Thursday, September 7, 2023

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु

२२ भदौ, काठमाडौं । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल छन् ।

यसैगरी राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौंडाकी नायब सुब्बा शुभलक्ष्मी लामाले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउनेहरुको नामावली हेर्नुहोस्–



from Online Khabar https://ift.tt/sthix7l

No comments:

Post a Comment