Thursday, August 26, 2021

कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ

११ भदौ, धनगढी । कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो ।

स्थानीय जंगलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका जैसीविरुद्ध हातहतियार सम्बन्धी मुद्दा दर्ता गरेर अनुुसन्धान थालेका प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/3mDOlsG

No comments:

Post a Comment