Saturday, July 31, 2021

कांग्रेसमा १३ निर्वाचन क्षेत्रको विवाद, जसले महाधिवेशन नै अनिश्चित बनायो

१७ साउन, काठमाडौं । पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन भइसक्थ्यो भने केन्द्रीय महाधिवेशनको गर्मागमी चलिरहेको हुन्थ्यो ।

तर कांग्रेस क्रियाशील विवादमै अल्झिएको छ । छानविनका लागि छुट्टै समिति बनाएर काम गर्दा पनि १३ वटा निर्वाचन क्षेत्रको विवाद अझै टुंगिएको छैन । सिन्धुपाल्चोक, रसुवा, धनुषा–४, सर्लाही–२, बारा र पर्साको क्रियाशील सदस्यताको विवाद के हो ? किन छानविन समितिले टुंगो लगाउन सकेन त ?

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा समायोजनको विवाद बढी पेचिलो छ । दुई  निर्वाचन क्षेत्र रहेको यो जिल्लामा राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरुका लागि १३ सय क्रियाशील सदस्यता फारम उपलब्ध गराइएको थियो । तर केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाले आफू निकट कार्यकर्तालाई क्रियाशील वितरण गरेको भन्दै राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरुले उजुरी दिए ।

छानविनका क्रममा दुबैले आफ्नो क्षेत्रमा अर्कोलाई निषेध गर्ने मनसायका साथ क्रियाशील बाँडेको पाइएको छ । ‘उहाँहरुबीच क्षेत्र नै भागण्डा गरेर क्रियाशील सदस्यता वितरण गरेको पाइयो । विकास लामाले क्षेत्र नं. २ र मोहन बस्नेतले क्षेत्र नं. १ मा आफूखुसी सदस्यता वितरण गरे,’ क्रियाशील सदस्यता छानविन समितिका एक सदस्यले भने, ‘दुबैले आफ्नो क्षेत्रमा अर्काे पक्षलाई पूर्णरुपमा निषेध गर्ने र बुथबाटै रोक्ने गरी सदस्यता वितरण गरेको देखिन्छ ।’

सिन्धुपाल्चोकमा समायोजनबाहेक नयाँ र पुरानो गरी करिव १६ हजार क्रियाशील सदस्य छन् ।

रसुवा

रसुवामा नयाँ र पुरानो गरी ३२०० क्रियाशील सदस्य पुगेका छन् । यसमा समायोजनबाट १२०० थपिएका छन् । त्यही थपिएको १२०० क्रियाशीलमा विवाद छ ।

तत्कालीन नयाँ शक्तिबाट कांग्रेस प्रवेश गरेका प्रेम तामाङको समूहलाई समायोजनमार्फत क्रियाशील दिइएको थियो । कांग्रेसले बनाएको मापदण्डअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक बाहेक अन्य दलबाट आएकाहरुको हकमा वडाबाटै सिफारिस हुनुपर्ने मापदण्ड बनाएको थियो । तर रसुवामा नयाँ शक्तिबाट ठूलो संख्यामा वितरण गरिएको क्रियाशील सदस्यताको सूची सिधै जिल्ला सभापतिले इन्ट्री गरेका छन् । ‘वडाबाट सिफारिस नगरी जिल्ला सभापतिले सिधै समायोजनबाट आएकाको क्रियाशील सदस्यता इन्ट्री गरेको भन्दै उजुरी गरेका थिए,’ छानविन समिति सदस्य प्रदीप पौडेल भन्छन्, ‘प्रक्रिया नै नमिलेकाले हामीले शीर्ष नेताहरुलाई नै विवाद मिलाउन सिफारिस गरेका हौं ।’

धनुषा-४

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र पूर्वमन्त्री महेन्द्र यादवको क्षेत्र हो धनुषा क्षेत्र नं. ४ । यहाँ १३ औं महाधिवेशनकै  क्रियाशील सदस्यताको विवाद छ, नयाँ र समायोजनबाट आएका क्रियाशीलको विवाद थपिएपछि छानविन समितिले सहमति जुटाउन सकेन । क्रियाशील विवादलाई लिएर चन्द्रमोहन पार्टी कार्यालय सानेपामा एक साता आमरण अनसनमा बसेका थिए । माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि उनले बिहीबार आमरण अनसन तोडेका छन् । तर विवाद मिलेको छैन ।

क्रियाशील सदस्यता छानविन गर्न कांग्रेसले रमेश लेखकको नेतृत्वमा समिति बनाएको थियो, जसले १५२ निर्वाचन क्षेत्रको विवाद सुल्झाएको छ भने १३ क्षेत्रको विवाद पहिचान गरेको छ । तर निर्णय गर्ने जिम्मा नेतृतवलाई दिएको छ ।

सर्लाही-२

यहाँको क्रियाशील विवाद पनि समायोजनसँग जोडिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता जंगीलाल यादव प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेस सभापति विमलेन्द्र निधि संयोजक रहेको समयोजन समितिले ५०० क्रियाशील सदस्यता दिएको थियो । कांग्रेस प्रवेश गरेको भन्दै व्यक्ति पिच्छे ठूलो संख्यामा क्रियाशील सदस्यता वितरण गरेको भन्दै पूर्वजिल्ला सभापति लक्ष्मण रायसहितका नेताहरु पार्टी कार्यालय सानेपामा धर्नामा छन् । रायले भने,‘समायोजनका नाममा तीन हजारभन्दा बढी क्रियाशील सदस्यता प्रक्रिया विपरीत बाँड्ने काम भएको छ ।’

बारा र सप्तरी

क्रियाशील सदस्यता छानविन समितिले बारा र सप्तरीको क्रियाशील सदस्यताको फाइल नै खोलेन । ढिलो गरी सदस्यता इन्ट्री भएको भन्दै समितिले दुई जिल्लाबारे आवश्यक निर्णय गर्ने जिम्मा पार्टी पदाधिकारीलाई सिफारिस गरेको छ । चार/चार वटा निर्वाचन क्षेत्र भएका दुबै जिल्लामा पार्टीको संगठन समायोजनमै विवाद देखिएको छ । छानविन समितिका प्रवक्ता प्रदीप पौडेल भन्छन्, ‘वडा तहमै दुई वटा कमिटी पाइयो । निर्वाचन समितिले आधिकारिता नदिएको वडा कमिटीले क्रियाशील वितरण गरेको पाइयो ।’

बाराका पूर्वसांसद रामअयोध्या यादवसहित नेता कार्यकर्ता तीन सातादेखि पार्टी कार्यालय सानेपाको मूलढोकामा धर्नामा छन् । पूर्वसांसद यादवले भने, ‘वडा सभापतिको हस्ताक्षरबिना नै ४०० प्रतिशतसम्म पनि नयाँ क्रियाशील भरिएको छ ।’

जिल्ला सभापति जयचन्द्र चौरासियाको नेतृत्वमा अर्काे धर्ना पनि सानेपामै जारी छ । प्रक्रियागत रुपमै क्रियाशील सदस्यता वितरण गरिएकाले सबै सदर गर्नुपर्ने यो समूहको माग छ ।

कतिपयले भने फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव र उमाकान्त चौधरीको स्वार्थ केन्द्रीत राजनीतिले बाराको क्रियाशील सदस्यता विवाद यो हदमा पुगेको बएएका छन् ।

शीर्ष नेता छलफलमा

क्रियाशील सदस्यता छानविन समितिले सहमति जुटाउन नसकेका क्षेत्रबारे आवश्यक निर्णय गर्न शीर्ष नेताहरुले सक्रियता देखाएका छन् । बिहीबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जटिल विवाद देखिएका १३ निर्वाचन क्षेत्रको सदस्यता टुंगो लगाउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी तोकेको थियो । पाँच दिनको समय पाएका शीर्ष नेताहरुले शुक्रबारदेखि छलफल सुरु गरेका छन् ।

क्रियाशीलकै कारण महाधिवेशन सार्न खोज्नु गलत

क्रियाशील सदस्यता छानविन गर्न कांग्रेसले रमेश लेखकको नेतृत्वमा समिति बनाएको थियो, जसले १५२ निर्वाचन क्षेत्रको विवाद सुल्झाएको छ भने १३ क्षेत्रको विवाद पहिचान गरेको छ । तर निर्णय गर्ने जिम्मा नेतृतवलाई दिएको छ ।

तर भदौ १६–१९ मा तोकिएको महाधिवेशन अनिश्चित बनेको छ, किनकी साउन १२ मा हुने पर्ने वडा र १६ मा हुनुपर्ने गाउँ तथा नगर कमिटीको अधिवेशन हुन सकेन । तर क्रियाशील सदस्यताकै कारण महाधिवेशन अनिश्चित बनेको आरोप गलत भएको दावी गर्छन्, समिति सदस्य श्याम घिमिरे । ‘१३औं महाधिवेशनमा ३५ वटा निर्वाचन क्षेत्रमा विवाद थियो । अहिले त समायोजनबारे पार्टीले आवश्यक निर्णय गर्ने वित्तिकै सिन्धुपाल्चोक र रसुवामा विवाद मिलाउन सकिन्छ,’ उनले भने, ‘विवाद भएको ठाउँमा नयाँको हकमा स्थगन गर्ने वित्तिकै बढी दश वटा निर्वाचन क्षेत्रमा विवाद बाँकी रहला । यस्तो अवस्थामा महाधिवेशन गर्न नसकिने भन्ने हुँदैन ।’

समिति प्रवक्ता पौडेलले पनि विवाद देखिएका निर्वाचन क्षेत्रमा अधिकतम २० हजार क्रियाशील सदस्य महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट बञ्चित हुने बताउँछन्् । ‘अघिल्लो पटक ४ लाख ७० हजार क्रियाशील सदस्य थिए, यसपटक ८ लाख ५२ हजार छन् । उनीहरुमध्ये बढीमा २० हजार क्रियाशील महाधिवेशनबाट बञ्चित हुन्छन्,’ उनले भने, यस्तो अवस्थामा केहि क्षेत्रको विवाद देखाएर महाधिवेशन नै अनिश्चित बनाउनु बहाना मात्रै हो ।’



from Online Khabar https://ift.tt/3ylbHpZ

फरेस एल बाखले जिते कतारका लागि पहिलो ओलम्पिक स्वर्ण

१७ साउन, काठमाडौं । कतारका फरेस एल बाखले जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत पुरुष वेइटलिफ्टिङ ९६ केजीमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

उनले कूल ४०२ केजी भार बहन गर्दै ओलम्पिक कीर्तिमान बनाए । एल बाखले स्न्याचतर्फ १७७ केजी भार उठाएका थिए भने क्लिन एण्ड जर्कतर्फ २२५ केजी भार उठाए ।

उनले क्लिन एण्ड जर्ककमा कीर्तिमान बनाएका हुन् ।

एल बाखको स्वर्ण कतारले ओलम्पिकमा जितेको अहिलेसम्मकै पहिलो स्वर्ण हो । यसअघि कतारले रजत र कास्य मात्र जितेको थियो ।

यस इभेन्टमा भेजेजुएलाका जिओभान भालेनिला सान्चेजले कूल ३८७ केजी भार उठाउँदै रजत जिते । उनले स्न्याचमा १७७ र क्लिन एण्ड जर्कमा २१० केजी भार उठाए ।

कांस्य जितेका जर्जियाका एन्टोन प्लेसनोइले पनि स्न्याचमा १७७ र क्लियन एण्ड जर्कमा १७७ केजी भार उठाए ।

 



from Online Khabar https://ift.tt/3zUFQwK

बेहद सस्ता मिल रहा है 12GB RAM वाला OnePlus का 5G फोन, मिलेगा 50 मेगापिक्सल कैमरा

खूबसूरत लुक वाले OnePlus 9 Pro 5G फोन को ग्राहक काफी अच्छी डील पर घर ला सकते हैं. जानें कितना सस्ता मिल रहा है 12जीबी रैम वाला ये फोन...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/2Vor5mK

मध्यरातमा लुटिइन्छ कालीगण्डकी

१७ साउन, गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा- बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए ।

यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोल्न खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए पनि पर्वत र बागलुङ खण्डमा दोहनले मध्यरातमा निरन्तरता पाइरहेको छ ।

सोही रात कालीगण्डकी सभ्यता बचाउन अभियानकर्मी आरके अदिप्त गिरीसहितका युवा, पत्रकार तथा अधिकारर्मीसहितको टोली कालीगण्डकी दोहनको अवलोकन गर्न कालीगण्डकीमाथिको पुलमा पुगेको थियो । कालीगण्डकी नदीको अवैध दोहन गर्न पुगेका जेसिभी, दायाँबायाँ हेरालु र वारिपारि सुराकीहरु परिचालन गरिएको थियो । लाग्छ उनीहरु नेपाल प्रहरीभन्दा बढी क्षमतामा दोहनको सुरक्षा गरेका थिए । राजाको बगरमा भएको दोहन त एक उदाहरण मात्रै हो । लस्ती बगर, दम्मुवाखोला, कालाखोला बगर, मालढुङ्गाको वारिपारि बगर र जलजलाका अधिकांश स्थनामा रातभर नदी दोहन हुने गरेको छ ।

राज्यले ठेक्का लगाएको समयमा दिउँसै अवैध उत्खनन गर्ने कालीगण्डकी दोहनकर्ताहरु ठेक्का नलगाएको बर्खाको समयमा मध्यरातमा कालीगण्डकी लुटिरहेका छन् । कालीगण्डकीको छातीमा दोहनकर्ताले रातभर रजाइँ गरेको श्रव्यदृश्यसमेत मध्यरातमा अवलोकनका लागि पुगेको उक्त कालीगण्डकी बचाऊ अभियान टोलीले कैद गरेको छ ।

रातको १२ बजेदेखि २ बजेसम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ, भोलिपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ । दोहनकै समयमा धवलागिरिको साविक सदरमुकाम रहेको बागलुङ बजारबाट कालिका मन्दिरसम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरीसमेत भए पनि उनीहरु मौन बस्ने गरेका छन् ।

कालीगण्डकीलाई लुटेर खान पल्केकाविरुद्ध कालीगण्डकी बचाऊ अभियानको निरन्तर खबरदारी हुने कालीगण्डकी बचाऊ अभियानका मुख्य अभियानकर्मी तथा प्राकृतिक विषयमा पत्रकारिता गर्ने गिरीले बताए । “हामीले निरन्तर नदी दोहनको विषयमा आवाज उठाइरहेका छौँ, केही स्थानमा सकरात्मकरूपमा दोहन रोकिएको अवस्था छ, तर पर्वत खण्डमा नदी दोहन रोक्न सकिएको छैन, प्रहरीले २४सै घण्टा नदी दोहनको अनुगमन गरेको बताएको छ तर रातको १२ बजे नदीमा स्काभेटर लगाइन्छ, हामीले साङ्केतिकरूपमा रातको १ बजे बत्ती बालेर दोहनस्थलमा विरोध जनाएका छौँ”, गिरीले भने, “यसमा बागलुङ, म्याग्दीसहित अन्य जिल्लाका युवा तथा पत्रकारको समेत साथ र सहयोग छ, हाम्रो अभियान अझै सशक्त बन्दै जानेछ ।”

असार १ देखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने गण्डकी प्रदेशको कानून भए पनि राज्यसत्ताको मिलेमतोमा मध्यरातमा कालीगण्डकी दोहन भइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताए ।

