नेपालको संविधान २०७२ को घोषणापछिको यो पहिलो दशक भनेकै मूलतः एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको टक्करको दशक हो । १९०३ सालको रक्तपातपूर्ण कोतपर्वदेखि २०७८ सालको रक्तहीन परमादेशी पर्वसम्म बेलायतदेखि प्रतिलिपि बेलायतको रूपमा रहेको भारतको निर्देशकीय भूमिका रहेको छ । किनकि भारत सुरुदेखि नै नेपालको संविधान घोषणा गर्न दिएर नेपाल र नेपालीलाई चैनको सास फेर्न दिने पक्षमा थिएन ।
नेपाली जनताको जागरण, चेतना र सुदृढ एकतारूपी हात्ती भने दिल्लीको हस्तक्षेप र हैकमरूपी माकुरे जालोमा अल्भिmने र बल्भिmनेवाला थिएन । ओली-मोदी टक्कर यी दुईखाले आकांक्षा र चेतनाको केन्द्रीय अभिव्यक्ति थियो र हो ।
यो द्वन्द्वको मोटो कारण नेपालको उत्थान र लोकतान्त्रिक व्यवस्थाको खुला र कञ्चन आकाशमाथि कालो बादल भएर मडारिन रुचाउने भारतेली शासक वर्गको निरन्तरको हेपाहा नीति र अर्घेल्याइँ हो । जबकि भारतेली शासक गुटको यस प्रकारको रवैयालाई स्वयं भारतीय जनताले नै रुचाउँदैनन् । चिललाई देखाएर गाउँभरिका कुखुरा सिध्याउने लोककथाको चतुर स्यालले झैं दिल्लीले दरबारसँग साँठगाँठ गरेर नेपाली जनताको चेतनामा बिर्काे लगाउँदै आयो, नेपाली जनताको एकतामा छिना चलाउँदै आयो ।
ओलीप्रेरित एमालेले नेपाली जनताप्रतिको निष्ठा, त्याग, समर्पण र तपको बलमा स्थिति उल्ट्याउन थाल्यो । भारतीय हैकमवादको लगामबाट नेपाल सदाको लागि मुक्त हुने आधार खडा भयो । नयाँ संविधान घोषणाको खुशियालीमा नेपाल रमेको बेला कुनै पर्दा, मर्यादा नरहेर नाकाबन्दीको तहमा भारत उत्रियो । किनकि सदियौंदेखि नेपालमा चलेको उसको रजगजका जरा उप्काउने गरी नेपाली जनताको चेतना उछालिएको थियो । एकातिर एमालेको सबल, सुदृढ, स्वाभिमानी र देशभक्तिपूर्ण अगुवाइ र अर्कोतिर जनताको जागरण भारतेली शासक वर्गको मुटुमा रोपिएका दोहोरा सुइरा थिए । यसले गर्दा भारतेली शासकहरू यति तिल्मिलाए कि एमालेको गति र लय रोक्न देशभित्र र एमालेभित्र बञ्चरे बिंडहरूको खोजी गरी एमालेविरुद्ध उपयोग गर्न उनीहरू बाध्य भए ।
विश्व व्यवस्थाका महापण्डितहरू नेपालप्रति यति निर्मम हुनुको पछाडि सबल र समृद्ध नेपालप्रतिको उनीहरूको अरुचि हो । यस अरुचिसँग एमालेले बोकेका विचार, विरासत, योजना, सपना, संकल्प र विराट सम्भावनाहरू जोडिएका छन् । दरबार वा दिल्लीको अनुकम्पाले होइन, नेपाली जनताको बल र बर्कतले देश बनाउन सकिन्छ भन्ने एमालेको आँटप्रतिको भारतीय अरुचिका कारण संविधान घोषणापछिका यी ८ वर्ष जति उपलब्धिपूर्ण हुनुपर्ने हो, हुन सकेनन् । एमालेले छेडेको देशभक्तिपूर्ण आन्दोलन विरुद्धका केही स्वदेशी बञ्चरे बिंडहरूको उपलब्धताले गर्दा नेपालको उन्नति, प्रगति र समृद्धि प्राप्तिको महायज्ञ बिथोलिएको छ । यस टक्करबाट क्षति मात्र छैन, उपलब्धिहरू पनि उत्तिकै छन् ।
