Sunday, June 30, 2024

जर्जियालाई पराजित गर्दै स्पेन अन्तिम ८ मा, क्वाटरफाइनलमा जर्मनीसँग खेल्ने

१७ असार, काठमाडौं । जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४-१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो ।

खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफमा बराबरीमै सकिएको खेलको दोस्रो हाफमा भने स्पेन हाबी भयो । थप तीन गोल गर्‍यो । ५१औं मिनेटमा फाबियन रुइजले हेडरमार्फत गोल गरे । ७५औं मिनेटमा निको विलियम्स र ८३औं मिनेटमा ड्यानी ओल्मोले थप एक गोल गरेपछि स्पेन ४-१ ले विजयी भयो ।

क्वाटरफाइनलमा स्पेन र जर्मनीविरुद्ध खेल हुनेछ । जर्मनीले डेनमार्कलाई २-० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।

आयोजक जर्मनी र स्पेन दुवै टोली उपाधि दाबेदार मानिएका छन् ।



from Online Khabar https://ift.tt/Wod5vu9

अमेज़न पर चल रही है तगड़ी सेल! इन 5 फोन पर पहले नहीं मिला इतना बढ़ियां ऑफर

अगर आप नया फोन खरीदने की सोच रहे हैं तो आपके लिए अमेज़न पर कई दमदार डील दी जा रही है. जानिए किन मोबाइल फोन को कितने सस्ते में घर लाया जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/GgnJsqh

इरानमा राष्ट्रपतिको निर्वाचन : बहुमत नपुगेपछि दोस्रोपटक मतदान हुने

१७ असार, काठमाडौं । इरानमा भएको राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ ।

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले गत शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको थियो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान थिए ।

मसुदले सबैभन्दा धेरै भोट पाएका छन् । चुनाव आयोगका प्रवक्ता मोहसेन इस्लामीले सरकारी टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गर्दै २ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी दिए ।

सबैभन्दा धेरै मत ल्याए पनि मसुदले बहुमत हासिल गर्न भने सकेनन् । बीबीसीका अनुसार बहुमत हासिल गर्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । त्यसैले ५ जुलाईमा पुनः निर्वाचन हुने बीबीसीले जनाएको छ ।

सबैभन्दा धेरै भोट पाएका मसुदले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले ५ जुलाईको निर्वाचनमा अधिक भाग लिन र देशलाई गरिबी, भेदभाव र अन्यायबाट जोगाउने पक्षमा उभिन आह्वान गरेका छन् ।

गत शुक्रबार भएको निर्वाचनमा एकदमै कम भोट खसेको बीबीसीले जनाएको छ । त्यसो हुनुमा इरानको सरकारप्रति बढ्दो असन्तोष कारण हुनसक्ने अनुमान छ ।



from Online Khabar https://ift.tt/uvpH8SX

२० असारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा ‘रेड अलर्ट’

१७ असार, काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ ।

रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।

अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् ।

यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ ।

गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् ।

बिगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको विभागको भनाइ छ । यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो । सो न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको हो ।

विभागका मौसमविदहरुका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

यी हुन् मध्यम जोखिममा परेका जिल्ला

यो मौसमी घटनाबाट कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २६ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।

मध्यम जोखिमको सूचीमा कोशीको उदयपुर तथा मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी छन् ।

बागमतीका रामेछाप र सिन्धुली तथा गण्डकीको मनाङलाई पनि जल तथा मौसम विज्ञान विभागले मध्यम जोखिमको सूचीमा राखेको छ ।

लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेख पनि मध्यम जोखिममा छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ र बैतडी जिल्ला पनि मध्यम जोखिमको संकेत स्वरुप यलो अलर्टको सूचीमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असार १७ गतेदेखि २० गतेसम्म रेड र यलो अलर्ट जारी भएका जिल्लाहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको र ठूला तथा साना नदीनाला एवम् खोलाहरुमा पानीको सतह बढ्ने सम्भावना समेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

वर्षा र बाढीबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सबैलाई अनुरोध गरेका छन् ।



from Online Khabar https://ift.tt/ocbyGRf

Saturday, June 29, 2024

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने   

१६ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।



from Online Khabar https://ift.tt/o4MRg5W

एचके मडरर्सले जित्यो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

१५ असार, सुर्खेत । हेल नाइट (एचके) मडरर्सले प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि शनिवार जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शुक्रबा र शनिवार भएको फाइनल चरणको लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडर्सस च्याम्पियन बनेको हो ।

दुवै टोलीले समान अंक जोडेपनि धेरे चिकेन डिनर खाएको आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए ।

च्याम्पियन बनेको एचके मडरर्सले २ लाख २५ हजार प्राप्त गर्‍यो । दोस्रो भएको लियो स्पोर्ट्सले १ लाख ८० हजार पायो । यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार प्राप्त गर्‍यो ।

पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए ।

लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए । उनले एक थान टेक्नो पोभा-६ मोबाइल प्राप्त गरे ।

च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो । जसमा इफुटबलको उपाधि गौरव पुडासैनीले जिते । यस्तै मोबाइल लेजेण्ड्स (एमएलबीबी) को मोबाइल पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो ।

ई स्पोर्ट्स संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो ।

पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

छनोट चरणको खेलपछि मोबाइल पब्जीको १६ टोलीले प्रतिस्वर्धा गरेका थिए ।

विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्याल, ईशानका अध्यक्ष अन्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केशी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरेका थिए ।

 

 



from Online Khabar https://ift.tt/FKCPUeq

स्वीट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो

१५ असार, काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।

नकआउट चरणको पहिलो खेलमै शनिावर स्वीट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्वीट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।

बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो ।

स्वीट्जरल्याण्डले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचकव विजेतासँग खेल्नेछ ।

तस्बीर : युईएफए



from Online Khabar https://ift.tt/KFiTB6H

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

१५ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि  पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो ।

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाएपनि हार टार्न सकेनन् ।

एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिँएको थियो । १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो । अन्तिम ६ बलमा १६ रन चाहिँएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो ।

ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४-४ रनमा आउट हुँदा दक्षिण अफ्रिका १२-२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा स्वीप खेल्ने धुनमा स्टब्स २१ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा बोल्ड आउट भए ।

उनी आउट हुँदा दक्षिण अफ्रिका ८.५ ओभरमा ७०-३ को अवस्थामा थियो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेल ३१ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिबम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।



from Online Khabar https://ift.tt/BAiq9t3

Friday, June 28, 2024

Airtel vs Jio: कीमत बढ़ने के बाद कौन सा मंथली प्रीपेड प्लान कितने का मिलेगा?

