Wednesday, June 30, 2021

‘देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ’

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला ।

सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् ।

तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले हराउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ ।’ रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनको दाबी छ ।

प्रस्तुत छ, कांग्रेसको आसन्न महाधिवेशन, नेतृत्व चयन र पार्टी एकतावद्ध गर्ने महामन्त्री कोइरालाको योजनाबारे अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

महामन्त्रीको झण्डै साढे ५ वर्षको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

आजको मितिसम्म मैले पार्टी सभापति शेरबहादुर देउवाको कहिल्यै विरोध गरेको छैन । चुनावमा नेपाली कांग्रेस हारेपछि उहाँको धेरै आलोचना भयो, मैले महामन्त्रीका रुपमा उहाँको बचाउ नै गरेँ । त्यसपछि उहाँको विरोध गरिनँ ।

किनकी कांग्रेस पराजय हुनुका धेरै कारणमध्ये गुट–उपगुट पनि एउटा थियो । र, पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने मेरो प्रयास थियो । तर अब मैले सत्य बोल्नैपर्छ, उहाँले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । मेरो मान्छे, तेरो मान्छे गर्नुभयो, टिकट वितरणमा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिनुभयो । मेरो चाहना विकेन्द्रीकरणको सिद्धान्त अनुसार तलबाटै सल्लाह लिनुपर्छ भन्ने थियो । तर केन्द्रबाट टिकट दिइयो । त्यसले पनि असन्तुष्टि बढ्यो ।

महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु चार वर्षपछि मात्रै गठन गर्नुभयो । त्यो पनि महाधिवेशनलाई लक्षित गरेर बनाएको देखिन्छ । यसरी हेर्दा महामन्त्रीका कार्यकालमा मैले पार्टी एकता बनाउने प्रयास गरेँ, तर सकिँन ।

तर, सबैको प्रिय बन्ने नाममा जसरी मौन बस्नुभयो, यसले असफल भएँ भन्ने लाग्दैन ?

यसमा केही हदसम्म सत्यता छ । म कसैका बारेमा छुचो बोल्दिन । १३औं महाधिवेशनमा शेरबहादुर देउवाजीको टीमबाट अर्जुननरसिंह केसी महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । तर देउवाजीकै मान्छेहरुले मलाई भोट हाले । त्यसले के जनाउँछ भने ममाथि कांग्रेसलाई एकतावद्ध बनाउन सक्छ भन्ने विश्वास थियो । त्यसकारण मैले शेरबहादुर देउवाको बचाउ गरेँ, कसैलाई काखापाखा गरिनँ ।

तर तपाईंले महामन्त्रीका रुपमा निभाउनुपर्ने भूमिकामा चुक्नुभयो । उदाहरणका लागि, समयमा विभाग नबन्दा सभापतिलाई घचघच्याउनु भएन, महाधिवेशन गर्ने बेलामा विभाग बनाउँदा पनि रोक्न सक्नु भएन भन्नेहरु पनि छन् नि ?

यो केही हदसम्म सही हो, तर (एग्रेसिभ हुन) मेरो नेचरले पनि दिँदैन । र, पार्टीभित्र मेरो मुख्य ध्येय पार्टीलाई एक बनाउने हो । म नै सभापतिविरुद्ध उभिएको भए कांग्रेसमा थप संकट आउन सक्थ्यो । कांग्रेसलाई थप चिरा हुन नदिन पनि मैले सभापतिकै बचाउ गरेँ ।

चुनावमा पार्टीको पराजय भयो, अरुले सभापतिमाथि आरोप लगाउँदा मैले नै टिकट वितरण हामीले पनि गरेका हौं, हामी पनि दोषी हौं भनेर बोलें। तर तपाईंले भनेको जस्तो अहिले आएर शायद त्यसबेला म अलि ‘एग्रेसिभ’ हुनुपथ्र्याे कि भन्ने लागेको छ । मैले ‘एग्रेसिभ’ भूमिका नखेलेका कारण पार्टी यो अवस्थामा पुग्यो भन्ने लाग्छ ।

हिजोको ‘रियलाइजेसन’ले आगामी दिनमा शशांक कोइरालाको भूमिका फरक हुन्छ भन्न खोज्नुभएको हो ?

हामी महाधिवेशनतर्फ अगाडि बढेका छौं र यो महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

महाधिवेशनसम्म गुटहरु हुन्छन्, तर सभापति भइसकेपछि सबैलाई एक गर्नुपर्छ । सबैलाई समान व्यवहार गर्नुपर्छ, यो शेरबहादुरजीले गर्नुभएन । मेरो तेरो भन्नुभयो । शायद उहाँले त्यसो नगर्नु भएको भए पार्टीको आज यो दुर्दशा हुने थिएन ।

सबैका कुरा सुन्दा सभापतिमा देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ जस्तो लाग्छ । शेखर दाइ केन्द्रीय सदस्य मात्रै हुनुहुन्छ । त्यसैले उहाँलाई यसपटक बस्नुस् भन्छु । एक व्यक्ति एक पदको अवधारणा अगाडि बढाउँछु र प्रकाशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्छु

अघिल्लो महाधिवेशनमा सभापतिमा तीन उम्मेदवार थिए, पार्टीमा पनि तीन वटा गुट रहे । यो पटक त कम्तिमा सातजना दावेदार छन्, सात वटा नै गुट बन्ला । जो सभापति भए पनि कसरी एक होला र कांग्रेस ?

महाधिवेशनमा ‘ग्रुपइज्म’ स्वभाविक हो । तर सभापति भइसकेपछि यो मेरो मान्छे, त्यो मेरो मान्छे भन्नुभएन । सबैलाई समान व्यवहार गर्नुपर्छ, त्यसले नै कांग्रेस एकढिक्का हुन्छ ।

तपाईं आफैं पनि सभापतिको आकांक्षी हो, भोलि निर्वाचित हुनुभयो भने वर्षौंदेखि गुटगत राजनीतिमा जेलिएको कांग्रेसलाई कसरी एक बनाउनुहुन्छ ?

सर्वप्रथम म पार्टीमा अस्तित्वमा रहेका सबै गुटका मान्छेलाई समान अवसर दिन्छु । हुन त यसपटक पदाधिकारीमा सबै पद निर्वाचित हुने व्यवस्था गरिएको छ । यो वीपी कोइरालाको नीति विपरीत छ । कांग्रेसमा ‘प्रेसिडेन्सियल सिस्टम’ हो । सभापतिलाई काम गर्न सजिलो हुने गरी विधान बनाउनु जरुरी छ । त्यसकारण महाधिवेशनपछि पदाधिकारीमा निश्चित पद मनोनित गर्ने व्यवस्था संशोधन गर्न जरुरी छ । यसका लागि काम गर्छु ।

सभापति बन्ने, पार्टी एकढिक्का बनाउने भोलिको कुरा भयो, त्यसअघि आफ्नो समूहमा सर्वसम्मत उम्मेदवार बन्नु चुनौतीपूर्ण छ । तपाईं आवद्ध रहेको संस्थापन इतर समूहमै सभापतिका आकांक्षी धेरै छन् । अझ कोइराला परिवारभित्रै तीन जना हुनुहुन्छ । कसरी मिलाउनुहुन्छ सबैलाई ?

हाम्रो (शेखर कोइराला र म) बीचमा छलफल नभएको लामो समय भइसकेको छ । हामी केहीदिनमै छलफल गर्दैछौं । रामचन्द दाइसँग पनि छलफल गर्नुपर्छ । विमलेन्द्र (निधि) र प्रकाशमान (सिंह) सँग कुराकानी भइरहेको छ ।

अहिले सभापतिमा जति पनि आकांक्षी हुनुहुन्छ, उहाँहरुले के बुझ्नुपर्दछ भने जित्ने उम्मेदवार को हो ? आजका मितिसँग जति जनासँग मेरो संवाद भएको छ, उहाँहरुको धारणा सबभन्दा पहिला परिवारलाई एकतावद्ध राख्नूस् र अनि अरुसँग पनि छलफल गर्नूस् भन्ने छ । तर जित्ने उम्मेदवार शशांक नै हो भन्ने देशभरका नेता कार्यकर्ताको भावना पाएको छु ।

तर शेखर कोइरालाले अघिल्लो महाधिवेशन लगतै तयारी थाल्नु भएको र धेरै अगाडि बढिसक्नु भएको छ । भोलि तपाईंले चाहँदैमा रोकिने अवस्था होला र ?

उहाँलाई यसपटक बस्नुस् भन्छु । तर कुरा गर्न बाँकी छ । संवादबाटै हामी कन्भिन्स हुन्छौं भन्ने सबैले दिमागमा राख्नुपर्दछ ।

प्रकाशमान सिंह पनि हुनुहुन्छ । हिजो पिता गणेशमान सिंहलाई पनि कांग्रेसको सभापति बन्न दिइएन, अहिले म पनि नहुने ? भन्ने उहाँको पनि तर्क सुनिन्छ ।

प्रकाशमानलाई मेरो प्रस्ताव छ, पाँच वर्ष पार्टी चलाएपछि फेरि सभापतिमा दोहोरिने मेरो कुनै इच्छा छैन । अहिले मलाई सहयोग गर्नुस्, अर्काे पटक तपाईंलाई म सहयोग गर्छु ।

पछिल्लो समय त तपाईं, विमलेन्द्र निधि र प्रकाशमान सिंहको भेट पनि बाक्लिएको छ । केही सहमति जुट्ने सम्भावना छ ?

हामीबीच शेरबहादुरजीको विकल्पमा एउटा मात्रै उम्मेदवार बनाउनुपर्दछ भन्नेमा सहमति छ । किनकि शेरबहादुरजीलाई हराउन त निकै मुस्किल छ नि । उहाँ सभापति हुँदै हुनुहुन्छ, भोलिका दिनमा प्रधानमन्त्री बन्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामी एक हुने हो भने देउवाजीलाई पराजित गर्न सक्छौं जस्तो लाग्छ ।

सबैका कुरा सुन्दा सभापतिमा देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ जस्तो लाग्छ । बरु मलाई ‘शेखर दाइलाई त छोड्नुहुन्न नि ?’ भनेर प्रश्न गर्छन् । मैले किन छोड्नु ? म महामन्त्री भइसकें । शेखर दाइ केन्द्रीय सदस्य मात्रै हुनुहुन्छ । त्यसैले उहाँलाई यसपटक बस्नुस् भन्छु । एक व्यक्ति एक पदको अवधारणा अगाडि बढाउँछु र प्रकाशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्छु ।

प्रधानमन्त्री पद जम्मा एउटा छ, रामचन्द्र पौडेल, प्रकाशमान सिंह अरु क–कसलाई बाँड्नुहुन्छ ?

पार्टीभित्र ‘गिभ एण्ड टेक’ त हुनुपर्यो नि । नेताहरुलाई उहाँहरुको चाहना र हैसियत अनुसार पदीय भागबण्डा गर्नैपर्छ । कोही पार्टीभित्र पदाधिकारीमा अटाउनुहोला, कोही केन्द्रीय समितिमा । तर एक जना त प्रधानमन्त्रीको उम्मेदवार बन्छ नि ।

म पार्टी सभापति भएँ भने प्रधानमन्त्रीमा दावी गर्दिन भन्ने चाहिँ तपाईंको भनाइ हो ?

हो, म सभापति भएपछि प्रधानमन्त्री बन्दिन ।

तपाईं प्रधानमन्त्री भएर अरुलाई सभापति बनाए हुँदैन ?

वीपीको छोरा भएर पार्टीको यो दुर्दशा हेरेर बस्न सक्दिन । त्यसैले अहिले मेरो महत्वपूर्ण जिम्मेवारी पार्टीलाई एकतावद्ध बनाउने हो । म बाहेक यो पार्टीलाई अरुले एकढिक्का बनाउन सक्दैन । त्यसैले म सभापति बन्न जरुरी छ । प्रधानमन्त्री अरु बने पनि सभापतिका रुपमा मैले सुझाव दिने काम त भइहाल्छ ।

त्यसो भए तपाईंको टिम कस्तो हुन्छ त ?

महाधिवेशनमा जाँदा टीम त हुन्छ नै । अहिले म साथीहरुसँग संवादमै छु । सबैसँग राय सल्लाह सुझाव लिएर अगाडि बढ्छु ।

मेरो प्यानलको उपसभापतिमा यो–यो, महामन्त्रीमा यो–यो हुनसक्छ भन्ने त होला नि ?

अहिलेसम्म कुनै नेतालाई छानिसकेको छैन, छलफलमै छौं ।

शेखर कोइरालाले टीम बनाउन थालिसक्नुभयो, हिजो तपाईंसँग निकट भनिएका नेताहरु पनि अहिले शेखरतिर नजिक छन् भनिन्छ, भोलि टिम बनाउन मुस्किल होला नि ?

(हाँस्दै….) त्यस्तो त कहाँ हुन्छ र ? म शेखर दाइसँग संवाद गर्छु र एकाध हप्ताभित्रै टीम बनाउँछु ।

टिम तयार भएको छैन, संस्थापन इतरको गुट छाड्नुस्, कोइराला परिवार मिलाउनु भएको छैन । तै पनि सभापति उठ्छु, जित्छु भन्नुहुन्छ, यो आत्मविश्वासको आधार के ?

मैले भनिसके नि, जिल्ला–जिल्लामा जाँदा जति पनि नेता कार्यकर्ताहरु भेट्छु, उहाँहरुले मप्रति देखाएको आशा, विश्वास नै मेरा लागि आत्मविश्वास हो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर



from Online Khabar https://ift.tt/3AeaUsd

महाकाली नदीमा पुरुषको शव भेटियो

१७ असार, धनगढी । कञ्चनपुरको महाकाली नदी किनारमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै अन्दाजी ४५ वर्षीय पुुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

बमका अनुसार महाकाली नदीले बगाएर ल्याएको जस्तो देखिने शवको पहिचान हुन सकेको छैन । उनको शव महाकाली अस्पतालमा राखिएको छ ।



from Online Khabar https://ift.tt/3hldZ1b

तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो

१७ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।

बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो पनि पढ्नुहोस पृथ्वी राजमार्ग पनि ठाउँठाउँमा अवरुद्ध

 



from Online Khabar https://ift.tt/3y8opYI

एथ्लेटिक्सबाट ओलम्पिकका लागि सरस्वतीको नाम सिफारिश, गोपीचन्द्र पार्कीको के होला ?

