Tuesday, August 24, 2021

भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

९ भदौ, बुटवल । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना बाँकेका र एक जना दाङका हुन् ।

राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए ।

योसँगै बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ । ती मध्ये ३२८ जना बाँके जिल्लाका हुन् ।



from Online Khabar https://ift.tt/3yeMFbj

No comments:

Post a Comment