Airtel vs Reliance Jio: जियो और एयरटेल के प्लान्स की कीमतें 3 जुलाई से बढ़ने जा रही हैं. ऐसे में हम यहां आपको दोनों ही कंपनियों के नए मंथली प्रीपेड प्लान्स के बीच में अंतर बताने जा रहे हैं.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/YuXPTin

मधेसमा बढ्दैछन् चोरी लुटपाटदेखि जघन्य हत्याका घटना

१५ असार, जनकपुरधाम । बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहार गरेर जेठ ३२ गते हत्या भयो । साँझ सवा पाँच बजेतिर पुख्र्यौली घर आदर्शको तवाल गाउँपालिका-२ खजुरियाबाट मोटरसाइकलमा कलैया फर्किने क्रममा बतरा गाउँ नजिक अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

दुई वटा मोटरसाइकलमा आएका चार जनाले बाटो छेकेर पिँठ्यूमा गोली प्रहार गरी भागेका थिए । गम्भीर घाइते कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पताल साँझ ७ः१५ तिर मृत्यु भएको भयो ।

एकसातापछि बारा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरी ११ असारमा सार्वजनिक गरेको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ पर्नेहरुमा आदर्शकोतवाल २ खजुरियाका अवधलाल प्रसाद कुशवाहा, चांदसी प्रसाद कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, राधेश कुमार पटेल, विनोद राउत कुर्मी, कलैया उपमहानगरपालिका १० मटिअर्वाका आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाई गाउँपालिका पिपराका मोतिलाल चौधरी छन् ।

उनीहरुको साथबाट साथबाट तीनवटा मोटरसाइकल, ६ राउण्ड गोली र बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु बरामद भएको छ ।

जग्गा विवादको कारणले कुशवाहाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । ‘घटनाको प्रमुख कारण मृतक कुशवाहा र पक्राउ परेका प्रतिवादीहरुबीच जग्गा विवाद देखिएको छ । यसअघि पनि विवाद भएको देखिन्छ । खोजी गर्दै छौं’ डिएसपी न्यौपाने भन्छन् । पक्राउ परेकाहरुमाथि ज्यान तथा हातहतियार खरखजाना मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।

****

१७ वैशाखको बिहान सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भयो । बिहान ६ बजे रक्ताम्य अवस्थामा मृत फेला परेका थिए, फुँयाल ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेका अनुसार सिसीटिभी फुटेजबाट बैंक लुट्ने लुटेराको समूहले बिहानै ३ः१८ बजेतिर उनको घाँटीमा खुकुरी प्रहार गरी हत्या भएको थियो । फुँयाल सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा थिए ।

लुटेराले बैंक लुट्ने उद्देश्यले नै सुरक्षागार्ड फुँयालको हत्या भएको प्रहरीको निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा सप्तकोशी नगरपालिका ५ का चन्द्रबहादुर सुवेदीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

उनलाई चितवनको लोथरबाट पक्राउ गरेर सप्तरी ल्याइएको छ । आरोपित व्यक्ति अवकाशप्राप्त सशस्त्र प्रहरी हुन् । मृतक सुरक्षा गार्ड भने पूर्व सैनिक थिए । सुवेदीमाथि ज्यान मुद्दा दायर भएको छ । जिल्ला अदालत सप्तरीको आदेशमा उनी थुनामा छन् ।

****

२६ चैत मध्याहन्न १२ बजेतिर जनकपुरधामको विश्वकर्माचोक स्थित व्यस्त सडकमा छुरा प्रहार गरी २० वर्षीय प्रिन्स महासेठको हत्या भयो । महोत्तरीको एकडाडा गाउँपालिका ३ भटुलिया घर भई हाल जनकपुमा बस्दै आएका पिन्सलाई उनकै साथी रोशन झाले डेराबाट बोलाएर लगेका थिए ।

दिउँसो १२ बजेतिर व्यस्त सडकमा उनलाई एक युवकले फिल्मी शैलीमा लखेटेर छातीमा छुरा घोपे । घटनास्थल नजिकैबाट तत्कालै प्रहरीले छुरा प्रहार गर्ने स्थानीय गणेश साहका छोरा वर्ष २४ वर्षीय अर्जुन कुमार साहलाई पक्राउ गर्यो । अर्जुन लागूऔषध सेवनकर्ता हुन् ।

धनुषा प्रहरीका अनुसार अर्जुन त्यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न छन् । उनी पुर्पक्षका लागि जेल बसेर केही महिना अघि मात्र छुटेका थिए । प्रिन्सलाई छुरा प्रहार गरी हत्या गररेका उनीमा कुनै पश्चाताप नदेखिएको प्रहरी बताउछ ।

प्रिन्सका बुबाको चारवर्षअघि कोरोना संक्रमणले निधन भएको थियो । त्यसपछि आमा सुमित्राले जनकपुरको जिरोमाइलमा फलफूल बेचेर घर चलाइरहेकी छन् । दुई छोरा र दुई छोरीकी आमा सुमित्रा घरको १५ लाख ऋण पूर्णले थिचिएकी छन् । जिम्मेबारी सम्हाल्न छोरा प्रिन्स दुबई जाने तयारीमा थिए । आश लाग्दा छोरा मारिएपछि उनी गहिरो चिन्तामा छिन् । आरोपितले जेलबाट बाहिरिए सबैलाई सिध्याइदिने धम्की दिएपछि परिवार झन् त्रसित छ ।

‘उसले मेरो छोरा मारेकोमा अलि पनि ग्लानी छैन । बाहिर आए अर्को छोरासहित सबैलाई मारिदिन्छु । हामी असुरक्षित महसुस गरिरहेका छौं’ आमा सुमित्रा सुनाउँछिन् । अर्जुन जिल्ला अदालत धनुषाको आदेशमा पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

****

गत जेठ ३१ गते साँझ ६ बजेतिर महोत्तरीको गौशाला नगरपालिका-११ स्थित मरहा खोलामा स्थानीय भरतपुर बस्ने ३० वर्षीय विनय कुमार महतोमाथि गोली प्रहार भयो । मोटरसाइकलमा गौशाला बजार जान लागेका बेला घाँटीमा लगाएको सुनको सिक्री लुट्न मोटरसाइकलमा आएका हतियारधारीले प्रयास गरेका थिए ।

महोत्तरीमा गोली प्रहार गरेको आरोपमा पक्राउ परेकाहरू ।

त्यस क्रममा हतियारधारीसित विनयको घम्साघम्सी भएको थियो । अन्तमा हतियारधारीले पाँचपटक पेस्तोल चलाएका थिए । एक गोली कम्मरमा लागेर विनय घाइते भए । सिक्री लुटेर लुटेरा भागेका थिए ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार घटनास्थलमा पाँच राउण्ड गोली लुटेराले चलाएका थिए । जस मध्ये एक गोली विनयको कम्मरमा लागेको थियो । दुईवटा खोका र नचलेको गोली घटनास्थलमा फेला परेको थियो । उपचार पश्चात विनय समान्य अवस्थामा फर्केका छन् ।

घटनामा संलग्न मध्ये एकजना केही दिन पश्चात हतियारसहित पक्राउ परेका छन् भने एकजना अझै फरार छन् । तिव्ररुपमा खोजी गरिरहेको डिएसपी जयसवार बताउँछन् । उनका अनुसार गोली चलाउनेहरु पेशेवर लुटेरा हुन् ।

