Friday, September 8, 2023

हेलिमा सगरमाथादेखि पोखरासम्म घुमेर चार्टड जहाजमा भुटान हुँदै फर्किए अमेरिकन पर्यटन

२३ भदौ, पोखरा । अमेरिकाको विभिन्न सहरबाट नेपाल आइपुगेका पर्यटक काठमाडौं भेला भए । नेपालका विभिन्न सहर घुमेर भुटान हुँदै अमेरिका फर्किने प्याकेज तयार भयो र यसको समन्वय गर्‍यो, ए एण्ड के ट्राभल एजेण्ड कम्पनीले ।

धुलिखेल हुँदै सुरु भएको अमेरिकन पर्यटकको नेपाल बसाईं त्रिशुलीमा र्‍याफ्टिङ, सात वटा हेलिकप्टरमा सगरमाथा आधारशिविर पोखरासम्म घुमेर शनिबार पोखराबाटै ड्रुक एयरलाइन्स चार्टड गरेर भुटान हुँदै अमेरिका फर्किएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दास्रो चार्टड उडान हो । गत असार ६ गते बुधबार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एयरलाइन्सको एयरबस-३१९ विमान पोखरा अन्तर्राष्ट्रिय मिानस्थलमा अवतरण गरेको थियो । पोखरा फेवातालमा भएको ड्रागन बोट फेस्टिभलमा सहभागी हुन ३५ जना पर्यटक पोखरा विमानस्थल हुँदै आइपुगेका थिए ।

सगरमाथादेखि पोखरासम्म घुमेर ४१ जना अमेरिकन पर्यटकले भुटान जानका लागि ड्रुक एयर चार्टड गरेका हुन् ।

भुटानदेखि ड्रुक एयरको जहाजले बिहान पौने ७ बजे नै ३ जना पर्यटक लिएर पोखरा विमानस्थलमा ओर्लिएको थियो ।

नेपालका विभिन्न ठाउँमा महंगो शुल्क तिरेर पैसा खर्च गरेर फर्किएपछि यस्तै खचार्लु पर्यटक चार्टड जहाजमै भए पनि पोखरा भित्राउन सक्ने हो भने अर्थतन्त्रसमेत चलायमान हुन सक्ने व्यवसायीको विश्वास छ ।

अमेरिकन पर्यटकहरु हेलिकप्टरमा घुम्ने महंगा होटल, रिसोर्टमा बस्ने र साहसिक गतिविधिमा भाग लिने गरेका थिए ।

नेपालमा प्याकेज बनाएको ट्राभल एजेन्सीकाअनुसार चार्टड जहाज फर्किएका पर्यटकले दिनमै ७/८ सय डलरसम्म खर्च गरेका थिए ।

‘पोखराको मौसम र यहाँको साहसिक खेलमा पर्यटक निकै खुसी भए । ७ वटा हेलिकप्टरमा काठमाडौंबाट पोखरा आइपुगेका पर्यटकले प्याराग्लाइडिङ र जिपलाइनको मजा लिए । अल्ट्रालाइट पनि गर्ने तयारी थियो तर मौसमले साथ दिएन,’ ट्राभल एजेन्सी प्रतिनिधि हेमन्तराज कोलाक्षपतिले भने, ‘नेपालका विभिन्न ठाउँमा सानदार बसाइँ बसेर, महंगो खर्च गरेर रमाउँदै उनीहरु फर्किएका छन् । यसले नेपालको पर्यटनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

उनीहरु सुरुमाधुलिखेल बसेका थिए । २ रात त्यहाँ बिताएर भोलिपल्ट भक्तपुर नाइटमा सहभागी थिए । अर्को दिन ७ वटा हेलिकप्टरमार्फत पोङ्दे भन्ने ठाउँसम्म र त्यहाँबाट सगरमाथा आधारसम्म पुगे । त्यहाँ याक डान्स हेरेका थिए । हेलिकप्टरबाट त्रिशुली रिभर आइपगेर उनीहरुले कुरिनटारसम्म र्‍याˆटिङ गरेका थिए ।

हेलिकप्टरबाट पोखरा आइपुगेर सराङकोटबाट पिलाइन र प्लाराग्लाइडिङ गरे तर पिललाइन स्थगित भएपछि साँझ पोखरा घुमेर शनिबार पोखरा विमानस्थलबाटै भुटान फर्किएका हुन् ।

जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित हुँदा चार्टड गरेर जहाज आउँदा पनि पोखरेलीले भव्य स्वागत र बिदाइ गर्ने गरिरहेका छन् ।

भुटानको ड्रुक एयरमा पोखरा आइपुगेका ३ जना पर्यटक र नेपालका विभिन्न ठाउँ घुमेर फर्किएका अमेरिकन पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत पर्यटन व्यवसायीहरुले स्वागत र बिदाइ गरेका छन् ।

पोखराका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकमै सीमित हुँदा जहाज चार्टड गरेर आउने क्रम बढ्यो भने पनि आशाको सञ्चार गराउने बताए । पोखरामा ड्रुक एयर आउने सुखदः विषय भएको यसले आगामी दिनमा थप जहाजहरू आउने बाटो खुल्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले विश्वास व्यक्त गरे ।



from Online Khabar https://ift.tt/xV56Cra

No comments:

Post a Comment