Sunday, September 19, 2021

पुनरागमन जितसहित रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं । स्पानिस ला लिगमा रियल मड्रिडले भ्यालेन्सियालाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियलले जित हात पारेको हो ।

रियलले अन्तिम चार मिनेट भित्र दुई गोल गर्दै जित हात पारेको हो र भ्यालेन्सियाको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६६औं मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । तर ८६औं मिनेटमा भिनिसियस जुनियरले रियलका लागि बराबरी गोल गरे । त्यसपछि ८८ औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियललाई जित दिलाए ।

जितपछि ५ खेलबाट १३ अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित भ्यालेन्सिया तेस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/3ArVsIC

No comments:

Post a Comment