****

यी चारघटना उदाहरण मात्र हुन् । मधेश प्रदेशमा सृंखलाबद्ध रुपमा जघन्य अपराधका घटनाहरु हुने क्रम बढेको छ । बढ्दो अपराधको कारण मान्छे असुरक्षित महसुस गर्न थालेका छन् । चोरी लुटपाटका घटनाहरु रोकिएका छैनन् ।

दिनप्रतिदिन लागूऔषध ओसारपसारको क्रम बढ्दै छ । लागूऔषध सेवनकर्ता पनि बढ्दै छन् । तिनीहरुले मसिना बिबादमा पनि हत्या नै गर्नेसम्मको अपराध मौलाएको छ । वर्षेनी मधेश प्रदेशमा हत्या जस्तो जघन्य अपराध तथा लुटपाटको ग्राफ बढ्दो छ ।

अपराधको डरलाग्दो ग्राफ

नेपाल प्रहरीकै तथ्यांक अनुसार मधेश प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १०२ जनाको हत्या भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांक अनुसार ५१ जना पुरुष, ३९ जना महिला, ७ जना बालिक र ५ जना बालक छन् ।

चालु आर्थिक वर्षमा सबभन्दा बढी सिरहा र सप्तरीमा १६-१६ जनाको हत्या भएको छ । सबभन्दा कम महोत्तरी र सर्लाहीमा ८-८ जनाको हत्या भएको हो । सिरहामा त वैशाख महिनामा मात्रै ५ जनाको हत्या भएको तथ्यांक छ ।

यस्तै धनुषामा १५ जना, रौतहटमा १४ जना, बारामा १३ जना, पर्सामा १२ जनाको हत्या भएको छ । यसअघि गत आर्थिक वर्ष २०७९।०८० मा मधेश प्रदेशमा ११५ जनाको हत्या भएको थियो भने आ.व. २०७८।०७९ मा १०४ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

हत्याका प्रायः घटना जग्गाजमिन र आर्थिक लेनदेनको बिबादले आवेशमा आएर बढी भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी सुवासचन्द्र बोहरा बताउँछन् ।

‘जग्गा जमिन आपसी लेनदेनको बिबाद हुने र त्यस क्रममा आवेगमा आएर हत्या हुने घटना बढी छ । पूर्वयोजना भएको देखिदैन’ उनी भन्छन् ‘रिसिईबीको कारणले पनि हत्या हुन्छन् । मधेशमा हुने हत्याको घटनाहरु आकस्मिक प्रकृतिका छन् ।’

अपराध बढ्नुमा अर्को कारण भारतसँगको खुल्ला सीमा पनि हो । मधेशमा जनचेतना अभावले हत्या घटना बढ्ने गरेको प्रहरीको बुझाइ छ । ‘मान्छेमा ज्ञान छ भने मैले आक्रमण गर्नु हुन्न है । यसको कारण मैले यो भोग्नु पर्छ भन्ने हुन्छ । यो चेतनाले घटना त्यो तहसम्म पुग्दैन’ प्रवक्ता बोहरा भन्छन् ।

अपराध बढ्नुमा सम्भावित अपराधको विषयमा प्रहरीले सूचना नपाउनु प्रहरी अधिकारीहरुकै तर्क छ । मधेशमा खुल्ला सीमाको कारण सुरक्षा चुनौती छ । तर खुल्ला सीमाकै लाभ उठाउन मधेशमा प्रायः आउने प्रहरी अधिकृतको प्राथमिकता पर्नुले अपराधिक गतिविधिले स्पेश पाएको एक प्रहरी अधिकारी बताउँछन् ।

ती प्रहरी अधिकारी बुझाइमा धरातल बुझेका घुमुवा प्रहरीलाई नयाँ हाकिम आउने बितिकै परिवर्तन गर्नुले पनि अपराध बढेको छ ।

सदनसम्म छलफल

मधेशमा बढ्दो अपराधको विषय प्रतिनिधिसभामा उठ्न थालेको छ । गत असार २ गते नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधेशका विभिन्न जिल्लाहरूमा दिनदहाडै हत्याका श्रृंखलाहरू बढ्दै गएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

अपराधिक घटना बढ्नुमा खुल्ला सीमा रहेको उनको भनाइ थियो ‘सुटर भारतबाट नेपालमा आउने, खुला सीमा, हातहतियारहरूको ओसारपसारले गर्दा मधेश खासगरी सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन ।’

सांसद मैनालीको भनाइमा मधेशमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, त्यसरी नै पुनः बढ्ने अवस्थामा रहेको छ । उनले प्रतिनिधिसभामा भनेका थिए, ‘यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता अपनाओस् ।’

जनचेतना आवश्यक

पछिल्लो समय मधेशमा हत्या जस्ता अपराधिक घटन मौलाउनुमा खुल्ला सीमा, जनचेतना अभाव, आपसी रिसईवी लगायतका कारण रहेको सुरक्षाविद्को विश्लेषण छ । नेपाल प्रहरीका पूर्व एआइजी विजय कायस्थ मधेशमा अपराध बढ्नुमा खुल्ला सीमालाई पहिलो कारण मान्छन् । उनको विश्लेषणमा जनचेतना अभाव, सूचनामा प्रहरीको पहुँच, जेलबाट छुटेका अपराधी चरित्रका व्यक्तिमाथि निगरानी नहुनु हो ।

‘अपराधमा बन्दुक गोली जस्ता हतियारको प्रयोग बढ्नुमा खुल्ला सीमा नै कारण हो । आपसी रिसईबी त छँदै छ । जनचेतना अभाव पनि कारण हो’ कायस्थ भन्छन् ‘कारागारबाट छुटेका अपराधी चरित्रको व्यक्तिमाथि निगरानी हुँदैन । तिनीहरुले पनि अपराध गरिरहेका हुन्छन् । जेल प्रशासन र प्रहरीबीच समन्वयको अभाव छ ।’

अपराध न्यूनिकरणको गर्न जनता जागरुक हुनुपर्ने र काहीकतै शंकास्पद गतिविधि देखे तत्कालै प्रहरीलाई खबर गरि हाल्नुपर्ने उनको सुझाव छ ।

‘आम नागरिक सजग नभएसम्म घटना न्यूनिकरण गर्न समस्या हुन्छ । आम नागरिकको सहयोगमा अरु कैयौ घटनामाथि छानबिन भएको छ । जनता र प्रहरीविचको सहकार्य जारी हुनुपर्छ’ उनी भन्छन् ।

सूचनाको पहुँचमा राज्यको उचित लगानी, ठाउँठाउँमा सिसीटिभी क्यामेरा जडान, प्रहरीको सेवासुविधा थप गर्न उनी सुझाउँछन् । उनी भन्छन्, ‘घटना न्यूनीकरणको लागि सूचना आउनु पर्‍यो । तर कसैले फोकटमा आफ्नो ज्यान जोखिममा राखेर किन सूचना दिन्छन् । त्यसमा राज्यको लगानी हुनुपर्छ ।’



from Online Khabar https://ift.tt/Q4xoPsS

घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन  

१५ असार, काठमाडौं । सरकारले राष्ट्रिय धान दिवसका अवसरमा आज शनिबार भव्यतासाथ कार्यक्रम गर्दै छ । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पहिलो पटक काठमाडौं उपत्यका बाहिर चितवनमा हुँदैछ ।