काठमाडौं । अर्को महीनादेखि जापानमा शुरु हुने टोकियो ओलम्पिकका लागि नेपालबाट अहिलेसम्म ५ खेलाडीले खेल्ने पक्का भएको छ । जसमा एथ्लेटिक्सबाट म्याराथन खेलाडी गोपीचन्द्र पार्कीको नाम पनि छ ।

तर पछिल्लो समय एथ्लेटिक्ससका अर्का खेलाडीको नाम पनि ओलम्पिकमा जाने चर्चामा छ ।

एक सय मिटर दूरी दौडमा महिला खेलाडी सरस्वती चौधरीको नाम पनि टोकियो ओलम्पिकका लागि सिफारिश भएको छ ।

गत वर्ष नेपालगन्जमा भएको नेपालगन्ज म्याराथन जितेपछि गोपीचन्द्र पार्की टोकियो ओलम्पिक खेल्ने पक्का भएको थियो । गोपीचन्द्रले नेपागन्ज म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेका थिए ।

ओलम्पिक खेल्ने पक्का भएपछि उनले लेजेण्ड बैकुण्ठ मान्नधरको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका थिए । मानन्धरले सन् १९८७ मा भएको तेस्रो साउथ एसियन गेम्समा राखेको २ घण्टा १५ मिनेट ३ सेकेण्डको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पौडी र एथ्लेटिक्सका आफ्ना सदस्यहरुलाई अनिवार्य कोटामार्फत खेलाडी सहभागिता गराउने अवसर दिँदै आएको छ । त्यस अनुसार पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की टोकियो जाने भएका हुन् ।

यसअघि एथ्लेटिक्सको पनि दुई कोटा रहँदै आएकोमा यस पटक एक खेलाडी मात्र कोटा रहेको हो ।

टोकियो ओलम्पिक खेल्न जाने खेलाडीहरु बुधबारदेखि राजधानीको सोल्टी होटलमा क्लोज क्याम्पको रुपमा बसेका छन् । पौडीकी गौरिका सिंह हाल बेलायत रहेकोले उनी भने यहाँ छैनन् । यस्तै गोपीचन्द्र पार्की भने अहिले सोल्टीमा नभएर आफ्नै कोठामा छन् ।

टोकियो ओलम्पिक खेल्न जाने पक्का भएका खेलाडी किन घरमै ? “मलाई अहिलेसम्म बोलाउनु भएको छैन । एक दुई दिनमा केही थाहा होला,” गोपीचन्द्रले भने ।

गोपीचन्द्र बाहेक पौडीका गौरिका र एलेक्स अनी अनिवार्य कोटामा ओलम्पिक खेल्न लागेका हुन् । यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट छानिएका छन् ।

बेलायत रहेकी गौरिका र गोपीचन्द्र बाहेक अन्य खेलाडी र प्रशिक्षक अहिले सोल्टी होटलमा छन् ।

ओलम्पिकका लागि गोपीको नाम पक्का भए पनि केही दिन अघि नेपाल ओलम्पिक कमिटीले नेपाल एथ्लेटिक्स एसोसिएसनसँग महिला स्प्रिन्टर खेलाडीको नाम मागेको थियो । त्यसमा संघले सरस्वतीको नाम सिफारिश गरेको छ ।

एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले पनि केही दिन अघिमात्र ओलम्पिक कमिटीबाट महिला स्प्रिन्टरको नाम माग भएको पुष्टि गरे । “त्यसमा हामीले सरस्वती चौधरीको नाम पठाएका छौँ । अब बाँकी सबै ओलम्पिक कमिटीलाई नै थाहा हुन्छ ।” शाहले भने । गोपीचन्द्रको बारेमा सोध्दा उनले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए ।

एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले महिला स्प्रिन्टरको माग भएपछि राम्रो समय भएको आधारमा सरस्वती चौधरीको नाम पठाएको बताए । “दोहामा वर्ल्ड च्याम्पियनसिप खेलेको र उत्कृष्ट समय भएकोले सरस्वतीको नाम सिफारिश गरेको हो । महिला स्प्रिन्टर नाम माग भएकोले उसैको नाम सिफारिश भएको हो । उनको उत्कृष्ट सयम १२:४८ सेकेण्ड हो ।”

गोपीचन्द्रले आफूले लामो समय मिहिनेत गरेको तर अन्तिम समयमा किन यस्तो भयो थाहा नभएको बताए । “मैले पनि अर्कै खेलाडीको नाम सिफारिश भएको भन्ने सुनेको छु । कतैबाट केही आधिकारिक निर्णय आएको छैन ।”

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई यसबारे सोध्दा उनले अहिले सबै निर्णय नभएको बताए । “यसबारे अहिले केही निर्णय भइसकेको छैन । जुलाई ५ तारिखसम्म इन्ट्री डेट छ त्यसपछि कति खेलाडी जाने थाहा हुन्छ,” उनले भने ।

टोकियो ओलम्पिककै लागि भनेर गोपीचन्द्रले सबै तयारी गरेको बताए । तर के विषय नमिलेको उनले पनि बुझ्न सकेका छैनन् ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले एथ्लेटिक्स अनिवार्य कोटा भएपनि म्याराथनका लागि छुट्टै क्राइटेरिया रहेको हुनसक्ने बताए । “मलाई पनि अहिले सबै जानकारी आइसकेको छैन । गोपीचन्द्रले पनि लामो समय तयारी गरेका छन् । उनले खेल्न पाएनन् भने हामीलाई कस्तो होला झन् ,” उनले भने ।

ओलम्पिक जाने मध्ये गौरिका बेलायतमा तयारी गरिरहेकी छन् । उनी उतैबाट जापान जाने पौडी प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । एलेक्श शाह भने हाल नेपालमा छन् । उनी लिंकन स्कुलमा प्रशिक्षण गरिरहेका छन् ।

जुडोका सोनिया भट्टले महाराजगंजस्थित नेपाल पुलिसको एकेडेमीमा  र सुटिङका कल्पना परियारले सातदोबाटोस्थित सुटिङ रेन्जमा प्रशिक्षण गरिरहेका छन् ।



from Online Khabar https://ift.tt/3Aj1Y4M

दुनिया भर के कई हिस्सों में ट्विटर डाउन, थ्रेड नहीं हो रहे लोड; पर्सनल कंप्यूटर पर ठीक काम नहीं कर रही साइट

Twitter Down: लोग किसी की पूरी थ्रेड या ट्वीट नहीं देख पा रहे हैं. ट्विटर में आ रही दिक्कतों के अधिकतर मामले उसकी वेबसाइट से जुड़े हुए हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/2Ugz0lw

कांग्रेस शीर्ष नेताको बैठक बस्दै

१७ असार, काठमाडौं । आज नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउका हुन् ।

आज दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।

क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।



from Online Khabar https://ift.tt/3AbRVid

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस मनाउँदै



from Online Khabar https://ift.tt/3xlS00A

डाइभर्सनले कालीगण्डकी सुकाउँदैन, परियोजना नबनाए भावी पुस्ताले धिक्कार्छ

कालीगण्डकी–तिनाउ डाइभर्सन हामीले २०६४-६५ सालदेखि अध्ययन गरेको परियोजना हो । यसको पहिचान सहित सर्भेको काममा निकै समय लाग्यो । यो रातारात प्रस्ताव गरेर बनाउन लागेको परियोजना हैन ।

राष्ट्रिय जलस्रोत रणनीति, जलस्रोत योजना र सिंचाइ गुरुयोजनामा पनि समेटिएको यो परियोजनाको हामीले सर्भे, पूर्वसम्भाव्यता र सम्भाव्यतापछि विस्तृत सम्भाव्यता अध्ययन पनि गरिसकेका छौं ।

अनि कार्यालय खोलियो

सिद्धार्थ राजमार्गको राम्दी पुलबाट २.३ किलोमिटर तल रम्भा गाउँपालिका–३ मा यो परियोजनाको बाँध रहन्छ । त्यसबाट अधिकतम ८२ घनमिटर प्रतिसेकेन्डसम्म पानी तिनाउ खोलामा लैजान सकिन्छ । बाँधबाट नदीको तल्लो क्षेत्रका लागि सुक्खा मौसममा वातावरणीय उपयोगका लागि न्यूनतम १० घनमिटर प्रतिसेकेन्ड र भविष्यमा हुनसक्ने उपयोगका लागि १० घनमिटर प्रतिसेकेन्ड गरी न्यूनतम २० घनमिटर प्रतिसेकेन्ड पानी छोडिनेछ ।

यसको हेडवक्र्स एक हजार वर्षसम्म आउन सक्ने बाढीको पूर्वानुमानमा आधारित भएर बनाइनेछ ।यो परियोजनाको बाँधदेखि पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने दोभानसम्म ६.५ मिटर गोलाइको २७ किलोमिटर सुरुङ बन्नेछ । दोभानमा विद्युत् गृह बनाएर ५४ मेगावाट बिजुली उत्पादन गरिनेछ । बिजुली निकालेपछि पानीलाई अर्को ७ किमी सुरुङबाट रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३, बेलबास पुर्‍याएर ७२ मेगावाट बिजुली निकालिनेछ ।

महानिर्देशक राजभण्डारी

त्यसपछि पानीलाई सिंचाइमा उपयोग गर्ने योजना हो । सुक्खायाममा रुपन्देहीको ५३ हजार र कपिलवस्तुको ५४ हजार गरी १०७ हेक्टर जमीनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

पहिलो पावरहाउसबाट तिनाउमा आवश्यकता अनुसार १० घनमिटर प्रतिसेकेन्डसम्म पानी छोडिनेछ । त्यसले तिनाउका ३६ वटा जति साना सिंचाइ आयोजना र कुलाहरूमा पानी बढाएर सुक्खायाममा पर्याप्त सिंचाइ सुविधा पुग्नेछ ।

यो आयोजनाको प्रारम्भिक लागत अनुमान (विद्युत् उत्पादन तहसम्म) ६४ अर्ब रुपैयाँ छ । सिंचाइ संरचना निर्माण र सिंचाइ क्षेत्र विकासमा अर्को ७४ अर्ब खर्च गर्नुपर्ने हुन्छ । यसरी आयोजना १ खर्ब ३८ अर्बमा बनाउन सकिनेछ । आयोजना निर्माणको काममा २० लाख श्रम दिन अनुसार रोजगारी सिर्जना हुनेछ । अप्रत्यक्ष लाभान्वित हुने पनि थुप्रै हुनेछन् ।

अब हामीले विस्तृत सम्भाव्यता अध्ययन पुनरावलोकन, भौगर्भिक अध्ययन–अनुसन्धान, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) र सिंचाइ क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने सहितका काम गर्नुपर्नेछ । यसबीचमा सम्बन्धित क्षेत्रका जनताको भनाइ सुन्न, सार्वजनिक सुनुवाइ कार्यक्रमहरू पनि गर्नुपर्छ । त्यसकै लागि रूपन्देहीमा कार्यालय खोलिएको हो ।

चिन्ताको कुरा केही छैन

परियोजना बनाउँदा माथिल्लो तट, तल्लो तट, बाँध, पानी डाइभर्ट गरिने क्षेत्र सबैमा पर्न सक्ने असरहरूबारे अध्ययन हुन्छ । माथिल्लो क्षेत्रमा कति डुबान हुन्छ, तल्लो तटमा पानीको बहाव घट्दा कस्तो प्रभाव पर्छ, त्यसलाई कम गर्न के–के गर्न सकिन्छ आदि सबै पक्षमा विस्तृत अध्ययन हुन्छ । यी सब विषयमा स्थानीय जनता, स्थानीय सरकार, राजनीतिक दल सबैसँग छलफल हुन्छ ।

हिउँदमा अधिकतम ८२ घनमिटर प्रतिसेकेन्ड पानी लैजाने योजना छ । त्यो बेला कालीगण्डकीमा ५० घनमिटर प्रतिसेकेण्ड मात्र पानी बग्यो भने २० घनमिटर छोडेर ३० घनमिटर प्रतिसेकेन्ड तिनाउ लैजाने हो । जुनसुकै समयमा पनि २० घनमिटर प्रतिसेकेन्ड पानी नदीमा छाडिन्छ ।

हाम्रा खेतीयोग्य जमीन सुक्खा रहिरहने, सम्भाव्य परियोजना नबनाउने अनि पानी बगेर गइरहने अवस्था रहनु हुँदैन ।

वर्षात्मा कालीगण्डकीमा औसत ३ हजार ३१८ घनमिटर प्रतिसेकेन्ड पानी बग्छ । त्यो बेला पनि तिनाउ लैजाने भनेको ८२ घनमिटर प्रतिसेकेन्ड मात्र हो ।
पाँच घनमिटर प्रतिसेकेन्डका दरले अरू खोलाहरूको पानी मिसिने हुनाले जस्तोसुकै सुक्खा मौसममा पनि कालीगण्डकीको बहाव २५ घनमिटर प्रतिसेकेन्ड हुन्छ नै । त्यो भनेको न्यूनतम २५ हजार लिटर प्रतिसेकेण्ड हो ।

त्यसैले, अहिले चिन्ता जनाइए जस्तो हिउँदमा सिंचाइ प्रभावित हुँदैन, खानेपानीको पनि अभाव हुँदैन । त्यो हुन नदिन हामी निकै सचेत छौं । फेरि, हामी पनि कालीगण्डकी सभ्यताप्रति गौरव गर्नेहरूमध्येकै हौं ।

