Saturday, May 18, 2024

सहकारी ठगी : संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।

सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको कार्यादेश टुंगो लागेको छैन ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

रास्वपा नेता शिशिर खनालले आज बिहान साढे ८ बजे कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको जानकारी दिए । ‘संसदीय समितिको टिओआर के हुने भन्ने विषयमा हामी छलफल गर्दैछौं,’ उनले भने ।



from Online Khabar https://ift.tt/6C3NJt4

No comments:

Post a Comment