नेपालकै पुरानो सभ्यतामध्येको एक कालीगण्डकी सभ्यता पछिल्लो समय लोप हुने खतरा रहेकाले विश्वमै एक मात्र शालिग्राम पाइने नदीको संरक्षण हुनुपर्ने जनस्तरबाटै आवाज उठ्न थालेको छ । पर्वत प्रहरीले २४सै घण्टा नदी किनारामा प्रहरी खटाइएको दाबी गर्दै आएको छ । प्रहरीले २४सै घण्टा दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाएको र केही मात्रमा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

“म पर्वत आएको एक महिना भयो, दोहन पूर्णरूपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै सवारीसहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिराएका छौँ, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ”, बुढाथोकीले भने, “हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, राति बत्ती निभाएर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुनसक्छ, यसरी नै नागरिकस्तरबाट दबाब सिर्जना भए कालीगण्डकी बचाउन सम्भव छ ।”

यसैगरी नदीको दोहन भइरहने हो भने कालीगण्डकी सभ्यता र यस वरपर रहेका मठ, मन्दिर र देवालयको अस्तित्व सङ्कटमा पर्ने कालीगण्डकी बचाऔँ अभियानमा सक्रिय रुपेस सापकोटाले बताए ।



from Online Khabar https://ift.tt/3ig7iip

उदयपुरमा कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु

१७ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो । एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उनले बताए ।

खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए ।

सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण-पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ ।

गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।



from Online Khabar https://ift.tt/2Ww05Cr

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज ड्रेसलले जिते चौथो स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान सहित स्वर्ण जितेका छन् । टोकियोमा उनको स्वर्ण संख्या चार पुगेको छ ।

आइतबार बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । उनले ब्राजिलका सेलार सेइलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडे । यस इभेन्टमा विश्व कीर्तिमान पनि उनै सेइलोको नाममा रहेको छ । उनले २००९ मा २०.९१ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

फ्रान्सका फ्लोरेन्ट मालाउडे २१.५५ सेकेण्ड समय निकनल्दै रजत जिते भने ब्राजिलका ब्रुनो फाटासले २१.५७ सेकेण्डसहित कास्य जिते ।

टोकियोमा ड्रेसलको यो चौथो स्वर्ण हो । २४ वर्षीय ड्रेसलले यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा र १०० मिटर बटरफ्लाइमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए भने १०० मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका थिए ।

नेक्स्ट माइकल फेल्प्सको रुपमा समेत हेरिएको ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा दुई स्वर्ण जितेका थिए । विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिक पछि सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् ।

रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए ।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।

यस्तै महिला ५० मिटर फ्रिस्टाइलमा अष्ट्रेलियाकी इम्मा म्याककेओनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेकी छन् । उनले २३.८१ सेकेण्ड समयसहित स्वर्ण जितिन् । यस इभेन्टमा सन् २०१७ मा विश्व कीर्तिमान बनाएकी स्वीडेनकी साराह सोएस्ट्रोएमले भने २४.०७ सेकेण्ड समय लगाउँदै रजत जितिन् । डेनमार्ककी पेर्निल ब्लुमले २४.२१ सेकेण्डसहित कांस्य जितिन् ।



from Online Khabar https://ift.tt/3rMwfVT

अफगानिस्तानका प्रमुख तीन शहर कब्जा गर्ने तालिबानको प्रयास, भिडन्त जारी

१७ साउन, काठमाडौं । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ ।

अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो ।

आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । तालिबानले ग्रामिण क्षेत्रहरु कब्जा जमाउँदै गएको छ । यद्यपि प्रमुख शहरहरु भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् ।

दुईपक्षीय भिडन्तका कारण अफगानिस्तानमा गम्भीर मानवीय संकट आउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकाको एक संस्था साइगरले अफगानिस्तानको अहिलेको अवस्थामा सुधार नभए सरकारको अस्तित्व संकटमा पर्न सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।



from Online Khabar https://ift.tt/3zXxYL6

हेलम्बुमा बाढीपीडित सरोकार समिति गठन

१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् ।

गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश र केन्द्र कुनै पनि सरकारले प्रभावितको समस्या सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।

सो अवसरमा अध्यक्ष थापाले आवश्यक पर्दा समितिले तिनै तहका सरकारसँग समन्वय र संघर्ष गर्ने जानकारी दिए । बाढी प्रभावितलाई उद्धार तथा पुनःस्थापित गर्दै क्षति भएका पुनःसंरचनालाई उठाउनका लागि सहयोग पुर्याउन सर्वदलीय, सर्वपक्षीय समिति गठन गरिएको थापाको भनाइ छ ।

असार १ को बाढीमा हेलम्बुका ९० घर पूर्ण रुपमा क्षति भएको छ भने सयौँ विस्थापित भएका छन् ।



from Online Khabar https://ift.tt/2ViDrNo

परीक्षा अघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग

१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो ।

साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनुअघि विद्यार्थीको नि:शुल्क कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए ।

नेविसंघले परिक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउन पनि माग गरेको छ ।



from Online Khabar https://ift.tt/3ieYg5m

बार्सिलोना वियजी

१७ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जित हात पारेको छ ।

मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले २१औं, युसुफ डेमिरले ३६औं र रिकार्ड पुइजले ७४औं मिनेटमा गोल गरे ।

यस्तै अर्को जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब नापोलीसँग ३-० ले नै पराजित भएको छ । म्युनिकमा भएको खेलमा नापोलीका लागि भिक्टोर ओसिमहेनले ६९औं र ७१औं मिनेटमा गोल गरे । यस्तै जिनेदिन माचाचले ८५औं मिनेटमा एक गोल थपे ।

रोमा र सेभियाले भने गोलरहित बराबरी खेले ।

इंग्लिस क्लब म्यानचेष्टर सिटीले ब्रान्सलेलाई ४-० ले सहनै हरायो । सिटीका लागि घरेलु मैदामानमा सामुएल एडोजोइ, बेन नाइट, रियाद महारेज र नाथन एकेले एक-एक गोल गरे ।



from Online Khabar https://ift.tt/3yji1hE

टर्कीमा बढ्दो गर्मीका कारण आगलागी, ७ जनाको मृत्यु

१७ साउन, काठमाडौं । टर्कीमा बढ्दो गर्मीका कारण जंगलमा डढेलो लाग्दा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार स्याटेलाइटबाट प्राप्त तस्वीरमा मर्सिन र एन्टालयामा लागेको आगोको धुवाँ १५० किलोमिटर टाढा साइप्रस द्वीपसम्म पुगेको देखिएको छ ।

टर्कीमा गर्मी मौसममा डढेलो लाग्नु सामान्यजस्तै मानिन्छ । तर सरकारी अधिकारीहरुले यसपटकको डढेलो ठूलो क्षेत्रमा फैलिएको बताएका छन् ।

टर्कीको कृषि एवम् वनमन्त्रीले भनेअनुसार हालसम्म आगलागीका ९८ घटना आएका छन् । तीमध्ये ८८ स्थानको आगो नियन्त्रणमा लिइएको छ ।

यस समय टर्कीका दक्षिणी क्षेत्रमा तटीय प्रान्तहरु जस्तै अदाना, उस्मानिया, एन्टाल्या, मर्सिनमा आगो लागेको छ । पश्चिमी तटीय प्रान्त मुगलामा पनि आगो लागेको घटना सार्वजनिक भएको छ ।

टर्कीका मौसमविदका अनुसार भूमध्यसागरीय तटीय क्षेत्रमा तापक्रम औसतमा ४ देखि ६ डिग्री सेल्सियस बढ्न सक्ने अनुमान गरिएको छ ।



from Online Khabar https://ift.tt/3C2RszB

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा मिलनराज पन्त ८२८ मतका साथ विजयी बनेका छन् ।अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २५७ मतान्तरले पराजित गर्दै पन्त निर्वाचित भएका हुन् । राईले ५७१ मत प्राप्त गरिन्।

एक हजार ५९५ पंजीकृत सदस्यहरूरहेको जर्मनीमा एक हजार ४३३ जनाले अनलाइनमार्फत मतदान गरेका थिए ।

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि शंकर डाँगी ९४३ मत ल्याई विजयी बने । अर्का प्रत्यासी विनोद अधिकारीले ३६९ मत प्राप्त गरेका छन्।

खुल्ला उपाध्यक्षमा लोकमणि ढकाल र मेनका त्रिपाठी, महिला उपाध्यक्षमा करुणा तुलाधर राई, महासचिवमा राजेश सुनार, सचिवमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला निर्वाचित भएका छन् । यस्तै हामवर्गबाट केन्द्रीय सदस्यमा मिरा कार्की र प्रशान्त पोखरेल विजयी भएका छन् ।

यसअघि नै कोषाध्यक्षमा भरतकुमार चलाउने, युवा संयोजकमा, सुदीप सापकोटा, साँस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजक सोनी तुलाचन निर्विरोध बनेका थिए।

एनआरएनए स्पेनको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेपछि एनआरएनए जर्मनीले पनि स्पेनिस कम्पनी साइटल इलेक्सन टेक्नोलोजी एसएल बार्सिलोनालाई जिम्मेवारी दिएको थियो ।



from Online Khabar https://ift.tt/2WBZrDv

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए ।

गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिए । रातो पुलको माथिबाट पानी बगेको उनले बताए ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।



from Online Khabar https://ift.tt/3lhwfMz

जल्दी खत्म होती है फोन की बैटरी तो आज ही बदल लें ये Settings, बेहद कम होगी खपत

आज हम आपको बताते हैं कि कैसे आप अपने स्मार्टफोन की बैटरी को जल्दी खत्म होने से बचा सकते हैं. इसके लिए आपको बस इन आसान से टिप्स को फॉलो करना होगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3j8Aya9

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Dan Fogelberg - Sutter's Mill Lyrics

Read Dan Fogelberg - Sutter's Mill lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/d/dan-fogelberg-lyrics/sutter_s-mill-lyrics.html

Kizo - Czempion Lyrics (feat. Malik Montana)

Read Kizo - Czempion (feat. Malik Montana) lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/k/kizo-lyrics/czempion-(feat.-malik-montana)-lyrics.html

Friday, July 30, 2021

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Flipkart पर मिनटों में आसानी से जीत सकते हैं ढेरों इनाम और डिस्काउंट वाउचर, जानें पूरा तरीका

Flipkart Quiz July 31, 2021: Flipkart क्विज़ जीतने के लिए सभी सवालों का सही जवाब देना ज़रूरी होता है. क्विज़ में पांच सवाल पूछे जाते हैं, जिनके सही जवाब देकर ही आप इनाम जीत सकते हैं..

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/2VhdcqC

टोकियो ओलम्पिक : अमेरिकन पौडीबाज ड्रेसलले जिते विश्व कीर्तिमानसहित स्वर्ण

१६ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

हंगेरीका क्रिस्टोफ मिलिकले ४९.६८ सेकेण्ड सयसहित रजत जिते भने स्वट्जरल्याण्डका नोए पोन्टीले ५०.७४ सेकेण्ड समयसहित कास्य जिते ।

यसपटक १०० मिटर बटरफ्लाइमा रियो ओलम्पिकमा पदक जितेका कोही खेलाडी फाइनलमा थिएनन् । त्यसैले यस पटक पदक जित्ने सबै नयाँ खेलाडी रहे ।

२४ वर्षीय ड्रेसलले टोकियोमा जितेको यो तेस्रो पटक हो । यसअघि उनले चार गुणा १०० मिटर फ्रिस्टायल र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

उनी ५० मिटर फ्रिस्टाइलमा पनि फाइनल पुगेका छन् । शनिवारै भएको मिक्स्ड चार गुणा १०० मिडले रिलेमा भने ड्रेसलसहितको टिमले कुनै पदक जित्न सकेन । अमेरिकन टीम यस इभन्टमा पाँचौ स्थानमा रह्यो ।

ड्रेसललाई नेक्स्ट माइकल फेल्प्सको रुपमा समेत हेरिएको छ । ओलम्पिक इतिहासमा सबैभन्दा धेरै २३ स्वर्ण जित्ने कीर्तिमान बनाएका फेल्प्सले सन् २००८ को बेयजिङ ओलम्पिकमा प्रतिस्पर्धा गरेका सबै ८ इभेन्टमा स्वर्ण जितेका थिए ।

२०१६ मा भएको रियो ओलम्पिक पछि फेल्प्सले सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् । रियो ओलम्पिकमै उनी र फेल्प्ससहितको टिमले चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण जितेका थिए । यस्तै चार गुणा १०० मिटर मिडले पनि ड्रेसलसहितको टिमले स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए । त्यसबेला १०० मिटर फ्रिस्टायल ड्रेसल छेटौं भएका थिए ।

ड्रेसलले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।



from Online Khabar https://ift.tt/3yf8kRt

बेन स्टोक्सले लिए अनिश्चितकालका लागि आराम

१६ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले अनिश्चितकालका लागि सबै खाले क्रिकेटबाट विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन ब्रेक लिएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले जनाएको छ ।

लगातारको खेल र चर्का प्रतिस्पर्धाका कारण स्टोक्सले केही समय क्रिकेटबाट टाढा बस्ने निर्णय गरेका हुन् । यसअघि टेनिक्स नाओमी ओसाका र जिम्न्यास्ट सिमोन बाइल्सले पनि मानसिक स्वास्थ्यला ध्यान दिँदै खेल छाडेका थिए । बाइल्सले अहिले भइरहेको टोकियो ओलम्पिकमा खेलललाई छाड्दै मानसिक स्वास्थ्यलाई भ्यान दिएका छन् ।

इसीबीले इंग्ल्यान्ड र भारतबीच अर्को सातादेखि सुरु हुने पाँच टेस्टको सिरिजमा स्टोक्स उपलब्ध नहुने समेत जनाएको छ । उनको स्थानमा क्रेग ओभरटनलाई टिममा समावेश गरिएको छ ।

३० वर्षीय स्टोकस्ले मानसिक स्वास्थ्यका साथै देब्रे हातको औंलाको चोटको लागि पनि आराम खोजिरहेका छन् । प्रतिस्पर्धात्मक क्रिकेटमा आएपछि उनको औंलाले पनि आराम पाएको छैन ।

इसीबीले स्टोक्सको निर्णयलाई समर्थन गर्ने र खेलबाट बाहिर रहँदा पनि निरन्तर सहयोग गर्ने जनाएको छ ।

‘बेनले आफ्नो भावना र भलाइको बारेमा बोल्नका लागि ठूलो साहस देखाएका छन् । हाम्रो मुख्य प्राथमिकता भन सबै मानिसहरुको मानसिक स्वास्थ्य र कल्याणको लागि हुनेछ’, इसीबीका प्रबन्ध निर्देशक एस्ले गिल्सले भनेका छन् ।

इसीबिले स्टोक्सले चाहिए जति समय आराम गर्न दिने र भविष्यमा फेरि इंग्ल्याण्डकै लागि खेलेको हेर्न चाहना रहेको पनि जनाएको छ ।



from Online Khabar https://ift.tt/3icQkBy

युरोप घुमाउने पुस्तक

दृश्य दक्षिण–पश्चिम लण्डनको एभोन किनारमा अवस्थित पर्यटन केन्द्रको हो, जहाँ मानव निर्मित एउटा विशाल चौकुने तलाउ छ । तलाउको चारैतर्फ घरहरूको बरण्डामा प्रख्यात व्यक्तिहरूका प्रस्तर मूर्ति छन् । शताब्दीऔं पुरानो त्यो आस्थाको केन्द्रमा अहिले १८औं शताब्दीपछिका संरचना ज्यादा छन् । मदन राई लामाखुलेले आप्mनो नियात्रा संग्रह ‘युरोप यात्राका सम्झनाहरू’ को थालनी यही रोमन बाथबाट गरेका छन् ।

