Thursday, September 16, 2021

आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुँदै, खसीमा प्रतिकिलो १० र चामलमा ५ रुपैयाँ छुट

१ असोज, बाठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ ।

सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ ।

देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटा/मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी/फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ ।

यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन गरेको छ ।

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।



from Online Khabar https://ift.tt/3lzHpuq

No comments:

Post a Comment