Sunday, September 24, 2023

प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षीलाई भेट्दै, द्विपक्षीय वार्ता आज

८ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता हुँदै छ ।

स्थानीय समय अनुसार बिहान १० बजे (नेपाली समय अनुसार बिहान ८ बजे) हुने भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने छ । उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए ।

चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल र्फकने कार्यक्रम छ ।



from Online Khabar https://ift.tt/W84NsHZ

विधान मिचेर देउवाले गरे ५ केन्द्रीय सदस्य मनोनीत

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको विधानको दफा ५९ ले भन्छ, ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।’

विधानको यसै धारालाई सभापति शेरबहादुर देउवाले उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको छ । गत महाधिवेशनमा तल्लो तहमा पराजितलाई सभापति देउवाले केन्द्रीय समितिमा मनोनीत गरेको संस्थापनइतरको दाबी छ । अर्जुनप्रसाद जोशी, भरत शाह, किरणराज शर्मा पौडेल, लक्ष्मी खतिवडा र गीता शाहीलाई केन्द्रीय सदस्य बनाएको विधिप्रति प्रश्न उठेको छ ।

सभापति देउवाले ४ असोजमा जोशी, शाह, पौडेलसहित आठ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए । जोशी गण्डकी प्रदेशमा र शाह लुम्बिनीमा प्रदेशमा सभापतिमा पराजित भएका थिए । पौडेल बागलुङमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

खतिवडा र शाही सहित १० जनालाई सभापति देउवाले २०७९ साउन ३१ मा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । खतिवडा सुनसरी-१ को क्षेत्रीय सभापतिमा पराजित भएकी थिइन् । शाही लुम्बिनी प्रदेश समितिको सदस्यमा पराजित व्यक्ति हुन् ।

कांग्रेसको विधान अनुसार प्रमुख प्रतिस्पर्धी बनेर पराजित उम्मेदवार व्यक्ति उक्त समितिको स्वतः सदस्य बन्ने व्यवस्था छ । कांग्रेसको विधानको धारा ६५ अनुसार ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने’ उल्लेख छ ।

विधानको यही व्यवस्था अनुसार मनोनित केन्द्रीय सदस्य बनेका जोशी गण्डकीमा, शाह लुम्बिनीको प्रदेश समितिमा र खतिवडा सुनसरी-१ को समितिमा स्वतः सदस्य छन् । जोशीलाई शुक्रराज शर्माले र शाहलाई अमरसिंह पुनले प्रदेश सभापतिमा हराएका थिए । शर्मा र शाह संस्थापनइतरका हुन् । खतिवडा पनि संस्थापनइतरका उम्मेदवारसँग पराजित भएकी हुन् ।

निकततम प्रतिद्वन्द्वी स्वतः उक्त कार्यसमितिको सदस्य हुने व्यवस्थालाई सभापतिले कुल्चिएको लुम्बिनीका प्रदेश सभापति पुनले बताए । ‘प्रदेश समितिमा मसँग सभपतिमा हारेका र प्रदेश सदस्यमा हारेकालाई केन्द्रीय सदस्य बनाइएको छ,’ लुम्बिनी प्रदेश सभापति पुन भन्छन् ।

नैतिकताको प्रश्न

तल्लो तहमा पराजितलाई माथिल्लो निकायको जिम्मेवारी दिँदा वरियताको विवाद समेत हुने देखिएको छ । सभापतिमा निर्वाचित र पराजितलाई प्रदेशका कार्यक्रममा आमन्त्रित गरेको अवस्थामा सहभागी हुन नैतिकताको प्रश्न उठ्ने भएको छ । ‘मेरो प्रदेशमा कार्यक्रम हुँदा सभापतिमा हारेको शाह र प्रदेश सदस्यमा हारेको गंगा शाहीलाई मैले नेता मान्न मिल्छ ?’ लुम्बिनी प्रदेश सभापति पुन भन्छन्, ‘यो त पार्टीले मिलाउन पर्यो नि ।’ सभापति पराजित शाहलाई प्रदेश समितिमा दोस्रो वरीयतामा राखेको पुनले जानकारी दिए । प्रदेश सदस्य भएकाले बैठकमा आमन्त्रण गर्ने उनले बताए ।