उनले बेलायतको रोमन बाथसहित आफू पुगेको युरोपका प्रमुख पर्यटकीय स्थलहरूको बडो दृश्यात्मक वर्णन गरेका छन् । मूलतः कविको परिचय बनाएका खोटाङ, लामाखुका राईले २०१८ अप्रिलदेखि अगष्टसम्मको चार महीने युरोप यात्रा वृत्तान्तका रूपमा ल्याएको पुस्तक पाठकका लागि रोचक र ज्ञानवद्र्धकका साथै कुशल पथप्रदर्शक पनि सावित हुने देखिन्छ ।

‘जंगबहादुरको बेलाइत यात्रा’ र तारानाथ शर्माको ‘बेलायततिर बरालिंदा’ पछि नेपाली लेखकको बेलायत–युरोप विचरणबारे थुप्रै किताब आएका छन् । ती नियात्राकारको भीडमा लामाखुलेले आफ्नो मौलिकतालाई चुस्त–दुरुस्त राखेका छन् । यसअघि उनका ‘नबिर्सिएका पाइलाहरू’ (नियात्रा) तथा दुई कविता संग्रह (सप्तकोशी र घाइते आकाश) प्रकाशित छन् ।

युरोपका मगन्तेको पारा, हाटबजार, ट्राफिक जाम लगायत स–साना लाग्ने विषयलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् ।

भ्रमणस्थलहरूको इतिहास, तथ्य–तथ्यांक र तात्कालिक परिवेशसहित मिहिन वर्णन भएको यात्रा संस्मरण हो, ‘युरोप यात्राका सम्झनाहरू’ । नियात्रा केवल आफूले देखेको ठाउँको टिपोट मात्र नभएर अरूका लागि आकर्षक जानकारी पनि हो भन्ने मान्यतालाई उनले स्थापित गरेका छन् । लामाखुलेले यात्राको रोचक वर्णनसँगै युरोपप्रति आम नेपालीमा रहेको भ्रम र यथार्थ तथा त्यहाँका नेपालीले आफ्नो संस्कृति जोगाउन गरेका पहलहरूबारे पनि खुलाएका छन् ।

सुन्दर र व्यवस्थित मुलुकको रूपमा परिचित स्विट्जरल्याण्ड पुगेर लेखकले त्यहाँको सुन्दरतासँगै अव्यवस्थाको पनि चित्रण गरेका छन् । किताबमा लण्डनमा किरात राईहरूको साकेला नाच, साहित्यकारहरूसँगको भेटघाट र ब्रिगेजको मिठाईको स्वाददेखि आइफेल टावर र पीसाको टावरसम्मको वर्णन छ ।

संग्रहमा समेटिएको ४२ संस्मरणमध्ये ३३ वटा बेलायतका विभिन्न ठाउँ र बाँकी फ्रान्स, इटली, स्विट्जरल्याण्ड लगायत मुख्य युरोपको यात्रा वृत्तान्त छ ।

लामाखुलेले १७ अप्रिल २०१८ मा श्रीमतीको साथमा काठमाडौं विमानस्थलबाट उडान भरेदेखिको विवरण संग्रहमा समेटेका छन् । विमानको खानपान, दोहा विमानस्थलमा पट्यार लाग्दो ट्रान्जिट, हिथ्रो विमानस्थलमा छोरी–ज्वाइँसँग भेट लगायतको वर्णन किताबको पहिलो खण्डमा छ । दोहाको ट्रान्जिटमा ६ घण्टा निदाउँछन् लामाखुले ।

लाभेण्डर फूलको फार्ममा देवेन्द्र खेरेस लगायत कवि–साहित्यकारहरूसँगको भेटलाई उनले रोचक ढंगले प्रस्तुत गरेका छन् । बेलायतवासी राईहरूले लण्डनको बोकिममा १० एकड जमीन किनेर साकेला स्थान बनाएको कुरा संस्कृतिप्रेमीको लागि प्रेरक छ । त्यहाँको वस्तुस्थितिलाई पनि उनले व्याख्या गरेका छन् ।

अप्रिल २२ मा लामाखुले दम्पती समुद्रतिर लाग्छन् । लामाखुलेले समुद्र नदेखेकाहरूलाई त्यहाँको सम्भावित जोखिमबारे मनग्गे जानकारी दिएका छन् । ‘अपरान्ह ३ बजेपछि ३ किलोमिटर पर पुग्ने समुद्रको पानी ६ बजेर १० मिनेट जाँदा अघिकै किनार छुन आइपुग्ने’ कुराले समुद्र नदेखेका पाठकमा कौतूहल समेत जगाउँछ ।

युरोपका मगन्तेको पारा, हाटबजार, ट्राफिक जाम लगायत स–साना लाग्ने विषयलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् । भूपू लाहुरे–लाहुरेनीहरूको बेलायती जीवन, भलाकुसारी र आत्मीयताको विवरण नवौं निबन्धमा छ । लामाखुलेले बाजाहाङ चोङबाङसँगको रमाइलो भेटको स्मरण त्यही निबन्धमा छ ।

लण्डनको रेस्टुरेन्टमा खान जाँदा ३० थरी परिकार ल्याएको, रेस्टुरेन्ट बाहिर हरेराम हरेकृष्णको भजन गाउँदै झाँकी आएको, गोर्खा सैनिकको सालिक हेरेर नतमस्तक भएको प्रसंग २२औं निबन्धमा छ ।

लामाखुलेको नियात्रा संग्रहमा सलल बगेको भाषाशैली हुँदाहुँदै पनि अनावश्यक शब्द (कतै त वाक्य पनि) र मैले सोधें भन्नको लागि मैले सोधनी गरें जस्ता घुमाउरा शब्दावलीले असहज बनाएको छ । कतिपय ठाउँमा झिंजो लाग्ने खालको लम्बेतान प्रस्तुति छ । त्रिभुवन विमानस्थलबाट उडान भरेपछि विमानको खाना र मदिराको बखानमा डेढ पेज खर्च भएको छ ।

यस्ता कमजोरी हुँदाहुँदै पनि पुस्तक पठनीय र जानकारीमूलक पनि छ ।

कृति : युरोप यात्राका सम्झनाहरू

विधा : नियात्रा

प्रकाशक : ओरिएन्टल प्रकाशन

पृष्ठ : २७२

मूल्य : रु.३५०



from Online Khabar https://ift.tt/3iZhafy

काल्पनिक प्रेमिका

किन किन आज पटक्कै निद्रा परेको छैन । छट्पटिन्छु घरी यता, घरी उता । कोल्टे फेर्छु । निद्रा आँखाको आकाशबाट दूर क्षितिजमा कतै हराएजस्तो छ । बेलाबेलामा यस्तो त भई नै रहन्छ मलाई ।

शायद आज कफीको डोज धेरै भएको छ । चिनी विनाको तीतो कफी खाने आदत जो छ । त्यो पनि डबल डोजमा । यही कालो कफी पिउने बानीले मेरो निद्राको आयु त्यसैत्यसै घटाइरहेको छ प्रतिदिन । त्यसो त निदाउनुमा भन्दा जाग्नुमा बढी आनन्द लाग्छ मलाई ।

एक्कासी चुरोट तलतल लागेजस्तो हुन्छ । विस्तराबाट उठ्छु । छामछुम गर्दै बत्ती बाल्छु । त्यसो त औंलाहरूलाई आदत लागिसकेको छ बत्तीको स्वीच ठम्याउन । बट्टाबाट एक खिली चुरोट निकाल्छु । लाइटरले सल्काउँछु । अनि बिस्तारै ओठको बीचमा च्याप्छु । उकुसमुकुस भएजस्तो लाग्छ । झ्याल खोल्छु नजिकै अडेसिन्छु र पर्दा खोल्दै मस्तसँग तान्न थाल्छु । धूवैधूवाँले छिनमै कुइरीमण्डल बनाउँछ कोठा । धूवाँमा रमाउने आदत जो लागेको छ । औधी मनपर्छ मलाई धूवाँ उडाउन ।

त्यसो त चुरोटको होस् या अरू कुनै धूवाँ । धूवाँमा हराउन मन लाग्छ । जिन्दगी पनि त एउटा धूवाँ नै हो आखिर । एक दिन फुस्स उड्छ अनि सकिन्छ धूवाँ बनेर ।

किन किन कविता कोर्न मन लाग्यो । एक टुक्रा कोरी पनि हालें ।

यो एक्लो नि:शब्द रात

यो निस्पट्ट शून्यता

यी ताराहरूको मादक प्रेम

दिलमा तरङ्ग ल्याउने

तिम्रा रूमानी यादहरू

यो चुरोटको मृत्युमा उत्सव मनाइरहेको

धूवाँको रङ्गमङ्गाइ

अनि तिम्रो र मेरो अलौकिक प्रेमको

अधुरो प्रेमकथा ।

****

फेसबुकमा पोस्ट्याउँछु । समयको पर्वाह लाग्दैन मलाई । बेपर्वाह मान्छे जो परें । खासमा आफ्नै खुशीमा हिंड्ने मान्छे म, आफैंमा आफैं रमाउन मनपराउँछु । बिन्दास बाँच्न मनपर्छ मलाई । निर्वाध रूपमा जिउनुको बेग्लै मजा हुन्छ । शायद मजस्तै गरी बाँच्नेलाई थाहा होला ।

प्रोफाइलमा क्लिक गरें । सुन्दर मुहार, मन्द मुस्कान, छोडिएको कपालमा निकै सुन्दर देखिने प्रोफाइल पिक्चर रहेछ । एकएक स्क्रोल गर्दै हेर्न थालें सबै तस्वीर । मध्यरातमा यसरी मजस्तै जागा बसेर कमेन्ट गर्ने आखिर को हो ऊ ?

मध्यरात कटेर पनि अर्को नयाँ बिहानीको एक बज्न लागिसकेको हुन्छ । सारा दुनियाँ मस्तसँग निद्रामा लुट्पुटिंदै, सपनाको दुनियाँमा आ-आफ्नो उडान भर्दै होलान् । म भने आमाले सानो छँदा सुनाएका भूतप्रेतका दन्त्यकथाको पात्र जस्तै भूत बनेर जाग्राम बसेको हुन्छु ।

पूरा रात बित्नै लागिसक्यो । यसरी आफ्नै तरिकाले जिउनुको पनि बेग्लै मजा हुन्छ लाइफमा ।

कविता फेसबुकमा पोस्ट्याएको पनि केही समय बितिसकेको हुन्छ । लाइक आउँछ्न् फाट्टफुट्ट । यो मध्यरातमा बसेर लाइक र कमेन्ट गर्ने मजस्तो पागल शायद अरू को नै पो भूत बनेर जागेको होला र यतिबेला । हाँसो उठ्छ मनमनै आफैंलाई देखेर । मुस्कुराउँछु ।

सोची नसक्दै फ्याट्टै पहिलो कमेन्ट आइहाल्छ । ‘मन छुने लेख्नुभयो’ अनि लभ रियाक्ट पनि । लभको रियाक्टको प्रतिक्रियामा गरें मैले पनि रिप्लाईमा । कहिल्यै रिप्लाई गर्न जरूरी नठान्ने मैले आज भने धन्यवाद लेखें पहिलोचोटि । खोइ किन हो आज आफ्नै औंलाहरू आफैं अनुमति विना नै कुद्दै थिए अक्षरको दौडमा । अरोमा नाम गरेकी अजनवी युवतीबाट शायद पहिलो पटक नै आएको थियो यो कमेन्ट । किन किन उसको प्रोफाइल चेक गर्न मन लाग्यो ।

प्रोफाइलमा क्लिक गरें । सुन्दर मुहार, मन्द मुस्कान, छोडिएको कपालमा निकै सुन्दर देखिने प्रोफाइल पिक्चर रहेछ । एकएक स्क्रोल गर्दै हेर्न थालें सबै तस्वीरहरू । मध्यरातमा यसरी मजस्तै जागा बसेर कमेन्ट गर्ने आखिर को हो ऊ । फोटो खिच्न मन पराउने देखियो सबै तस्वीरहरू हेर्दा । फरक-फरक पोजमा, फरक-फरक ठाउँ र परिवेशमा थुप्रै फोटोहरू खिचेकी रहिछ । साह्रै राम्री लाग्यो लगभग एकाध घन्टा लगाएर सबैजसो फोटो हेरें । जब सबै हेरेर सकियो निद्रा त हराएकै थियो । झन् अनौठो छट्पटी भो । मन कौतूहल भो । बेचैनी छुट्यो कस्तो-कस्तो ।

उसको बारे झन् धेरै जान्ने उत्सुकता जाग्यो । बोल्न मन लाग्यो एकाएक । यति राति यो समय के हुँदैछ मलाई म ठम्याउन सकिनँ । मनलाई कति सम्झाउन खोज्छु तर दिमागको चल्दैन केही । भाषा बुझ्दैन दिलले दिमागको आजभोलि ।

बोल्न भन्न मन लाग्यो एकपटक । जे सुकै सोचोस्, जे सुकै बुझोस् । हेलो लेखिहालें, छिनमै रिप्लाई आयो हजुर भन्ने । हजुरभन्दा मन भित्रैसम्म छोयो । मलाई केटीहरूले हजुर भनेको साह्रै मीठो लाग्छ ।

कति मीठो लेख्नु हुन्छ हजुर । म आफ्नै काल्पनिक दुनियाँमा हराउँदै गर्दा उताबाट म्यासेज आइसक्छ । धन्यवाद भनें । म हजुरको ठूलो फ्यान हो भन्ने म्यासेज आयो । खुशी लाग्यो धन्यवाद भनें ।

– ‘म हजुरका कविता सधैं र सबै जसो पढ्ने गर्छु तर हजुरले चिन्नुहुन्न मलाई !’

