Wednesday, May 8, 2024

कांग्रेस संसदीय दलको बैठक बस्दै

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने छ ।

शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ ।

हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो । कांग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको थियो ।

अब शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पनि कांग्रेसले आफ्ना माग उठाउने जनाएको छ । विहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो ।



from Online Khabar https://ift.tt/KN7o2U4

No comments:

Post a Comment