पराजितलाई माथि ल्याउँदा केन्द्रीय समिति बोलावटमा समेत फरक देखिने भएको छ । प्रदेश सभापतिहरुलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाउने गरिएको छ । जबकी उनीहरुसँगै पराजित स्वतः पूर्ण केन्द्रीय सदस्य बनेका छन् । संस्थापनइतरका नेता भन्छन् ‘प्रदेशमा हारेको व्यक्ति पूर्ण केन्द्रीय सदस्य भयो । उनलाई हराउने व्यक्ति केन्द्रीय समितिमा आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ ।’

संस्थापनइतरका नेता डा.शेखर कोइरालाले २ असोजमा बोलाएको बैठकमा केही नेताले उक्त प्रसंग उठाएका थिए । त्यसको दुई दिन पछि ४ असोजमा देउवाले विधान भन्दा बाहिर गएर थप तीन जनालाई मनोनित गरे ।

प्रदेश सदस्य र क्षेत्रीय सभापतिमा पराजित व्यक्तिलाई केन्द्रीय सदस्य बनाउँदा समयमै कुरा राख्न नसकेको २ असोजको संस्थापनइतरको बैठकमा चर्चा भएको थियो । तल हारेको व्यक्ति केन्द्रमा आउन सक्ने भएपछि प्रदेशमा महाधिवेशन गरेर पराजित गरेको महत्व नरहेको गण्डकीका सभापति शर्मा बताउँछन् ।

पार्टी संस्थापन पक्षले सभापति देउवाले विगतको अभ्यासका आधारमा मनोनित गरेको हुनसक्ने जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मनोनित केही केन्द्रीय सदस्यका विषयमा पार्टी बैठकमा कुरा उठेको बताए । ‘विगतका सभापतिहरुले पनि यस्तै अभ्यास गरेकाले त्यही परम्परा कायम राख्नुभयो होला जस्तो लाग्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘बैठक समापन हुनु अघि सभापति र पदाधिकारी बैठक बसेर यो विषयको विवाद टुंगिने विश्वास छ ।’



from Online Khabar https://ift.tt/J1jq2Fo

राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै

८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिर जाँदैछन् ।

यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर जान लागेका हुन् ।

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरेको छ ।

राष्ट्रपति पौडेल सोमबार जनकपुरधाम जाने भएपछि उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको तयारी थालेको छ । सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ ।

२०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि उदघाटन हुने भएपछि जनकपुरधामवासी हर्षित छन् ।



from Online Khabar https://ift.tt/6dHsImT

Saturday, September 23, 2023

ये तो कमाल हो गया, आधे दाम पर मिल रहा है Google का तगड़ा Pixel फोन, खरीदने की लगी लाइन

Google Pixel 6A price cut: अगर आप किसी प्रीमियम रेंज के फोन को सस्ते दाम पर खरीदने की सोच रहे हैं तो आपके लिए फ्लिपकार्ट पर बेहतरीन डील दी जा रही है. फ्लिपकार्ट पर गूगल पिक्सल 6a को करीब आधे दाम पर खरीदा जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/ef5CLc6

धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा परेर एक बालकको मृत्यु

७ असोज, जनकपुरधाम । धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् ।

शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनीहरु नुहाउन खोजेका थिए । त्यहीबेला चिप्लिएर खाल्डोमा खसेका उनी लामो समयसम्म बाहिर ननिस्केपछि सँगै गएका उनका साथीहरुले स्थानीयलाई बोलाएका थिए ।

स्थानीयले खाल्डोबाट बाहिर निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

बटेश्वर गाउँपालिकाको कार्यालयले तीन वर्ष अघि सो खोलाबाट ढुंगा–गिट्टी उत्खनन गर्न ठेक्का लगाएको थियो । पछि ठेक्का रद्द गरिए पनि ठेकेदारले लुकीचोरी डोजर लगाएर उत्खनन जारी राखेका थिए । त्यही क्रममा खोलामा खनिएको ठूलो खाल्डोमा पानी जमेको छ । सोही खाल्डोमा परेर बटेश्वर गाउँपालिका–१ का धिरज कुमार महतोको ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



