Wednesday, August 4, 2021

बंगलादेशमा चट्याङ लागेर १६ जनाको मृत्यु

२१ साउन, काठमाडौं । बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् ।

बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो ।

मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

अचानक मेघगर्जन पानी पर्न थालेपछि डुंगाबाट एक-एक जना गर्दै ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्याङ लागेको थियो ।



from Online Khabar https://ift.tt/3yvCQGQ

No comments:

Post a Comment