जहाँसम्म देवघाटको चिन्ता छ, त्यो पनि चिन्ताको विषय हैन । त्यहाँ हिउँदमा त्रिशूली र कालीगण्डकीबाट आउने पानीको न्यूनतम बहाव ३२० घनमिटर प्रतिसेकेन्ड छ । हामीले यो परियोजना बनाउँदासम्म ऊर्जा मन्त्रालयले बूढीगण्डकी जलाशययुक्त परियोजना बनाउने सम्भावना पनि छ । त्यसबाट पनि बहाव वृद्धिमा सहयोग पुग्छ ।

देवघाटमा बूढीगण्डकी, सेती, मस्र्याङ्दी लगायतको पनि पानी आउँछ । वर्षामा त चितवन र नवलपरासीमा बाढीकै समस्या पर्ने गरी पानी आउने गरेको छ । त्यसैले, कालीगण्डकी–तिनाउ डाइभर्सनले देवघाट धार्मिक क्षेत्रमा अहिले भन्ने गरिए जस्तो असर गर्दैन ।

जलचरहरू मर्छन् भन्ने चिन्ता पनि गर्नुपर्दैन । किनभने, न्यूनतम जल बहावको ग्यारेन्टी नै छ । हिउँदमा तिनाउ जाने पानीको मात्रा ठूलो जस्तो सुनिए पनि बर्खामा कालीगण्डकीमा बग्ने पानीको मात्रा अनुसार त्यो अत्यन्त न्यून हो ।

डाइभर्सनले सतह र लिफ्ट सिंचाइ परियोजनाहरूलाई पनि प्रभावित पार्दैन । नदी सुकिहाल्ने भयो भनेर जुन चिन्ता गरिंदैछ, यो जरूरी छैन । हामी त्यस्तो अवस्था आउन नदिन सचेत नै छौं ।

बहस गर्दै आयोजना अगाडि बढाउँ

कालीगण्डकी–तिनाउ डाइभर्सन निकै सम्भाव्य र राम्रो परियोजना हो । यसलाई अगाडि नबढाए भावी पुस्ताले हामीलाई धिक्कार्नेछ । हाम्रा खेतीयोग्य जमीन सुक्खा रहिरहने, सम्भाव्य परियोजना नबनाउने अनि दक्षिणतिर पानी बगेर गइरहने अवस्था रहनुहुँदैन ।

गण्डकमा गण्डक सम्झौता अनुसार भारतले बनाएको बाँध छ । त्यहाँबाट हाम्रोतर्फ ल्याइएका साना नहरहरू हिउँदमा सुक्खै रहन्छन् । कोशी, कमला, राप्ती, कर्णाली, महाकाली सबै नदीमा हाम्रो आफ्नै बाँध छैन । ती नदी हाम्रो आफ्नो भए पनि हाम्रा लागि उपयोगी भएका छैनन् । यो कारणले पनि डाइभर्सन परियोजनाहरू हाम्रा लागि आवश्यक छन् ।

हामीले तुलनात्मक लाभ हेरेर यस्ता परियोजना बनाउनैपर्छ । नेपाली कृषिको सम्भावना विस्तार र कृषकलाई व्यावसायिक खेतीमा उत्प्रेरित गर्न पनि विशाल तर सुक्खा ठाउँहरूमा सिंचाइ पुर्‍याउनुपर्छ । फेरि, एउटा ठाउँमा पानी पुर्‍याउन अर्कोलाई सुक्खा बनाउने भन्ने पनि हुँदैन । हामी कालीगण्डकीको सभ्यतालाई असर नपारी रूपन्देही र कपिलवस्तुका खेतीयोग्य जमीनलाई सिञ्चित गर्ने गरी अघि बढेका हौं ।

यस्तो परियोजना सम्पन्न गर्न वर्षौं लाग्छ । समयमै यस्ता परियोजना अघि बढाउन सकिएन भने सम्भावनाहरू पनि गुम्छन् । त्यसैले, वर्षौं लगाएर गरिएको अध्ययनका आधारमा हामी कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउन चाहन्छौं ।

जनताले उठाएका उचित सवालहरूले एउटा प्रक्रिया लिन्छ । त्यसमा रचनात्मक बहस-छलफल भएपछि निष्कर्ष निस्कन्छ । एउटा निष्कर्षमा पुगिसकेपछि त्यसलाई सम्बोधन नगर्ने कुरै आउँदैन ।

(रवीन्द्र घिमिरेसँगको कुराकानीमा आधारित)



from Online Khabar https://ift.tt/3xerGpi

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् । अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।

जिप गएराति सवा आठ बजेतिर सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए ।

सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो । कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला–१ स्थित कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो ।

दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए ।



from Online Khabar https://ift.tt/2UWnHj1

पृथ्वी राजमार्ग पनि ठाउँठाउँमा अवरुद्ध

१७ असार, तनहुँ । अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करीब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका-१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि आज बिहानै ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उनले बताए । उनका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर-१ गुरदुम र बन्दिपुर-४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

बन्दिपुर-४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए । उनका अनुसार पहिरोले बन्दिपुर-३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उनले जानकारी दिए ।



from Online Khabar https://ift.tt/3AgHutC

दुई महीनापछि आजदेखि आन्तरिक उडान नियमित हुँदै

१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि शुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।

उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।

बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ ।

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।

हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।

यो पनि पढ्नुहोस काठमाडौंबाट दिनमा ६४ आन्तरिक उडान, कुन गन्तव्यमा कति ?

from Online Khabar https://ift.tt/3w9uLFU

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध   

१७ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहान २ः१० बजे खसेको हो । पहिरो गएको  क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।



from Online Khabar https://ift.tt/3jwyFGi

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।

मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । पश्चिमी क्षेत्रमा पानी कम परे पनि मौसम भने देशैभर पूर्ण रुपमा बदली भएको महाशाखाले जनाएको छ ।

धेरै वर्षा हुने क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्क रहन आग्रह गरिएको छ । यी क्षेत्रमा भारी वर्षाका नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावनासमेत रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।



from Online Khabar https://ift.tt/2UdOx5V

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

ला लिगाको खेल तालिका सार्वजनिक, पहिलो एल क्लासीको खेल अक्टोबरमा

काठमाडौं । स्पानिस ला लिगा २०२१/२२ को सिजनको खेलतालिका सार्वजनिक भएको छ । ला लिगाले बुधबार नयाँ सिजनको लागि तालिका सार्वजनिक गरेको हो ।

आगामी अगष्ट १५ देखि शुरु हुने लिगमा रियल मड्रिड र बार्सिलोनाबीचको चर्चित एल क्लासीको खेल अक्टोबर र अर्को वर्ष मार्चमा हुने भएको छ ।

यस्तै नयाँ सिजनको पहिलो दिन अगस्ट १४ मा १० खेल हुनेछन् । जहाँ च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै उपाधि रक्षा अभियानको सुरुआत गर्नेछ ।

यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ भने बार्सिलोनाले रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्नेछ  ।

ला लिगामा सिजनको पहिलो एल क्लासीको भिडन्त अक्टोबर २४ मा बार्सिलोनाको मैदान क्याम्प नोउमा हुनेछ ।

यस्तै रिटरन लेगको खेलमा २०२२ मार्च २० मा रियलको मैदानमा सान्टियागो बर्नाबेउमा हुनेछ ।

यस्तै रियल र एट्लेटिकोबीचको मड्रिड डर्बी खेल डिसेम्बर १२ मा रियलको मैदानमा हुनेछ । अर्को मड्रिड डर्बी मे ८ मा एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा हुनेछ ।

 



from Online Khabar https://ift.tt/3AqVUYi

रियलमी नार्जो 30 5जी और Realme Buds Q2 की शुरू हुई सेल, जानें कीमत और स्पेसिफिकेशंस

रियलमी नार्जो 30 5G को रियलमी और फ्लिपकार्ट की वेबसाइट पर खरीदा जा सकता है. शुरुआती ऑफर के दौरान रियलमी की वेबसाइट पर Narzo 30 5G पर 500 रुपये का अतिरिक्त डिस्काउंट दिया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3qGrUmO

Interpol - The New Lyrics

Read Interpol - The New lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/i/interpol-lyrics/the-new-lyrics.html

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Sheena Easton - A Little Tenderness Lyrics

Read Sheena Easton - A Little Tenderness lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/s/sheena-easton-lyrics/a-little-tenderness-lyrics.html

Tuesday, June 29, 2021

आगामी तीन दिन भारी वर्षाको सम्भावना, दैनिक जीवनयापन प्रभावित हुन सक्ने

१६ असार, काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ ।

‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘धेरै भारी वर्षाको सम्भावना थोरै स्थानमा छ ।’

शाक्यका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वषर्ाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसोसम्म प्रदेश, १ प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।



from Online Khabar https://ift.tt/3AfoifA

दुई सचिवका लागि ६ सहसचिव बढुवा सिफारिश

१६ असार, काठमाडौं । कृषि तथा वन र इन्जिनियरिङ सेवातर्फ रिक्त दुई सचिव पदका लागि ६ जना सिफारिशमा परेका छन् । सचिव बढुवा सिफारिश समितिको मंगलबार बसेको बैठकले दुई सेवाका तीन-तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिश समितिको बैठकले कृषि तथा वन सेवातर्फ डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खनाललाई बढुवा गर्न सिफारिश गरेको छ । यसैगरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देल सिफारिशमा परेका छन् ।

यसअघिको सोमबार बसेको बढुवा सिफारिश समितिको बैठकले डा. दामोदर रेग्मीलाई पनि सचिव बढुवा गर्न सिफारिश गरेको थियो ।

आगामी मन्त्रिपरिषद बैठकले रिक्त पदमा सचिव बढुवाको निर्णय गर्ने छ । हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका २ र कृषि तथा वन सेवाका १ गरी ८ सचिव पद रिक्त छन्।



from Online Khabar https://ift.tt/2UGHumf

कोरोना महामारीविरुद्ध लड्नुपर्ने सार्क र बिमस्टेक आफैं थला परे

१६ असार, काठमाडौं । महामारी र स्वास्थ्य संकटविरुद्ध जुध्न क्षेत्रीय संगठनहरूले अहं भूमिका खेलेका धेरै उदाहरण छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्षेत्रीय संगठनलाई महामारीविरुद्ध पहल लिन सधैं आग्रह र प्रोत्साहित गर्छ ।

सन् २०१५-२०१६ मा पश्चिम अफ्रीकी देशहरूमा फैलिएको इबोला महामारी नियन्त्रणका लागि अफ्रिकन युनियनले खेलेको भूमिकाको डब्लुएचओले निकै प्रशंसा गरेको थियो । त्यसैगरी, कोरोना महामारी नियन्त्रणका लागि अफ्रिकन युनियन, युरोपेली युनियन र दक्षिणपूर्वी एशियाली देशहरूको संस्था आसियानले खेलेको भूमिकाको यतिवेला विश्वभर प्रशंसा भइरहेको छ ।

दक्षिण एशियाली मुलुकहरूको संस्था सार्क र दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाली मुलुकहरूको संस्था बिमस्टेक भने कोरोना महामारीसँगै थला परेका छन् । कोरोना नियन्त्रणका लागि क्षेत्रीय भूमिका खेल्नु त परको कुरा, यी दुवै संस्था आफ्नो वाषिर्क सम्मेलन गर्न समेत असफल भएका छन् । महामारीको बीचमा पनि संसारभरिका संस्था भर्चुअल माध्यमले पनि सक्रिय छन्, तर यी संगठनहरू पूरै निष्क्रिय छन् ।

परराष्ट्र मामिला अध्ययन केन्द्रका उप-कार्यकारी निर्देशक डा. रूपक सापकोटा सार्क र बिमस्टेक सक्रिय भएको भए कोरोना संकटबाट पार पाउन निकै सहज हुनेथियो भन्छन् ।

‘कोरोना महामारी विरुद्ध अहिले परम्परागत खालको संवाद-सहकार्य भइरहेको छ । यसमा विश्व नेतृत्व पनि प्रभावकारी देखिएन’ उनी भन्छन्, ‘क्षेत्रीय रूपमा सार्क र बिमस्टेकले कुनै पहल गरेको भए नयाँ खालको बाटो देखिन सक्थ्यो, तर क्षेत्रीय पहल देखिएन ।’

उसो त सामान्य अवस्थामा पनि यी संगठन प्रभावहीन नै थिए । सार्कले स्थापनाको ३५ वर्षमा सम्मेलन र घोषणापत्र जारी गर्ने बाहेक अन्य ठोस काम गर्न सकेको छैन । सार्क र बिमस्टेक जस्ता संस्थाले आपत्कालीन स्वास्थ्य सामग्री र खोप खरीद गरेर सदस्य मुलुकहरूलाई वितरण गर्नेदेखि स्वास्थ्यकर्मी परिचालनसम्मका काम गर्न सक्छ । सार्कले खोपका लागि कोभ्याक्स र ठूला मुलुकहरूसँग समन्वय गर्न सक्ने विज्ञहरू बताउँछन् । यति मात्र होइन, यी संस्थाले स्वास्थ्य सामग्री जुटाउन समेत पहल गर्न सक्छन् ।

क्षेत्रीय संगठनले कसरी काम गर्न सक्छ भन्ने एउटा उदाहरण युरोपेली युनियन हो । युरोपियन युनियनले ‘टीम युरोप’ अवधारणा मार्फत कोरोना नियन्त्रणमा एकीकृत प्रयास गरिरहेको छ । महामारीको शुरूमा ‘इमर्जेन्स रेस्पोन्स’ र स्वास्थ्य सामग्री वितरणमा क्रियाशील भएको टीम युरोप यतिवेला खोप वितरणमा केन्द्रित छ । यसले आफ्ना सदस्य मुलुकहरूका लागि खोप सुनिश्चित गर्नेदेखि खोप किनेर डब्लुएचओको पहल ‘कोभ्याक्स’ मार्फत मध्यम र निम्न आय भएका मुलुकमा पढाउनेसम्मका पहलहरू गरिरहेको छ । सार्कले युरोपेली युनियनले जस्तै भूमिका खेल्न सक्छ भन्ने अपेक्षा यथार्थ नभए पनि क्षेत्रीय पहलले महामारी नियन्त्रणमा निकै सघाउ पुग्छ ।

