Tuesday, May 14, 2024

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपाल विजयी

२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले पहिलो टी-२० अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ ।

१९७ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ५२ र सोमपाल कामीले ३५ रन बनाए । ओपनर कुशल भुर्तेलले ७० र आशिफ शेखले २६ रन बनाए ।

एक समय १४.२ ओेभरमा ११८/६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए ।

अन्तिम २ ओभरमा ३८ रन चाहिंदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए ।

र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो ।

नेपालका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र  गुलशन झा  सस्तैमा आउट भए ।

त्यसअघि पार्क हिल प्लेइङ फिल्डमा टस हारेर ब्याटिङ गरेको भोलक्यानोजले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

नेपालका रोहित पौडेलले तीन र प्रतिश जिसीले एक विकेट लिए ।

नेपाल र विनवार्ड्सबीचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुँदैछ ।

आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका आउनेछ ।

नेपालले २२ र २३ मे मा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसीले प्रदान गर्ने दुई वार्मअप खेल खेल्नेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश समूह डी मा छन् ।

नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।



from Online Khabar https://ift.tt/d60olyP

No comments:

Post a Comment