नेपालको संविधान २०७२ को घोषणापछिको महत्वपूर्ण उपलब्धि ओली नेतृत्वको ३८ महिनासम्म कायम रहेको सरकारले छेडेको समृद्धि अभियान हो । यस अवधिमा नेपाललाई सरीसृप होइन, हिमालय जस्तै जब्बर जगमा उभिएको स्वाभिमानी देश हो भनेर विश्वसामु चिनाउन सकिएको छ । गरे हुन्छ र नेपाल बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ । हस्तक्षेप र हैकमको नैतिक पराजय भएको छ र नेपालीको देशभक्त शिर सगरमाथा भएर उठेको छ ।
नेपालको संविधान २०७२ को घोषणा यताका यी ८ वर्षमा विश्व व्यवस्थाका महापण्डित र स्वदेशी लेन्डुप दोर्जेहरू बीच नेपाल विरुद्ध उभिने चोचोमोचो मिलेको छ । उनीहरूको इरादामा तगारो बनेकाले उनीहरूले यो धर्तीमा शेष राख्न नचाहेको शक्ति नेकपा एमाले हो । यति भएर पनि नेपाली जनताको साथ, समर्थन र जागरणका कारण एमालेको दियोमा तेल सकिएको छैन । एमाले कसरी बच्न सक्यो र कसरी भूराजनीतिक खेलका खेलाडीहरूका लागि टाउको दुखाइको विषय बनेको छ भन्ने सत्य बुझ्न नेपाली जातिको गौरवमय इतिहास र नेकपा (एमाले)को दार्शनिक, राजनीतिक, सामाजिक र व्यावहारिक जीवनको गहिराइसम्म पुग्नुपर्ने हुन्छ ।
एउटा धन्ााढ्यको मापन ऊसँग भएको सम्पत्तिको आधारमा हुन्छ । एउटा बलवान वा पहलमानको मापन ऊसँग भएको बलको आधारमा हुन्छ । तर एक चिन्तक र राजनेताको मापन उसको व्यक्तित्व र कीर्तित्वमा रहेका अनेकन् पाटाहरूको आधारमा हुने गर्छ । मूलतः न्याय-निसाफ, आँट-औकात, विरासत र हैसियतको आधारमा चिन्तक र राजनेताको देन र चिन्तनको मापन हुने गर्छ ।
विश्वव्यापी रूपमा, दक्षिणएशियामा, अझ नेपालको सन्दर्भमा माक्र्स, महात्मा गान्धी र मदन भण्डारीले विकास गरेको चिन्तन र दिएका देनको खास अर्थ र औचित्य छ । नेपालको सन्दर्भमा मदन भण्डारीले उघारेको विचार, दर्शन, चिन्तन प्रणाली र व्यावहारिक राजनीतिको नयाँ क्षितिज न भुतो न भविष्यति प्रकृतिको छ । मदनले माक्र्सवाद र गान्धीवादको दही मथनीबाट प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद यस भूखण्डमा श्रेष्ठ सावित भएको विचार दर्शन हो ।
जर्ज विल्हेम प|mेडरिक हेगलद्वारा प्रतिपादित अधकल्चो अवस्थाको द्वन्द्ववाद र फायरबाखबाट प्रतिपादित प्रारम्भिक अवस्थाको भौतिकवादलाई एक सूत्रमा उनेर द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन कार्ल माक्र्सले गरे । यस दार्शनिक र वैज्ञानिक चस्माले वस्तु, घटना, जीवन र जगतलाई हेर्न थालेसँगै मानव जातिले आˆनो विकासक्रमको इतिहासमा एउटा ठूलो फट्को मारेको छ । भद्र अवज्ञा आन्दोलनको माध्यमबाट बेलायती साम्राज्यलाई विभाजित हुन राजी गराई भारत र पाकिस्तान जस्ता दुई देशको जन्म दिन सक्नु महात्मा गान्धीको विशिष्ट देन हो ।