from Online Khabar https://ift.tt/OnqDFr3

नेपालको संविधान र ओली-मोदी टक्कर

नेपालको संविधान २०७२ को घोषणापछिको यो पहिलो दशक भनेकै मूलतः एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको टक्करको दशक हो । १९०३ सालको रक्तपातपूर्ण कोतपर्वदेखि २०७८ सालको रक्तहीन परमादेशी पर्वसम्म बेलायतदेखि प्रतिलिपि बेलायतको रूपमा रहेको भारतको निर्देशकीय भूमिका रहेको छ । किनकि भारत सुरुदेखि नै नेपालको संविधान घोषणा गर्न दिएर नेपाल र नेपालीलाई चैनको सास फेर्न दिने पक्षमा थिएन ।

नेपाली जनताको जागरण, चेतना र सुदृढ एकतारूपी हात्ती भने दिल्लीको हस्तक्षेप र हैकमरूपी माकुरे जालोमा अल्भिmने र बल्भिmनेवाला थिएन । ओली-मोदी टक्कर यी दुईखाले आकांक्षा र चेतनाको केन्द्रीय अभिव्यक्ति थियो र हो ।

यो द्वन्द्वको मोटो कारण नेपालको उत्थान र लोकतान्त्रिक व्यवस्थाको खुला र कञ्चन आकाशमाथि कालो बादल भएर मडारिन रुचाउने भारतेली शासक वर्गको निरन्तरको हेपाहा नीति र अर्घेल्याइँ हो । जबकि भारतेली शासक गुटको यस प्रकारको रवैयालाई स्वयं भारतीय जनताले नै रुचाउँदैनन् । चिललाई देखाएर गाउँभरिका कुखुरा सिध्याउने लोककथाको चतुर स्यालले झैं दिल्लीले दरबारसँग साँठगाँठ गरेर नेपाली जनताको चेतनामा बिर्काे लगाउँदै आयो, नेपाली जनताको एकतामा छिना चलाउँदै आयो ।

ओलीप्रेरित एमालेले नेपाली जनताप्रतिको निष्ठा, त्याग, समर्पण र तपको बलमा स्थिति उल्ट्याउन थाल्यो । भारतीय हैकमवादको लगामबाट नेपाल सदाको लागि मुक्त हुने आधार खडा भयो । नयाँ संविधान घोषणाको खुशियालीमा नेपाल रमेको बेला कुनै पर्दा, मर्यादा नरहेर नाकाबन्दीको तहमा भारत उत्रियो । किनकि सदियौंदेखि नेपालमा चलेको उसको रजगजका जरा उप्काउने गरी नेपाली जनताको चेतना उछालिएको थियो । एकातिर एमालेको सबल, सुदृढ, स्वाभिमानी र देशभक्तिपूर्ण अगुवाइ र अर्कोतिर जनताको जागरण भारतेली शासक वर्गको मुटुमा रोपिएका दोहोरा सुइरा थिए । यसले गर्दा भारतेली शासकहरू यति तिल्मिलाए कि एमालेको गति र लय रोक्न देशभित्र र एमालेभित्र बञ्चरे बिंडहरूको खोजी गरी एमालेविरुद्ध उपयोग गर्न उनीहरू बाध्य भए ।

विश्व व्यवस्थाका महापण्डितहरू नेपालप्रति यति निर्मम हुनुको पछाडि सबल र समृद्ध नेपालप्रतिको उनीहरूको अरुचि हो । यस अरुचिसँग एमालेले बोकेका विचार, विरासत, योजना, सपना, संकल्प र विराट सम्भावनाहरू जोडिएका छन् । दरबार वा दिल्लीको अनुकम्पाले होइन, नेपाली जनताको बल र बर्कतले देश बनाउन सकिन्छ भन्ने एमालेको आँटप्रतिको भारतीय अरुचिका कारण संविधान घोषणापछिका यी ८ वर्ष जति उपलब्धिपूर्ण हुनुपर्ने हो, हुन सकेनन् । एमालेले छेडेको देशभक्तिपूर्ण आन्दोलन विरुद्धका केही स्वदेशी बञ्चरे बिंडहरूको उपलब्धताले गर्दा नेपालको उन्नति, प्रगति र समृद्धि प्राप्तिको महायज्ञ बिथोलिएको छ । यस टक्करबाट क्षति मात्र छैन, उपलब्धिहरू पनि उत्तिकै छन् ।