– ‘ए हो र ? माफ गर्नुहोला आजदेखि चिनें नि त’ भनें अनि हाँसेको एमोजी सेन्ड गरें ।

फुर्सद नै फुर्सद थियो जीवनमा । दिनभरि सुत्नु र साँझ परेपछि एकान्तमा डुल्नुबाहेक केही काम थिएन । ‘भोलि नै भेटौं न त तपाईंलाई फुर्सद छ भने । तपाईंलाई पायक पर्ने ठाउँमा’, म्यासेज पठाएँ ।

हुन्छ भन्ने रिप्लाइ आयो तुरून्तै । मलाई किन किन उसलाई अहिल्यै भेटिहालौं जस्तो भएको थियो । योभन्दा अगाडि पनि त धेरै पाठकहरूसँग भेटेको थिएँ तर यति धेरै कौतूहल र बेचैनी कहिल्यै भएको थिएन ।

कुनै नयाँ उपन्यासकी अद्भुत पात्र जस्ती लाग्यो मलाई । संसारको उत्कृष्ट नशालु पदार्थभन्दा मादक दिने खालका थिए उसका नजर । समुद्रको गहिराइभन्दा गहिरा लाग्ने आँखा ।

****

उज्यालो भयो । घामले पृथ्वीलाई स्पर्श गर्यो । बिहान नौ बजेको समय दिएको थिएँ । घर नजिकको रेस्टुराँमा भेट्न आग्रह गरेको थिएँ । छिटोछिटो तयार भएँ । तयार त के हुनुथियो र, हातमुख धोएँ, लुगा घुसारें अनि मोबाइल समातेर बाटो लागें ।

सिमसिम पानी पर्न शुरु भयो । बर्खामासको मौसमको केही ठेगान हुन्न । कति बेला आकाश रून शुरु गर्छ । म क्याफे पुगें तर उनी भने अझै आइपुगेकी थिइनन् । फोन गर्न आँट पनि आएन । नम्बर त थियो हिजै आदानप्रदान गरेको, तर फोन गर्न सकिनँ ।

मलाई तीतोभित्रको मीठोपन मन पर्छ धेरै । अक्सर डार्क कलरहरूमा रमाउँछु । यत्तिकैमा चुरोट लिएर आयो हँसिलो मुहार बोकेको वेटर स्ट्रेसहित । मुस्कानसहित टक्र्याएर गयो । चिसो मौसममा तातो कफी र चुरोटको न्यानो धूवाँले मनमुटु न्यानो बनायो ।

कुरें आधा घन्टा । हस्याङफस्याङ गर्दै आइपुगी मेरो अगाडि । म झस्कें । डराएँ कि लजाएँ अहँ थाहा छैन । तर ऊ मभन्दा झन् धेरै लजाएकी जस्तो लाग्यो । मुस्कान छोड्दै, दुवै हात जोडेर नमस्ते गरी । हात जोडेरै फर्काएँ मैले पनि । सेतो कुर्तामा सेतो गुलाफजस्ती देखिन्थी । आधा सलले छाती छोपेकी आधा सलले आधा टाउको छोपेकी । आधा भिजेकी नजिकै गमलामा भिजेको सेतो गुलाफ जस्तै देखिन्थी ।

कुनै नयाँ उपन्यासकी अद्भुत पात्र जस्ती लाग्यो मलाई । संसारको उत्कृष्ट नशालु पदार्थभन्दा मादक दिने खालका नशालु थिए उसका नजर । समुद्रको गहिराइभन्दा गहिरा लाग्ने आँखाहरू ।

उसको आवाज सुन्न उत्सुक थिए मेरा कानहरू । यति शालीन, यति सुन्दर मान्छेको अवाज कस्तो होला ?  तर अहँ केही बोलेकी छैन ऊ ।

‘केही त बोलन’, आफैं बोल्न आग्रह गरें । अहँ केही बोल्दिनँ अझै । खाली मुस्कुराउँछे मात्र । मलाई भने यो मौनताले सताइरहेको छ । वेटरलाई बोलाएँ उसको लागि एउटा मिल्क कफी अर्डर गरें ।

‘अरू केही लिन्छौ तिमी ?’,  अझै केही बोल्दिनँ ।

इशाराले त्यति भए पुग्छ भनी । टाउको र हात हल्लाई मात्र । म अचम्म परें, झस्कें । कतै यो बोल्न नसक्ने त होइन ? मन त्यसैत्यसै डरायो, अत्ताल्लियो । शरीर थरथर काँपेजस्तो भयो ।

‘धत् ! म पनि केके सोच्छु । धेरै कल्पनामा डुब्ने भएर होला यति धेरै सोचेको ।’

‘तिमी किन केही बोल्दिनौ ?’, साहस बटुलेर सोधें ।

ऊ मुसुक्क मुस्कुराई मात्र । मोबाइलको नोटमा केही लेखेजस्तो गरी । झुकेका नजरले मलाई हेर्दै मोबाइल देखाई- ‘म आँखाले मात्र बोल्न सक्छु ।’

पढी नसक्दै आकाशबाट खसेजस्तो भएँ । जे हुन्न भन्ने सोचें त्यही भएर छाड्यो । आँखामा अँध्यारो छायो ।

‘अरोमा…’

अति मीठो छ तिम्रो नाम भनें । इशारा र भावमै धन्यवाद भनी । यसको अर्थ के हो थाहा छ तिमीलाई भनेर सोधें । नजिकै गमलामा मुस्कुराइरहेको गुलाफको फूल देखाउँदै टेबलमा पानीको थोपाले ‘सुगन्ध’ लेखी । आहा कति सुन्दर, कति मीठो ! जस्तो सुन्दरता उस्तै सुगन्धित अर्थ ।

किताबमा साइन गरेर दिएँ । ‘प्रिय पाठक अरोमालाई सप्रेम भेट’ लेखेर । मुस्कुराउँदै धन्यवाद भनी । कफी पियौं दुवैले ।

तीतो कफीको अन्तिम घुट्कीसँगै पिएँ उसको वास्तविक जीवनको तीतो सत्य । आखिर ऊ पनि त तीतो कफी जस्तै मीठो दाग छोडेर हिंडी आफ्नै मौन संसारको मौन बाटो भएर ।

म भने चुरोटको चिहानबाट उसको चित्राकृति बनाउँदै आफ्नै काल्पनिक दुनियाँतिर लागें ।



from Online Khabar https://ift.tt/2TKwp3v

गीतमा वाद्ययन्त्रको धुन भर्नेहरू : गुमनाम तर भ्याईनभ्याई

१६ साउन, काठमाडौं । कुमार महाराज पुराना वाद्यवादक हुन् । ५७ वर्षीय उनले वर्षौंदेखि ढोलक, तबला, मादल बजाइरहेका छन् ।

उनले स्वरसम्राट नारायणगोपालको गीतमा पनि वाद्ययन्त्र बजाएका छन् । नारायणगोपालको ‘मन्दिरमा छ कि मूर्तिमा माया’ बोलको गीतमा वाद्ययन्त्र बजाउँदाको किस्सा रोमाञ्चक हुँदै सुनाउँछन् । शम्भुजित बास्कोटाको संगीत रहेको सो गीतमा कुमारले शुरूआतमा तबला, ढोलक बजाएका थिए । त्यसपछि नारायणगोपालले भनेछन्, ‘बाबु, यो नेपाली गीत हो । नेपाली गीतमा तबला, ढोलक मात्रै बजाएर हुँदैन । यो हाम्रो सांस्कृतिक बाजा पनि होइन । यसमा त मादल हुनुपर्छ ।’

अर्को दिन नारायणगोपाल गीत रेकर्डिङ गर्न स्टुडियो पुग्दा कुमारले ‘ट्रयाक’मा मादलको धुन राखिदिएका रहेछन् । कुमार सुनाउँछन्, ‘मादलको धुन सुनेर उहाँ खुशी हुनुभयो । अनि गीत गाउनुभयो ।’

त्यसयता कुमारको दैनिकी स्टुडियो दौडधुपमा बित्न थाल्यो । कहिले चलचित्रका गीतमा, कहिले आधुनिक त कहिले लोकदोहोरीका गीतमा उनले ढोलक, तबला वा मादलको धुन भरिरहे । समय यस्तो थियो, एकैदिन ८–१० वटा गीतमा वाद्ययन्त्र बजाउनुपर्थ्यो । हालसम्म कति गीतमा बाजा बजाए होलान् ? कुमार भन्छन्, ‘२०–२५ हजार पुग्यो होला ।’ अहिले पनि कुमार उत्तिकै सक्रिय छन् ।

कुमार महाराज

हिजोआज पनि स्टुडियोमा बाजा बजाएरै दिन वितिरहेको छ । ‘भगवानको कृपा भनौं, अहिलेसम्म काम गरिरहेको छु । सम्झिएर बाजा बजाउन बोलाउनुहुन्छ’ कुमारले भने । कमाइ पनि राम्रै हुने गरेको उनले बताए ।

खासमा उनी गायक बन्न चाहन्थे । तर, मन्दिरमा भजन गाउँदा अग्रजहरूले उनलाई ‘तबला बजाइदेऊ’ भन्थे । उनी विस्तारै तबला बजाउन पोख्त हुँदै गए । ‘त्यसपछि गाउनेभन्दा बजाउनेतिर चासो हुन थाल्यो । अनि यतै लागियो’ उनी सुनाउँछन्, ‘रेकर्डिङ स्टुडियोमा बाजा बजाउन थालेकै ३८ वर्ष पुगेछ ।’

****

हेमन्त कान्छा रसाइली त्यति परिचित नाम होइन । मात्र उनी सारंगी वादक हुन् । एउटा गीतमा सारंगीको धुन भरिदिए बापत १५ सयदेखि २ हजार रुपैयाँसम्म पारिश्रमिक बुझ्छन् । र, एकदिनमा औसत पाँच वटासम्म गीतका लागि सारंगी बजाउँछन् । यस हिसाबले उनको दैनिक आर्जन, लगभग ८ हजार पुग्छ ।

वाद्यवादकहरू गुमनाम छन् । गुमनाम नै सही, मालामाल छन् । संगीतकर्मबाट उनीहरूले जुन आर्जन गर्छन्, त्यसले उनीहरूमा सरस्वती मात्र होइन लक्ष्मी पनि दाहिना भएको संकेत गर्छ ।

हेमन्त मात्र होइन, बाँसुरी फुक्नेदेखि तबला ठोक्नेसम्मको अवस्था यही छ । उनीहरू वाद्ययन्त्र बजाएर गुजारा मात्र चलाइरहेका छैनन्, लोभलाग्दो जीवन पनि बाँचिरहेका छन् । यो त्यस्तै वाद्यवादकहरूको कथा हो, जसले वाद्यवादनबाट जीवनलाई सुमधुर बनाइरहेका छन् । उनीहरूले एउटा वाद्ययन्त्र बजाए बापत हजारको अंकमा पारिश्रमिक बुझ्छन् । दिनमै आधा दर्जन गीतका लागि बाजा बजाइदिन्छन् ।

हेमन्त कान्छा रसाइली गायक बन्न चाहन्थे । उनले आफ्नो आवाजमा गीत रेकर्ड पनि गराए, काँचो सुन्तला । यो दुई दशक अघिको कुरा हो । यसपछि उनले अविच्छिन्न केही अल्बम सार्वजनिक गरे, ‘कहिले तिम्रो बन्न सकिन’, ‘म्याग्दी तिरैमा’ लगायत ।

तर, गायकीबाट उनले उँभो लाग्ने छाँट देखेनन् । विपन्न परिवार । आर्थिक बोझले थाप्लो बोझिलो बनाएकै थियो । उनले सोचे, अब जापान जानुपर्ला । यसका लागि आवश्यक तारतम्य मिलाए ।

हेमन्त कान्छा रसाइली

संयोग भनौं, सोही बखत राकेश सोनीले हेमन्तलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा बोलाए र गीतका लागि सारंगी बजाइदिन भने । उनी सारंगी त गज्जबले बजाइदिन्थे । त्यसदिन उनले अरू कसैको गीतमा सारंगीको धुन मिसाइदिए । यसबापत उनलाई पकेट खर्च मिल्यो, १०० रुपैयाँ ।

यही मोडबाट उनले जीवनमा नसोचेको यात्रा तय गरे । गायकीबाट थाकेका, जापान जान खुट्टा उचालेका हेमन्त कान्छा रसाइलीको दिन–दैनिकी अब रेकर्डिङ स्टुडियोको फन्को लगाउँदैमा बित्न थाल्यो । उनलाई गीतमा सारंगीको धुन भर्नका लागि निम्तोको ओइरो लाग्न थाल्यो । यो क्रम आजको दिनसम्म पनि जारी छ । औंला भाँचेर हिसाब गर्दा उनले दशौं हजार गीतमा सारंगी रेटिसकेका रहेछन् । उनी सुनाउँछन्, ‘प्रसाद चलचित्रको लैलै, सेल्फी किंग चलचित्रको जिन्दगीको के छ र भर, दर्पण छायाँ–२ लगायत धेरै चलचित्रका गीतमा सारंगी बजाएको छु ।’

उनले माधवप्रसाद घिमिरेको मृत्युपछि सार्वजनिक ‘यसरी होस् मरण’मा सारंगी बजाए । प्रकाश सपूतको ‘मेरो पनि हैन र यो देश’मा बजाए । शिशिर योगी, रामकृष्ण ढकाल, राजेशपायल राई, नारायण रायमाझी, पशुपति शर्मा, खेम सेञ्चुरीका स्वरमा उनले सारंगीको धुन भरे ।

उनीसँग एकैदिन ३४ वटा गीतमा सारंगी बजाएको अनुभव छ । सामान्य अवस्थामा दिनमा पाँच वटा बढी गीतमा सारंगी बजाउने उनकोे दैनिकी बनेको छ । यसरी हेर्दा उनको महीनामा न्यूनतम डेढ लाख रुपैयाँ बढी आम्दानी हुने गरेको छ । उनी आफ्नो वाद्यवादन यात्रालाई लिएर अहिले निकै खुशी छन् ।

‘कैयौं सारंगी बजाउनेहरू हुनुहुन्छ । त्यसमा धेरै कलाकारसँग सहकार्य गरेर यसरी काम गर्न पाउनु निकै सौभाग्य हो’ उनी हर्षित हुँदै सुनाउँछन्, ‘जापान जान मिलेको भए पनि मैले धेरै गल्ती गरेको हुने रहेछु । धन्न गएनछु जस्तो लाग्छ ।’

****

गोपालदेव घतानी पनि पुराना बाँसुरीवादक हुन् । ४१ वर्षीय उनी विगत दुई दशक भन्दा लामो समयदेखि नेपाली गीतमा बाँसुरीको धुनले श्रोता–दर्शकको मन जित्दै आएका छन् । गोपालदेव म्युजिक सिक्ने भन्दै १४ वर्षको उमेरमा काठमाडौं आएका थिए । उनले रेडियो नेपालका संगीतकार एवं बाँसुरीवादक सुशील विश्वकर्मा लगायतसँग बासुँरीवादन सिकेका थिए ।

उनलाई बाँसुरीवादनमा लागेर भविष्य बन्ला भन्ने थिएन । उनी सुनाउँछन्, ‘पछि गएर कमाउँला भन्ने केही थिएन । केवल बाँसुरी बजाउन सिक्नु थियो । त्यसमा पोख्न बनुँ भन्ने थियो ।’ केही सीमित स्टुडियोहरू थिए । म्युजिक नेपालका एरेन्जर गणेश परियारले शुरुआतमा अवसर दिएको गोपालदेव सुनाउँछन् । विस्तारै कार्यक्रमहरूमा पनि बाँसुरी बजाउन थाले । स्टुडियोहरू थपिंदै गए । लोकदोहोरी गीतको लहर ह्वात्तै बढ्यो । ‘त्यो समयमा एकैदिन २०–२५ वटा गीतमा काम हुन्थ्यो’ त्यो समयको व्यस्तता सम्झन्छन् ।

गोपालदेव घतानी

त्यसयता हालसम्म कति गीतमा बाँसुरी बजाए–बजाए । संख्या गनेर भन्न नसक्ने उनी बताउँछन् । गीतका नामहरू पनि ठ्याक्कै सम्झन नसक्ने उनले बताए । ‘हजारौं गीतमा काम गरें’ सम्झने प्रयास गर्दै उनले भने, ‘पुरानो हुँदैन माया, यश कुमार, शिव परियार, सत्यराज–स्वरुपराज आचार्य, राजु लामाका गीतहरू, लोकदोहोरी धेरै गीतहरूमा काम गरेको छु ।’