कृषि मन्त्रालयले चितवन बछौलीमा डेढ बिघामा रोपाइँ गरेर औपचारिक धान दिवस मनाउन लागेको हो ।

मन्त्रालयले धान दिवसका अवसरमा भव्य कार्यक्रम गर्दै गर्दा धान खेती हुने क्षेत्रफल भने घटेको देखिन्छ ।

नेपालमा पछिल्लो समय धान उत्पादनका लागि खेती हुने क्षेत्रफल घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवभन्दा ०.६१ प्रतिशत अर्थात् ८ हजार ८ सय हेक्टरले कमी भएको कृषि विभागले जनाएको छ ।

अहिले धान खेती हुने क्षेत्र १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल गएका चार आवर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो ।

पूर्वमन्त्री महिन्द्रराय यादव/फाइल तस्वीर

धान खेती क्षेत्र घटे पनि उत्पादन भने केही बढेको विभागले जनाएको छ । चालु आव कुल धान उत्पादन गत आव २०७९/८० भन्दा ४.३३ प्रतिशतले वृद्धि  भएको हो ।

चालु आव धान उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको छ, जुन चार वर्षको औसत उत्पादन तुलनामा ५.०८ प्रतिशतले बढी हो ।

यस्तै धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भएर प्रतिहेक्टर ३.९८ टन पुगेको छ, जुन चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशत बढी हो ।

कृषि विभागबाट प्राप्त तथ्यांक अनुसार चालु आव धान उत्पादन कोसी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आव उत्पादकत्वतर्फ कोसी प्रदेश प्रतिहेक्टर ४.४३ टनसहित अग्र स्थानमा छ भने मधेश प्रदेश प्रतिहेक्टर ३.४९ टनमा सिमित भए न्यून स्थानमा छ ।

क्षेत्रफल घट्दा कसरी बढ्यो उत्पादन ?

कृषि मन्त्रालयका अनुसार चालु आव धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउ उपलब्धता र प्रयोग, रोग किरा प्रकोपमा कमी आएकाले हो ।

यस्तै यो आव बाढी–पहिरोबाट धान बालीमा पर्न जाने नकरात्मक असरमा कमी, मलखाद उपलब्धतामा आएको सुधारलाई उत्पादन बढ्नुको कारण मन्त्रालयले उल्लेख गरेको छ ।

उत्पादन बढ्नुलाई कृषि औजार र प्रविधि प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ । मधेश प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण समग्र प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।

चैते धान उत्पादन र क्षेत्रफल दुवै घट्यो

गत आव तुलनामा कुल धान उत्पादन बढ्दा चैते धान उत्पादन र खेती हुने क्षेत्र तथा उत्पादकत्व घटेको छ । गत आव ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको धान चालु आव ५ लाख २० हजार ८ सय ८ टनमा सीमित भएको छ ।

यसरी हेर्दा गत आवभन्दा चालु आवमा चैते धान उत्पादन ३.६१ प्रतिशत ऋणात्मक देखिन्छ । यस्तै चैते धान खेती हुने क्षेत्रफल पनि ३.५९ प्रतिशत गत आवभन्दा घटेको छ ।

आव १ लाख ८ हजार ६ सय ७ हेक्टरमा खेती भएको चैते धान चालु आव १ लाख ४ हजार ७ सय १२ हेक्टरमा मात्रै उत्पादन हुन भएको हो ।

अर्बौंको धान–चामल आयात

नेपालले चालु आव ११ महिनामा २० अर्ब बराबरको धान–चामल आयात गरेको छ ।

कृषि मन्त्रालयका अनुसार २०८०/८१ जेठ मसान्तसम्म ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँका ३० करोड ५३ लाख १० हजार ५ सय २० किलो धान आयात गरेको छ ।

यसैगरी ८ अर्ब ६९ करोड ६ लाख ८५ हजारको ८ करोड २७ लाख ६९ हजार ८९ किलो चामल आयात गरेको छ ।

मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजारको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कति भयो रोपाइँ ?

असार दोस्रो साता पुग्दासम्म मुलुकमा रोपाइँ हुने कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

१२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा मात्रै धान रोपिएको छ । नेपालमा १३ लाख ९८ हजार ८ सय ३६ हेक्टरमा रोपाइँ हुने गरेको छ ।

कृषि विभागका अनुसार गत वर्षको दाँजोमा यो वर्ष पनि रोपाइँ दर नबढेको हो । १० असार २०८० सम्म कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।



from Online Khabar https://ift.tt/vRamM8k

प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगायो ताला

१४ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्‍दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चनमा गएको भन्‍दै नेपाल प्रेस युनियनले पत्रका महासंघको केन्द्रीय कार्यालयमा राति साढे १० बजे तालाबन्दी गरेको युनिनयनका महासचिव दिलिप पौडेले बताए ।

महासचिव पौडेलले  अनलाइनखबरसँग भने, ‘नेपाल पत्रका महासंघको सदस्यता वितरणप्रति महासंघका शाखा र प्रदेशहरूले टुंग्याएर पठाएको थियो। तर, केन्द्रले जिल्ला शाखा, प्रदेश शाखा र प्रतिष्ठान शाखाले पठाएको सिफारिसलाई हटाएर कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारहरूलाई महासंघको निर्वाचन पक्रियाको मतदाता नामावलीमा समावेश गरिएको हुनाले तालाबन्दी गर्नु परेको छ।’  उनले युनियनले यस घटनाप्रति घोर भर्त्सना गर्दै महासंघको केन्द्रीय नेतृत्वको जबरजस्ती कब्जाको नीति कायम राखेसम्म तालाबन्दी कायमै रहने बताए।

महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह गर्दै सदस्या विवाद नटुंगिएसम्म महासंघको निर्वाचनमा भाग नलिई देशभर आन्दोलन गर्ने समेत युनियनका महासचिव पौडेलले चेतावनी  दिए । ‘पत्रकार महासंघलाई फेरि पनि महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह छ। तर यदि यो अन्तिम आग्रहलाई पनि बेवास्ता गरे महासंघको निर्वाचनको प्रक्रियामा भाग नलिइ देशव्यापी आन्दोलनमा उत्रिन्छौं।’

उनले  महासंघको निर्वाचनका गराउनका लागि बनेको पुर्वअध्यक्षहरूको निर्देशक समितिले आफ्नो हैसियत बिर्सिएर कुनै राजनीतिक दलको भेलामा जाने र फेरि महासंघमा आएर क्रियाशील पत्रकारहरूलाई हटाउने हर्कत गरिरहेको  आरोप लगाए । उनले भने, ‘ अहिले महासंघको चुनाव गराउन पुर्वअध्यक्षहरूको निर्देशक समिति बनेको छ। उक्त निर्देशक समितिका सदस्यहरू आफ्नो हैसियत बिर्सिएर कुनै पार्टीको भेलामा जाने र त्यहाँबाट आएर महासंघलाई कब्जा गर्ने तरिकाले क्रियाशील पत्रकारहरूलाई हटाउने काम गरिहरेका छन्,  यसलाई निर्वाचन समितिले वैधता दिन खोजिरहेको छ ।यसैको विरोधमा हामीले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नु परेको हो।’

विशेषगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा महासंघका पुर्व गोविन्द आचार्यले गृहमन्त्रालयको निर्देशक समिति मार्फत महासंघ कब्जा गर्ने गरी निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको उनको आरोप छ ।  ‘ देशभरका क्रियाशील पत्रकारको आवेदन र उजुरीलाई लत्याएर गृहमन्त्रालयको निर्देशक समितिमार्फत निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्नु गलत हो। यसको प्रेस युनियन घोर भर्त्सना गर्दछ। महासंघ कब्जा गर्ने नीति हामीलाई कदापी स्वीकार्य हुनेछैन र मान्नेछैनौ। विधि र प्रक्रियाबाट सदस्यता कायम गर्न हामी पुन: महासंघसँग आग्रह गर्दछौं।’

पत्रकार महासंघका अध्यक्ष र महासचिवलाई गत असार ९ भेटेर सदस्यता विवाद सच्याउन २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा भोलिपल्ट उजुरीका आधारमा महासंघको सदस्यता कायम गर्ने आश्वासन दिएको थियो।



from Online Khabar https://ift.tt/l32cIkf

Thursday, June 27, 2024

बागमतीको बजेट बहुमतले पारित

१४ असार, हेटाैंडा । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेकाे छ ।

बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकाे थियाे ।

बजेटमाथि ६ असारबाट प्रदेशसभामा छलफल थालिएकाे थियाे । तर, पहिलाे दिन नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाले बजेट असन्तुलित र त्रुटिपूर्ण रहेकाे भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । सरकार र विपक्षी दलबीच सांसदका याेजनामा रकमान्तर गरेर बजेट थप्ने सहमतिपछि ७ असारमा प्रदेशसभाकाे अवराेध हटेकाे थियाे ।

सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला मन्त्री थपलियाले बिहीवार जवाफ दिएपछि बजेट पारित गरिएको हो ।

यस्तै, प्रदेशसभा बैठकले खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेकाे छ । कांग्रेस सांसद रामकृष्ण चित्रकार, छिरिङ दाेर्जे लामा, प्रभात तामाङ, कृष्णकुमार तामाङ, रमेशकुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए ।



from Online Khabar https://ift.tt/BCyAqMU

न्यून चापीय रेखा नेपाल नजिक, आइतबारसम्म मनसुन थप सक्रिय हुने

१४ असार, काठमाडौं । आज शुक्रबारदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले देशभर नै यसको प्रभाव देखिने छ ।

मनसुनी वायुको प्रभावले असार १४ गतेदेखि असार १६ गतेसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैले महाशाखाले विशेष बुलेटिन जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, बाढी–पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाको प्रक्षेपण छ ।

आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएकाले बाढी पूर्वानुमान महाशाखाले पनि बुलेटिन जारी गरेर कोशी, नारायणी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने जनाएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपास भई बहने साना नदीहरुमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । त्यसयता बाढी र पहिरोमा परी २८ जनाको मृत्यु भइसकेको छ ।



from Online Khabar https://ift.tt/fMd3bBi

इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

१३ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

१७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए । कप्तान जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाए । जोफ्रा आर्चार १५ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए ।

भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले २.४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए । दोस्रो विकेटका लागि सूर्य र रोहितले ५० बलमा ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

हार्दिक पान्ड्या १३ बलमा १ चौका र २ छक्कासहित २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । तल्लोक्रममा रविन्द्र जडेजाले १७ र अक्षर पटेलले १० रन बनाए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १–१ विकेट लिए ।
पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल शनिबार हुनेछ ।



from Online Khabar https://ift.tt/Uu9JaS7

इंग्ल्यान्डलाई फाइनलमा पुग्न भारतले दियो १७२ रनको लक्ष्य

१३ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई फाइनलमा पुग्न १७२ रनको लक्ष्य दिएको छ । गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनायो ।

कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए । दोस्रो विकेटका लागि सूर्य र रोहितले ५० बलमा ७३ रनको साझेदारी गरेका थिए ।

हार्दिक पान्ड्या १३ बलमा १ चौका र २ छक्कासहित २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । तल्लोक्रममा रविन्द्र जडेजाले १७ र अक्षर पटेलले १० रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १(१ विकेट लिए ।



from Online Khabar https://ift.tt/hSfCnIE

Wednesday, June 26, 2024

अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै

१३ असार, काठमाडौं । अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ निर्णय लिएको छ ।

ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा भएको टसमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अफगानिस्तान र दक्षिण अफ्रिका दुवैले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।

दक्षिण अफ्रिका सुपर-८ को ग्रुप २ को विजेता रुपमा सेमिफाइनल खेलेको हो । दक्षिण अफ्रिकाले वेष्टइण्डिजलाई पछि पारेको थियो ।

अफगानिस्तान ग्रुप-१ को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनल खेलेको हो । अफगानिस्तानले अष्ट्रेलियालाई पछि पारेको हो ।

दक्षिण अफ्रिकाले एकदिवसीयमा ५ र टी२० मा २ गरी कुल ७ सेमिफाइनल खेलेको छ । तर फाइनलमा पुग्न सकेको छैन । अफगानिस्तान आफ्नो इतिहासमै पहिलो पटक सेमिफाइनल खेल्दैछ ।



from Online Khabar https://ift.tt/JrAgzKR

‘मोदीबेनी’को पोस्टरमा वर्षाको क्यारेक्टर लुक्स

काठमाडौं । साउन १८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।

पोस्टरमा अभिनेता अमरप्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ ।  त्रिकोणात्मक कथावस्तुमा फिल्म निर्माण भएको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ ।

यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो । पोस्टरको थिम ‘सर्कल थिम’मा छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यलाई घुमाइएको छ ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मकोे कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटना भइरहेको पाइने निर्देशक शंकर कोइरालाले बताए ।

फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीपसहित सरोज खनाल, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माताको रुपमा छन् ।



from Online Khabar https://ift.tt/DxAyYXm

Tuesday, June 25, 2024

‘खुस्मा’को पोस्टरमा रोमान्टिक धीरज र उपासना

काठमाडौं । असोज ३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘खुस्मा’ले २ नयाँ पोस्टर सार्वजनिक गरेको छ । अशोक थापा निर्देशित फिल्मको दुईमध्ये एक पोस्टरमा धीरज मगर र उपासनासिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ ।

अर्को पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ । मगर समुदायको पृष्ठभूमिमा फिल्मले प्रेमकथा पेश गर्ने निर्देशक थापाको भनाइ छ । यसअघि वृत्तचित्र निर्देशन गरेका थापाको यो पहिलो कथानक फिल्म हो ।

यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

निर्मातामा वीरबहादुर लामा, चन्द्र भट्टचन, बेतान मगर र मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ ।

यो फिल्म असोज ३ गतेदेखि नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ । वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ ।



from Online Khabar https://ift.tt/gyDcr5I

‘जेरी अनटप’बाट बाहिरिइन् आना, जसिताको इन्ट्री

काठमाडौं । अभिनेत्री जसिता गुरुङ फिल्म ‘जेरी अनटप’को शीर्ष भूमिकामा अनुबन्धित भएकी छन् । निर्माताले उनलाई आना शर्माको ठाउँमा कास्ट गरेका हुन् ।

निर्माता सरोज न्यौपानेले जसितासँग लिखिता सम्झौता भैसकेको बताए । आना अब आफ्नो फिल्मसँग सम्बन्धित नरहेको निर्माता न्यौपानेले बताए । ‘उहाँको ठाउँमा अब जसिता हुनेछिन्’ उनले भनिन् ।

यो फिल्ममा यसअघि अनमोल केसी र आँचल शर्मा अनुबन्धित भैसकेका छन् । ‘फर्की फर्की’पछि अनमोलसँग जसिताको यो दोस्रो सहकार्य हो । यो त्रिकोणात्मक कथावस्तुको फिल्मको छायांकन साउन १ गतेदेखि सुरु हुने तयारी छ ।

काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकन हुने फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् । दीपक भण्डारीसँग मिलेर सरोजले फिल्ममा लगानी गर्न लागेका हुन् ।



from Online Khabar https://ift.tt/QXOy8lu

Monday, June 24, 2024

Samsung के फोन पर जल्दी कहां मिलता है 7 हजार का डिस्काउंट, लोग करने लगे ऑर्डर!

सैमसंग के फैंस के लिए ई-कॉमर्स वेबसाइट अमेज़न पर तगड़ी डील दी जा रही है. मानसून सेल में सैमसंग के पॉपुलर फोन को 7,000 रुपये के डिस्काउंट पर उपलब्ध कराया जा रहा है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/VEPSFUC

स्पेनको शतप्रतिशत जित

११ असार, काठमाडौं । स्पेनले युरो २०२४ अन्तर्गत समूह चरणमा लगातार तेस्रो खेल जितेको छ । यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको स्पेनले समूह बी को अन्तिम खेलमा अल्वानियालाई १-० ले हरायो ।

स्पेनका लागि फेरान टोरेसले खेलको १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  त्यही गोल नै जित दिलाउन निर्णायक बन्यो ।

समूह बीमा स्पेनले तीनवटै खेल जित्ने क्रममा क्लिनसिट राख्यो । कुल ५ गोल गर्दा कुनै गोल खाएन ।

यसअघि स्पेनले क्रोएसियालाई ३-० ले तथा इटलीलाई १-० ले पराजित गरेको थियो ।

स्पेनको जितपछि समूह सी मा रहेको इंग्ल्याण्ड तथा समूह डी मा रहेको फ्रान्स र नेदरल्याण्ड्सले पनि नकआउटमा स्थान सुरक्षित गरेका छन् । आफ्नो समूहमा एक खेल खेल्न बाँकी भएपनि यी तीन टिम कम्तीमा पनि उत्कृष्ट तेस्रो टिमभित्र पर्ने निश्चित छ ।

अल्वानिया भने ३ खेलबाट जम्मा १ अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ ।

तस्वीर : यूईएफए



from Online Khabar https://ift.tt/RGcegHQ

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

९ असार, अमेरिका – भारतले आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन सक्यो । ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा आउट भए ।

भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले १-१ विकेट लिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।

मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट चुकेका थिए । त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए ।

ओपनर विराट कोहली शून्यमै आउट भएपनि दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए । पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।

सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

अव अफगानिस्तान र बंगलादेश सुपर- ८ को अन्तिम खेल भोली विहान खेल्नेछन् । उक्त खेलमा बंगलादेश झिनो अन्तरले विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा भने अष्ट्रेलिया बाहिरिनेछ । पहिलो पटक सेमिफाइनल खेल्न अफगानिस्तानलाई अन्तिम खेलमा जित पर्याप्त हुनेछ ।



from Online Khabar https://ift.tt/SH9D7W5

Sunday, June 23, 2024

6,000 रुपये सस्ता हो गया Vivo का ये धाकड़ फोन, फ्लिपकार्ट पर चल रही है खास डील

वीवो के गजब फोन को काफी बड़ी छूट पर उपलब्ध कराया जा रहा है. फोन पर 6000 रुपये का डिस्काउंट है, जो कि फ्लिपकार्ट की बड़ी सेल में उपलब्ध है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/zCmfr1W

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ७६ प्रतिशत

९ असार, काठमाडौं । नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ७६ प्रतिशतभन्दा बढी भएको भएको छ । यसैगरी वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी छ ।

राष्ट्रिय योजना आयोगले आइतबार बिहान गरेको अनुगमनको क्रममा नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक रमेश कोइरालाले सो जानकारी दिएका हुन् ।

आइतबार राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयालको नेतृत्वको टोलीले सुरुङमार्गको स्थल अनुगमन गरेको थियो । टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको थियो ।

अनुगमन टोलीलाई बिफ्रिङ गर्दै आयोजना निर्देशक कोइरालाले आयोजनाका लागि पछिल्लो समय १८ महिना म्याद थप गरिएकामा थप गरिएको १४ महिना अझै बाँकी रहेकाले उक्त अवधिमा आयोजना सम्पन्न हुने बताए ।

यद्यपि, अनुगमनकाक्रममा केही समस्याहरु भने देखिएको आयोगले जनाएको छ । आयोगका सदस्य डा. फुयालका अनुसार केही कित्ताहरुको मुआब्जा बिवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने लगायतका चुनौतीहरु छन् । ‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ’ अनुगमन टोलीका संयोजक डा. फुयालले भने, ‘अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।’

समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा आयोजनाले सोच्नुपर्ने उनले बताए । समस्याहरु समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उनको निष्कर्ष छ ।

अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरु समेत सहभागी थिए ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग गत वैशाख ३ गते वारपार छिचोलिएको थियो ।



from Online Khabar https://ift.tt/maUnc4E

Saturday, June 22, 2024

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु्, एक जना गम्भीर

९ असार, धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।

दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका-२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए । राति नै उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्‍याइएको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।



from Online Khabar https://ift.tt/N71Oc0A

नए अवतार में आ गया Redmi का पॉपुलर फोन, मिलता है 200MP कैमरा, 5,100mAh बैटरी

अगर आप शाओमी फैन हैं तो रेडमी सीरीज़ का पॉपुलर फोन नोट 13 प्रो 5जी नए अवतार में पेश किया गया है. जानिए किस बदलाव के साथ आया है. इस फोन में कौन से फीचर्स मिलते हैं.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/EUkoqtY

Friday, June 21, 2024

‘सतीदेवी’को मर्मस्पर्शी गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक

काठमाडौं । साउन ४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सतीदेवी’को पहिलो गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक भएको छ ।

