Wednesday, September 20, 2023

बेलिङहमले इन्जुरी टाइममा गोल गरेपछि रियलको कठिन जित

४ असोज, काठमाडौं । जुड बेलिङहमले इन्जुरी टाइममा गरेको गोलमा रियल मड्रिडले युनियन बर्लिनलाई १-० ले हराएर युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ ।

तर, समूह सी मा रियलले जर्मन क्लब युनियन बर्लिनविरुद्ध तीन अंक जोड्न निकै संघर्ष गर्नुपर्‍यो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल रियललाई निर्धारित ९० मिनेटमा युनियल बर्लिनले गोलरहित बराबरीमा रोकेको थियो ।

थप गरिएको पाँच मिनेटको इन्जुरी टाइमको चौथो मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई अग्रता दिलाए र त्यही गोल निर्णायक बन्यो ।

समूह सी कै अर्को खेलमा इटालियन क्लब नापोलीले ब्रागालाई २-१ ले हराएर ३ अंक जोडेको छ ।



from Online Khabar https://ift.tt/pO1yWBn

No comments:

Post a Comment