Friday, July 30, 2021

बिर्तामोड खोप प्रकरण : निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

१६ साउन, विर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य शाखा प्रमुख ओम खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र) विर्तामोड नगर समितिले माग गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषि उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौं ।’

२०७८ साउन १५ गते बिर्तामोडस्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड–१९ फोकल पर्सन खोपसहित संदिग्ध रुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैरजिम्मेवार रहेको पुष्टि भएको  विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले यसअघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुनः यस खालको गतिबिधिमा संलग्न देखिएको भन्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कतै सिङ्गो स्थानीय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

विज्ञप्तिमा घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र बिभिन्न बहानाबाजीमा आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको विरुद्धमा जनदबाब सृजना गर्न, खबरदारी गर्न र जागै बस्न सम्पूर्ण नगरबासीलाई अपिल गरिएको छ ।

शुक्रबार विर्तामोड नगरपालिकाको एक होटलबाट बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ परेका थिए । स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएर जिम्मा लगाइदिएका थिए ।



from Online Khabar https://ift.tt/2Vm24bY

No comments:

Post a Comment