उनी चलचित्रका गीतहरू बारे पनि भन्छन्, ‘बसन्त सापकोटा, शम्भुजित बास्कोटा, राजनराज शिवाकोटीको संगीत रहेका धेरै गीतमा काम गरेको छु । सागर सरी, सिम्पल सिम्पल कान्छीको लगायतका गीतहरू सम्झिन्छु ।’

हिजोआज पनि उनको दैनिकी रेकर्डिङ स्टुडियोमै बित्ने गरेको छ । हिजोआज दैनिक चार–पाँच वटासम्म गीतमा बाँसुरी बजाउने गरेको बताए । एउटा गीतमा १ हजारदेखि १५०० आम्दानी हुने गरेको छ । हिजोआज महीनामा झण्डै १ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए ।

****

खड्ग बुढा मगर (५८) मादलवादकका रूपमा ३३ वर्षदेखि सक्रिय छन् । उनको परिचय मादल वादक मात्र भने होइन । दुई सय बढी गीतमा स्वर दिएका उनी राष्ट्रिय नाचघरका जागिरे समेत हुन् । उनले हालसम्म आउँदा २० हजार बढी गीतमा मादल बजाएका छन् ।

‘लमजुङ तुर्लुङकोट, भन्नु नभाको, फूलमा भमरा, जापान टोकियो, सुनपानीले छर्क मायालु, सान्नानीले झुक्यायो मलाई, नेपथ्य ब्याण्डका अधिकांश गीतहरू, सालको पानी माछीले खानी’ लगायत गीतमा मादल बजाएका छन् । त्यस्तै थुप्रै चलचित्र ‘बन्धकी’देखि ‘क्याप्टेन’ चलचित्रको गीत, सालैजो, थारु, टप्पा लगायत गीतहरूमा समेत उनको मादलको धुन सुन्न सकिन्छ ।

खड्ग बुढा मगर

हिजोआज पनि खड्ग उत्तिकै सक्रिय छन् । एकपछि अर्को स्टुडियोमा पुगेर गीतका लागि मादल बजाइरहन्छन् । अहिले पनि दिनमा पाँच वटासम्म गीतमा मादल बजाउने गरेको खड्ग बताउँछन् । एउटा गीतमा मादल बजाएको एक हजारदेखि दुई हजारसम्म पारिश्रमिक हुने गरेको छ । मासिक झण्डै एक लाख कमाइ हुने उनी बताउँछन् ।

पर्दापछाडिका हिरो

गीतमा वाद्यवादकको भूमिका अपरिहार्य हुन्छ । वाद्यवादकहरू एक हिसाबले पर्दापछाडिका हिरो मानिन्छ ।

गीत–संगीतमा वाद्यवादकको भूमिका अपरिहार्य भए पनि उनीहरूको चर्चा कमै सुनिन्छ । उनीहरू कहिल्यै लाइमलाइटमा आएको पाइँदैन । उनीहरू सधैं पर्दापछाडि रमाउँदै गीतलाई कर्णप्रिय बनाउन लागिपर्छन् ।

उनीहरूलाई चर्चाको लोभ त्यस्तो देखिंदैन । आफूहरू सधैं साधनामा तल्लीन हुने भएकाले चर्चाको लोभ नै खासै नहुने वाद्यवादकहरू बताउँछन् । बाँसुरीवादक घतानी भन्छन्, ‘संगीतमा साधना प्राप्त गर्न सकूँ, राम्रो संगीत बनाउन सकूँ भन्ने बढी आकांक्षा हुन्छ । नाम आइदेओस् भन्ने त्यति धेरै लोभ हुँदैन ।’

उनी वाद्यवादनमा साधना एकदमै आवश्यक रहेको बताउँछन् । साधना गर्नेहरूले काम पाइरहने हुँदा आम्दानी राम्रो रहेको घतानी बताउँछन् । यद्यपि दुःख भने धेरै हुने बताउँछन् ।

उनी वाद्यवादकहरूको कमाइलाई विदेशमा गएर दुःख गरेर कमाउने नेपालीको कमाइसँग तुलना गर्छन् । ‘विदेशतिर गएर दुःख गरेर कमाउनेहरूको जस्तै हो । कमाइ राम्रै हुन्छ तर दुःख बढी गर्नुपर्छ’, उनले भने । मादल वादक खड्ग बुढा मगर पनि वाद्यवादनमा साधना अपरिहार्य रहेको बताउँछन् । उनले भने, ‘म्युजिक बुझेको, पढेको मात्र खास वाद्यवादक हुनसक्छ ।’ साधना/कला हुनेहरूको कमाइ राम्रो हुने बुढाको भनाइ छ ।

वाद्यवादकहरू धेरैमा छनोट भएर आउने र आएपछि कमाइ राम्रो हुने संगीतकारहरू बताउँछन् । एक चलेका संगीतकारले अनलाइनखबरसँग भने, ‘वाद्यवादनमा राम्रो गर्नुपर्‍यो, बाजाअनुसार उत्कृष्ट तीनभित्र पर्नुपर्‍यो । उहाँहरूको कमाइ मासिक दुई लाखभन्दा बढी नै हुने गरेको छ ।’ चलेका हरेक वाद्यवादकले पेशाबाट राम्रो कमाइ गर्ने गरेको ती संगीतकारले बताए ।

 गुनासो पनि

गीत गाउनेहरू मात्र कलाकार हुन्, वाद्यवादकहरू कलाकार नै होइनन् भन्ने परिपाटी पनि रहेको बाँसुरीवादक गोपालदेवको गुनासो छ ।

यता मादकवादक खड्ग बुढा मगर पनि सो प्रवृत्ति रहेको बताउँछन् । यद्यपि संगीत बुझेको व्यक्तिले भने सम्मान गर्ने उनी बताउँछन् । उनको गुनासो भने पछिल्लो समय गीतहरूमा बाजाहरूको ‘स्याम्पलिङ’को प्रयोग बढेको प्रति छ । उनले भने ‘त्यसप्रति साह्रै गुनासो छ । यो स्रष्टाप्रतिको गद्दारी हो । यद्यपि स्याम्पलिङ प्रयोग गर्ने स्टुडियो, एरेन्जरहरू पलायन हुन समय लाग्दैन ।’

पहिलेभन्दा वाद्यवादकहरूको नाम भने हिजोआज बढी आउने गरेको छ । पहिलेका गीतहरूमा वाद्यवादकहरूको नाम गीतमा नहुने सम्झँदै भन्छन्, ‘पहिलेका गीतहरूमा नाम नै हुँदैनथ्यो । कसले बजायो सम्बन्धित व्यक्तिहरूलाई मात्र थाहा हुन्थ्यो । हिजोआज गीतमा नाम उल्लेख हुन थालेको छ ।’



from Online Khabar https://ift.tt/3iZh8Es

काफी सस्ता मिल रहा है Samsung का 6000mAh बैटरी वाला बजट स्मार्टफोन, मिलेगा HD+डिस्प्ले

अगर आप कोई नया पावरफुल बैटरी वाला फोन खरीदने की प्लानिंग कर रहे हैं तो आपके लिए अच्छी खबर है, क्योंकि सैमसंग के बजट फोन गैलेक्सी F22 पर ऑफर दिया जा रहा है. ऑफर के तहत फोन को सस्ते में घर लाया जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3fhZuuC

बिर्तामोड खोप प्रकरण : निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

१६ साउन, विर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य शाखा प्रमुख ओम खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र) विर्तामोड नगर समितिले माग गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषि उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौं ।’

२०७८ साउन १५ गते बिर्तामोडस्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड–१९ फोकल पर्सन खोपसहित संदिग्ध रुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैरजिम्मेवार रहेको पुष्टि भएको  विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले यसअघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुनः यस खालको गतिबिधिमा संलग्न देखिएको भन्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कतै सिङ्गो स्थानीय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

विज्ञप्तिमा घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र बिभिन्न बहानाबाजीमा आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको विरुद्धमा जनदबाब सृजना गर्न, खबरदारी गर्न र जागै बस्न सम्पूर्ण नगरबासीलाई अपिल गरिएको छ ।

शुक्रबार विर्तामोड नगरपालिकाको एक होटलबाट बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ परेका थिए । स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएर जिम्मा लगाइदिएका थिए ।



from Online Khabar https://ift.tt/2Vm24bY

अझै कायम छ दोहोरो कर, छाता ऐन ल्याउन सुझाव

१५ साउन, काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै जनप्रतिनिधिले यो वर्ष एक कार्यकाल पुरा गर्दैछन् । चालु आव २०७८/७९ मा तीन तहका सरकारले छुट्टाछुट्टै बजेट कार्यान्वयन गर्न थालेको चौथो आर्थिक वर्ष हो ।

तर, अहिले पनि कतिपय क्षेत्रमा दोहोरो कर र करारोपणको क्षेत्रमा समेत द्धिविधा रहेको राजस्व परामर्श समितिको प्रतिवेदनले देखाएको छ ।

नेपालको संविधानको अनुसूची ५ देखि ९ सम्म करारोपणका क्षेत्र तोकिएको छ । यसलाई अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले समेत दोहोरो कर प्रभावी नहुने गरी स्पष्ट पार्ने प्रयास गरेको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार आ-आफ्नो भौगोलिक र शासकीय क्षेत्रमा स्थापित व्यवसायमा प्रदेश र स्थनीय तहले नयाँ नयाँ कर र सेवा शुल्क लगाउने गरेको पाइएको छ । जसले गर्दा दोहोरो करको मारमा व्यवसायी पर्न गएका छन् ।

उही प्रकृतिका व्यवसायमा उस्तै कर प्रदेश र स्थानीय तहपिच्छे फरकफरक पर्न गएको गुनासो समेत व्यवसायीले गरेको प्रतिवेदनमा उल्लेख छ । एउटै व्यवसायमा तीन तहका सरकारले थरीथरीका कर लगाएका छन् ।

यसले व्यवसायमा आर्थिक भार थपेको, अनावश्यक झन्झट बढेको भन्दै प्रतिवेदनले तीन वटै तहको राजस्व प्रणालीलाई व्यवस्थित गर्न र करारोपणमा एकरुपता ल्याउन समेत छाता ऐन तर्जुमाको सुझाव सरकारलाई दिएको छ ।

नेपालमा कर प्रणालीमा एकद्धार नीति नहुँदा समेत व्यवसायीमा झण्झट बेहोर्नु परेको देखिएको छ । सरकारले चालु आर्थिक वर्षको राजस्व प्रक्षेपण तथा निर्धारण यसै प्रतिवेदनका आधारमा रहेर गरेको हो ।

समितिले अन्तर सरकारी राजस्व परिचालनमा रहेका समस्या र त्यसको समाधान सम्बन्धी छुट्टै प्रतिवेदन समेत अर्थ मन्त्रालयलाई बुझाएको छ ।

सो प्रतिवेदनले समेत सरकारलाई छाता ऐन ल्याएर तीन तहको संरचनामा दोहोरो पर्न गएका र एकै तहमा समेत फरक-फरक दरमा रहेका राजस्व सम्बन्धी विषयलाई नीतिगत सम्बोधन गर्न अन्तर सरकारी राजस्व प्रणाली सम्बन्धी छाता ऐन ल्याउन सुझाव दिएको छ ।

७६१ सरकारबीच समन्वयात्मक कर प्रणाली स्थापित गर्नु चूनौतिपूर्ण

समितिका अनुसार तीन तहको सरकारले एउटै व्यवसायमा आ-आफ्नो क्षेत्राधिकारको नाममा छुट्टाछुट्टै कर लगाउँदा व्यवसायिक लागत बढेको गुनासो व्यवसायीको छ । कर भुक्तानी केन्द्र बढ्दा समेत व्यवसायिक वातावरण बन्न नसकेको हो ।

यसले ७६१ वटा सरकारका बीचमा समन्वयात्मक कर प्रणाली स्थापित गर्ने काम चूनौतिपूर्ण बनेको समितिको निष्कर्ष छ । नेपालमा संघीयता कार्यान्वयन भएपछि सवारी साधन कर, घरजग्गा रजिष्टे्रसन शूल्क र घरबहाल कर प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको छ ।

कुन-कुन विषयमा छ समस्या ?

घर बहाल कर

राजस्व परामर्श समितिका अनुसार अन्तर सरकारी राजस्व परिचालन सम्बन्धमा घरबाहल करमा स्पष्टता आवश्यक देखिएको छ । संस्थागत र व्यक्तिगत घर बहाल करको असुलीमा अन्यौल देखिएको भन्दै समितिले यो हटाउन भनेको छ ।

व्यवसाय दर्ता र नवीकरण

दर्ता र नवीकरणमा समेत सुधारको सुझाव समितिले दिएको छ । एउटा कम्पनीको उत्पादन, गोदाम, बिक्रि कक्ष फरक फरक स्थानमा भए छुट्टाछुट्टै स्थानीय तहमा व्यवसाय दर्ता गर्नुपर्ने र नविकरण गर्नुपर्ने बाध्यता रहेको छ ।

सोहीकारण समितिले एक तहमा दर्ता भएको व्यवसायलाई अर्को तहमा दर्ता गर्नु-नपर्ने व्यवस्था मिलाउन समेत सरकारलाई सुझाव दिएको छ ।

विज्ञापन कर र पर्यटन शूल्कमा दोहोरोपनः

विज्ञापन कर र पर्यटन शूल्कमा दोहोरो कर र करारोपण रहेको भन्दै यसमा सुधारको सुझाव समितिले सरकारलाई गराएको छ ।

कर छूटको परिपालना

औद्योगिक ऐनले दिएका छूटलाई स्थानीय तहले समेत पालना गर्नुपर्छ । समितिका अनुसार तर, स्थानीय सरकारहरुले यस्तो नियमको परिपालना गरेको पाइँदैन । संघीय ऐनबाट प्रदान गरिएका छूट प्रदेश र स्थानीय तहमा अनिवार्य दिनुपर्ने व्यवस्था मिलाउन समेत समितिले सरकारलाई सुझाव दिएको छ ।

सम्पत्ति कर

संघीय कानूनका रुपमा रहेको स्थानीय सरकार संचालन ऐनले तोकेको परिधिभन्दा बाहिर गएर स्थानीय तहले आफै कानून बनाएर सम्पत्ति कर निर्धारण गरेको समितिले जनाएको छ ।

यसले कर निर्धारणमा समेत एकरुपमा कायम नभएको देखिएको छ । समितिले अनुसार सामुहिक आवास वा संयुक्त आवासको कर गणना गर्दा उपभोग नभएको क्षेत्रको कर नलाग्ने गरि कर निर्धारण सुझाव दिएको छ ।

समान सेवामा समान दर

समान सेवामा स्थानीय सरकारपिच्छे फरक फरक दर लिइने गरेकोमा यसलाई समेत सच्याउन समितिले सुझाव दिएको छ । दर्ता नवीकरण, सिफारिस, नक्सा पास, दण्ड जरिवाना जस्ता विषय स्थानीय तहको करका साझा क्षेत्रा हुन् । यस्तो क्षेत्रको पहिचान गरि त्यस्ता क्षेत्रमा समान दरले राजस्व असुल गर्न समेत राजस्व परामर्श समितिले सरकारलाई सुझाव दिएको छ ।



from Online Khabar https://ift.tt/3j3DKE8

भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए, अर्को शनिबार ग्राण्ड फिनाले

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् ।

सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ ।

यसैगरी टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर रोकिएको छ ।

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । काठमाडौका सोनाम शेर्पासँग उनको कडा प्रतिस्पर्धा भएको थियो ।

टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत छ ।

आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।



from Online Khabar https://ift.tt/379WrjJ

कर्णालीमा खसेको जीप भेटियो, जोशी दम्पतीको अवस्था अज्ञात

१६ साउन, धनगढी । कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । तर सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ ।

शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए ।

‘टुुक्रा–टुुक्रा भएको अवस्थामा फेला परेको जीपको केही भाग बाहिर निकाले पनि चेसिस, इन्जिन अझै निकाल्न सकिएको छैन,’ डीएसपी विष्टले भने, ‘शनिबार बिहानैदेखि फेरि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको छ । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।’

जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए ।

दुर्घटनामा परेर जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । भुुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचार गरेर नेपालगञ्जबाट फर्किने बेला स–परिवार सोल्टा घुुम्न जाने क्रममा जीप दुर्घटना भएको हुुनसक्ने अनुुमान प्रहरीले गरेको छ ।



from Online Khabar https://ift.tt/3zSuCst

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी केन्द्रको सम्पर्क बाहिर

१६ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ ।

माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए ।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।

दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

‘हामीले संसदीय दलको वैठकमा उपस्थित हुन सबै माननीय ज्यूलाई फोन गरेर सूचना दिने क्रममा विमलाजीसँग सम्पर्क हुन सकेको छैन,’ थारुले भने, ‘उहाँको घरमा जाँदा र निर्वाचन क्षेत्रभर खोज्दा पनि भेटिनुभएको छैन ।’

यो पनि पढ्नुहोस आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको भन्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने जिकीर गर्दै आएको छ ।

गत बैशाख १९ गते उनले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गरेकी थिइन् । प्रदेश सभा बैठकमा पनि उनी माओवादी केन्द्रकै लहरमा बस्दै आएकी थिइन् । नेकपा खारेजपछि प्रदेश सभा सचिवालयले आफ्ना सांसदहरुको नामावली माग गर्दा एमाले संसदीय दलले विमलाको नाम पठाएको थिएन ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी श्यामु अर्यालले सांसद खत्री दाङको सदरमुकाम घोराहीमा रहेको बताए । सांसद वलीसँग अनलाइनखबरले सम्पर्क गर्न पटक–पटक प्रयास गरेपनि उनले फोन रिसिभ गरेकी छैनन् ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।

प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको दावी गरे । केही दिनअघि जनता समाजवादी पार्टीकी सांसद पुरमति ढेंगालाई पनि सत्ता पक्षले आफूतिर तान्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

तत्कालीन नेकपा विभाजन भएपछि बहुमत गुमाएका मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई सरकारमा सहभागी गराएर बहुमत पुर्याएका थिए । तर असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको थियो ।



from Online Khabar https://ift.tt/2Wv5Ikk

युद्ध र शान्तिको संगम महत गाउँ

१६ साउन, दाङ । रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो । दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो ।

त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालिम पनि यहीं भए र सैन्य कार्यालयहरु यहीं खडा गरिएका थिए । जनयुद्धको चर्चित क्षेत्र महतमा अहिले युद्ध पर्यटनको विकासका लागि पनि पहल भइरहेको छ ।

यो भेग युद्ध पर्यटनको हिसाबले महत्वपूर्ण स्थान हो । जनयुद्धमा भएको बलिदानमा पनि महतगाउँ निकै अगाडि छ । महतमा मात्रै ५८ जनाले रगत बगाएका छन् । महत गाउँकै नजिक लाबाङमा बसेको एउटा बैठक निकै चर्चित बन्न पुग्यो । जुन बैठकबाट नेता डा. बाबुराम भट्टराइलाई कारबाही गरेको थियो । यस्तै यही गाउँपालिकाको चुनबाङ भेरीडाँडामा २०६२ असोजमा बसेको ऐतिहासिक बैठकले माओवादीको राजनीतिक लाइन बदलिदियो ।

२०५६ असोज ५ को राति माओवादीले प्रहरी चौकी आक्रमण गरी डीएसपी ठूले राइलाई अपहरण गरेपछि महत सुरक्षाकर्मीको निगरानीमा पर्यो । माओवादीले युद्ध अबधिभर प्रहरीका उच्च अधिकारीलाई अपहरण गरेको यो पहिलो घटना भएकाले पनि महत गाउँ निकै चर्चामा थियो । पछि राज्यपक्षसँग तत्कालीन नेकपा माओवादीका नेता देव गुरुङलाई रिहा गराएर युद्धबन्दी साटफेर अन्तर्गत ठूले राइलाई माओवादीले रिहा गरेको थियो ।

महतमा राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ जना मारिएका थिए । युद्धकालमा माओवादीको केन्द्रीय हेडक्वाटर मानिने थबाङ प्रवेश गर्ने पश्चिमी  नाका पनि हो महत । त्यसैले पनि थबाङ जाँदा–आउँदा सुरक्षाकर्मीको निगरानीमा हुन्थ्यो यो गाउँ । यही ऐतिहासिक ठाउँ महतमा अहिले ‘युद्ध फिचर’ निर्माण भइरहेको छ ।

महतलाई युद्ध स्मारिकाको रुपमा परिचित गराउन प्रतिनिधिपात्रको रुपमा मुख्य लडाकुहरुको मोडेल तयार गरेको युद्ध फिचर निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगर (जनक)ले जानकारी दिए । ‘स्याण्ड मोडल अन्तर्गत अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) तथा अन्य सहायक कमान्डर गरी जम्मा ६ जनाको मोडल निर्माण भएको छ’ उनले भने, ‘यसलाई हामी निरन्तरता दिने छौं ।’

फोटोमा बाँयातर्फबाट हेर्दा उक्त भिडन्तमा माओवादीतर्फका सेनालाई नेतृत्व गर्ने दुई नम्बर प्लाटुन सेक्सन कमान्डर ‘निर्माण’को शालिक छ, जो सल्यान कपुरकोट आक्रमणको बेलामा मारिएका थिए ।

‘स्याण्ड मोडेलमा देखिएका छ जनामध्ये उहाँले मात्रै सहादत गर्नु भएको छ भने अरु सबै जीवितै हुनुहुन्छ,’ कमलले भने । दोश्रोमा रोल्पाको एक नबर प्लाटुनको कमाण्डर हरिबहादुर पुन (वरुण), सबैभन्दा पछाडि मेडिकलको जिम्मेवारीमा हुनु भएका रुकुमकोटका कृष्ण रेग्मी, बाँयातर्फबाट तेश्रोमा रुकुम गुनामका २ नम्बर प्लाटुन कमान्डर होम प्रकाश श्रेष्ठ (हिमाल)को तस्विर राखिएको छ भने माथिबाट प्वाइन्टेड गर्नुभएको नन्द बहादुर पुन (पासाङ), पाचौं नम्बरमा स्क्वाइड फोर्स कमाण्डर काँक्रीका जीतकुमार बुढा मगर (खामे शिखर)लाई राखिएको छ । यसमा प्रतिनिधि कमाण्डरको मात्र तस्विर बनाइएकाले सबैको राख्न नसकिएको उनले बताए ।

गाउँपालिकाको बीस लाखको लगानीको युद्ध फिचर निर्माण भइसकेको छ भने महत आक्रमणमा भएका तयारीलाई झल्काउने प्रयास पनि अहिले भइरहेको छ । ठूले राईले माओवादी लडाकुहरुसमक्ष आत्मसर्पण गरेको दृष्य पनि युद्ध फिचरमा समेटिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष दुबैजना पहिला जनमुक्ति सेना भएको र यहाँको युद्ध पर्यटनको संभावनालाई ध्यान दिएर युद्ध फिचर निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको वडा अध्यक्ष देबबहादुर बुढाले बताए ।

‘जनयुद्धले देशमा परिबर्तन ल्याएकाले भुल्न सकिन्छ र नयाँ पुस्तालाई थाहा नहुन सक्छ तर यहाँ आउने जोकोहीले पनि अब जनयुद्धको सम्झना गर्नेछ र नयाँ पुस्ताले अध्ययन गर्न पाउने छ,’ उनले भने । यसमा लड्ने जनमुक्ति सेनाका कमाण्डरहरुको प्रतिमा पनि यसमा राखिएको छ । ठूलो सेबाङ पोमा युद्ध फिचर बनिरहेको छ । युद्धको तयारी गर्दा प्रयोग गरिने ‘स्याण्ड मोडेल’बाट नै यहाँ युद्ध फिचर निर्माण गरिएको छ ।

गौतम बुद्धको स्मारक पनि निर्माण

राज्य पुनर्संरचनासँगै महत भूमे गाउँपालिकामा परेको छ । यो गाउँपालिकामा मगरहरुको बहुल्यता छ भने अन्य जातिको पनि मिश्रित बसोबास छ । एकातिर मगर समुदायको सांस्कृतिक वस्ती महत, अर्कोतिर जनयुद्धको ऐतिहासिक स्थल पनि भएकाले भूमे गाउँपालिका यहाँको पर्यटन विकासमा जुटेको छ ।

‘हाम्रो वार्षिक नीति तथा कार्यक्रममा यस गाउँपालिकाको समृद्धिका स्रोत पहिचान गर्ने क्रममा हामीले पर्यटनलाई प्रमुख स्रोतको रुपमा लिएका छौं,’ गाउँपालिका अध्यक्ष रामसुर बुढाले भने, ‘हामीले तीन वटा क्षेत्रहरुको पहिचान गर्दा पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

त्यसो त युद्ध र शान्तिको अध्ययन गर्न चाहनेका लागि यो गाउँ गजबको संगम बनाउने प्रयास भइरहेको छ । गाउँको प्रवेशद्वारमै शान्तिका प्रतिमूर्ति गौतम बुद्धको स्मारक बनाइएको छ । ‘हामीले शान्तिकै लागि क्रान्ति गरेका थियौं, जनताको मुक्तिसहितको शान्ति हाम्रो सपना हो’ गाउँपालिका अध्यक्ष बुढा भन्छन्, ‘त्यही भएर हामीले युद्ध फिचर र शान्तिका प्रतीक गौतम बुद्धको स्मारक एकै ठाउँमा बनाएका छौं ।’

जिल्ला विकास समिति रुकुमका तत्कालीन प्रमुख भरतकुमार शर्माको कल्पना अनुसार महतमा बुद्धको मूर्ति पनि निर्माण गरिएको हो । शर्मा हाल कर्णाली प्रदेश सरकारका मुख्य सचिव छन् ।

के हो महत ?

महत गाउँको खास नाम ‘मैगाउँ’ थियो । मैगाउँलाई खाम भाषामा ‘मैनाखार’ भनिन्छ । यो ठाउँमा पहिला प्रशस्तै मात्रामा बाझका रुखहरु थिए । बाझको रुखहरुको बीचमा घरहरु थिए । त्यसैले ‘मैनाखार’ भन्ने गरेको वडा अध्यक्ष बुढा बताउँछन् । ‘मै’ भनेको बाझ र ‘नाखार’ भनेको गाउँ हो । पछि रुकुम अड्डा भइसकेपछि मगरहरु अर्थात मतवाल बस्ने रैछन् भनेर यो गाउँको नाम ‘महत’ रहन गएको हुनसक्ने उनको अनुमान छ ।

पहिला महत सिंगो गाविस थियो भने अहिले भुमे गाउँपालिकाको तीन वटा वडामा बाँडिएको छ । मुख्य महत वडा नम्बर ६ नम्बरमा पर्दछ ।



from Online Khabar https://ift.tt/3BZI8ws

अमेरिकी संस्थाको रिपोर्ट– अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्छ

१६ साउन, काठमाडौं । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने जनाएको छ । अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ ।

युएस स्पेशल इन्सपेक्टर जनरल फर अफगानिस्तान (साइगर)ले अहिले जुन स्थिति देखिएको छ, त्यसको समाधान गरिएन भने वा यो ट्रेन्डलाई बदल्न सकिएन भने अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न सक्ने भनेर आफ्नो रिपोर्टमा उल्लेख गरेको बीबीसीले जनाएको हो ।

यो रिपोर्टमा अफगानिस्तान सरकारका सेना र वायु सेना, घट्दो राजश्व र बढ्दो हिंसा जस्ता धेरै विषयहरुलाई संकटको कारणको रुपमा उल्लेख गरेको छ । रिपोर्टमा स्पष्ट तथ्यांकको माध्यमबाट भनिएको छ कतारको राजधानी दोहामा अमेरिका र तालिबान समूहबीच सम्झौता भएपछि पनि हिंसा बढिरहेको छ ।

गत वर्ष फेब्रुअरीमा अमेरिका र तालिबान समूहबीच भएको सम्झौता पछि तालिबानी लडाकुको तर्फबाट हुने आक्रमणमा बढोत्तरी भएको छ ।

यसै वर्ष मार्च २०२१ देखि मे २०२१ को बीचमा तालिबान लडाकुको तर्फबाट एक हजार तीन सय ८३ आक्रमण भएका छन् । यसका साथै सम्झौतापछि आम सर्वसाधारणको हत्याको संख्या बढेको पनि पाइएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा ६७३ जनाको हत्या भएकोमा दोस्रो त्रैमासिकमा त्यो संख्या बढेर ७०५ पुगेको रिपोर्टमा उल्लेख छ ।

राजश्वमा कटौती

रिपोर्टमा लेखिएअनुसार अफगानिस्तान सरकारलाई कूल आयात शुल्कको ३४.३ प्रतिशत हिस्सा हेरात, कन्धार र कुन्दुज प्रान्तस्थित सीमावर्ती चौकीबाट प्राप्त हुन्छ । तर यीसहित धेरै स्थान तालिबानको कब्जामा छन् र केही स्थानहरुमा दुई पक्षबीच हिंसात्मक संघर्ष जारी छ । तालिबानले ती चौकीहरु कब्जामा लिएर आफैंले सीमा शुल्क असुल्न सुरु गरेको समाचारहरु सार्वजनिक भएका छन् ।

रिपोर्टका अनुसार अफगानिस्तान सेनाका धेरैजसो दस्ता अफगानिस्तान नेशनल आर्मी स्पेशल अपरेशन कोप्सको मद्दत विना मिशनलाई सफल बनाउन नसक्ने स्वीकार गर्दछ । यसका साथै अफगानिस्तानबाट नेटो सेना फर्किएपछि अफगान वायु सेनामा अतिरिक्त दबाब परिरहेको छ ।

अफगान वायु सेना एयर सपोर्टदेखि लिएर टोही अभियान, आपूर्तिसमेत धेरै अन्य तरिकाका अभियानमा साथ दिंदै आएको छ । रिपोर्टमा चेतावनी दिइएको छ कि अफगान वायु सेनाका विमान यी अभियानलाई साथ दिन आफ्नो क्षमताभन्दा २५ प्रतिशत अतिरिक्त काम गर्दै आएको छ । उनीहरुले चाहिनेजति आराम पनि पाइरहेका छैनन्, जसबाट गम्भीर परिणाम आउन सक्ने अनुमान गरिएको छ ।



from Online Khabar https://ift.tt/3zSmwQH

Thursday, July 29, 2021

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै

१५ साउन, बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार (आज) पदभार ग्रहण गर्दैछन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले बताए । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाई भएर गएका छन् ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्रीलाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट थिए ।

नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।



from Online Khabar https://ift.tt/3fdJJFg

‘बिचौलिया रोक्न दृढ मनोबल र नयाँ संयन्त्र चाहिन्छ’

२०७७ असार/साउनताका केही मुद्दामा न्यायिक मान्यता र सिद्धान्त विपरीत आदेश/फैसला भएपनि कानून व्यवसायीहरु आन्दोलित भए । न्यायालयमा विकृति बढेको निष्कर्षसहित उनीहरुले देशव्यापी अभियान चलाउन थाले । कानून व्यवसायीहरुले आफ्नै छाता संगठनलाई समेत मूकदर्शक भएको आरोप लगाएपछि नेपाल बार एसोसिएसनले पनि विकृतिविरुद्ध आवाज उठायो । त्यही परिस्थितिमा एकाएक प्रधानन्यायाधीशको एकल निर्णयबाट न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारवारे अध्ययन गर्न समिती बन्यो । समितिमा सदस्यको रुपमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ पनि संलग्न थिए । बिहीबार सर्वोच्च अदालतका सबै न्यायाधीशको उपस्थितिमा समितीले प्रतिवेदन बुझाएपछि श्रेष्ठसँग यसवारेमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी :

अध्ययन समितिले न्यायालयको विकृतिको विसंगतिको मूल कारण नै न्यायाधीश नियुक्ति हो भनेछ । यस्तो भन्नुपर्ने अवस्था आउनुको कारण के हो ?