गीतले फिल्मकी मुख्य शीर्ष पात्रको संवेदना चित्रण गर्छ । प्रमुख रोलमा मलिका महतले अभिनय गरेकी छन् । मुख्य पात्रले भाग्यलाई खोटो सिक्कासँग दाँजेकी छन्, जुन मर्मस्पर्शी छ ।

निर्देशक समेत रहेका लक्ष्मण सुवेदीको शब्द रचना रहेको गीतमा सुभाष भुसालको संगीत र ममता गुरुङको स्वर छ । पुरुषोत्तम सुवेदी एरेञ्जर हुन् ।

फिल्मको यसअघि सार्वजनिक पोस्टर र टिजरले दर्शकको ध्यान खिचेको छ । टिजरमा मलिकाको अभिनयको प्रशंसा भएको छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा मलिकासहित रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बानियाँ, कुलदीप अधिकारी, भोला सापकोटा, सुजिता सिवाकोटी, मनिषा सापकोटा, सन्देश लिम्बू आदिले अभिनय गरेका छन् ।

विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मले वंश धान्न छोरा चाहिन्छ भन्ने सोचलाई कटाक्ष गर्छ ।



from Online Khabar https://ift.tt/PYlbf5x

Thursday, June 20, 2024

गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी

७ असार, काठमाडौं । आज गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहान पनि पानी परिरहेको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनमा आज राति पनि गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा छ । लुम्बिनी प्रदेशका पूर्वी भागसम्म मनसुनी प्रणालीले छोएको छ । बाँकी भेगमा भने स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



from Online Khabar https://ift.tt/5wA68xf

ट्रम्पलाई किन औधी मन पराउँछन् एक खाले अमेरिकी ?

७ असार, काठमाडौं । यो वर्षको अन्त्यतिर, नोभेम्बर ५ मा समकालीन विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा नयाँ राष्ट्रपतीय निर्वाचन हुँदैछ । तर, अमेरिकी राष्ट्रपतीय निर्वाचनप्रति जुन विश्वव्यापी उत्साह र चर्चा हुन्थ्यो, त्यस्तो भने यसपटक देखिएको छैन ।

यसका कारण अनेक हुन सक्छन् । धेरैलाई लाग्ने मुख्य कारण भने दुई बुढाको ‘रिम्याच’ अर्थात् उही र उस्तै पात्रको दोस्रो स्पर्धा हो । चुनावी मैदानमा न पात्र नयाँ छन्, न प्रवृत्ति, सोच, दृष्टिकोण र प्रस्ताव नयाँ ।

जो बाइडेन र डोनाल्ड ट्रम्प बीचको ‘म्याच’ सन् २०२० मै भइसकेको हो । अझ डोनाल्ड ट्रम्प त सन् २०१६ का निर्वाचित राष्ट्रपति हुन् । ट्रम्प र बाइडेन– दुवैको शासन अमेरिकी जनताले भोगिसकेका छन् । विश्वले दुवैको सोच र कार्यशैली बुझिसकेको छ ।

बहालवाला राष्ट्रपति जो बाइडेन ८१ वर्षका भइसके । उनले फेरि जिते ८६ वर्षको उमेरसम्म उनी शासनसत्तामा हुनेछन् । सम्भावित रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प ७८ वर्षका छन् । ट्रम्पले जिते उनी ८३ वर्षसम्म पदमा हुनेछन् ।

जो बाइडेनले जिते भने कुनै नयाँ कुरा हुनेछैन । अमेरिकी इतिहासमा अधिकांश राष्ट्रपतिले दोस्रो कार्यकाल पनि जित्दै आएका छन् ।

तर, ट्रम्पले जिते एक दुर्लभ इतिहास दोहोरिने छ । कुनै पटकको निर्वाचित राष्ट्रपति पद बहाल हुँदै पराजित भएर फेरि अर्को चुनावमा विजयी भएको अमेरिकी इतिहासमा एक मात्र घटना छ । त्यो पनि उन्नाइसौं शताब्दीको ।

यो दुर्लभ इतिहास २२ औं राष्ट्रपति स्टेमर ग्रोभर क्लेभलैण्डका नाममा छ । उनी सन् १८८४ को चुनावमा विजय भई सन् १८८८ मा पराजित भएका थिए । तर, सन् १९९२ मा फेरि विजयी भएका थिए ।

के ट्रम्पको नाममा यो उदाहरण दोहोरिएला ?

ट्रम्प सन् २०१६ मा हिलारी क्लिन्टनसँग विजयी भएर र सन् २०२० मा जो वाइडेनसँग पराजित भएका हुन् ।

वहालवाला राष्ट्रपति पराजित भएका उदाहरण भने धेरै छन् । ट्रम्पको सन् २०२० को हारलाई समेत गणना गर्दा ११ बहालवाला राष्ट्रपति दोस्रो कार्यकालका लागि चुनाव हारेको इतिहास छ । अर्थात्, जो बाइडेन पराजित भएमा पनि कुनै नौलो घटना हुने छैन र विजयी भए पनि ।

जो बाइडेन

दोस्रो कार्यकालका लागि चुनाव हार्ने पहिलो राष्ट्रपति जोन अडम्स थिए । उनी जर्ज बासिङ्टनपछि दोस्रो राष्ट्रपति थिए । सन् १७७९ को चुनावमा आडम्स थोमस जेफरसनसँग हारेका थिए ।

सन् १९९२ को चुनावमा बिल क्लिन्टनको उदय उत्तिकै चमत्कारिक युवा राजनीतिज्ञका रूपमा भएको थियो । क्लिन्टनले जर्ज डब्लु बुस सिनियरजस्ता प्रभावशाली राष्ट्रपतिलाई पहिलो कार्यकालपछि पराजित गरिदिएका थिए ।

अधिकांश अमेरिका राष्ट्रपति दोस्रो कार्यकालका लागि पराजित भएपछि तेस्रोपटक उम्मेदवार हुन आउँदैनन् । उसको पार्टीको प्राइमरीले उम्मेदवार छनौट गर्ने संभावना पनि निक्कै कम हुन्छ ।

यस मानेमा पनि ट्रम्प अपवाद हुन् । यसपटकको रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग कोही टिक्न सकेनन् । रिपब्लिकन प्राइमरी उम्मेदवार विवेक रामास्वामी पहिलो राज्यको नतिजापछि फिर्ता भए । फ्लोरिडा गभर्नर रोन डिस्यान्टिस लामो समय टिकेनन् ।

साउथ क्यारोलिना पूर्व गभर्नर निक्की हेलीले केही राज्यमा ट्रम्पसँग प्रतिस्पर्धा गरिन्, अन्ततः उनी पनि फिर्ता भइन् । अब रिपब्लिकन पार्टीभित्र ट्रम्पको कोही प्रतिस्पर्धी नै छैन । भलै, कि उनको पार्टीले उनको राष्ट्रपतीय उम्मेद्वारी अनुमोदन गर्न भने बाँकी छ ।