२०७४ देखि २०७८ सालसम्मको करिब चारवर्षे शासनकालमा ओलीले मोदीसँग लिएको टक्करको बहुआयामिक महत्व छ । किनकि बेलायत र बेलायतबाट मुक्त भएर बनेको भारतका कारण सृजित नेपालको राजनीतिक अस्थिरता र यसले थोपर्दै आएको बर्बादीबारे आम जनतालाई सत्य बुझाउनै पर्ने थियो

नेपालको संविधान २०७२ को घोषणापछिको महत्वपूर्ण उपलब्धि ओली नेतृत्वको ३८ महिनासम्म कायम रहेको सरकारले छेडेको समृद्धि अभियान हो । यस अवधिमा नेपाललाई सरीसृप होइन, हिमालय जस्तै जब्बर जगमा उभिएको स्वाभिमानी देश हो भनेर विश्वसामु चिनाउन सकिएको छ । गरे हुन्छ र नेपाल बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ । हस्तक्षेप र हैकमको नैतिक पराजय भएको छ र नेपालीको देशभक्त शिर सगरमाथा भएर उठेको छ ।

नेपालको संविधान २०७२ को घोषणा यताका यी ८ वर्षमा विश्व व्यवस्थाका महापण्डित र स्वदेशी लेन्डुप दोर्जेहरू बीच नेपाल विरुद्ध उभिने चोचोमोचो मिलेको छ । उनीहरूको इरादामा तगारो बनेकाले उनीहरूले यो धर्तीमा शेष राख्न नचाहेको शक्ति नेकपा एमाले हो । यति भएर पनि नेपाली जनताको साथ, समर्थन र जागरणका कारण एमालेको दियोमा तेल सकिएको छैन । एमाले कसरी बच्न सक्यो र कसरी भूराजनीतिक खेलका खेलाडीहरूका लागि टाउको दुखाइको विषय बनेको छ भन्ने सत्य बुझ्न नेपाली जातिको गौरवमय इतिहास र नेकपा (एमाले)को दार्शनिक, राजनीतिक, सामाजिक र व्यावहारिक जीवनको गहिराइसम्म पुग्नुपर्ने हुन्छ ।

एउटा धन्ााढ्यको मापन ऊसँग भएको सम्पत्तिको आधारमा हुन्छ । एउटा बलवान वा पहलमानको मापन ऊसँग भएको बलको आधारमा हुन्छ । तर एक चिन्तक र राजनेताको मापन उसको व्यक्तित्व र कीर्तित्वमा रहेका अनेकन् पाटाहरूको आधारमा हुने गर्छ । मूलतः न्याय-निसाफ, आँट-औकात, विरासत र हैसियतको आधारमा चिन्तक र राजनेताको देन र चिन्तनको मापन हुने गर्छ ।

विश्वव्यापी रूपमा, दक्षिणएशियामा, अझ नेपालको सन्दर्भमा माक्र्स, महात्मा गान्धी र मदन भण्डारीले विकास गरेको चिन्तन र दिएका देनको खास अर्थ र औचित्य छ । नेपालको सन्दर्भमा मदन भण्डारीले उघारेको विचार, दर्शन, चिन्तन प्रणाली र व्यावहारिक राजनीतिको नयाँ क्षितिज न भुतो न भविष्यति प्रकृतिको छ । मदनले माक्र्सवाद र गान्धीवादको दही मथनीबाट प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद यस भूखण्डमा श्रेष्ठ सावित भएको विचार दर्शन हो ।

जर्ज विल्हेम प|mेडरिक हेगलद्वारा प्रतिपादित अधकल्चो अवस्थाको द्वन्द्ववाद र फायरबाखबाट प्रतिपादित प्रारम्भिक अवस्थाको भौतिकवादलाई एक सूत्रमा उनेर द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन कार्ल माक्र्सले गरे । यस दार्शनिक र वैज्ञानिक चस्माले वस्तु, घटना, जीवन र जगतलाई हेर्न थालेसँगै मानव जातिले आˆनो विकासक्रमको इतिहासमा एउटा ठूलो फट्को मारेको छ । भद्र अवज्ञा आन्दोलनको माध्यमबाट बेलायती साम्राज्यलाई विभाजित हुन राजी गराई भारत र पाकिस्तान जस्ता दुई देशको जन्म दिन सक्नु महात्मा गान्धीको विशिष्ट देन हो ।