पाश्चात्य दर्शन, साहित्य, इतिहासको विशद अध्ययन र अनुसन्धान गरेका कार्ल माक्र्स र पूर्वीय दर्शन र चिन्तन प्रणालीबाट प्रेरित, प्रभावित र अनुगृहीत महात्मा गान्धीको चिन्तन, आदर्श र निष्कर्षहरू महत्वपूर्ण थिए तर हाम्रो सन्दर्भमा सम्पूर्ण थिएनन् । महामानवद्वयले छोडेर गएको विचार शृंखलाको विरासतमा टेकेर जननेता मदन भण्डारीले एक यस्तो चिन्तन प्रणाली र व्यावहारिक राजनीतिको जग बसाल्नुभयो, ताकि पूर्ववर्ती विचारहरूको सृजनात्मक विकास गर्न र तिनमा रहेका असान्दर्भिक र अव्यावहारिक पक्ष छोड्न सकियोस् ।
वेदहरूको चिरफार र पुनव्र्याख्या गरेकाले पूर्वीय दर्शन परम्परामा व्यास ऋषिलाई वेदव्यास भन्ने गरिन्छ । मदन भण्डारीको महत्व माक्र्स र महात्मा गान्धीको दर्शनमा टेकेर क्रान्तिकारी सारको शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको बाटो पहिल्याउनुनेर छ । सबै कुरामा पारंगत भएर पनि पूर्वीय दर्शन, आदर्श र मर्यादाको पिंधसम्म नपुगेका माक्र्स र द्वन्द्वात्मक भौतिकवादी दर्शनप्रति उदासीन महात्मा गान्धीका सबल पक्षको रक्षा र ऋणात्मक पाटोप्रति निर्मम बनेकाले दक्षिणएशियामा भण्डारी जतिको चिन्तक महात्मा गान्धीपछि कोही जन्मिएन भन्दा अत्युक्ति नहोला । एमाले विरुद्धको निरन्तरको घेराबन्दीका अनेकौं कारणमध्ये मदनको जाज्वल्यमान चिन्तक छवि पनि एक हो ।
माक्र्सवादको सार वर्गसंघर्ष, उत्पादक शक्तिको पक्षपोषण र जनताको जनवाद हो भने गान्धीवादको सार लोकतन्त्री व्यवस्था, संसदीय राजनीति र शान्तिपूर्ण संघर्ष हो । माक्र्सवाद र गान्धीवादमा टेकेर जनताको बहुदलीय जनवाद प्रतिवादन गर्ने क्रममा मदन भण्डारीले कम्युनिष्ट पार्टी र लोकतन्त्र बीचको भेदरेखा हटाइदिएपछि विश्वभरका कम्युनिष्ट र लोकतन्त्रीवादीलाई एक थलोमा रहेर प्रतिस्पर्धाको राजनीति गर्ने वातावरण निर्माण भयो । यसैले जनताको बहुदलीय जनवाद भण्डारीले मानव जातिको पोल्टामा थमाएको महानतम् उपलब्धि हो ।
आजको विश्वमा एमाले बाहेक अन्य सबै साना-ठूला कम्युनिष्ट पार्टीहरू अधिनायकवादी छन् । जनताको बहुदलीय जनवादबाट प्रेरित, प्रभावित र अनुगृहीत एमाले बाहेकका साना-ठूला कम्युनिष्ट पार्टीहरू या त तानाशाह उत्पादन गर्ने कारखाना हुन् या कम्युनिष्टको खोल ओढेर पूँजीवाद र तिनीहरूको सेवा गर्ने पलायनवादी हुन् ।
