Thursday, September 14, 2023

जिल्लास्तरीय स्नुकरको उपाधि खड्कालाई

२९ भदौ, बुटवल । सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् ।

खस्यौली स्नुकर क्लब बुटवलमा बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६–४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी थिए । उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको उपाधि र नगद १० हजार पुरस्कार पनि हात पारे ।

यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक, अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचन घोषित हुंदै समान ५ हजार रुपैयांका दरले  नगद पुरस्कार पाएका छन् ।

विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकर खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए ।

संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।



from Online Khabar https://ift.tt/2ZHbOfs

No comments:

Post a Comment