Tuesday, September 21, 2021

आईपीएल : पञ्जावमाथि राजस्थानको नाटकीय जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मंगलबार राजस्थान रोयलले पन्जाब किंग्सविरुद्ध २ रनको रोमान्चक जित हासिल गरेको छ ।

कार्तिक त्यागीले अन्तिम ओभरमा ४ रन डिफण्ड गरेपछि राजस्थानले नाटकीय जित निकाल्यो ।

दुबईमा राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८३ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन मात्र खर्चेर २ विकेट लिएपछि राजस्थान शनसनी जित हात पारेको हो ।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रन बनाए भने कप्तान केएल राहुलले ४९ रन जोडे ।

यस्तै निकोलस पुरनले ३२ रन बनाए । अइडन मार्क्रमले अविजित २६ रन बनाए ।

राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा सबै विकेट गुमाएर १८५ रन बनाएको थियो ।

राजस्थानका ओपनर यजश्वी जैसवालले सर्वाधिक ४९ रन बनाए । यस्तै महिपाल लोम्रोरले ४३, इभिन लेविसले ३६ र लियाम लिभिङस्टोनले २५ रन जोडे ।

पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए भने मोहम्मद शामीले तीन विकेट लिए ।

चौथो जितपछि ८ खेलबाट ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा उक्लेको छ । ९ खेल खेलिसकको पञ्जाव ६ अंकसहित सातौं स्थानमै यथावत छ ।



from Online Khabar https://ift.tt/3Awhkmm

No comments:

Post a Comment