Wednesday, May 15, 2024

पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

३ जेठ, पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् ।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य  छ ।

दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । १५ जना सवार उक्त जिप बुधबार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/rXnGJRj

Tuesday, May 14, 2024

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपाल विजयी

२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले पहिलो टी-२० अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ ।

१९७ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ५२ र सोमपाल कामीले ३५ रन बनाए । ओपनर कुशल भुर्तेलले ७० र आशिफ शेखले २६ रन बनाए ।

एक समय १४.२ ओेभरमा ११८/६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए ।

अन्तिम २ ओभरमा ३८ रन चाहिंदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए ।

र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो ।

नेपालका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र  गुलशन झा  सस्तैमा आउट भए ।

त्यसअघि पार्क हिल प्लेइङ फिल्डमा टस हारेर ब्याटिङ गरेको भोलक्यानोजले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

नेपालका रोहित पौडेलले तीन र प्रतिश जिसीले एक विकेट लिए ।

नेपाल र विनवार्ड्सबीचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुँदैछ ।

आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका आउनेछ ।

नेपालले २२ र २३ मे मा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसीले प्रदान गर्ने दुई वार्मअप खेल खेल्नेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश समूह डी मा छन् ।

नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।



from Online Khabar https://ift.tt/d60olyP

लिफ्ट में आ जाए खराबी तो किन चीज़ों का ध्यान रखना है जरूरी? ऐसा बिलकुल न करें

लिफ्ट से जुड़े कई हादसे सामने आते रहे हैं, और कई बार ऐसा भी हुआ होगा कि आप लिफ्ट में हो और लिफ्ट अचानक बंद हो जाए. ऐसे में एकदम घबराहट हो जाती है, लेकिन ऐसे में क्या करना चाहिए इस बात का ख्याल रखना बहुत जरूरी है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/aJc269l

लिगको अन्तिम खेलमा दिल्लीले लखनउलाई हरायो

२ जेठ, काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।

२०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८  रन बनाए पनि हार टार्न सकेनन् ।

अरु ब्याटर भने खासै चल्न सकेनन् । क्रुनाल पण्ड्याले १८, युधवीर सिंहले १४  र क्विन्टन डी ककले १२ रन जोडे ।

दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एक/उक विकेट लिए ।

पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन   स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे ।

लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक/एक विकेट लिए ।

दिल्लीले लिगचरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ ।

यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ ।



from Online Khabar https://ift.tt/pC4boBi

गूगल ने लॉन्च किया Ask Photos, जेमिनी 1.5 प्रो अब वर्कस्पेस लैब्स पर उपलब्ध

Google I/O 2024: इवेंट सबसे पहले गूगल के सीईओ सुंदर पिचाई (Sundar Pichai) ने उपस्थित लोगों का स्वागत किया. पिचाई ने कहा कि गूगल एक दशक से अधिक समय से एआई (AI) में निवेश कर रहा है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/VRDtsAc

Monday, May 13, 2024

बेल्जियममा नै अस्ताए कलाकार उज्ज्वल केसी

१ जेठ, बार्सिलोना । बेल्जियम निवासी कलाकार उज्ज्वल केसीको निधन भएको छ । ५४ वर्षीय केसीको शनिबार निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको हृदयघातबाट बेल्जियमस्थित निवासमा नै निधन भएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल मूल घर भएका केसी दुई दशकदेखि बेल्जियममा परिवारसँगै बस्दै आएका थिए ।

उनको परिवारमा श्रीमती र दुई छोरी रहेका छन् । पारिवारिक स्रोतका अनुसार दिवंगत केसीको अन्त्येष्टि बुधबार बेल्जियममै गरिनेछ ।

केसी नेपाल चलचित्र कलाकार संघका सदस्य समेत थिए । दर्जनौं म्युजिक भिडियोमा निर्देशन गरेका उज्ज्वल युरोपमा बसेर पनि नेपाली कला क्षेत्रमा सक्रिय थिए ।

उनले केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका छन् । नेपाली सिनेजगतमा उदाउँदै गर्दा नायिका श्रीषा कार्कीसँग त्यतिबेला उज्ज्वलले चलचित्र ‘फुटपाथमा सँगै काम गरेका थिए । उनले नेपाल टेलिभिजनमा ‘दि भोइस’ नामको पनि कार्यक्रम संचालन गरेका थिए ।

गायक रामकृष्ण ढकालको ‘हावाले’ बोलको गीतको भिडियो पनि उनले नै निर्देशन गरेका हुन् । फ्रान्स, बेल्जियम र नेदरल्यान्ड्सका दृश्यहरु छायांकन गरेर उज्ज्वल ले नै सम्पादन गरेका थिए । उनी पूर्वरेडियोकर्मी समेत हुन् ।

आफ्नो जीवनकै पहिलो गीत रेडियोमा बजाएर गुन लगाएको भन्दै गायक हिमाल सागरले उज्ज्वलको सम्झना गरेका छन्।  ‘चन्द्रमा झै मुहार तिम्रो’ मेरो जीवनकै पहिलो गीत दाइले क्लासिक एफएममा पहिलो पटक बजाइदिनु भएको थियो,’ उनले भाव पूर्ण श्रद्धान्जली भन्दै लेखेका छन्,‘मेरो रिलेसन एल्बमको पहिलो भिडियो पनि उहाँले नै बनाउनु भएको हो । दु:खद खबरले मर्माहत बनेको छु।’