पाश्चात्य दर्शन, साहित्य, इतिहासको विशद अध्ययन र अनुसन्धान गरेका कार्ल माक्र्स र पूर्वीय दर्शन र चिन्तन प्रणालीबाट प्रेरित, प्रभावित र अनुगृहीत महात्मा गान्धीको चिन्तन, आदर्श र निष्कर्षहरू महत्वपूर्ण थिए तर हाम्रो सन्दर्भमा सम्पूर्ण थिएनन् । महामानवद्वयले छोडेर गएको विचार शृंखलाको विरासतमा टेकेर जननेता मदन भण्डारीले एक यस्तो चिन्तन प्रणाली र व्यावहारिक राजनीतिको जग बसाल्नुभयो, ताकि पूर्ववर्ती विचारहरूको सृजनात्मक विकास गर्न र तिनमा रहेका असान्दर्भिक र अव्यावहारिक पक्ष छोड्न सकियोस् ।

वेदहरूको चिरफार र पुनव्र्याख्या गरेकाले पूर्वीय दर्शन परम्परामा व्यास ऋषिलाई वेदव्यास भन्ने गरिन्छ । मदन भण्डारीको महत्व माक्र्स र महात्मा गान्धीको दर्शनमा टेकेर क्रान्तिकारी सारको शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको बाटो पहिल्याउनुनेर छ । सबै कुरामा पारंगत भएर पनि पूर्वीय दर्शन, आदर्श र मर्यादाको पिंधसम्म नपुगेका माक्र्स र द्वन्द्वात्मक भौतिकवादी दर्शनप्रति उदासीन महात्मा गान्धीका सबल पक्षको रक्षा र ऋणात्मक पाटोप्रति निर्मम बनेकाले दक्षिणएशियामा भण्डारी जतिको चिन्तक महात्मा गान्धीपछि कोही जन्मिएन भन्दा अत्युक्ति नहोला । एमाले विरुद्धको निरन्तरको घेराबन्दीका अनेकौं कारणमध्ये मदनको जाज्वल्यमान चिन्तक छवि पनि एक हो ।

माक्र्सवादको सार वर्गसंघर्ष, उत्पादक शक्तिको पक्षपोषण र जनताको जनवाद हो भने गान्धीवादको सार लोकतन्त्री व्यवस्था, संसदीय राजनीति र शान्तिपूर्ण संघर्ष हो । माक्र्सवाद र गान्धीवादमा टेकेर जनताको बहुदलीय जनवाद प्रतिवादन गर्ने क्रममा मदन भण्डारीले कम्युनिष्ट पार्टी र लोकतन्त्र बीचको भेदरेखा हटाइदिएपछि विश्वभरका कम्युनिष्ट र लोकतन्त्रीवादीलाई एक थलोमा रहेर प्रतिस्पर्धाको राजनीति गर्ने वातावरण निर्माण भयो । यसैले जनताको बहुदलीय जनवाद भण्डारीले मानव जातिको पोल्टामा थमाएको महानतम् उपलब्धि हो ।

आजको विश्वमा एमाले बाहेक अन्य सबै साना-ठूला कम्युनिष्ट पार्टीहरू अधिनायकवादी छन् । जनताको बहुदलीय जनवादबाट प्रेरित, प्रभावित र अनुगृहीत एमाले बाहेकका साना-ठूला कम्युनिष्ट पार्टीहरू या त तानाशाह उत्पादन गर्ने कारखाना हुन् या कम्युनिष्टको खोल ओढेर पूँजीवाद र तिनीहरूको सेवा गर्ने पलायनवादी हुन् ।
विश्वका राजनीतिक दलहरू लोकतन्त्रवादी पार्टीहरू र कम्युनिष्ट पार्टीहरूमा विभाजित छन् तर जबजमा अन्तरनिहित क्रान्तिकारी र लोकतान्त्रिक निखार, आचरण र जीवनशैलीका कारण एमालेप्रति कम्युनिष्ट पार्टी र लोकतान्त्रिक पार्टी कसैले पनि शंका गर्न र औंला उठाउन सक्तैनन् । दर्शन बोकेको, विचारमा अडिएको, आदर्शलेे ओतप्रोत, अक्कल नभएर व्यावहारिक, जड नभएर गतिशील रहेकाले आज एमाले देशलाई जोगाउन र आफू जोगिन र देशी-विदेशी जोरी-पारीहरूलाई न्याउरी मारी पछुतोको स्थितिमा पुर्‍याउन काबिल छ ।

