Tuesday, September 12, 2023

मेसीबिनै अर्जेन्टिनाले बोलिभियालाई उसैको मैदानमा हरायो

२७ भदौ, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिनाले बोलिभियालाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

कप्तान लिओनल मेसीबिना नै मैदान उत्रेको अर्जेन्टिनाले दश खेलाडीमा समेटिएको बोलिभियालाई बुधबार बिहान उसैको घरेलु मैदान लापाजमा ३-० ले हरायो ।

कार्यबाहक कप्तान एन्जल डि मारियाले उत्कृष्ट प्रदर्शन गर्दा एन्जो फर्नान्डेज, निकोलस ट्याग्लिफिको र निकोलस गोन्जालेजले गोल गरे ।

विश्वकै उच्च स्थानमा रहेको राजधानी लापमा हाई अल्टिच्युडका कारण खेल्न गाह्रो हुन्छ । मेसी पूर्णरुपमा रिकभर नभएकोले नखेलेलाएको अर्जेन्टिनाका प्रशिक्षक निकोलस स्कालोनीले बताएका छन् ।

खेलको ३१औं मिनेटमा एन्जो फर्नान्डेजले डि मरियाको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

३९औं मिनेटमा रोबर्टो फर्नान्डेजले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटियो । त्यसपछि ४२औं मिनेटमा ट्याक्लिफिकोले डि मरियाकै पासमा गोल गर्दै अर्जनेटिनालाई पहिलो हाफमै २-० को अग्तरा दिलाए ।

अर्जेन्टिनाका लागि तेस्रो गोल निकोलस गोन्जालेजले ८३औं मिनेटमा गरे ।

दश टिम सम्मिलित दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिना लगातार दुई जितबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

यस्तै बुधबारै सम्पन्न भएमा इक्वेडर र भेनेजुएलाले पहिलो जित हात पारेका छन् । इक्वेडरले उरुग्वेलाई २-१ ले हरायो । अगष्टिन कानाबियोले गोल गर्दै उरुग्वेलाई पहिले अग्रता दिलाएपनि फेलिक्स टोरेलसे दुई गोल गरेपछि इक्वेडरले पुनरागमन जित हात पारेको हो ।

उता सालोमन रोन्डोनले इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरेपछि भेनेजुएलाले पाराग्वेलाई १-० ले हरायो ।



from Online Khabar https://ift.tt/4UKPqo0

No comments:

Post a Comment