Sunday, September 19, 2021

इकार्डीले इन्जुरी टाइममा गोल गरेपछि पीएसजीको पुनरागमन जित

काठमाडौं । माउरो इकार्डीले इन्जुरी टाइममा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई २-१ ले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाउादै जित हात पारेको हो ।

पीएसजीको घरेलु मैदानमा पार्क डे प्रिन्समा लुकास पाक्वेटाले ५४औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । तर ६६औं मिनेटमा नेमारले पेनाल्टीमार्फत पीएसजीका लागि बराबरी गोल गरे ।

बराबरीतर्फ अग्रसर भएको खेलमा इकार्डीले इन्जुरी टाइमको तेस्रो मिनेट किलिएन एमबाप्पेको पासमा निर्णायक गोल गर्दै पीएसजीलाई तीन अंक दिलाए ।

जितपछि शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १८ अंक जोडेको छ । एक खेल कम खेलेको मार्से १३ अंकसहित दोस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/3Ez6dv9

No comments:

Post a Comment