पूर्व राजदूत शम्भुराम सिंखडा क्षेत्रीय संगठनले महामारीमा खोप नीति बनाउनेदेखि प्राप्त खोप वितरणको ‘फ्रेमवर्क’ तयार पार्नेसम्मका काम सहजै गर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘तर, संस्था नै प्रभावकारी नभएपछि यस्ता सैद्धान्तिक कुराको खासै अर्थ रहेन ।’

भिजन छ, संगठन निष्क्रिय

सार्क र बिमस्टेकका गतिविधि यतिवेला ठप्प छन् । यी संगठनले खेल्न सक्ने भूमिकाबारे भने बहस भएको छ । महामारीका बीच यही वर्षको फेब्रुअरीमा भएको सार्क स्वास्थ्य मन्त्रीहरूको सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका डाक्टर र नर्सहरूले सदस्य मुलुकहरू निर्वाध रूपमा प्रवेश पाउनपर्ने र एयर एम्बुलेन्स सेवा संचालनको प्रस्ताव गरेका थिए । सार्कले यसमा पहल गरे कुनै मुलुक संकटमा पर्दा अन्य सदस्य मुलुकको स्रोतसाधन सहयोग पाउन सक्छ ।

गत वर्ष महामारी शुरू हुनासाथ मार्च १५ मा भारतीय प्रधानमन्त्री मोदीले सार्कका राज्य र सरकार प्रमुखबीच छलफल आयोजना गरेका थिए । त्यो छलफलले सार्कलाई ब्यँुताउने हो कि भन्ने भएको थियो, तर त्यो उत्साह धेरै दिन चलेन । सार्कले इमर्जेन्सी कोष स्थापना गर्ने घोषणा गरे पनि त्यसमा थप प्रगति भएन । यसबीचमा सार्कका विदेशमन्त्री र स्वास्थ्य मन्त्रीहरूको पनि भर्चुअल मीटिङ भयो, तर प्रस्ताव अगाडि बढ्न सकेनन् ।

पूर्वराजदूत सिंखडा यतिवेला सार्क र बिमस्टेक कुनै पनि क्षेत्रमा क्रियाशील नभएको बताउँछन् । उनले भने, ‘यस क्षेत्रमा संस्थाहरू बने पनि क्रियाशील हुँदैनन् ।’ सिंखडाका अनुसार, क्षेत्रीय संस्था क्रियाशील हुन तीन वटा पूर्वाधार आवश्यक पर्छ- पहिलो, सबै सदस्य मुलुक क्षेत्रीय हितमा नै आफ्नो राष्ट्रिय हित हुन्छ भन्ने अवधारणामा जान सक्नुपर्छ । दोस्रो, क्षेत्रीय संगठनका संरचना (जस्तो-सचिवालय) बलियो बन्नुपर्छ । तेस्रो, संरचनाको नेतृत्व पनि एकदमै प्रभावशाली हुनुपर्छ ।

केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्कको औचित्य सकियो भन्ने निष्कर्षमा पुग्नुपर्ने नत्र सम्मेलन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । पाकिस्तानको इस्लामावादमा सार्क सम्मेलन गर्न भारत नमानेको तर्फ इंगित गर्दै ओलीले काठमाडौंमा सम्मेलन गर्न नेपाल तयार रहेको पनि बताए ।

सार्क मात्र होइन, बिमस्टेकको पनि उही हालतमा छ । कोरोना महामारीबीच मन्त्रीस्तरीय केही बैठक भए पनि सम्मेलनको सुरसारै छैन । अपि्रलमा भएको बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा कोरोना महामारीको विषयमा छलफल नै भएन ।

महामारीका बीच अरू क्षेत्रीय संगठनहरूको भर्जुअल सम्मेलन भइरहेका छन् । कति त भेला भएरै पनि भए । ती सम्मेलनहरूले नयाँ-नयाँ परियोजना अगाडि सारिरहेका छन् । यिनमा जी सेभेन र सांघाई इकोनोमिक कर्पाेरेसन प्रमुख हुन् ।

परराष्ट्र मामिला अध्ययन केन्द्रका उप-कार्यकारी निर्देशक डा. सापकोटा महामारीबीच यस क्षेत्रमा देखिएको भूराजनीतिक टकराव र भौगोलिक राष्ट्रवादका कारण विद्यमान क्षेत्रिय संयन्त्रले कामै गर्न नसकेको बताउँछन् । ‘न त नयाँ संयन्त्र बनाएर महामारीको मुकाविला गर्ने पहल भयो’ उनी भन्छन्, ‘चीन सहितको दक्षिणएशियाका लागि यो दुर्भाग्यपूर्ण अवस्था बन्यो ।’

कोरोना महामारीकै कारण क्षेत्रीय संस्थाहरू शिथिल भएका भने होइनन् । सार्क र बिमस्टेक भने महामारी शुरू भएपछि झनै थला परेका छन् । भर्चुअल बिमस्टेक सम्मेलन गर्ने चर्चा भए पनि काम अगाडि बढ्न सकेको छैन । बिमस्टेक सम्मेलन नभएको तीन वर्ष भइसक्यो ।

भारत-पाकिस्तान द्वन्द्वका कारण सन् २०१४ यता कुनै पनि शिखर सम्मेलन हुनसकेको छैन । २०१६ मा पाकिस्तानमा हुने तय भएको सार्क सम्मेलन अन्तिम समयमा स्थगित भयो । सार्कमा विशेषतः भारतले देखाएको अरुचिलाई लिएर नेपालले असन्तुष्टि जनाउँदै आएको छ ।

दक्षिण एशियाली मुलुकसँग जोडिने चीनको प्रयास

कोरोना महामारीका बीचमा चीनले दक्षिण एशियाली मुलुकहरूसँग सहकार्यको प्रस्ताव अगाडि बढाएको छ । एक वर्षमा उसले नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग महामारीको सामूहिक सामना गर्ने विषयमा छलफल गरेर साझा संयन्त्र बनाउने प्रस्ताव गरेको छ ।

गत एक दशकदेखि दक्षिण एशियाली मुलुकहरूसँग आर्थिक साझेदारी बढाएको चीनले यस क्षेत्र लक्षित खोपको आपत्कालीन भण्डारण गर्ने प्रस्ताव पनि गरेको छ । उपनिर्देशक सापकोटा कोभिड कालमा उसले भारतसहित दक्षिण एशियाली मुलुकहरूसँग सहकार्य चाहेको बताउँछन् ।

‘बेइजिङले कोभिड रोकथाप, उपचार र भ्याक्सिनको लागि संयन्त्रण नै बनाउने प्रस्ताव गरेको छ’ उनी भन्छन्, ‘तर, गत वर्ष भारत र चीनबीच गलवान उपत्यकामा भएको भिडन्तपछि भारतसँग टकराव बढेकाले चीनको यो प्रस्ताव अगाडि बढ्न सकेन ।’



from Online Khabar https://ift.tt/2UN0gIJ

एमाले दसौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्ष नजाने

१६ असार, काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् ।

मंगलबार केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका थिए ।

पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको असहमतिका बाबजुद माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई जिम्मेवारी दिएका थिए ।

माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।



from Online Khabar https://ift.tt/3hhB9W1

देवदहमा कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु

१६ असार, बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीलाई भने चोटपटक नलागेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए ।

उक्त सडक खण्डमा नयाँ चालक भएकाले सडकको अवस्था राम्रोसँग जानकारी नहुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गरेका भण्डारी अहिले त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक थिए ।



from Online Khabar https://ift.tt/3y8CKnQ

लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि

१६ असार, काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।

आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

परीक्षा पूर्वनिर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिˆटमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।



from Online Khabar https://ift.tt/35Z4e3m

नवदुर्गाको एउटा ‘लाइफलाइन’ सकियो, ‘देवता’हरु फुर्सदमा

१६ असार, काठमाडौं । झण्डै ११ महिनाको सांस्कृतिक प्रस्तुतिपछि असार कृष्ण अष्टमी अर्थात् बुधबार भक्तपुरका नवदुर्गा गणको एउटा ‘लाइफलाइन’ सम्पन्न हुँदैछ । नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रहृमायणीमा विसर्जन गरेर यो वर्षको नवदुर्गा नाच सम्पन्न हुन लागेको हो ।

घण्टाकर्ण चतुर्दशीको दिन नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि त्यसमा देवता प्रविष्ट हुन्छन् भन्ने मान्यता छ । साथै, मुकुटधारीमा अलौकिक शक्ति प्राप्त हुने विश्वास पनि छ ।

तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरिएका १२ वटा मुकुटधारीसहित कुल १३ जना कलाकार नवदुर्गा नाचमा प्रत्यक्ष संलग्न हुन्छन् । यो नाचमा भैरव (कालभैरव), महाकाली, बाराही, ब्रहृमायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक-एक र सिंह दुम्ह (नन्दी-भृङ्गी) दुईसहित १३ जना पात्रको संलग्नता हुने शर्मा बताउँछन् ।

तिनै नवदुर्गा गणबाट नाचमा सहभागी हुने कलाकारहरु असार कृष्ण अष्टमी अर्थात् भलभल अष्टमीदेखि श्रावण शुक्ल चतुर्दशीसम्म फुर्सदिला हुन्छन् ।

गठेमगः -श्रावण शुक्ल अष्टमी)को दिनदेखि सुरु हुन्छ नवदुर्गा गणको जीवनरेखा । जसरी मान्छेको जीवनमा १६ संस्कारको चलन छ, त्यसरी नै नवदुर्गाको पनि सबै संस्कार पूरा गर्ने गरिन्छ । नवदुर्गा गणले आफ्नो करिब ११ महिनाको जीवनकालभर भक्तपुरका हरेक टोलमा पुगेर सांस्कृतिक नाच देखाउने गर्छन्

विसर्जनका लागि भलभल अष्टमी नै किन ?

भलभल अष्टमीमै नवदुर्गाको विसर्जन परम्पराले बाँधेको संस्कार हो । जानकारहरु यसको पछि कुनै शास्त्रीय मान्यता नरहेको बताउँछन् ।

संस्कृतिविद् विनोदराज शर्मा-राजोपाध्याय) भलभल अष्टमीको दिन भक्तपुरको नदीमा पहिले ठूलो बाढी आउने गर्दथ्यो । नदीमा थुपि्रएका फोहोरहरु बाढीले बगाएपछि नदी शुद्ध हुने भएकोले नवदुर्गा गणको विसर्जन यो तिथिमा गर्न थालिएको बताउँछन् । ‘नदी वेगेन शुद्धति अर्थात् नदी जति वेगमा बहृयो उति शुद्ध हुन्छ भने जस्तै यसदिन हनुमन्ते खोला बेगले बग्ने भएकोले नवदुर्गा विसर्जनको गर्ने परम्परा राखिएको हो,’ शर्मा भन्छन् ।

नवदुर्गाको अन्तिम नाच ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिठ्ठी नखःको दिन इच्छुटोल नाचिन्छ । सोही दिन मुकुटमा प्रविष्ट गराइएको मन्त्र-कर्म) फिर्ता (निष्कृय) गराउने चलन छ । मन्त्र फिर्ता गरेसँगै नवदुर्गाको मुकुटबाट जीवत्व हरण हुन्छ भन्ने मान्यता भक्तपुरवासीमा छ ।

‘इच्छुटोलमा नवदुर्गाको मन्त्र फिर्ता हुन्छ भन्ने मान्यता राखिन्छ । तर मन्त्र फिर्ता सम्भव हुने कुरा भएन । त्यसैले कर्म फिर्ता गर्ने चलन छ । जसरी कुनै पनि मूर्तिलाई हामीले जीवत्व प्रदान गरेपछि त्यो भगवान हुन्छ । त्यसरी नै उक्त जीवत्व हरण गरेपछि कर्म फिर्ता हुन्छ भन्ने मान्यता हो ।’ शर्माले अनलाइनखबरसँग भने । सिठ्ठी नखःदेखि भलभल अष्टमीसम्म कुनै संस्कार हुँदैन ।

इच्छुटोलमा नवदुर्गाको अन्तिम नाच हुन्छ । त्यो गणका सदस्यहरु देवघरमै बस्छन् । त्यो समयमा सबै भक्तपुरवासी देवी मन्दिरमा एक पटक दर्शन गर्न जानुपर्छ भन्ने मान्यता छ ।

भलभल भन्ने शब्द संस्कृत शब्द हो । खोलामा पानी बग्दा भलभल आवाज आउने भएकोले यो अष्टमीको नाम नै भलभल अष्टमी राखिएको जानकारहरु बताउँछन् ।

भलभल अष्टमीको शब्द सन्धिमार्फत् हुने भलभलाष्टमीलाई अपभ्रंश गराएर यो अष्टमीलाई नेवारीमा भगष्टि भनिन्छ । यसरी गठेमगःको दिनबाट सुरु भएको नवदुर्गाको जीवनचक्र भगष्टिको दिन सम्पन्न गर्ने चलन छ ।

अष्टमीको दिन नवदुर्गा विसर्जन गराउनुपूर्व सबै नवदुर्गा गण बाजाको तालमा एक पटक नगरपरिक्रमा गर्छन् । यो दिन बज्ने बाजाको ताल अरूदिनको तुलनामा फरक हुने गर्छ । जीवनकालभरमा नवदुर्गा गणले भक्तपुरको प्रत्येक टोलमा पुगेर नाच देखाउने गर्छन् । हरेक टोलमा छुट्टाछुट्टै संस्कार गरिन्छ ।

११ महिनाको समयावधिभित्र १६ संस्कार सम्पन्न गरी विसर्जनको तयारी गरिएको नवदुर्गासँगै सिफ द्यः अर्थात् महालक्ष्मीको प्रतिमाको आधा भाग पनि नष्ट गरिन्छ । तर त्यसमा रहेका गहनाहरु भने नष्ट गरिँदैन ।

