Sunday, September 19, 2021

कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

काठमाडौं । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् ।

युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद छाड्ने घोषणा गरेका हुन् ।

भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले यस सिजन सकिएपछि बैंगलोरको कप्तानबाट हट्ने घोषणा गरेका हुन् । तर उनले आईपीएलको अन्तिम खेलसम्म पनि बैंगलोरबाटै खेल्ने र अन्य टिममा नजाने बारे टिम म्यानेजमेन्टलाई पनि जानकारी गराएको बताएका छन् ।

अर्को वर्ष आईपीएलमा दुई टिम थपिदैँछन् भने मेगा अक्सनसमेत हुनेछ ।

कोहली सन् २०१३ देखि बैंगलोरको कप्तान छन् । उनको कप्तानीमा बैंगलोरले १३२ खेल खेल्दा ६२ मा जित हात पारेको छ । यस्तै ६६ खेलमा पराजित हुँदा चार खेल नतिजाविहीन सकिएको थियो ।

कोहलीले केही समयअघि मात्रै टी२० विश्वकपपछि भारतको टी२० कप्तान पदसमेत छाड्ने घोषणा गरिसकेका छन् ।



from Online Khabar https://ift.tt/2XtcKqj

No comments:

Post a Comment