Sunday, September 19, 2021

टोटनहममाथि चेल्सीको शानदार जित

काठमाडौं । प्रिमियर लिगमा शनिवार चेल्सीले टोटनहम हट्सपरलाई ३-० ले पराजित गरेको छ । लण्डन डर्बीमा टोटनहममाथि शानदार जितपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ ।

टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दवस्रो हाफमा चेल्सीले ३ गोल गरेको हो ।

४९औं मिनेटमा डिफेण्डर थियागो शिल्भाले मार्कोस अलोन्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा एन गोलो मान्टेले माटेयो कोभासिससको पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । इन्जुरी टाइममा एन्६ोनियो रुडिगरले टिमो वेर्नरको पासमा चेल्सीका लागि तेस्रो गोल गरे ।

यस सिजन चौथो जितपछि चेल्सीले पाँच खेलबाट १३ अंक जोडेको छ । लिभरपुल र म्यानचेष्टर युनाइटेडको पनि समान १३ अंक छ । तर गोल अन्तरमा लिभरपुल शीर्ष स्थानमै छ भने चेल्सी दोस्रो स्थानमा उक्लेको छ । युनाइटेड तेस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/39n52AG

No comments:

Post a Comment