भोलोदिमिर जेलेन्स्की नेतृत्वको युक्रेन सिध्याउन पुटिन नेतृत्वको रूसले युद्ध छेडेको संसारले देख्यो तर नेपालमा राष्ट्रियताको लागि केपी शर्मा ओलीको संघर्ष कमैले देखे । इतिहासको नजरमा सत्य सधैं ओझेलमा पर्ने छैन । जेलेन्स्कीले कुर्सी त बचाए तर युक्रेनलाई खण्डहर र खरानी पारे । ओलीको कुर्सी जोगिएन होला तर नेपाल निष्कण्टक रहेको छ ।

एमालेको गति रोक्ने सबै शक्तिहरू मातृभूमि नेपालको लागि मुटु नजिकै राखिएको छुरा जत्तिकै घातक छन् भन्ने आम बुझाइ छ । यस्तो अवस्थामा नेपाल र एमालेको दिनगन्ती गर्दै गौंडो कुरेर बसेकाहरू हिस्स र खिस्स हुनुको विकल्प छैन

हस्तक्षेप र हैकमवादको रुचि बेग्लै भए पनि मातृभूमिमाथि मडारिएको कालो बादल हटेको छ । दरबार वा दिल्लीको अनुकम्पा विना राजनीतिमा टिक्न सकिन्न भन्ने जब्बर अन्धविश्वासको जरो हल्लिएको छ । यो ओली नेतृत्वको नेपालले हासिल गरेको महत्वपूर्ण उपलब्धि हो ।

थुप्रै अनुकूलताको पोषण पाएका मोदीसँग प्रतिकूलतै प्रतिकूलताको सामना गर्नु परेका ओलीको टक्कर सानदार रहृयो । मोदीसँग विश्व व्यवस्थाका खेलाडीहरूको पारंगत धुरी थियो । भारत जस्तो लामो लोकतान्त्रिक अभ्यास भएको सबल मुलुक थियो । राजनाथ सिंह, नितिन गड्करी, अमित शाह जस्ता शालीन र भरपर्दा सखाहरूको दह्रो साथ थियो, तीन चार दशक लगातार शासनमा रहेको कंग्रेस आई सिर्जित त्रासका कारण भित्रैदेखि परिपक्व र एकताबद्ध भाजपा जस्तो सत्तारुढ दल थियो । तर ओलीसँग देशी-विदेशी षडयन्त्रको कुचक्रमा परेर विघटनको मुखमा पुगेको संक्रमणकालीन नेपाल थियो ।

यति भएर पनि २०७४ देखि २०७८ सालसम्मको करिब चारवर्षे शासनकालमा ओलीले मोदीसँग लिएको टक्करको बहुआयामिक महत्व छ । किनकि बेलायत र बेलायतबाट मुक्त भएर बनेको भारतका कारण सृजित नेपालको राजनीतिक अस्थिरता र यसले थोपर्दै आएको बर्बादीबारे आम जनतालाई सत्य बुझाउनै पर्ने थियो । नेपालीले नेपाल बनाउन सक्छन् र उठाउन सक्छन् भन्ने देखाउनु थियो ।

दरबार ब्युँताउने र दिल्लीको उपासना गर्ने दोहोरा गल्ती गरिनुहुन्न, नेपालमा सार्वभौम सत्ता सम्पन्न जनताको राज चल्छ र हैकमवादको यहाँ केही चल्दैन भन्ने देखाउनु थियो । जनताको एकता जागरणका अगाडि सीमापारिका शक्ति र महाशक्तिहरू हात्तीको मुखमा जीरा मात्र हुन् । संसार खनिएर पनि एमालेलाई सिध्याउन नसकेको यो दृष्टान्त जनताको सदावहार र सर्वव्यापी शक्ति, प्रभाव र राजको प्रमाण हो ।