विश्वका राजनीतिक दलहरू लोकतन्त्रवादी पार्टीहरू र कम्युनिष्ट पार्टीहरूमा विभाजित छन् तर जबजमा अन्तरनिहित क्रान्तिकारी र लोकतान्त्रिक निखार, आचरण र जीवनशैलीका कारण एमालेप्रति कम्युनिष्ट पार्टी र लोकतान्त्रिक पार्टी कसैले पनि शंका गर्न र औंला उठाउन सक्तैनन् । दर्शन बोकेको, विचारमा अडिएको, आदर्शलेे ओतप्रोत, अक्कल नभएर व्यावहारिक, जड नभएर गतिशील रहेकाले आज एमाले देशलाई जोगाउन र आफू जोगिन र देशी-विदेशी जोरी-पारीहरूलाई न्याउरी मारी पछुतोको स्थितिमा पुर्याउन काबिल छ ।
भोलोदिमिर जेलेन्स्की नेतृत्वको युक्रेन सिध्याउन पुटिन नेतृत्वको रूसले युद्ध छेडेको संसारले देख्यो तर नेपालमा राष्ट्रियताको लागि केपी शर्मा ओलीको संघर्ष कमैले देखे । इतिहासको नजरमा सत्य सधैं ओझेलमा पर्ने छैन । जेलेन्स्कीले कुर्सी त बचाए तर युक्रेनलाई खण्डहर र खरानी पारे । ओलीको कुर्सी जोगिएन होला तर नेपाल निष्कण्टक रहेको छ ।
हस्तक्षेप र हैकमवादको रुचि बेग्लै भए पनि मातृभूमिमाथि मडारिएको कालो बादल हटेको छ । दरबार वा दिल्लीको अनुकम्पा विना राजनीतिमा टिक्न सकिन्न भन्ने जब्बर अन्धविश्वासको जरो हल्लिएको छ । यो ओली नेतृत्वको नेपालले हासिल गरेको महत्वपूर्ण उपलब्धि हो ।
थुप्रै अनुकूलताको पोषण पाएका मोदीसँग प्रतिकूलतै प्रतिकूलताको सामना गर्नु परेका ओलीको टक्कर सानदार रहृयो । मोदीसँग विश्व व्यवस्थाका खेलाडीहरूको पारंगत धुरी थियो । भारत जस्तो लामो लोकतान्त्रिक अभ्यास भएको सबल मुलुक थियो । राजनाथ सिंह, नितिन गड्करी, अमित शाह जस्ता शालीन र भरपर्दा सखाहरूको दह्रो साथ थियो, तीन चार दशक लगातार शासनमा रहेको कंग्रेस आई सिर्जित त्रासका कारण भित्रैदेखि परिपक्व र एकताबद्ध भाजपा जस्तो सत्तारुढ दल थियो । तर ओलीसँग देशी-विदेशी षडयन्त्रको कुचक्रमा परेर विघटनको मुखमा पुगेको संक्रमणकालीन नेपाल थियो ।
यति भएर पनि २०७४ देखि २०७८ सालसम्मको करिब चारवर्षे शासनकालमा ओलीले मोदीसँग लिएको टक्करको बहुआयामिक महत्व छ । किनकि बेलायत र बेलायतबाट मुक्त भएर बनेको भारतका कारण सृजित नेपालको राजनीतिक अस्थिरता र यसले थोपर्दै आएको बर्बादीबारे आम जनतालाई सत्य बुझाउनै पर्ने थियो । नेपालीले नेपाल बनाउन सक्छन् र उठाउन सक्छन् भन्ने देखाउनु थियो ।
दरबार ब्युँताउने र दिल्लीको उपासना गर्ने दोहोरा गल्ती गरिनुहुन्न, नेपालमा सार्वभौम सत्ता सम्पन्न जनताको राज चल्छ र हैकमवादको यहाँ केही चल्दैन भन्ने देखाउनु थियो । जनताको एकता जागरणका अगाडि सीमापारिका शक्ति र महाशक्तिहरू हात्तीको मुखमा जीरा मात्र हुन् । संसार खनिएर पनि एमालेलाई सिध्याउन नसकेको यो दृष्टान्त जनताको सदावहार र सर्वव्यापी शक्ति, प्रभाव र राजको प्रमाण हो ।