संविधान र ऐनले न्यायाधीश नियुक्तिका लागि उसको योग्यता, लगनशिलता र इमान्दारिताको अपेक्षा गरेको हुन्छ । यी सबै विषय लगायतलाई अभिलेखमा राख्नुपर्ने रहेछ । यो विषयलाई न्यायपरिषद् ऐनमा रोष्टर राख्नुपर्ने भनिएको छ । रोष्टरमा भएमध्येका उच्चतम क्षमता भएका व्यक्तिलाई न्यायाधीशमा लैजानुपर्ने हो । क्षमतावान न्यायाधीश छनौट भएमा उनीहरुले दिने न्यायसम्पादन पनि राम्रो हुन्छ ।

न्यायपरिषद् ऐनमा अपवादको व्यवस्था पनि रहेछ । रोष्टरमा नभएको व्यक्ति पनि न्यायाधीश नियुक्ति गर्न सकिने भन्ने प्रावधान रहेकाले राजनीतिक भागवण्डाको आधारमा, नातावाद, कृपावादको आधारमा नियक्त हुने गरेको सुन्न पाएका छौं । न्यूनतम योग्यता भएको आधारमा मात्रै पनि नियुक्त गर्न थालियो । राम्रा मानिसहरु नियुक्तिबाट बञ्चित भए । पाका मानिसहरु पाखा लागे । भर्खरै वकालत गरेको १० वर्ष पुग्नासाथ उच्च अदालतमा नियुक्त भएका कैयौं उदाहरण भेटिन्छन् । यो स्थितिले न्यायसम्पादनमा राम्रो प्रभाव पर्दैन । ऐनको भावना अनुसार नियुक्ति नगर्दामा यो स्थिति आएकाले सुधार्नुपर्छ भनेका हौं ।

पेशी व्यवस्थापनलाई समस्याको अर्को प्रमुख कारण भनिएको किन हो ?

हामीले अध्ययनका क्रममा पेशी व्यवस्थापनमा स्वचालित प्रणालीमा जानुपर्छ भनेका छौं । इजलास गठन र पेशी व्यवस्थापनको काम पारदर्शी हुनुपर्छ भन्ने देख्यौं । न्यायाधीशहरुको इस्तानाबुल घोषणापत्रले पनि यही कुरामा जोड दिंदै त्यसो गरेमा विश्वास अझै बढ्छ भनेको देखिन्छ । नेपाल बार एसोसिएसनले बारम्बार यो आवाज उठाएको छ । रामकुमार प्रसाद शाह प्रधानन्यायाधीश हुँदा न्यायाधीश अनिलकुमार सिन्हा नेतृत्वको कार्यदलले पनि अटोमेसनमा जान कुनै अप्ठेरो नभएकाले तत्काल जानुपर्छ भन्ने सुझाव दिएको रहेछ ।

त्यतिबेलाको प्रतिवेदन कार्यान्वयन नहुँदा समस्या आएको हो । सर्वोच्च अदालत मात्रै होइन, उच्च र जिल्ला अदालतमा पनि पेशी व्यवस्थापन पारदर्शी हुन नसकेका कारण न्यायका सेवाग्राहीको विश्वास जित्न नसकेको महशुस हुन्छ । स्वचालित प्रणालीमा जान पूर्वाधार बनाउन समय लाग्छ भने हामीले बारबाट तत्कालका लागि गोलाप्रथाबाट जानुपर्छ भन्ने आवाज उठाएका थियौं । समितिले त्यसको स्वामित्व लिएको छ । हामीले आजको भोलि नै गोलाप्रथामा जानुपर्छ भनेका छैनौं । मंसिरदेखि अगाडि यसरी जान सकिन्छ भनेका छौं ।

पेशी व्यवस्थापनलाई समस्याको कारक मान्नु भनेको सम्बन्धित अदालतको नेतृत्वकर्तामाथि नै विश्वास नगरेको वा शंका गरेको भन्ने होइन र ?

संविधानले न्यायप्रशासनको नियन्त्रणको जिम्मा प्रधानन्यायाधीशलाई दिएको छ । हामीले उहाँमाथि विश्वास नगरेको होइन । अविश्वास गरेको होइन, विश्वासकै आधारमा समितिमा बसेर काम गरेको हो । विश्वास हुँदाहुँदै पनि जनआस्था भन्ने विषय ज्यादा महत्वपूर्ण हो । विश्वास हुँदाहुँदै प्रश्न उठ्न थाल्दछ भने त्यहा पनि शंका निवारण गर्न स्वचालित प्रणालीमा जानुपर्ने कुरा गरेका हौं । स्वचालित प्रणालीमा पनि कमीकमजोरी आउन सक्ला । त्यहा पनि सुधार गर्नुपर्छ । हामीमाथि शंका नगर है भन्न पनि स्वचालित प्रणालीमा जानुपर्छ ।

न्यायाधीशसमेत बिचौलियाको भूमिकामा देखियो भनेर के आधारमा प्रतिवेदन दिनुभएको हो ?

न्यायाधीशको ड्राइभर भान्से अंगरक्षक बिचौलिया भएको देखियो । कतिपय न्यायाधीशले एकले अर्काको लागि बीचौलिया भएर काम गरिदिएको गुनासो आयो । राजनीतिक व्यक्तित्वहरुले पनि बिचौलियाको भूमिकामा काम गरेको कुरा आए । २०६४ सालको बारको प्रतिवेदनले २९ प्रकारको बिचौलियाको कुरा गरेको थियो, अहिले त्यो अझै बढेको रहेछ । त्यसरी हेर्दा त कोही पनि बाँकी छैन, पत्रकारहरु पनि परेका छन् । यो अवधिमा बिचौलियाको क्रियाकलाप चिरेर अघि बढ्नुपर्नेमा कतै त्यसले संस्थागत रुप पो लिएको हो कि भन्ने हाम्रो आशंका भयो । हामीले बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र हुनुपर्छ भनेका छौं ।

बिचौलियालाई कसरी रोक्ने ?

बिचौलियालाई अदालत प्रवेशमा रोक्नुपर्छ भन्ने कुरा उठेको छ । सानो माछालाई त अदालत प्रवेशमा रोक्न सकिएला । हृवेल माछाजस्ता बिचौलियालाई रोक्ने कुरा त विशेष व्यक्तित्वको इच्छाशक्ति चाहिन्छ । उहाँहरुको आफ्नो अडान र अठोटबाट मात्रै यस्ता ठूला बिचौलिया रोकिने हुन् । अर्कोतर्फ जो कोही न्यायाधीशले म न्यायसम्पादनका क्रममा बिचौलियाको प्रभावमा पर्दिन भन्ने प्रतिवद्धता जनाए बिचौलिया त्यसै कम भएर जान्छन् ।

बिचौलिया रोक्ने सवालमा न्यायाधीशहरुले आफूहरुलाई सुधार्नुपर्ने देखिन्छ । हामी समितिमा बसेर काम गर्दा बिचौलियाको विषय ज्यादै व्यापक रहेछ कि भन्ने महसुस भयो । यसले संस्थागत रुप धारण गरेको देखियो । सुझाव र गुनासाहरु पनि त्यस किसिमका थिए । हामीले एक त बिचौलियालाई रोक्नुपर्छ, अर्कोतर्फ न्यायाधीशहरु स्वयं बिचौलियाको प्रभावबाट मुक्त हुनुपर्छ भन्ने दुई किसिमका सुझाव दिएका छौं ।

न्यायाधीशले नै बिचौलियाको काम गरे भने उनीहरुको नाम किन आएन ?

हामीले कतिपय न्यायाधीशहरु बिचौलिया भएर काम गरेका रहेछन् भन्ने महसुस गरेका छौं । ठयाक्कै यो व्यक्ति भन्ने नभेटिएकाले यो विषयलाई हामीले सैद्धान्तिक रुपमा मात्रै उठाएका हौं । त्यही भएर त हामीले न्यायाधीश सम्बन्धी निगरानी बढाउनुपर्छ भनेका छौं । सम्पत्ति छानबिन गर्नुपर्छ भनेका छौं । बदमासी गरेको नभेटिएला, त्यस बापतको कमाएको सम्पत्ति छ देखिन्छ भनेर अर्को ढंगले छानविन हुनुपर्छ भनेका छौं । त्यो काम अख्तियारले होइन, न्यायापालिकाभित्र छुट्टै संयन्त्र विकास गर्नुपर्छ भनेका छौं । अहिलेको न्यायपरिषद्लाई सक्रिय बनाएर पनि यो काम गर्न सकिन्छ ।

यस्तो विकृति कुन तहमा बढी देखियो ? जिल्ला, उच्च कि सर्वोच्च अदालतमा ?

त्यसरी इंगित गरेर व्यक्तिका कुरा आएका छैनन् । सबै तहमा हुनसक्छ भन्ने देखियो । न्यायपरिषद्का पदाधिकारीहरुले पनि त्यस्तो काम गरे भन्ने कुरा आएका थिए । नामै तोकेर नआएकाले र प्रमाण पनि नभएकाले नाम किटेर हालेका छैनौं ।

न्यायालयको विकृतिका विषयमा प्रधानन्यायाधीशको के भूमिका देख्नुभयो ?

उहाँको सकारात्मक भूमिका हुनुपर्छ नी । संविधानको धारा १२६ ले न्यायप्रशासनको नेतृत्व प्रधानन्यायाधीशले गर्ने हो भनेको छ । प्रधानन्यायाधीश सक्रिय हुने हो भने न्यायप्रशासनका विकृति नियन्त्रण गर्न सकिदो रहेछ । पहिलेका प्रतिवेदनहरुले न्यायिक नेतृत्वको पहलमा आधा विकृति (५० प्रतिशत) कम हुन्छन् भनेको भेटियो ।

अहिले धेरै छलफल र सुझावमा न्यायिक नेतृत्व साच्चिकै सक्रिय हुने हो भने यो विकृतिको ८० प्रतिशत हिस्सा नियन्त्रण गर्न सकिन्छ भन्नेसम्मका विचार आए । संविधानले दिएको अधिकार अनुसार न्यायिक नेतृत्वले त्यो अग्रसरता लिनुपर्छ । हामीले को न्यायाधीश कस्तो, कुन प्रधानन्यायाधीशले कति काम गर्‍यो भनेर लेखाजोखा गरेको होइन । प्रधानन्यायाधीशले पहल गर्नुपर्छ, त्यसो हुँदा सुधार गर्न सकिन्छ भन्ने सुझाव दिएका हौं ।

न्यायाधीशले नै अनुचित लाभ लिएर न्यायनिरुपण गरेको भन्ने शंका प्रशस्तै देखियो । त्यसको हिस्सा कति जति होला ?

हामीले त्यस किसिमबाट अंकमा तथ्यांक लिने काम गरेनौं । यो अध्ययन त्यस किसिमको अंक वा प्रतिशतको लेखाजोखा पनि होइन ।

पोहोर रञ्जन कोइरालाको कैद घटाउने फैसलापछि विवाद र असन्तुष्टि बढ्दै जाँदा यो अध्ययन हुनुपर्ने परिस्थिति बनेको हो । त्यसबारे पनि छलफल भयो ?

तपाईंले नाम लिनुभएको व्यक्तिको मुद्दामात्रै प्रमुख सवाल होइन । कुनै घटनाका कारण त्यसमै केन्द्रित भएर यसरी अध्ययन गरिएको होइन । सर्वोच्च अदालतले अहिले चौथो पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गरिरहेको छ । त्यसले नै पारदर्शिता, बिचौलिया नियन्त्रण, विकृतिको निगरानीका लागि कार्ययोजना बनाएको छ । अदालतमा विकृति होला, तर त्यसलाई रोक्न हामी प्रयत्नशील छौं है भन्ने सन्देश आम तहमा पुर्‍याउन अतिआवश्यक भइसकेको छ । विकृति रोक्ने काम अदालतले गरिरहेको छ भन्ने विश्वास प्रवाह हुनुपर्छ ।

२०६४ सालमा पनि बारले यस किसिमको अध्ययन गरेको थियो । १४ वर्षको अवधिमा विकृति बढेको रहेछ कि घटेको ?

केही विषय र क्षेत्रमा विकृति घटेको छ । केहीमा झनै बढेको छ । प्रश्न उठिरहेका क्षेत्रमा कसरी विकृति घट्यो भन्नु ? बढ्यो भन्नलाई हामीले तथ्यतथ्यांक राखेर चार्ट पनि बनाएनौं । बढ्यो भन्न पनि मिलेन, घट्यो भन्न पनि मिलेन । तर विकृति यथावत छ ।

पछिल्ला वर्षहरुमा त निकै ठूलो संस्थामा न्यायाधीश नियुक्ति भयो । त्यसमा…

नियुक्तिको विषयमा हेर्दा २०६३/६४ सालभन्दा अहिले (विकृति) निकै बढेको महसुस भयो ।

बिचौलिययाहरु घटे कि बढे ?

हिजोका प्रतिवेदनहरुले व्यक्ति बिचौलिया भए, तिनलाई रोक्नुपर्छ भनेका थिए । अहिले त संस्थागत स्वरुप नै लिइसक्यो भन्ने आएको छ ।

विकृति विसंगति फैलाउने विषयमा कानून व्यवसायीहरुमाथि आरोप आउनुको कारण के हो ?

कानून व्यवसायीहरु पनि बिचौलिया बनेका छन् भन्ने गुनासो व्याप्त छ । उनीहरुको सवालमा बार एसोसिएसनले गर्नुपर्ने कामका सुझाव त्यहाँ राखिएका छन् । २०५१ सालमा बनेको आचार संहितामा पनि धेरै विषय सुधार गर्नुपर्ने देखिन्छ । ऐन नै पनि संशोधन हुनुपर्ने छ । ती विषयलाई सम्बोधन गर्ने सुझाव आएका छन् ।

कानून व्यवसायीहरुमाथिको उजुरीमा बार काउन्सिलले तत्काल अध्ययन गरेर कारबाही गर्ने सुझाव आएका छन् । कानून व्यवसायीले पनि व्यवसायिकता, पेशागत मर्यादा बढाउन बार नेतृत्वले पनि पहल गर्नुपर्ने कुरा आएका छन्, हामी कार्यान्वयन गछौं ।

पोहोर साल बारले कतिपय आदेश फैसलाको अध्ययन गर्ने भनेर जिल्ला र उच्च अदालत बारहरुलाई पत्राचार नै गरेको थियो । बारको यो पहल कहाँ पुग्यो ?