बेल्जियमको नेपाली समुदाय स्तब्ध

कलाकार केसीको निधनको खबरले बेल्जियमको नेपाली समुदाय स्तब्ध बनेको छ।एनआरएनए बेल्जियमले केसीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेको ५ ।

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले केसीको निधनले समुदायमा अपुरणीय क्षति भएको बताएका छन् । ‘नेपाल छँदा उहाँ एफएममा पनि कार्यक्रम संचालन गर्नुहुन्थ्यो । आफैंले चलचित्र बनाएर अभिनय पनि गर्नुभयो । कला क्षेत्रमा युरोप आएपछि पनि सक्रियता निरन्तर नै रह्यो,’ अध्यक्ष शर्माले भने।

सामाजिक विकृति विसङ्गतिका बारेमा बोल्ने प्रष्ट वक्ताको रुपमा उज्ज्वललाई अध्यक्ष शर्माले सम्झन्छन् ।

‘ठूलो लक्ष्यसहित महत्वकांक्षी प्रोजेक्ट गर्ने आफ्नो प्रयासबाट उहाँ कहिल्यै पछि हट्नु भएन ।पुराना चलचित्रकर्मीसँग उहाँ निकै घनिष्ट हुनुहुन्थ्यो । युरोप आउदा उहाँलाई भेट्न कला कर्मी बेल्जियम आउथे,’ उनले थपे।

उज्ज्वलका व्यवसायिक साझेदार सुदर्शन सिम्खडा पनि अप्रत्यासित घटनाले निकै दु:खी बनेका छन् । उनलाई हिजो जस्तो नै लाग्छ उज्ज्वल बेल्जियम आएको । उनले भने, ‘उहाँ मेरो डे वानदेखि साथी । व्यवसायिक साझेदारको हिसाबले पनि राम्रो हुनुहुथ्यो ।’

समय बित्दै जादा आफूहरुबीच घनिष्ठता पनि बढेको सिम्खडा बताउँछन् ।

कलाकारिताको माध्यमबाट नेपाललाई चिनाउन लागि उज्ज्वल ले केही हदसम्म योगदान दिएको पनि उनले सुनाए । ‘उहाँ एक क्रियटिभ कलाकार हो । विदेशीहरु मिलेर आफ्नो क्षमता प्रदर्शन गर्न सक्षम हुनुहुन्थ्यो । कलाकारिताको माध्यमबाट कहीँ न कहीँ नेपाललाई चिनाउन उहाँले योगदान दिनुभएको छ भन्ने मेरो ठम्याइ हो,’ सिम्खडाले थपे ।

विदेशी कलाकारहरूसँगको सहकार्य

विदेशी कलाकारहरूसँग मिलेर पनि उज्ज्वल ले थुप्रै काम गरेका छन् । नेपाली भाषा बाहेक अन्य गीतहरूको भिडियो निर्माणमा पनि उनको सक्रियता कहिल्यै रोकिएन ।

उनी बेल्जियम, नेदरल्यान्ड्सका कलाकारहरूसँग मिलेर थुप्रै प्रोजेक्टहरूमा काम गरिसकेको बेल्जियमस्थित पत्रकार सुशील खरेलले बताए ।

‘उज्ज्वल जीलाई म नेपालदेखि नै चिन्दछु । हामी दुवै नेपाल छँदा नै टेलिभिजनमा सहकार्य गर्दै आएका हौं । उहाँ अहिले स्पिक इजी, पियानो बार जस्ता चलचित्रमा विदेशी कलाकर्मीहरुसँग सहकार्य गर्नुभएको थियो । अकल्पनीय निधनले उनीहरु असाध्यै दु:खी छन् ,’ पत्रकार खरेलले थपे।

उज्ज्वलको निधनसँगै उनको अर्को प्रोजेक्ट ‘रूट सिक्स्टी फाइव’ पनि अलमलमा परेको छ ।

लियो उजोमाको निर्माण रहेको क्राइम थ्रिलरको रुपमा प्रचारित फिल्मका मुख्य खम्बा नै उनि थिए । युके क्रियसन को प्रस्तुति रहेको चलचित्रमा दर्जनौं विदेशी कलाकारहरुको अभिनय रहेको छ।

बलिउड भर्सन भन्दै उज्ज्वल ले आफ्नै युट्युब च्यानलबाट चलचित्रको टिजर समेत सार्वजनिक गरेका थिए । उनैले लेखेको ‘आज रात फिर से’ बोलको गीत उक्त चलचित्रमा समावेश छ ।

गायक कुमार सानु, पापोनलगायतले  उक्त गीतमा स्वर दिएका छन् ।



from Online Khabar https://ift.tt/xgBvwpD

गुजरातको पनि प्लेअफ सम्भावना सकियो

१ जेठ, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको पनि प्लेअफ सम्भावना सकिएको छ ।

घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो ।

टस नै हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । र, एक खेलमात्रै खेल्न बाँकी छ ।

यसअघि गुजरात लगातार दुई संस्करणमा फाइनलमा पुगेको थियो । एकपटक उपाधि जितेको थियो ।

यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् ।



from Online Khabar https://ift.tt/Ek6rFwR