Friday, September 22, 2023

बझाङमा एक जनाको हत्या

६ असोज, लेकगाउँ (बझाङ) । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ ।

छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार बिजुली शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका छन् ।  ‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौं’, चौधरीले भने ।

उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।



from Online Khabar https://ift.tt/ErTBnkM

No comments:

Post a Comment