देवी मन्दिरमा एउटा चाँदीको प्रतिमा हुन्छ । त्यो महालक्ष्मीको प्रतिमा हो । त्यसको पछाडिपटि्ट एउटा कलश राख्ने चलन छ । कलशलाई हनुमान घाटमा विसर्जन गरेपछि नवदुर्गा गणको औपचारिक विसर्जन हुन्छ । कलशमा माछा पनि राखिन्छ भन्ने मान्यता छ । कलशमा राखिने माछाको छुट्टै प्रतीक हुन्छ । जसरी पानीमा माछा मिलेर गायब हुन्छ, त्यसरी नै शरीर पञ्चतत्वमा समाहित हुन्छ भन्ने संकेत यसले गर्ने शर्मा बताउँछन् ।

कलश विसर्जनसँगै नाचमा प्रयोग हुने सबै मुकुटलाई मान्छेको जस्तै विधिबाट अन्तिम संकार गर्ने चलन छ । जसमा नवदुर्गामा भैरवको भूमिका निर्वाह गर्ने व्यक्तिले १२ वटै मुकुटलाई दागबत्ती दिने गर्छन् । मुकुट जले पनि गरगहना र पोषाकहरु भने जलाइँदैन ।

घाटबाट फर्किएपछि सबै मुकुटको किरिया कर्म भैरवले गर्ने गर्छन् । अन्तिम संस्कारपछि नवदुर्गाका कुनैपनि गणलाई देवीमन्दिरमा प्रवेश दिइँदैन । त्यसपछि देवताले फुर्सद पाउँछन् ।

विसर्जनको पूर्वतयारी

नवदुर्गा विसर्जनको करिब १५ दिन पहिलेदेखि तयारी सुरु हुन्छ । तर भलभल अष्टमीभन्दा पहिलेको आइतबार वा बिहीबार नवदुर्गा गणलाई सिजा खुवाइन्छ । सिजाको नेपाली अर्थ ‘अन्तिम भोजन’ भन्ने हुन्छ ।

सिजापछि महालक्ष्मी रिसाएर देवी मन्दिरमा जाने र त्यहाँ महाकालीलाई मन्दिरमा प्रवेश नदिने अनौठो संस्कार छ ।

भलभल अष्टमीको दिनदेखि गठेमंगलसम्म नवदुर्गा गणका कुनै पनि सदस्यलाई मन्दिरमा प्रवेश दिइँदैन ।

सिजापछि सोही दिन गछेँ टोलमा अवस्थित एक चोकमा लगेर गणलाई बि हि अर्थात् चिसो रगत खुवाउने चलन छ । त्यो नै नवदुर्गाको अन्तिम भोजन हो ।

नवदुर्गा पूर्णतः तान्त्रिक देवी हुन् । उनलाई नवदुर्गा नाचमा पूर्ण तान्त्रिक विधिबाट पूजा गरिन्छ । तर सोही नवदुर्गालाई तलेजुमा ल्याउँदा भने वैदिक विधिबाट पूजा गरिने संस्कृतिविद् शर्मा बताउँछन् ।

कसरी हुन्छ नवदुर्गा गणको छनोट

पहिलेको नवदुर्गा नाच छनोट र अहिलेमा धेरै फरक आएको छ । संस्कृतिविद् शर्मा सम्झन्छन् ‘पहिलेपहिले गुरु कर्माचार्यहरु नवदुर्गा नाचमा सहभागी हुन योग्य गणको छनोटमा सक्षम हुन्थे । को योग्य र को अयोग्य भनेर सहजै छुट्याउन सक्ने खालका थिए । तर अहिलेको छनोट विधि बदलिएको छ ।’

पहिलेपहिले नियमित देवी मन्दिरमा सेवा गरेको र रातिमा गर्नुपर्ने कठोर अनुष्ठान समेत पूरा गरेका योग्य कलाकारहरु नवदुर्गा नाचमा सहभागी हुन्थे । तर अहिले कलाकार बन्न इच्छुकहरुमध्येबाट एक जनालाई वनमाला समितिले छनोट गर्ने गरेको छ । व्यवस्थापन मिलाउनको लागि अहिले समिति मार्फत् छनोट गर्ने गरिएको भए पनि पहिलेका जस्ता साधकहरु अहिले पाउन मुस्किल रहेको शर्मा बताउँछन् ।

जात्रामा एउटा बाजाको ताल हुन्छ । त्यसको ताल अरु बेलाको भन्दा अलिकति फरक हुन्छ ।

गठेमगःको दिन नरकपालको खोजी

ब्रहृमायणी, माहेश्वरी, कौमारी, बाराही, इन्द्रायणी, महालक्ष्मी जस्ता देवीका पीठहरुको प्रतिनिधि पात्र हुन् नवदुर्गा गण । गठेमगःको दिन नवदूर्गा गणहरू यही नाचको लागि ३२ लक्षणले युक्त मान्छेको पात्र (खप्पर) खोज्नको लागि बजार निस्कन्छन् भन्ने मान्यता छ । बजारमा जो ३२ लक्षणले युक्त व्यक्ति छ त्यसको खप्परलाई तान्त्रिक विधिले निकालेर लैजाने गर्छन् भन्ने मान्यता छ ।

भक्तपुर पर्यटन विकास समितिका सचिव दीपेशराज शर्मा सो नाचमा हरेक वर्ष नयाँनयाँ पात्र लिएर नवदूर्गा गणहरूले नाच देखाउने गरेको बताउँछन् । नवदूर्गाले तान्त्रिक विधिबाट पूजा पात्र निकालेका व्यक्तिको ६ महिनाभित्र मृत्यु हुन्छ भन्ने जनविश्वास छ । त्यसो त पहिलेपहिले ३२ लक्षणले युक्त व्यक्ति भेटेपछि घर बाहिर गएर नवदूर्गा गणले सो व्यक्तिको कपडा माग्ने गर्थे । जसको कपडा माग्छ त्यो व्यक्ति ३२ लक्षणले युक्त भएको ठहर हुन्थ्यो । तर कपडा नदिएको खण्डमा भने नवदूर्गा गण अर्काे व्यक्तिको खोजीमा जान्थे भन्ने मान्यता छ । अहिले त्यो चलन हराइसकेको छ ।

भक्तपुरका राजा भुवन मल्लले अनिकालबाट जोगिनको लागि सहकाल बोलाउन गरेको यो नाच व्यवस्थित भएपछि नै विभिन्न किसिमका बलीहरूको विकास भएको इतिहासकारहरु बताउँछन् ।

भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ आदि क्षेत्रमा यो नाचको प्रदर्शन गरिन्छ । साथै, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछे लगायतका टोलटोलमा गएर पनि फरक फरक दिनमा यो नाच देखाउने गरिएको छ।



from Online Khabar https://ift.tt/3dssAXp

सरकारी वकिलसँग संवैधानिक इजलासका पाँच प्रश्न

१५ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । सरकारी पक्षबाट सोमबार र मंगलबार भएको बहसमा सरकारी वकिलहरुसंग इजलासले मुख्य पाँच वटा प्रश्न गरेको छ ।

१. प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन मिल्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीे विश्वासको मत लिन संसद नगएको विषयमा न्यायाधीशहरुले सरकारी वकिलसँग जवाफ मागेका छन् । मंगलबार सरकारको प्रतिरक्षामा बहस गर्न आएका नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले प्रधानमन्त्री ओलीले धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीमा नरहने इच्छा गरेका कारण विश्वासको मत लिन संसद नगएको दावी गरे ।

‘विश्वासको मत पाउँदिन धारा ७६(३) अनुसार बस्दिन भन्ने लाग्यो र प्रधानमन्त्रीले विश्वासको मत भनेर लिन्न भनेर राष्ट्रपतिकहाँ जानू भो’ उनले भने ।

लगत्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोधे, ‘मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? तर, त्यसलाई छलेर जान मिल्छ ?’

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले विश्वासको मत पाएको वा नपाएको जानकारी राष्ट्रपतिलाई सभामुखले दिनुपर्ने होइन भनी प्रश्न गरे । ‘मत पाएको नपाएको (जानकारी) सभामुखबाटै जाने होइन ? कार्यविधि त्यही होइन र ?’ उनले सोधे ।

जवाफमा नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत लिन संसद जानैपर्ने व्यवस्था संविधानमा नभएको जिकिर गरे । ‘यो भएको भए पाउन र नपाउन पनि संसदमा जानुपर्दथ्यो । त्यसकारण विश्वासको मत नपाउन संसदमा गइरहन पर्दैन’ पाण्डेयले भने, ‘मत पाउँदिन भनेर सरेन्डर गरेपछि संसदमा जानुपर्दैन ।’

राष्ट्रपतिले धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन प्रक्रिया शुरु गरेपछि शेरबहादुर देउवाले कांग्रेसका ६१, नेकपा माओवादी केन्ऽका ४९, नेकपा एमालेको माधवकुमार नेपाल समूहका २६ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ जना सांसदको हस्ताक्षर बुझाएर प्रधानमन्त्रीमा दावी गरेका थिए ।

केपी शर्मा ओलीले भने एमाले र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भनी प्रधानमन्त्रीमा दावी गरेका थिए । राष्ट्रपतिले दुबै दावी अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा ७ जेठको मध्यरातमा संसद विघटन भयो । त्यो विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

२. ७६(५) मा राष्ट्रपतिले हेर्ने आधार के ?

सरकारी पक्षबाट बहस सुरु गर्दै सोमबार महान्यायाधिवक्ता रमेश बडालले ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्ने सांसदले विश्वासको मत लिन सक्ने वा नसक्ने आधार हेर्ने अधिकार राष्ट्रपतिकै भएको दाबी गरे ।

‘७६ (२) मा दलहरूले निर्णय गरेपछि राष्ट्रपतिले सीधै नियुक्त गर्नुपर्ने हुन्छ । ७६ (५) मा राष्ट्रपतिले आधार हेर्नुपर्छ । त्यो आधार विवादास्पद, शंकास्पद, अविश्वसनीय हुनुहुँदैन । यो आधार हेरेर राष्ट्रपतिले निर्णय गर्ने हो’ उनले भने ।

महान्यायाधिवक्ता बडाललाई प्रधानन्यायाधीश जबराले राष्ट्रपतिले हेर्ने भनी उल्लेख गरेको तीन आधारबारे कहाँ व्यवस्था छ भनी सोधे । बडालले यो प्रश्नको जवाफ दिएनन् ।

नेपालले अंगीकार गरेको शासन व्यवस्था अनुसार सांसदहरु दलीय अनुशासनमा रहनुपर्ने तर्क गर्न थालेपछि बडाललाई रोक्दै एक न्यायाधीशले सोधे, ‘७६ (५) मा ‘विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा’ भन्ने छ त्यो आधार के हो ?’

महान्यायाधिवक्ता बडालले ७६(५) मा प्रधानमन्त्री नियुक्तिको आधार दलीय समर्थन नै भएको जिकिर गरे । ‘७६(२) मा दलको समर्थन अनिवार्य छ तर ७६(५) मा स्वतन्त्र सांसद पनि जान सक्छ’, उनले भने, ‘जस्तै गण्डकी प्रदेशमा भयो । दीपक मनाङे दुई वा दुई भन्दा बढी दलको सरकार गठनका क्रममा दाबी गर्न जानुभएन, पछि जानुभयो ।’

३. राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्न पाउने कि नपाउने ?

रिट निवेदक तर्फबाट बहस गर्दा कानुन व्यवसायीले धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरेका थिए । सरकारी पक्षको बहको क्रममा इजलासले यो प्रश्नको जवाफ खोजेको छ ।

मंगलबार नायव महान्यायाधिवक्ता पाण्डेयले ७६(५) अनुसारको प्रधानमन्त्रीमा देउवा र ओलीले गरेको दाबी अस्वीकार गर्ने राष्ट्रपतिको निर्णय सही भएको तर्क गरे ।

देउवा र ओलीको दाबी अस्वीकार गर्दा राष्ट्रपतिले सांसदहरुको हस्ताक्षर दोहोरो परेको, अर्को दलको नेतालाई समर्थन गर्ने सांसद कारबाहीमा पर्न सक्ने जस्ता आधार दिएकी थिइन् ।

प्रधानन्यायाधीश जबराले ७६(५) अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने व्यवस्था बाध्यात्मक हो कि होइन भन्ने प्रश्न उठाए ।

‘धारा ७६ (५) को प्रक्रिया प्रधानमन्त्री नियुक्त गर्नका लागि हो । प्रधानमन्त्री राष्ट्रपतिले नियुक्त गर्नुपर्छ । गरेकोमा प्रश्न उठाउन पाइँदैन । यहाँ नगरेकोमा प्रश्न उठेको हो नि’ जबराले भने, ‘त्यसले गर्दा ७६(५) को व्यवस्था भनेको कुनै पनि प्रतिनिधिसभा सदस्यलाई नियुक्त गर्न पाउने हो । दुई जनाको निवेदन परेको छ । यो नियुक्ति नगर्नका लागि होइन भन्ने बहसमा आएको थियो ।’
प्रधानन्यायाधीश जबराले धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्नेले विश्वासको मत पाउने आधार प्रस्तुत नगरेमा फेरि अर्को प्रधानमन्त्री चयनको मौका दिनुपर्ने हो कि भनेर पनि प्रश्न उठाए ।

‘आधार प्रस्तुत गरेन भने फेरि त्यो मौका दिनुपर्थ्यो । उहाँलाई त प्रधानमन्त्री नियुक्त गर्ने आधार दिएको हो नि त ! नियुक्ति नगर्नका लागि दिएको होइन, निवेदकमध्ये दुबैको आधार प्रस्तुत भएन भने विकल्प खोज्नुपथ्र्यो कि पर्दैनथ्यो भन्ने प्रश्न आएको छ’ प्रधान्यायाधीश जबराले भने ।

जवाफमा नायव महान्यायाधिवक्ता पाण्डेयले ७६ (५) मा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बाध्यात्मक व्यवस्था नरहेको बताए ।

‘उपधारा ५ कन्डिसनल हो । कण्डिसन पूरा भएमा मात्र प्रधानमन्त्री नियुक्त हुने हो । कण्डिसन पूरा भएन भने हुँदैन । आधार प्रस्तुत गरेमा हुने हो, आधार प्रस्तुत नभएमा नहुने हो भन्ने पनि बुझ्न सकिन्छ’ उनले भने ।

नायव महान्यायाधिवक्ता पाण्डेयको जवाफबाट सन्तुष्ट नभएका प्रधानन्यायाधीश जबराले फेरि सोधे, ‘उपधारा ५ को व्यवस्था भनेको प्रधानमन्त्री नियुक्ति गर्नैपर्छ । प्रधानमन्त्री नियुक्तिका लागि कोही पनि आएन, आधार देखिएन भने पनि यसलाई प्रतिनिधिसभामा पठाएर संसदको सिफारिस लिनुपर्छ कि पर्दैन ? अब यो संसदबाट प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था छैन नभनीकन बहालवाला प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ ?’