विचार, दर्शन, इतिहास, आगत र विरासत ! गृह निर्माणको सपना, योजना र जनताको साधना ! देशको निम्ति काँध थापेको पाकोे परिपक्व पुस्ताप्रतिको श्रद्धा ! देशको कर्णधार युवा पुस्तालाई दीक्षा र प्रेरणा आदि सुझबुझ र व्यावहारिक राजनीतिले गर्दा नेकपा (एमाले) नै नेपाली जनताको पहिलो र अनिवार्य रोजाइमा परेको पार्टी हो । नयाँ कुरा र युवा पुस्तादेखि तर्सने केही बासी र असान्दर्भिक दल पनि नेपालमा छन् । वयोवृद्ध व्यक्तित्व र मान्यजनहरूको निन्दा, तिरस्कार र अपमानमा रमाउने सिमल फूले जस्ता चैते राजनीतिक दल पनि उफ्रंदै छन् ।
एमाले सबै पुस्ताका जनतालाई आदर गर्ने पार्टी हो । अन्य दलले सिको गर्नु बेग्लै कुरा हो, विचार, जनाधार र सदाचारको बलमा युगदेखि युगसम्म जनताको राजनीति एमालेले मात्र गर्दै आयो । कार्यक्रम, रणनीति र कार्यनीतिमा दशकौंदेखि संगति, पद्धति र सिलसिला मिलेको नेपालको एउटा मात्र पार्टी एमाले हो । बहुदलीय जनवादी शैली भनेकै नीति, नेतृत्व, नियत, नैतिकता र निर्णय बीच एकरूपता ल्याउने शैली हो ।
आफूसँग भएको बिनाले नै मृग प्रजातिको बीचमा कस्तूरी प्रजातिको विशिष्ट पहिचान छ । भीमकाय शरीरका कारण तमाम थलचर प्राणीहरूको बीचमा हात्तीको विशिष्ट स्थान छ । नेपाली जनताको भने जस्तै र खोजे जस्तै राजनीतिक दल भएकाले दक्षिणएशियामा नेकपा एमालेको विशिष्ट पहिचान छ । हत्केलाले सूर्य छेक्न सकिंदैन । नेपालमा सर्वोच्च शक्ति नेपाली जनता हुन्, दरबार हुन सक्तैन थियो र दिल्ली हुन सक्तैन ।
एमालेको देशभक्तिपूर्ण बटमलाइन यही हो । एमालेलाई ताछ्ने, एमालेको महत्व नबुझ्ने र एमालेको अनिवार्यता र श्रेष्ठतालाई विषयान्तर गर्ने बुसदेखि भुससम्मका कुनै पनि प्रपञ्चहरू सफल नहुनुका जरा जागेका जनतामा रोपिएका छन् । नेपाली जनताको दिलमा बास बस्ने एमालेको निष्ठा र साधना रहेसम्म नेपाल अटल रहनेछ र एमाले विरुद्धका कुनै पनि साजिसहरू सफल हुने छैनन् । एमाले हार्दा देश हार्छ र देशको लय र गति रोकिन्छ । समयले यही देखाएको छ ।
एमालेको गति रोक्ने सबै शक्तिहरू मातृभूमि नेपालको लागि मुटु नजिकै राखिएको छुरा जत्तिकै घातक छन् भन्ने आम बुझाइ छ । यस्तो अवस्थामा नेपाल र एमालेको दिनगन्ती गर्दै गौंडो कुरेर बसेकाहरू हिस्स र खिस्स हुनुको विकल्प छैन ।
(शाही नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य हुन् ।)
from Online Khabar https://ift.tt/xUVtNye
No comments:
Post a Comment