विचार, दर्शन, इतिहास, आगत र विरासत ! गृह निर्माणको सपना, योजना र जनताको साधना ! देशको निम्ति काँध थापेको पाकोे परिपक्व पुस्ताप्रतिको श्रद्धा ! देशको कर्णधार युवा पुस्तालाई दीक्षा र प्रेरणा आदि सुझबुझ र व्यावहारिक राजनीतिले गर्दा नेकपा (एमाले) नै नेपाली जनताको पहिलो र अनिवार्य रोजाइमा परेको पार्टी हो । नयाँ कुरा र युवा पुस्तादेखि तर्सने केही बासी र असान्दर्भिक दल पनि नेपालमा छन् । वयोवृद्ध व्यक्तित्व र मान्यजनहरूको निन्दा, तिरस्कार र अपमानमा रमाउने सिमल फूले जस्ता चैते राजनीतिक दल पनि उफ्रंदै छन् ।

एमाले सबै पुस्ताका जनतालाई आदर गर्ने पार्टी हो । अन्य दलले सिको गर्नु बेग्लै कुरा हो, विचार, जनाधार र सदाचारको बलमा युगदेखि युगसम्म जनताको राजनीति एमालेले मात्र गर्दै आयो । कार्यक्रम, रणनीति र कार्यनीतिमा दशकौंदेखि संगति, पद्धति र सिलसिला मिलेको नेपालको एउटा मात्र पार्टी एमाले हो । बहुदलीय जनवादी शैली भनेकै नीति, नेतृत्व, नियत, नैतिकता र निर्णय बीच एकरूपता ल्याउने शैली हो ।

आफूसँग भएको बिनाले नै मृग प्रजातिको बीचमा कस्तूरी प्रजातिको विशिष्ट पहिचान छ । भीमकाय शरीरका कारण तमाम थलचर प्राणीहरूको बीचमा हात्तीको विशिष्ट स्थान छ । नेपाली जनताको भने जस्तै र खोजे जस्तै राजनीतिक दल भएकाले दक्षिणएशियामा नेकपा एमालेको विशिष्ट पहिचान छ । हत्केलाले सूर्य छेक्न सकिंदैन । नेपालमा सर्वोच्च शक्ति नेपाली जनता हुन्, दरबार हुन सक्तैन थियो र दिल्ली हुन सक्तैन ।

एमालेको देशभक्तिपूर्ण बटमलाइन यही हो । एमालेलाई ताछ्ने, एमालेको महत्व नबुझ्ने र एमालेको अनिवार्यता र श्रेष्ठतालाई विषयान्तर गर्ने बुसदेखि भुससम्मका कुनै पनि प्रपञ्चहरू सफल नहुनुका जरा जागेका जनतामा रोपिएका छन् । नेपाली जनताको दिलमा बास बस्ने एमालेको निष्ठा र साधना रहेसम्म नेपाल अटल रहनेछ र एमाले विरुद्धका कुनै पनि साजिसहरू सफल हुने छैनन् । एमाले हार्दा देश हार्छ र देशको लय र गति रोकिन्छ । समयले यही देखाएको छ ।

एमालेको गति रोक्ने सबै शक्तिहरू मातृभूमि नेपालको लागि मुटु नजिकै राखिएको छुरा जत्तिकै घातक छन् भन्ने आम बुझाइ छ । यस्तो अवस्थामा नेपाल र एमालेको दिनगन्ती गर्दै गौंडो कुरेर बसेकाहरू हिस्स र खिस्स हुनुको विकल्प छैन ।

(शाही नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य हुन् ।)



from Online Khabar https://ift.tt/xUVtNye

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

७ असोज, काठमाडौं । काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चन्द्रागिरि नगरपालिका-११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको र चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सतुंगलमा चोककुमार श्रेष्ठले सन्चालन गरेको चप्पल कारखानामा गए राति विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम जारी छ । यद्यपि आगलागीबाट ९० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको चन्द्रागिरि प्रहरीले जनाएको छ ।

गएराति नै काठमाडौंको चाबहिलमा इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

 



from Online Khabar https://ift.tt/gm8w7bE