जबराले थपे, ‘नियुक्ति हुन नसक्ने आधार प्रतिनिधिसभाभित्रै देखिनुपर्छ । प्रतिनिधिसभाले अब यो संसदबाट प्रधानमन्त्री नियुक्त हुनसक्दैन नभनीकन विघटन हुनसक्छ ? तपाईं ५ पनि पढ्नुस्, ७ पनि पढ्नुस् ।’

४. स्वतन्त्र सांसदले आफैं निर्णय गर्न सक्दैनन् ?

मंगलबार नायव महान्यायाधिवक्ता पाण्डेयले खेपेको अर्को प्रश्न हो – स्वतन्त्र हैसियतका सांसदले कुनै सरकारलाई दिएको समर्थन फिर्ता लिन मिल्छ कि मिल्दैन ?

पाण्डेयले संविधानले दललाई मात्र चिन्ने दावी गर्दै दलबाट निर्वाचित सांसदलाई स्वतन्त्र रुपमा नचिन्ने भनी ब्याख्या गरे ।
उनलाई रोक्दै न्यायाधीश ईश्वर खतिवडाले स्वतन्त्र सांसदले समर्थन फिर्ता लिन चाहेमा के हुन्छ भन्ने विषयमा संविधान मौन रहेको बताए ।

न्यायाधीश खतिवडाले प्रश्न गरे, ‘अहिले प्रतिनिधिसभामा ४ जना स्वतन्त्र सांसद हुनुहुन्छ । त्यहाँ भोलि १४ वा ४४ होला । उहाँहरुले एकचोटी सरकारलाई समर्थन दिइसकेपछि कहिल्यै फिर्ता लिन नमिल्ने हुन्छ र ?’

जवाफमा पाण्डेयले भने, ‘मैले मिल्छ भनेको छैन, मिल्दैन पनि भनेको छैन । दलले फिर्ता लिन सक्छ भन्ने व्यवस्था संविधानले भनेको छ । संविधानले दललाई मात्र चिनेको छ सरकार निर्माणमा ।’

५. राजनीतिक अस्थिरताको कारण अदालत हो ?

मंगलबार संवैधानिक इजलासले सरकारी वकिललाई प्रधानमन्त्री ओलीको लिखित जवाफमा केन्द्रित भएर एउटा प्रश्न गरेको छ ।

नायव महान्यायाधिवक्ता पाण्डेयले विगतका सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना हुँदा मुलुकमा राजनीतिक अस्थिरता लम्बिएको दाबी गरे ।

न्यायाधीश ईश्वर खतिवडाले सरकार पक्षका वकिलले बहस नोटमा राजनीतिक अस्थिरताको एकमात्र कारण अदालतको फैसला हो भन्ने आशय देखिएको भनिएकामा प्रश्न उठाए । ‘राजनीतिक अस्थिरताको कारण अदालत, अदालतको फैसला मात्रै हो कि अरु कारणले पनि हो ?’ उनले सोधे ।

जवाफमा नायब महान्यायाधिवक्ता पाण्डेयले राजनीतिक अस्थिरताको एउटा कारण अदालत पनि भएको बताए । ‘एउटा कज त हो र अरु पनि छन् । मैले अदालतमात्र भन्न खोजेको होइन ।’

यसमा नायव महान्यायाधिवक्ता पाण्डेयले थप व्याख्या गरेनन् ।

उनले भारतको उदाहरण दिँदै पटक-पटक संसद विघटनपछि नै भारतमा सरकार स्थिर बनेको दाबी गरे । नेपालका सन्दर्भमा त्यस्तो नरहेको जिकिर भने दोहोर्‍याए ।

न्यायाधीश खतिवडाले सोधे, ‘भारतमा विघटनले स्थिरता ल्याएको भन्नुभयो । नेपालको २०५२ सालदेखिको संसद विघटनले अस्थिरता मात्रै दिएको छ नि । यसलाई पनि हेर्नुपर्ला नि ।’

जवाफमा पाण्डेयले भारतमा १९९७ देखि विघटन सुरु भएको र अटल बिहारी वाजपेयीको मिलिजुली सरकार स्थिर भएको र त्यसपछि पनि सरकारहरु स्थिर भएको दाबी गरे ।

‘नेपालमा अदालतबाट उल्टिँदा (संसद पुनस्थापना हुँदा) अस्थिरता आयो’ पाण्डेयले भने ।

साथमा उनले उनले सर्वोच्च अदालतले विगतमा जे जस्तो फैसला गरेको भए पनि संसद विघटनका सन्दर्भमा अरु प्रजातान्त्रिक मुलुकको अभ्यास पनि हेर्न संवैधानिक इजलासलाई आग्रह गरे । ‘संसद विघटन जनताको मत के छ भनेर हेर्ने ठाउँ हो । दलहरुको पपुलारिटी जाँच्ने ठाउँ पनि हो । र यो प्रधानमन्त्रीको अधिकार हो,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिँदा भारतमा लोकतन्त्र कमजोर नभएको दाबी गर्दै पाण्डेयले भने, ‘सांसदहरुलाई सरकारलाई असहयोग गरे विघटन हुन्छ भन्ने हुन्छ, जनतालाई पनि एउटै दललाई बहुमत नदिए विघटन हुन्छ भन्ने हुँदो रहेछ ।’

जनताले एउटै पार्टीलाई बहुमत नदिएमा पटक-पटक संसद् विघटन हुने उनको जिकिर छ । ‘जनताले पनि बुझ्नुपर्‍यो नि एउटै पार्टी ठूलो नबनाइदिएपछि विघटन हुँदो रहेछ भनेर, विघटनको व्यवस्थाले एउटै पार्टीलाई ठूलो बनाइदिनुपर्‍यो’ पाण्डेयले तर्क गरे ।



from Online Khabar https://ift.tt/3jxXv8J

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा

१६ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए ।

साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ । इंग्ल्याण्डले अब क्वाटरफाइनलमा युक्रेनसँगै खेल्नेछ ।

यस्तै यसअघि नै अन्य तीन क्वाटरफाइनल खेलको समीकरण तय भइसकेको छ । जसमा बेल्जियमले इटलीसँग खेल्नेछ भने स्विट्जरल्याण्डले स्पेनसँग खेल्नेछ ।
यस्तै चेक रिपब्लिक र डेनमार्कबीच अर्को क्वाटरफाइनल खेल हुनेछ ।

क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ।

अर्कोतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्को सेमिफाइनल खल्नेछन् ।

साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन् ।
क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।

क्वाटरफाइनल खेल मिति, समय र स्थान

· स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९:४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
· बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२:४५ बजे (म्युनिक, जर्मनी)
· चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९:४५ बजे (बाकु, अजरवैजान)
· युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२:४५ बजे (रोम, इटली)



from Online Khabar https://ift.tt/3joFv0k

स्वीडेनलाई हराउँदै युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा

१६ असार,काठमाडौं । युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल फोर्सवर्गले एक गोल फर्काए ।

रोमाञ्चक खेलको १२०औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई जित दिलाए ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

त्यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । यार्मोलेन्कोको तर ४३ औं मिनेटमा फोर्सवर्गले स्वीडेनका लागि बराबरी गोल फर्काएका थिए ।

यस्तै खेलको ९८ औं मिनेटमा मार्कुस डानिलसनले रातो कार्ड पाएपछि स्वडेन १० खेलाडीमा समेटियो ।

त्यसैको फइदामा अर्टिमले अन्तिम समयमा गोल गरे ।

यस जितपछि युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बन्दा स्वीडेन भने बाहिरिएको छ । पहिलो पटक युरोको समूह चरण पार गरेको युक्रेनले नकआउट चरणमा पनि पहिलो खेल जितेको हो ।

अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

 



from Online Khabar https://ift.tt/363wUIp

जर्मनीको प्रशिक्षकका रुपमा योकिमको १५ वर्षे करियरको अन्त्य भएन सुखद

१६ असार, काठमाडौं । युरोकप २०२० मा जर्मनी अन्तिम १६ बाट बाहिरिएपछि प्रशिक्षक योकिम लो पनि जर्मनीको प्रशिक्षकबाट बिदा हुँदै छन् । युरोकप पछि नै हान्सी फ्लिक जर्मनीको नयाँ प्रशिक्षक बन्ने यसअघिनै सम्झौता भइसकेको छ ।

डेढ दर्शक जर्मनीको प्रशिक्षक रहेका लो ले यसअघि नै युरोकपपछि जर्मनीको प्रशिक्षक छाड्ने घोषणा गरिसकेका थिए ।

ग्रुप अफ डेथ मा रहेको जर्मनी समूह एफ मा दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

तर इंग्ल्याण्डसँग २-० ले पराजित हुँदै जर्मनी अन्तिम १६ बाटै घर फर्कियो । यस हारपछि योकिम लो को जर्मनीसँग १५ वर्षको प्रशिक्षक करियर पनि समाप्त भएको छ । तर उनको बिदाइ सुदख बन्न सकेन ।

चौथो पटक युरोकपको पाधि जित्ने जर्मनीको लक्ष्य यस पटक अधुरै रह्यो ।

युरो २०२० मा चार खेल्दा जर्मनी जम्मा एक खेल जित्यो भने दुई खेल हार्‍यो । एक खेल बराबरी खेलेको थियो ।

समूहको पहिलो खेलमै जर्मनी फ्रान्ससँग १-० ले पराजित भयो । दोस्रो खेलमा साविक विजेता पोर्चुगललाई ४-२ ले पराजित गरको जर्मनीले तेस्रो खेलमा हंगेरीसँग २-२ को बराबरी खेलेको थियो ।

सन् २००४ देखि २००६ सम्म जर्मनीको सहायक प्रशिक्षक हरेका योकिम लो जर्गेन क्लिन्समानले सम्झौता नवीकरण नगरेपछि सन् २००६ जुलाईमा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनले २००८ को युरो कप जित्ने लक्ष्य बनाए ।

जर्मनीको प्रशिक्षकको रुपमा लो को पहिलो खेल २००६ अगष्टमा स्वीडेनविरुद्ध थियो । उक्त खेल जर्मनीले ३-० ले जित्दा मिरोस्लाभ क्लोजले दुई तथा बर्न्ड सेइडरले एक गोल गरेका थिए ।

लो को प्रशिक्षणमा जर्मनीले सन् २०१४ मा विश्वकप उपाधि जितेको थियो । यस्तै २०१७ को कन्फ्रेडेरनको कपको उपाधिसमेत जितेका थिए । यसैगरी २००८ को युरोकपमा जर्मनी उपविजेता र २०१० को विश्वकपमा भने तेस्रो भएको थियो ।



from Online Khabar https://ift.tt/3qAlcOV

ग्रुप अफ डेथबाट कुनै पनि टिमले अन्तिम १६ पार गर्न सकेनन्

१६ असार, काठमाडौं । युरो२०२० सुरु हुनुअघि समूह एफको खुब चर्चा थियो । साविक विजेतासहित तीन पूर्व विजेता रहेको यस समूह ‘ग्रुप अफ डेथ’को रुपमा चर्चित थियो ।

नहोस् पनि किन २०१६ को विजेता पोर्चुगल विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी यसै समूहमा थिए । अर्को टिम हंगेरी थियो ।
यस समूहबाट तीनवटै पूर्व विजेता समूह चरण पार गर्दै अन्तिम १६ मा समेत पुगे ।

हंगेरी भने समूह चरणबाटै आउट भयो ।

युरोको १६औं संस्करणमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा १६ टिमले नकआउट चरणमा प्रवेश पाउँथे । त्यसैले ६ वटा समूहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुगे ।

समूह एफबाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेताको रुपमा नकआउटमा पुगेका थिए । पोर्चुगल समूहमा तेस्रो भए पनि उत्कृष्ट तेस्रो भित्र पर्न सफल हुदा नकआउट चरणमा पुगेको थियो ।

तर तीन पूर्व विजेता पनि अन्तिम १६ बाट अघि बढ्न सकेनन् । मंगलबार राति  भएको खेलमा जर्मनी इंग्ल्याण्डसँग २-० ले पारजित भएपछि यस समूहका कुनै टोली युरो २०२० मा बाँकी रहेनन ।

साविक विजेता पोर्चुगल बेल्जियमसँग १-० ले पारजित हुँदै बाहिरियो । यस्तै विश्वविजेता तथा साविक उपविजेता फ्रान्स स्विट्जरल्याण्डसँग पेनाल्टीसुटआउटमा ५-४ ले पराजित भयो ।

उपाधि दाबेदार मानिएको तीनवटै पूर्व विजेता आउट भएपछि युरो २०२० रोमाञ्चक बन्दैछ ।



from Online Khabar https://ift.tt/2UIk3sM

इंग्ल्याण्ड क्वाटरफाइनलमा, जर्मनी बाहिरियो

१६ असार, काठमाडौं । इंग्ल्याण्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार भएको अन्तिम १६ को खेलमा जर्मनीलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल पुगेको हो ।

इंग्ल्याण्डका लागि रहिम स्टर्लिङ र ह्यारी केनले दोस्रो हाफमा गोल गरे ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्‍यो ।

स्टर्लिङले ७५औं मिनेटल लुक श को पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । कप्तान केनले ज्याक ग्रेलिसको पासमा ८६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

यस जितपछि इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदलासमेत लिएको छ ।

साथै ५५ वर्षपछि इंग्ल्याण्डले जर्मनीलाई ठूलो प्रतियोगितामा नकआउट गरेको हो .

जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् ।  साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।



from Online Khabar https://ift.tt/3jrWbEj

गूगल मैसेज में मिलेगा नया फीचर, OTP के मैसेजस खुद हो जाएंगे डिलीट, जानिए सबकुछ

Google मैसेज ऐप अब मैसेजस को कई श्रेणियों में सॉर्ट करने में सक्षम होगा जैसे पर्सनल एक डीओटीपी यूजर्स के मैसेज को खोजने में मदद करने के लिए जो सबसे महत्वपूर्ण है. कंपनी बताती है कि मशीन लर्निंग के आधार पर सॉर्टिंग की जाएगी.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/35XGeh8

Do exercise to keep fit


Health is wealth

Twitter की मुश्किलें बढ़ीं, अब चाइल्ड पोर्नोग्राफी के मामले पर दिल्ली में POCSO एक्ट के तहत केस दर्ज, जानिए डिटेल

नए IT नियम को लेकर केंद्र की तरफ से यूजर्स की पोस्ट पर लीगल बचाव खोने के बाद से ट्विटर के खिलाफ ये चौथा मामला है. अब ये नया मामला POCSO एक्ट और IT एक्ट के तहत दर्ज किया गया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3AdychN

Monday, June 28, 2021

मेस्सीको कीर्तिमान

१५ असार, काठमाडौं । लिओनल मेस्सीले अर्जेन्टिनाको लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलअन्तर्गत अहिले भइरहेको इक्वेडरविरुद्धको खेल सुरुआत गर्दै मेस्सीले सर्वाधिक १४८औं खेल खेलेका हुन् ।
यसअघि उनले ज्याभिएर मास्केरानोसँगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए।

समूह ए को अन्तिम खेलमा इक्वेडरविरुद्ध मेस्सीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिसकेका छन् ।

यस्तै एक गोलका लाग असिस्ट समेत गरेका छन् । उनले पेनाल्टीमा एक गोल गरेका थिए भने सर्जियो अगुएरोको पसामा अर्को गोल गरे । यस्तै अलेजान्द्रो गोमेजका लागि असिस्ट समेत गरे ।

सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । उनले १४८ खेलमा ७५ गोल गरिसकेका छन् ।



from Online Khabar https://ift.tt/3w11iO7

माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २० खर्ब डलर नाघ्यो

काठमाडौं । माइक्रोसफ्ट कम्पनी २० खर्ब अर्थात् २ ट्रिलियन डलर बजार मूल्य पुगेको दोश्रो सार्वजनिक अमेरिकी कम्पनी बनेको छ । यसअघि एप्पलले पहिलोपटक २ ट्रिलियन डलर बजार मूल्यको कोशेढुंगा पार गरेको थियो ।

अमेरिका बाहिरको सार्वजनिक कम्पनीमा भने साउदी अरबको अराम्को तेल कम्पनी २ ट्रिलियन डलर बजार मूल्य पूग्ने एकमात्र कम्पनी हो । सन् २०१९ मा शेयर जारी गरेको अराम्कोको बजार मूल्य विगतमा २ ट्रिलियन डलर नाघेको थियो तर अहिलेको बजार मूल्य चाहिँ १.८८ ट्रिलियन डलर छ ।

अघिल्लो वर्षको अगष्ट महिनामा २ ट्रिलियन डलर बजार मूल्य पुगेको एप्पल कम्पनीको हालको बजार मूल्य २.२४ ट्रिलियन डलर पुगेको छ । त्यस्तै अमेजनको मार्केट क्याप १.७७ ट्रिलियन र गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य १.६७ ट्रिलियन डलर रहेको छ ।

मंगलबार शेयर मूल्यमा भएको १.१ प्रतिशतको बढोत्तरीसँगै माइक्रोसफ्टको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो ।

दुई वर्ष अगाडि १० खर्ब डलर बजार मूल्य पुगेको माइक्रोसफ्टले दुई वर्षमै दुई खर्बको बजार मूल्य पुर्याएको छ ।

कोभिड–१९ महामारीले धेरै भन्दा धेरै मानिसहरु अधिकतम समय विद्युतीय उपकरणमै घरभित्र बस्न बाध्य भैरहेको र घरबाटै काम गरिरहेको अवस्थामा माइक्रोसफ्टका कम्प्युटर, गेमिङ सिस्टम र क्लाउड कम्प्युटिङको बिक्री उच्च भएको छ । यसले कम्पनीको व्यापारमा वृद्धिसँगै शेयर मूल्यमा पनि वृद्धि भएको हो ।

सन् २०२० को मार्च महिना यता माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा ६४ प्रतिशतले बढोत्तरी भएको छ ।

गत अप्रिल महिनामा सार्वजनिक तथ्यांक अनुसार माइक्रोसफ्टले जनवरीदेखि मार्चसम्मको त्रैमासिकमा ४१ अर्ब ७० करोडको व्यापार गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

–सीएनएनबाट



from Online Khabar https://ift.tt/3hdLnXr

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Aaron Watson - Old Man Walker's Property Lyrics

Read Aaron Watson - Old Man Walker's Property lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/a/aaron-watson-lyrics/old-man-walker_s-property-lyrics.html

यी हुन् पेस मेकरलाई खतरनाक हुने एप्पलका उत्पादन

काठमाडौं । मुटुमा राखिने पेसमेकर लगायत शरीरमा प्रत्यारोपण गरिने विभिन्न खाले उपकरणका लागि खतरनाक हुने विभिन्न प्रडक्टहरुको सूचि एप्पलले सार्वजनिक गरेको छ ।

शरीरमा प्रत्यारोपित चिकित्सा उपकरणहरु भन्दा टाढै राख्नुपर्ने एप्पलका प्रडक्टहरुको सूचिमा आइफोन १२, एप्पल वाच तथा म्याकबुक प्रो लगायतका छन् ।

धेरै कन्जुमर इलेक्ट्रोनिक्स उपकरणहरुमा चुम्बक लगायतका वस्तु हुन्छन्, जसले शरीरमा प्रत्यारोपण गरिएका मेडिकल डिभाइसहरुलाई असर पार्दछन् ।

आफ्ना विभिन्न प्रडक्टहरुको माध्यमबाट प्रयोगकर्ताको मुटुको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने गरेको एप्पलले आफ्ना स्मार्ट घडीमा इलेक्ट्रोकार्डियोग्राम परीक्षणको फिचर राखेको छ । तथापि एप्पलले सार्वजनिक गरेको पछिल्लो सूचनाले चाहिँ उसका कतिपय प्रडक्टमा राखिएका पाटपुर्जाको स्वास्थ्य जोखिम रहेको देखाएको हो ।

एप्पलका अनुसार कतिपय निश्चित परिस्थितिमा चुम्बक तथा विद्युत चुम्बकीय क्षेत्रले चिकित्सा उपकरणमा असर पार्दछन् ।

एप्पलका अनुसार प्रत्यारोपित पेसमेकर र डिफिब्रिलेटरमा हुने सेन्सर निकट सम्पर्कमा रहेको चुम्बक तथा रेडियो तरंगबाट प्रभावित हुन्छ ।

एप्पलका अनुसार कम्पनीका ती प्रडक्टहरु शरीरमा प्रत्यारोपित मेडिकल डिभाइस भन्दा कम्तिमा १५ सेमी टाढा राख्नु पर्दछ । अझ ती डिभाइस वायरलेस चार्जिङ हुने भएमा त्यसको दोब्बर टाढा राख्नु पर्दछ ।

स्मरण रहोस् सामसुंग र हुवावेले यसअिघ नै आफ्ना प्रडक्हरुको विषयमा सोही खालको निर्देशिका जारी गरिसकेका छन् ।

एप्पलले तयार पारेको सूचिमा आइफोन १२ ले प्रत्यारोपित डिभाइसलाई प्रभावित पार्ने विषय उल्लेख रहेको म्याकर्युमर्सले जनाएको छ ।

अमेरिकी हार्ट एसोसिएसन जर्नलमा प्रकाशित शोध अनुसार आइफोन १२ प्रो म्याक्समा रहेको म्यागसेफ प्रविधिले चुम्बकमा अवरोध गरी जिवनदायिनी उपचार अर्थात् प्रत्यारोपित उपकरणको प्रभावकारीतामा गिरावट ल्याउँदछ । म्यागसेफ फिचरका कारण आइफोन १२ मा फास्ट वायरलेस चार्जिंग सम्भव हुन्छ ।

एप्पलका अनुसार कम्पनीका यी प्रडक्टहरुमा चुम्बक हुने भएकाले त्यो पेसमेकर लगायतका लागि हानिकारक हुन सक्दछ ।

AirPods and charging cases

  • AirPods and Charging Case
  • AirPods and Wireless Charging Case
  • AirPods Pro and Wireless Charging Case
  • AirPods Max and Smart Case

Apple Watch and accessories

  • Apple Watch
  • Apple Watch bands with magnets
  • Apple Watch magnetic charging accessories

HomePod

  • HomePod
  • HomePod mini

iPad and accessories

  • iPad
  • iPad mini
  • iPad Air
  • iPad Pro
  • iPad Smart Covers and Smart Folios
  • iPad Smart Keyboard and Smart Keyboard Folio
  • Magic Keyboard for iPad

iPhone and MagSafe accessories

  • iPhone 12 models
  • MagSafe accessories

Mac and accessories

  • Mac mini
  • Mac Pro
  • MacBook Air
  • MacBook Pro
  • iMac
  • Apple Pro Display XDR

Beats

  • Beats Flex
  • Beats X
  • PowerBeats Pro
  • UrBeats3

-बीबीसीको सहयोगमा



from Online Khabar https://ift.tt/3dnraNZ

एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा फ्रान्स बाहिरियो, स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

१५ असार, काठमाठौं । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा प्रिक्वाटरफाइनलमा सकिएको हो ।

केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । उता स्विट्जरल्याण्ड् भने ऐतिहासिक जितसहित पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो।

रोमानियामा सोमबार राति भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ स्वीट्जरल्यान्डले बाजी मार्‍यो ।

पेनाल्टीमा स्विट्जरल्याण्डा गोलकिपर यान सोमेरले फ्रान्सका एमबाप्पो प्रहार रोक्दै जित दिलाए । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । एमबाप्पे भने पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।

उता स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सार, म्यानुएल अकान्जी, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

त्यसअघि निर्धारित समयमा पनि स्वीस टोलीले नै पहिलो अग्रता लिएको थियो । खेलको १५औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा पाएको थियो तर रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न नसक्दा स्विट्जरलयाण्डले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । उनको पेनाल्टी प्रहार फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिसले बचाए ।

करिमब बेन्जामा दुई मिनेट अन्तरमा दुई गोल गरेपछि फ्रान्सले अग्रता लियो । बेन्जामाले ५७औं मिनेटमा बराबरी गोल गरे भने ५९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । यस युरोमा बेन्जामाले व्यक्तिगत चार गोल गरे ।

त्यसपछि खेलको ७५औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए । दुई गोलको अग्रतापछि फ्रान्स जितनजिक थियो । तर ८१औं मिनेटमा सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकियो । थप गरिएको ३० मिनेटमा कुनै गोल नभएपछि यस संस्करणमा पहिलो पटक खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

जहाँ स्वीस गोलकिपर यान सोमेर नायक बने । एमबाप्पेको पेनाल्टी प्रहार रोक्दै उनले स्विट्जरल्याण्डलाई ऐतिहासिक जित दिलाउन मद्दत गरे ।

सन् १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ।

साविक विजेता पोर्चुगल पछि साविक उपविजेता तथा उपाधि दाबेदार फ्रान्स पनि अन्तिम १६ बाटै आउट भएपछि युरोकप रोमाञ्चक बनेको छ ।

२०१६ मा फ्रान्समा भएको युरोमा सेमिफाइनल खेलेका चारमध्ये तीन टिम पोर्चुगल फ्रान्स र वेल्स बाहिरिसकेका छन् । त्यो बेला सेमिफाइनल खेल्ने बेल्जियम यस पटक क्वाटरफाइनल पुगिसकेको छ।



from Online Khabar https://ift.tt/3A9a6F1

यस्तो छ संसारकै सानो होटल, गुफामा लगेर खुवाउने

काठमाडौं । संसारमा एकसे एक विशाल तथा आलिशान होटलहरु छन् । कतिपय होटलहरु निकै भव्य र आश्चर्यचकित पार्ने खालका पनि छन् । एउटा यस्तै अनौठो खालको होटल छ जोर्डनमा ।

जोर्डनस्थित सो होटल संसारकै सबैभन्दा सानो होटल हो । त्यसलाई मिनी होटल पनि भनिन्छ ।

तपाईंलाई यो कुरा थाहा पाउँदा आश्चर्य लाग्ला कि संसारको सबैभन्दा सानो यो होटल कुनै भवनमा बनेको होइन । यो होटल कारभित्र बनाइएको छ ।

उक्त कारभित्रको संसारकै सानो होटलका मालिक मोहम्मद अल मालाहिम हुन् । आफ्नो भिन्टेज फक्सवागन बिटल नामक होटल संसारकै सबैभन्दा सानो र सबैभन्दा अनौठो होटल भएको उनको भनाइ छ ।

