको छ । जबकी बेलायतमै उत्पादन हुने उक्त खोपको लागत नै ३ अमेरिकी डलर पर्ने बताइएको छ ।
भारतमा सेरम इन्स्टिच्यूटले उत्पादन गर्ने एस्ट्राजेनिका खोप भारतको केन्द्रीय सरकारलाई प्रतिडोज झण्डै २ डलर, राज्य सरकारहरुलाई प्रतिडोज झण्डै ४ डलर सम्ममा बिक्रि गरिरहेको छ । कम्पनीले यो खोपको २ डलर देखि ८ डलरसम्ममा बिक्रि गर्ने गरेको छ। नेपालले यसअघि प्रतिडोज ४ डलरमा यहीँ खोप किनेको थियो ।
अक्सफोर्ड एस्ट्राजेनिका खोपको प्रभावकारीता झण्डै ७० प्रतिशत हुने बताइएको छ । यो खोप कोरोना भाइरसको बेलायती तथा ब्राजिलियन भेरिएन्ट विरुद्ध प्रभावकारी भएतापनि दक्षिण अफ्रिकी भेरिएन्ट विरुद्ध खासै प्रभावकारी नहुने बताइन्छ ।
त्यस्तै अमेरिकामा उत्पादित भ्याक्सिन फाइजर बायो एनटेकको अमेरिकामै प्रतिडोज १९.५० अमेरिकी डलर पर्ने गरेको छ । उक्त भ्याक्सिनलाई युरोपेली युनियन सम्बद्ध मुलुकहरुले प्रतिडोज १४.५० युरो तिरिरहेका छन् । खोपको विकासमा लगानी गरेका कारण इयूका लागि फाइजर खोपको मूल्य कम पर्न गएको बताइएको छ ।
त्यस्तै बेलायतले फाइजरको खोपको प्रतिडोज १५ पाउण्ड तथा इजरायलले २२ पाउण्डसम्म तिरिरहेको बेलायती पत्रिका द विकमा उल्लेख छ । फाइजर खोप सबैभन्दा धेरै अर्थात् ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । यो खोप लगाएका मानिसहरुमा कोभिड १९ बाट संक्रमित भई अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना लगभग शून्यप्रायः हुने दाबी गरिएको छ ।
मोडेर्ना खोप खरीदमा अमेरिकाले अनुदान दिएको हुँदा अमेरिकामा मोडेर्ना खोपको मूल्य केही सस्तो रहेको छ । अमेरिकामा प्रतिडोज करीब १५ डलर पर्ने मोडेर्नाको खोपका लागि युरोपेली युनियनका मुलुकहरुले १८ डलर तिरिरहेका छन् । अन्य विभिन्न मुलुकहरुमा यसको मूल्य २५ देखि ३७ अमेरिकी डलर पर्ने गरेको छ ।
यो खोपको प्रभावकारीता ९४.५ प्रतिशत रहेको र खोपले कोभिड १९ संक्रमित भई अस्पताल भर्ना तथा मृत्यु हुनबाट शतप्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।
अमेरिकी खोप जोन्सन एण्ड जोन्सन एउटामात्र डोज लगाउँदा पुग्ने खोप हो । अमेरिकामा यो खोपको मूल्य १४.५० डलर पर्ने रोयटर्सले उल्लेख गरेको छ । एक डोजमात्र लगाउँदा पुग्ने भएको हुनाले जोन्सन एण्ड जोन्सनको खोप अन्य अमेरिकी खोपहरु भन्दा सस्तो देखिएको छ । त्यस्तै अर्को अमेरिकी खोप नोभाभ्याक्सको अमेरिकामा प्रतिडोज १६ डलर तोकिएको छ । यो खोपको विश्वव्यापी क्लिनिकल ट्रायलबाट यसको प्रभावकारीता ६६ प्रतिशत देखिएको छ ।
यसबाहेक रुसी भ्याक्सिन स्पुतनिक भीको मूल्य पनि प्रतिडोज १० डलर तोकिएको छ । हंगेरीले प्रतिडोज ९.९५ मा किनेको स्पुतनिक भी खोप पाकिस्तानले चाहीँ दुई डोजको प्याकलाई ५४.३० डलरमा खरीद गरेको थियो। भारतले चाहिँ यो खोप प्रतिडोज ९९५ भारुमा खरीद गरेको छ । यो खोपको प्रभावकारीता ९१.४ प्रतिशत रहेको पाइएको छ ।
नेपालले प्रयोगका लागि अनुमति दिइसकेको भारतीय खोप कोभ्याक्सिनको मूल्य भारतीय बजारमा भारु १५० देखि १२०० सम्म पर्ने गरेको छ । विश्व स्वास्थ्य संगठनबाट स्विकृति पाइ नसकेको यो खोपको प्रभावकारता ७८ प्रतिशत हुने बताइएको छ ।
चिनियाँ खोपको विकल्प
विश्व स्वास्थ्य संगठनबाट स्विकृति पाउने पहिलो चिनिया खोप सिनोफार्मको मूल्य पनि देशगत रुपमा फरक फरक पाइएको छ । हालै बंगलादेशले प्रतिडोज १० डलरमा सिनोफार्म खोप खरीद गर्ने सम्झौता गरेको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । सोही भ्याक्सिनलाई युरोपेली मुलुक हंगेरीले प्रतिडोज ३६ डलर तिरेको थियो । रोयटर्सका अनुसार अफ्रिकन मुलुक सेनेगलले प्रतिडोज १९ डलरमा सिनोफार्म खोप किनेको छ ।
यद्यपि सिनोफार्म खोप निर्माता कम्पनीले खोप खरीद गर्ने मुलुकसँग मूल्य लगायतका विषयमा गोपनियता शर्त सम्बन्धी सम्झौता गर्ने हुनाले सिनोफार्मको वास्तविक मूल्य एकिन गर्न कठीन हुने बताइन्छ । चीन सरकारले यसअघि नेपाललाई यो खोप ८ लाख डोज अनुदान दिइसकेको छ भने थप १० लाख डोज दिने घोषणा गरिसकेको छ । यो खोप ७९ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।
चीनकै अर्को खोप सिनोभ्याकले कोरोना भ्याकको नामबाट खोप उत्पादन गरेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले स्विकृति दिइसकेको छैन तथापि धेरै मुलुकहरुले यो खोप प्रयोग गरिसकेको छन् । यो खोपको मूल्य पनि प्रति डोज १० डलरकै हाराहारीमा पर्ने देखिएको छ । कम्बोडियाले उक्त खोप गत मार्च महिनामै प्रतिडोज १० डलरमा किनेको थियो भने ब्राजिलले सिनोभ्याक खोप १०.३० डलर प्रतिडोजमा किनेको छ । इण्डोनेसियाले भने प्रति डोज १४ अमेरिकी डलर तिरेको थियो । यो खोपको प्रभावकारीता ८३ प्रतिशत हुने क्लिनिकल ट्रायलबाट देखिएको छ ।
(बीबीसी, ब्रिटिस मेडिकल जर्नल, रोयटर्स, बायोस्पेस डटकम लगायतका एजेन्सीहरुको सहयोगमा)