हरेक बार एसोसिएसनका कार्यालयमा उजुरी र सुझाव पेटिका राख्ने कुरा भएको हो । स्थानीय तहबाट समाधान गर्न सकिने विसंगति त्यहीबाट समाधान गर्ने भन्ने भएको हो । समाधान हुन नसक्ने विषय नेपाल बार एशोसिएसनमा पठाउने अनि नेपाल बारले आफैले विकृत विसंगति रोक्न पहल गर्ने भनेको हो । बारले पनि नसके सम्बन्धित निकायमा यो विषय पठाएर समाधानको पहल गर्ने भनेको हो । बिस्तारै यो काम भइरहेको छ ।

यो प्रतिवेदन कार्यान्वयन नभइ अलिपछि दराजमा धुलाम्मे अवस्थामा भेटिने त होइन ?

सर्वोच्च अदालतले २०६६ साल र २०७२ सालमा दुईवटा समिति बनाएर अध्ययन गरेको भेटियो । दुवै समितिले विकृति विसंगतिबारे प्रतिवेदन दिएका थिए । न्यायपालिकामा आन्तरिक रुपमा मात्रै अध्ययन भएकाले त्यो प्रतिवेदनवारेको बहस सतहमा आएन । बाहिर नआए पनि प्रतिवेदनले औल्याएका विषयमा सुधार भएका छन् । फाँटवालाले पैसा खान्छन्, बढी लिन्छन् भन्ने प्रतिवेदनले दिएको सुझाव अनुसार बैंकिङ प्रणालीमा गएको हो । बाँकी केही जिल्लामा पनि यो प्रणाली कार्यान्वयन हुनेछ । सार्वजनिक गर्न नचाहेका कारण त्यतिबेलाको प्रतिवेदन हामीले थाह पाएका थिएनौं । हामीले यो समिति बस्दामा ती प्रतिवेदन अध्ययन गर्‍यौं ।

विगत र अहिलेको अध्ययन समिति फरक छ । हिजो न्यायपालिकाभित्रको आन्तरिक अध्ययन प्रतिवेदन थियो । अहिले त त्यसमा न्यायप्रशासन, नेपाल बार, न्यायपरिषद्, महान्यायाधिवक्ताको कार्यालयलगायतका निकायका प्रतिनिधिहरुको संलग्नता छ । यस्तो समितिले दिएको सल्लाह सुझाव दराजमा थन्किदैन भन्ने विश्वासले नै हामी बारबाट प्रतिनिधित्व गर्दै समितिमा गएको हो ।

हामी आफैंले स्वामित्व लिएको प्रतिवेदन कार्यान्वयनका लागि भोलि पनि पहल गछौं । प्रतिवेदन बुझ्दै सम्माननीयज्यू-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर (जबरा)ले पनि प्रतिवेदन सार्वजनिक गर्छु भन्नुभएको छ । गोप्य रहदैन, यसमा आएका सुझावहरु हुबहु कार्यान्वयनमा जान्छ भन्नुभएको छ । अहिलेलाई आशा गरौं न ।



from Online Khabar https://ift.tt/3fbEsOd

टोकियो ओलम्पिक : सहभागितामै सीमित नेपालको यात्रा

१५ साउन, काठमाडौं । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापनमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन्

३२औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमा ३ खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन सामान्य रह्यो । पाँचै खेलाडी आफूले खेलेको पहिलो खेलबाटै आउट भए ।

सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेपनि फेरि एक पटक विश्व खेलकुदको कुम्भमेलामा नेपालको यात्रा सहभागितामै सीमित बन्यो ।

ओलम्पिकमा पदक त टाढाको कुरा पहिलो चरण पार गर्नु नै नेपालको लागि ठूलो चुनौती बनेको छ । अझ त्यो भन्दा अघि नेपाली खेलाडी छनोट भएर ओलम्पिकमा खेल्न जानु चुनौती छ । नेपालले युनिभर्सल कोटा र वाइल्ड कार्डको सहारामा ओलम्पिक खेल्दै आएको छ, दुई जनालाई छाडेर ।

अपवादका रुपमा रहेका दुई तेक्वान्दो खेलाडीले छनोट भएर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

ओलम्पिकमा जानुअघि यस पटक जात्रा होइन यात्रा गर्ने भनेर नेपाल ओलम्पिक कमिटीले नेपाल ओलम्पिक यात्रा भनेर एउटा पत्रकार सम्मेलन गरेको थियो ।

अन्य देशहरु पदकका लागि प्रतिस्पर्धा गर्दा नेपाल भने अझै ओलम्पिकमा सहभागी बन्नु अनी केही व्यक्तिगत कीर्तिमान सुधारमै रमाउने चलन छ ।

त्यो कार्यक्रमको दुई साता र केही दिनपछि नेपालको ओलम्पिक यात्रा सकिएको छ । यस बिचमा नेपालको यात्रा कस्तो भयो के-के जात्रा भए भन्ने विषयमा छलफल र बहस हुँदै जाला ।

अहिले भने टोकियो ओलम्पिकमा नेपालको सहभागिता, केही कीर्तिमान अनि जम्बो टोलीको भ्रमणसहितको यो रिभ्यू ।

मार्चपासमा जेन्डर ब्यालेन्स

यसपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले उद्घाटन समारोहमा मार्स पासमा एक महिला र एक पुरुष खेलाडीलाई झण्डा बोक्न दिने निर्णय गर्‍यो ।

टोकियोमा झण्डै ५० प्रतिशत महिला खेलाडी सहभागी थिए । आइओसीले जेन्डर ब्यालेन्स गराउन महिला र पुरुष खेलाडीले संयुक्त रुपमा झण्डा बोक्न पाउने निर्णय गरेपछि नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्सले राष्ट्रिय झण्डा बोके । संयोग, दुवै पौडी खेलाडी थिए ।

सुरुमा गौरिकाले मात्र बोक्ने एनओसीले जनाएको थियो । तर आइओसीको निर्यपछि दुई खेलाडीले झण्डा बोके । एलेक्स एक मात्र पुरुष खेलाडी भएकाले अवसर पाएका हुन् ।

नेपालबाट सहभागी भएका ५ मध्ये चार जना महिला खेलाडी थिए ।

४ महिला खेलाडी

१९८८ को सोल ओलम्पिकबाट नेपालका महिला खेलाडी ओलम्पिकमा सहभागी हुन थालेका थिए । यस पटक नेपालबाट ५ मध्ये ४ महिला १ पुरुष थिए । जसमा ८० प्रतिशत महिला खेलाडी थिए । एकै संस्करणमा नेपालबाट ओलम्पिक खेल्नेमध्ये महिला सहभागीता अहिलेसम्मकै धेरै हो ।

१९९२ यता ओलम्पिक जाने नेपाली खेलाडीमा पुरुषभन्दा महिला खेलाडी नै बढी रहँदै आएको छ । तर अहिलेसम्म नेपालबाट एकै ओलम्पिक सहभागी भएको खेलाडीमा महिलाको बाहुल्य रहेको यो बर्चस्व नै रह्यो ।

कल्पनाको निशामा सुधारियो

वाइल्ड कार्डमार्फत ओलम्पिकमा खेल्ने अवसर पाएकी सुटिङ खेलाडी कल्पना परियारले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन् ।

उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दै ६१६.८ स्कोरको नयाँ कीर्तिमान बनाएकी हुन् । उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि १३औं सागमा उनले ६१४.५ स्कोर गरेकी थिइन् ।

यस स्पर्धामा ५० सुटरले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् ।

सोनियामा १ मिनेट १६ सेकेण्डै आउट

अर्का वाइल्डकार्डबाट छनोट भएकी खेलाडी सोनिया हुन् । उनले जुडोको महिला ४८ केजीमा प्रतिस्पर्धा गरिन् । तर रुसकी इरिना डोल्गाभासँग उनी पहिलो चरणमै पराजित भइन् । बुडोकायो निप्पोनमा उनी १ मिनेट १६ सेकेण्डमात्र विपक्षीसँग टिकिन् । इरिनासँग उनी इप्पोनको आधारमा पराजित भइन् ।

ओलम्पिक एक आउट जित्ने लक्ष्य राखेपनि उनी सफल हुन सकिनन् ।

एलेक्सको कीर्तिमान सुधार

पौडी खेलाडी एलेक्जान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका उनले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ५३.४१ सेकेण्डको टाइमिङ निकाले ।

१८ वर्षीय एलेक्सले यसअघि २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा ५६.२८ सेकेण्डको कीर्तिमान बनाएका थिए । यस पटक उनले त्यसमा २.८७ सेकेण्डले सुधार गरे ।

एलेक्स यस इभेन्टमा प्रतिस्पर्धा गरेका ७१ खेलाडी मध्ये ५९औं भएका थिए ।

एलेक्समा नेपालमै भएको १३औं सागमा यही इभेन्टमा अझ राम्रो समय सहित कीर्तिमान बनाएका थिए । तर त्यो सर्ट कोर्समा थियो । १३औ सागमा सर्ट कोर्टमा उनले ५४.३२ सेकेण्डको समय निकालेका थिए ।

उनी ओलम्पिकमा पौडीमा प्रतिस्पर्धा गरेर आफ्नो हिटमा पहिलो हुने दोस्रो खेलाडी बने । यसअघि २०१६ को रियो ओलम्पिकमा गौरिका आफ्नो हिटमा पहिलो भएकी थिइन् ।

गौरिकाको कीर्तिमान सुधार

पौडीकै अर्का खेलाडी गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गरिन् अनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत सुधार गरिन् । महिला १०० मिटर फ्रिस्टाइलमा उनले १ मिनेट ११ मिलिसेकेण्डको समय सहित नयाँ कीर्तिमान बनाइन् ।

१८ वर्षीय गौरिकाले यसअघि सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा बनाएको कीर्तिमान सुधार गरिन् । यसअघि लङ कोर्समा उनको १ मिनेट ६२ मिलिसेकेण्डको कीर्तिमान थियो ।

गौरिकाले यसअघि नेपालमै भएको १३औं सागमा यस इभेन्टमा यो भन्दा राम्रो समय निकालेकी थिइन् । तर त्यो सर्ट कोर्समा रहेको थियो ।

२०१६ को रियो ओलम्पिकमा कान्छी खेलाडी बन्दै चर्चा कमाएकी गौरिका त्यसबेला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दै आफ्नो हिटमा पहिलो भएकी थिइन् । यस पटक चार खेलाडी रहेको हिट वानमा उनी तेस्रो स्थानमा रहिन् । गौरिका हिट चरणबाट अघि बढ्न भने सकिनन् ।

२ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी उनी परिवारसँग उतै बस्ने, उतै पढ्ने र स्विमिङ गर्दै आएकी थिइन् । नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदा उनले आएर खेल्ने गरेकी छन् । बेलायतपछि अब उनी थप अध्ययनका लागि अमेरिका जाँदैछिन् ।

भाग्यमानी सरस्वतीको कमजोर प्रदर्शन

सुरुमा एथ्लेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भएपनि अन्तिममा उनको नाम हट्यो र महिला १०० मिटरमा सरस्वती चौधरीले ओलम्पिकमा खेल्ने अवसर पाइन् । यस मानेमा उनी भाग्यमानी भइन् ।

नेपाली स्प्रिन्टरमा मध्ये अहिले उत्कृष्ट समय भएको आधारमा उनले युनिभर्सल कोटामा ओलम्पिक खेल्ने अवसर पाएकी हुन् ।

तर टोकियोमा उनको प्रदर्शन भने खराब रह्यो । सरस्वतीले महिला १०० मिटरमा व्यक्तिगत समयमा समेत सुधार गर्न सकिनन् ।

महिला १०० मिटरको प्राम्भिक चरण प्रतिस्पर्धा गरेकी उनी सुरुमै बाहिरिन् । दोस्रो हिटमा रहेकी उनले १२.९१ सेकेण्डमा दूरी पूरा गर्दै कूल ९ खेलाडी मध्ये आठौं स्थानमा रहिन् ।

यसअघि उनले १३औं सागमा निकालेको १२.५५ सेकेण्डको समय व्यक्तिगत उत्कृष्ट थियो । त्समा सुधार गर्दै कीर्तिमान बनाउने सरस्वतीको आश पूरा हुन सकेन ।

यस इभेन्टमा देवी माया पनेरुले १९९९ को सागमा १२.१९ सेकेण्डको कीर्तिमान राखेकी छन् ।

जम्बो टोली र बामदेव पत्नीको चर्चा

यसअघि जस्तै यस पटक पनि नेपालबाट खेलाडी कम पदाधिकारीको जम्बो टोलीको ओलम्पिक यात्राले सुरुमै आलोचना भएको थियो ।

खेलाडी र प्रशिक्षक धन्दा झण्डै दोब्बर पदाधिकारीको टोली रह्यो । तर सुरुमा ओलम्पिकमा सहभागी हुने सूचीमा खेलाडीसहित २६ जनाको नाम रहेकोमा ३ पदाधिकारी भने ओलम्पिकमा सहभागि भएनन् ।

कोभिड१९ को कारणले ओलम्पिकमा जाने सूचीमा कटौटी भएपनि ५ खेलाडी र ४ प्रशिक्षकबाहेक १७ जना पदाधिकारीको टोली थियो । त्यसमध्ये ३ जना भने ओलम्पिमा गएनन् । नेपालबाट २३ जना सहभागि रहे । त्यसमा पनि पौडी खेलाडी गौरिका सिंह बेलायतबाट सिधै जापान पुगिन् । यस्तै नेपाली टोलीमा रहेकामध्ये एक जना टोकियोस्थित नेपाली दुतावासबाट र एक जना टोकियोस्थित स्थानिय स्वयंसेवक थिए ।

नेपाली टोलीको चिफ दि मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल थिए । ओलम्पिकमा सहभागि २३ मध्ये नेपालबाट ४ खेलाडी, ४ प्रशिक्षक र १२ पदाधिकारी गरी २० जना टोकियो पुगेका थिए ।

खेलाडी बाहेक कसैको चर्चा भयो भने त्यो तुला थापको भयो । बामदेव गौतमकी पत्नी । नेपाल कबड्डी संघको अध्यक्ष, एनओसीकी सचिव अनि सांसद समेत हुन् उनी । उनको खेल कबड्डी ओलम्पिकमा थिएन तर टोकियोमा जुडो म्यानेजर बनेर गइन् । त्यो पनि आफ्नो खेल नभएर अर्कै खेल । उनको सहभागितालाई लिएर निकै आलोचना भयो । टोकियो घुम्नकै लागि उनी गएको चर्चा भयो ।

उदघाटनमा भएको मार्चपासमा दुई खेलाडीबाहेक ६ पदाधिकारी थिए । त्यसमा खेलाडी पछि तुलसा र सदस्य सचिव थिए ।

सम्बन्धित खेलको फिजियो र म्यानेजर जानुपर्ने भएपनि विदेश भ्रमणको कोटा मिलाउनकै लागि यस पटक फरक खेलाडीसँगै उच्च तहमा रहेका पदाधिकारीलाई ओलम्पिकमा विभिन्न खेलको म्यानेजर बनाएर लगिएको थियो ।



from Online Khabar https://ift.tt/3BXMc0j