मालाहिमले सन् २०११ मा सो होटल सञ्चालनमा ल्याएका हुन् । उनको त्यो होटल ठूल्ठूला ढुंगाको बीचमा छ । त्यसैले उक्त होटलमा बस्न आउने मानिसहरुले निकै मनमोहक प्राकृतिक दृष्य हेर्न पाउँछन् ।

सो होटलमा गएर बस्ने धेरैको इच्छा हुन सक्दछ । तर यो होटलमा एक पटकमा केवल दुईजना मात्र पाहुना अटाउँछन् । त्यसैले जोडीका लागि यो होटल उपयुक्त हुन सक्दछ ।

बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार उक्त होटलमा एक दिनको शुल्क ५६ डलर रहेको छ ।

उक्त भिन्टेज फक्सवागन बिटल होटललाई हातबुना विछौनाले सजाइएको छ । सो होटलमा बास बस्ने पाहुनाहरुका लागि नजिकैको एक गुफामा लगेर स्थानीय पेय पदार्थ अल मालाहिम तथा खानेकुराले सत्कार गरिन्छ ।

–एजेन्सी



from Online Khabar https://ift.tt/3h0Hkid

आज राष्ट्रिय धान दिवस, कर्णाली प्रदेशमा सार्वजनिक विदा

१५ असार, काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

कर्णालीमा सार्वजनिक बिदा

यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो ।



from Online Khabar https://ift.tt/3jms6G7

धमाधम फर्काइँदै चोरिएका ‘देवता’, २६ मूर्ति फिर्ता गर्ने प्रकियामा

१५ असार, काठमाडौं । २० औं शताब्दीको छैठौं र सातौं दशकमा हराएका झण्डै दुई दर्जन मूर्ति तथा पुरातात्विक सामग्रीहरू नेपाल भित्र्याउने प्रकिया सुरु भएको छ । पुरातत्व विभागले सबै प्रमाण जुटाएर २६ वटा मूर्ति तथा अन्य ऐतिहासिक एवं सांस्कृतिक वस्तु नेपाल ल्याउने प्रकिया सुरु गरेको जनाएको हो ।

युनेस्कोको महासन्धि अनुसार चोरी भएका एवं विदेशी यात्रीहरुले उचित मूल्य तिरेर लगेका मूर्ति समेत नेपालले दाबी गरेको खण्डमा फिर्ता गर्नुपर्ने प्रावधान अनुरुप यसअघि पनि पाटन र काठमाडौंका विभिन्न मूर्तिहरु नेपाल ल्याइसकिएको छ । ती बाहेक झण्डै २६ वटा मूर्ति तथा सांस्कृतिक वस्तु फिर्ता गर्ने प्रकिया सुरु गरिएको पुरातत्व विभागकी पुरातत्व अधिकृत सुभद्र भट्टराईले जानकारी दिइन् ।

सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’ले चोरी निकासी भएर विदेश पुगेका मूर्तिको हकमा विना क्षतिपूर्ति र उचित मूल्य दिएर खरिद गरेको मूर्तिको हकमा क्षतिपूर्ति दिएर मूर्ति फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ । महासन्धिको दफा ७ मा राष्ट्रिय कानुनको अधिनमा रही गैरकानुनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति प्राप्त गर्नेबारे मूल राज्यलाई अर्को राज्यले सूचना दिनुपर्ने उल्लेख छ । अर्थात् उक्त महासन्धिको पक्ष राष्ट्रमा नेपालको मूर्ति वा अन्य सांस्कृतिक वस्तु निकासी भएको जानकारी भएमा सम्बन्धित देशले सो बारे जानकारी गराउनुपर्ने व्यवस्था छ ।

त्यस्तै, दफा ७ को बी (आई) मा मूर्तिको स्रोत राज्यको कुनै पनि सांस्कृतिक सम्पत्ति पुनःप्राप्ति र फिर्ता लिन उचित कदम चाल्ने सम्बन्धमा व्यवस्था गरिएको छ । यसमा कुनै पनि मुलुकबाट चोरी निकासी गरिएको मूर्ति भएमा क्षतिपूर्ति दिनु नपर्ने तर कुनै कारणले खरिद गरेर लगेको प्रमाण भेटियो भने क्षतिपूर्ति तिरेर मूर्ति एवं सांस्कृतिक वस्तु फिर्ता ल्याउन सक्ने व्यवस्था उक्त दफामा छ ।

यही महासन्धिको आधारमा नेपालले मूर्ति फिर्ताको दाबी पठाएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन् ।

पुरातत्व विभागले मूर्ति चोरी भएको वा बेचिएको ठाउँको स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन, फोटो, इन्भेन्ट्री आदि प्रमाण पुर्‍याएपछि उक्त मूर्ति फिर्ता गर्नुपर्छ भन्ने विषय महासन्धिमा उल्लेख छ । अहिले फ्रान्स र लण्डनका विभिन्न संग्रहालयमा राखिएका २६ वटा मूर्ति एवं अन्य ऐतिहासिक सामग्रीहरु फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको पुरातत्व विभागको पुरातत्व तथा क्युरियो जाँचपास शाखाकी प्रमुख समेत रहेकी भट्टराईले जानकारी दिइन् ।

फ्रान्सको बोर्नहाम्र्स कम्पनीले लिलामीमा राखेको भैरव, पञ्चमुखी, हनुमान, महालक्ष्मी, नृत्यनाद र चामुण्डाको मूर्ति फिर्ता गर्ने प्रकिया सुरु भएको छ । जस अनुसार मूर्ति रहेको ठाउँ पाटनको तलेजु क्षेत्रमा पुगेर पुरातत्व विभागका अधिकारीहरुले स्थलगत प्रतिवेदन तयार पारेर विभागीय निर्णय समेत गरी २ दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाएका थिए । आवश्यक प्रमाण पूरा गरेर पठाएको सो प्रतिवेदन परराष्ट्रमार्फत् सम्बन्धित मुलुकको दूतावास हुँदै सम्बन्धित संग्रहालयसम्म पुगेपछि मूर्ति फिर्ता हुने छ । यहाँबाट कूटनीतिक पहल सुरु गरेपछि मूर्ति आइपुग्नको लागि कम्तीमा एक महिना लाग्ने विभागले जनाएको छ । प्रकियागत झण्झट आयो भने केही लम्बिन पनि सक्छ ।

त्यस्तै, फ्रान्सको नेशनल म्युजियम अफ एसियन आर्ट्स (जुमिट) म्युजियममा पनि भक्तपुर र पाटनबाट हराएका दुई मूर्तिहरु भेटिएको छ । श्रीधर विष्णु र उमा महेश्वरका मूर्तिहरु फिर्ता गर्ने प्रकिया पनि अघि बढिसकेको भट्टराईले जानकारी दिइन् । दुई मूर्तिमध्ये उमामहेश्वर प्राचीन काल अर्थात् लिच्छविकालभन्दा पुरानो हो ।

अर्ककोतर्फ, लण्डनको भिक्टोरिया एण्ड अलबर्ट म्युजियममा रहेका १८ वटा मूर्ति सहितका सांस्कृतिक वस्तुहरू नेपाल फिर्ता गर्ने प्रकिया पनि सुरु भएको छ । जसमा बुद्ध, तारा, इन्द्र, उमामहेश्वर आदिका अधिकांश मूर्तिहरु छन् भने पोर्टेबल साइनहरु, जन्तर जस्ता केही सांस्कृतिक वस्तुहरु पनि छन् । सांस्कृतिक वस्तुहरु एवं मूर्तिसहित गरेर १८ किसिमका सामग्री नेपाल भित्र्याउनेबारे प्रमाणसहितको प्रतिवेदन मन्त्रालयमा पठाइसकिएको विभागले जनाएको छ ।

त्यस्तै, हनुमान ढोकाको कण्ठीहारको विषयमा पनि प्राविधिक प्रतिवेदन तयार पारेर राखिएको छ । तर पुरातत्व विभागको विभागीय निर्णयसँगै यसको पनि फिर्ता प्रकिया अघि बढ्ने विभागले जनाएको छ ।

के हो मूर्ति फिर्ता गर्ने प्रकिया ?

मूर्ति फिर्ताको लागि पहिलो शर्त भनेको त हराएको मूर्ति कहाँ छ ? भन्ने सूचना पाउनु पर्छ । इन्टरनेटमा जारी गरिएको अक्सनको आधारमा होस् वा कुनै संग्रहालयमा राखिएको मूर्ति प्रदर्शनीको क्रममा पनि भेटिने गर्छ । त्यसरी भेटिएको मूर्ति नेपाली हो भन्ने पुष्टि भएपछि पुरातत्व विभागमा मूर्ति फिर्ताको लागि पहल गरिदिन आग्रह गरिन्छ ।

त्यसपछि विभागले अध्ययन गरी त्यसको प्रमाण संकलन गर्छ । ती सबै प्रमाण संकलन गरिसकेपछि त्यसलाई विभागीय निर्णयको लागि पेस गरिन्छ । विभागले यसबारे निर्णय गरेपछि यो संस्कृति मन्त्रालयमा पुग्छ । मन्त्रालयले परराष्ट्र मार्फत् सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासमा सो प्रमाणसहितको दाबी पत्र पठाउने गर्छ । त्यसरी दूतावासले पनि कूटनीतिक रुपमा मूर्ति फिर्ताको लागि आग्रह गर्छ । प्रमाणको रुपमा स्थलगत अध्ययनको प्रतिवेदन, फोटो र इन्भेन्ट्री लगायत प्रमाण राखेर कूटनीतिक माध्यमबाट दाबी पेस गर्ने गरिन्छ । सम्बन्धित राजदूतावास मार्फत् गरिने दाबीमा युनेस्कोको उक्त अभिसन्धिमा हस्ताक्षर गरेको मुलुकले प्रमाण पुगेको खण्डमा जसरी पनि फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

कति आए हराएका मूर्तिहरु ?

पुरातत्व विभागका अनुसार २०५१ सालमा अमेरिकाबाट फिर्ता आएका ४० वटा मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको छ । चोरी गरी जर्मनी पुर्‍याइएका उमा महेश्वरको मूर्ति जर्मन सरकारले २०५६ सालमा फिर्ता गरेको हो । अहिले सो मूर्तिलाई पाटन संग्रहालयमा सुरक्षित राखिएको विभागले जनाएको छ । उक्त मूर्ति धुलिखेलबाट हराएको १२ औं शताब्दीको मूर्ति हो ।

त्यस्तै, २०५९ सालमा अस्टि्रयाबाट फिर्ता भएको दीपंकर बुद्धको मूर्ति पनि अहिले सम्बन्धित ठाउँमा राखिएको छ । २०५६ साल भदौ २५ गते अमेरिकाको म्युजियमबाट फिर्ता भएको गरुडासन विष्णुको मूर्ति काठमाडौंको जैसीदेवलबाट चोरी भएको थियो । सो मूर्ति पनि अहिले फिर्ता भएको विभागको क्युरियो शाखाले जनाएको छ । यसबाहेक पाटनको किलबहालबाट चोरी भएको बुद्धको मूर्तिहरू पनि फिर्ता भइसकेको छ ।

१२ औं शताब्दीमा बनेको ब्रहृमाको मूर्ति मृगस्थलीबाट सन् १९८० को दशकमा हराएको थियो । त्यो मूर्ति पनि फिर्ता भइसकेका छन् । फर्पिङबाट चोरी भएको वा हराएको सरस्वती, पनौतीबाट चोरी भएको वा हराएको सूर्य आदिको मूर्ति सम्बन्धित देशबाट फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा राखिएको छ ।

२०५३ साल असार १० गते बेलायतबाट फिर्ता भएका १९ थान मूर्ति हाल राष्ट्रिय संग्रहालयमा राखिएको छ । डोल्पा जिल्लाको यन्सेर जांचुमलिं गुम्बाबाट चोरी भई ल्हासा तिब्बतबाट बरामद भएको जम्मा २८ थान मूर्तिहरू फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा पठाएको र संग्रहालयबाट पुनः डोल्पामा पठाइएको छ ।

त्यस्तै, २०७४ साल चैत २१ गते अमेरिकाको द मेट्रोपोलिटन म्युजियम अफ आर्ट नेटवर्कमा रहेको कालो प्रस्तरको बुद्धको मूर्ति (स्थानक) एक थान र प्रस्तरको उमामहेश्वरको मूर्ति एक थान पुरातत्व विभागलाई फिर्ता गरी सोही दिन राष्ट्रिय संग्रहालयमा पठाइएको थियो ।

सन् १९६० देखि ८० को दशकमा नेपालबाट झण्डै पाँच सयको हाराहारीमा प्राचीन एवं त्यसपछिका विभिन्न कालखण्डका मूर्तिहरू हराए । २०७४ साल असार २ गते पुरातत्व विभागमा प्राप्त हुन आएको लेरी एलेन इन्नेरिचको व्यक्तिगत संग्रहमा रहेको ४ थान मूर्ति उनको मृत्युपछि इच्छापत्र अनुसार अमेरिकाबाट फिर्ता आएको थियो ।

ती चार मूर्तिमा एउटा १५ औं शताब्दीको चरेस (ब्रोन्च) बाट बनेको बुद्धको मूर्ति, १५ औं शताब्दीको अमोघपाणि लोकेश्वरको मूर्ति, १६ औं शताब्दीमा बनेको अमोघपाणि लोकेश्वरको चरेसको मूर्ति र १७ औं शताब्दीको मञ्जुश्रीको मूर्ति अमेरिकाबाट फिर्ता भएको विभागले जनाएको छ ।

विभागका अनुसार नेपाल ल्याइएका मूर्तिहरु स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायले पुरानै ठाउँमा सुरक्षित राख्न सक्ने प्रत्याभूति दिलाएको खण्डमा पुरानै ठाउँमा प्रतिस्थापन गरिनेछ भने सुरक्षा जोखिममा रहेका मूर्तिहरु राष्ट्रिय संग्रहालयमा राख्ने गरिएको छ ।



from Online Khabar https://ift.tt/2URNAk5