रोचक कुरा के छ भने– मत सर्वेक्षणहरूले आगामी राष्ट्रपतीय निर्वाचन ट्रम्पले जित्न सक्ने संभावना देखाइरहेका छन् । सञ्चार माध्यमहरूको भनाइ छ– ट्रम्पको लोकप्रियता बढ्दो छ ।

ट्रम्पलाई ‘मन पराइनुपर्ने’ कारण भने प्रष्ट छैन । बरु, ‘मन नपराइनुपर्ने’ थुप्रै कारण छन् ।

युवा मतदाताले मन नपराउनुपर्ने कारण यो हुन सक्दछ कि उनी वयोवृद्ध उमेरमा छन्, तर ट्रम्प युवा मतदाता बीच पनि लोकप्रिय छन् ।

अनेक घटनाका बाबजुद ट्रम्पको लोकप्रियता घटेको छैन । उनले आगामी राष्ट्रपतीय निर्वाचन जिते भने कुनै आश्चर्य हुने छैन ।

उनी ‘बुर्जुवा वर्ग’का भएकोले तल्लो वर्गका, गरिब तथा श्रमिक मतदाताले मन नपराउनसक्छन् तर, सर्वेक्षणहरूले देखाउँछ कि उनी कामदार तल्लो वर्गका मतदाता बीच पनि लोकप्रिय छन् ।

ट्रम्पका महिला सम्बन्धी हचुवा टिप्पणी र यौन काण्डका अनेक घटना सार्वजनिक छन् तर उनलाई महिला मतदाताको पनि उल्लेखनीय हिस्साले मन पराएको देखिन्छ ।

नश्लीय सर्वोच्चता र राष्ट्रवादमा विश्वास गर्ने ट्रम्पलाई श्वेत मतदाताले मन पराउनुको कारण बुझ्न सकिन्छ, तर अश्वेत मतदाताको एउटा ठूलो हिस्सा किन ट्रम्प समर्थक छ भनेर बुझ्न मान्छेलाई हम्मेहम्मे परिरहेको छ ।

कठोर आप्रवासन नीतिका पक्षधर ट्रम्प एशियन, नननेटिभ र हिस्पानिक मतदाताबीच पनि लोकप्रिय देखिन्छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा विभूमण्डलीकरण (डिग्लोबलाइजेसन) को कडा पक्षपोषण गरेका थिए । उनी विश्व स्वास्थ्य संगठनजस्तो संवेदनशील बहुपक्षीय संस्थाबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

चीनबारे उनी वाइडेनभन्दा कठोर धारणा राख्दछन् । उनको कार्यकालमा अमेरिका–चीन सम्बन्ध वाइडेनकालमा भन्दा बढी अस्थीर थियो– उनैले चीनसँग व्यापार–युद्धको घोषणा गरेका थिए ।

ट्रम्पमाथि केही कानुनी संकट समेत छन् । उनी विभिन्न मुद्दामा अदालत धाइरहेका छन् । न्युयोर्कको एक अदालतले एक ‘पोर्न स्टार’ सँगको ‘हस मनी’ (घुस) प्रकरणमा उनलाई दोषी ठहर गरेका छ ।

यी अनेक घटनाका बाबजुद ट्रम्पको लोकप्रियता घटेको छैन । उनले आगामी राष्ट्रपतीय निर्वाचन जिते भने कुनै आश्चर्य हुने छैन । ट्रम्पका नैतिक र कानुनी संकटलाई पनि कसैले ध्यान दिइरहेको छैन ।

सबैभन्दा ठूलो आपत्तिजनक घटना सन् २०२० चुनावपछि भएको थियो । उनले धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गरेका थिए । त्यसको बदलामा संसद भवनमाथि आक्रमण गर्न आह्वान गरेका थिए ।

सन् २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको ट्रम्प समर्थकहरूको हिंसात्मक आक्रमण अमेरिकी इतिहासकै अनौठो घटना थियो । यो घटनामा ‘स्टोलन इलेक्सन’ भन्दै ट्रम्पले हज्जारौं मानिसलाई क्यापिटल हिलमाथि आक्रमण गर्न लगाए । यो दङ्गामा ९ जनाको मृत्यु भयो । १ हजारभन्दा बढी रिपब्लिकनहरु संलग्नताको अभियोगसँगै अहिले पनि जेलमा छन् ।

ट्रम्पको विदेश नीति हेर्दा यो कुरा असम्भव भने छैन । किनकि ट्रम्प नेटो विस्तारका पक्षधर हैनन्, जो पुटिनको मुख्य चाहनामध्ये एक हो ।

तर, यो घटनाले पनि ट्रम्पको लोकप्रियतालाई कुनै फरक परेको छैन । रिपब्लिकन पार्टी र मतदाता बीच ट्रम्प किन यतिधेरै लोकप्रिय र शक्तिशाली छन् ? यो प्रश्नले धेरै राजनीतिशास्त्री र विश्लेषकहरूको ‘दिमाग खराब’ गर्दिएको छ ।

एउटा प्रष्ट कारण त यो हुन सक्दछ कि उनी रिपब्लिकन पार्टी भावना र शक्ति संरचनासँग जोडिएका छन् । तिनले ट्रम्पको भविष्यसँग आफ्नो पार्टी, पार्टीको शासकीय भविष्य र व्यक्तिगत राजनीतिक करिअर जोडिएको महसुस गर्दछन् ।

सन् २०२० चुनाव ताका रिपब्लिकन पार्टीभित्र ट्रम्प विरोधीहरूको पनि ठूलै संख्या थियो । जर्ज बुस जुनियर राष्ट्रपतीय कार्यकालका विदेशमन्त्री कोलिन पावेल समेत ट्रम्पको विरुद्धमा लागे । तर, ‘पार लाग्दैन’ भन्ने बुझेपछि ती विस्तारै लाखापाखा लागे ।

ट्रम्पसँग अद्वितीय सक्रियता, प्रहार खप्न सक्ने ज्याद्रो स्वभाव र ‘मसिहा’ चरित्र भएको विश्वास गरिन्छ । उनको ‘मेक अमेरिका ग्रेट अगेन’ नाराले पनि धेरैलाई आकर्षित गर्दछ ।

विश्व चर्चित पुस्तक ‘हाउ डेमोक्रेसीज डाइ’ लेखक द्वयले ट्रम्पलाई ‘डेमागग’ र ‘राइट विङ पपुलिष्ट’ भनेका छन् । स्टेभेन लेवित्स्की र डेनियल जिब्लाटले यो किताब ट्रम्पको सन् २०१६–२०२० बीचको कार्यकालका सन्दर्भमा लेखेका थिए ।

चीन र सी जिङपिङप्रति शत्रुतापूर्ण भावना व्यक्त गर्ने ट्रम्पको रुस र पुटिनप्रतिको मोह भने अनौठो छ । अहिले पनि दाबीका साथ भन्छन् कि उनी दोस्रो कार्यकालका लागि पराजित नभएको भए युक्रेन युद्ध हुने नै थिएन, यदि यस पटक जिते भने सपथ लिएको २४ घन्टाभित्र पुटिनलाई युद्ध रोक्न सहमत गराउने छन् ।

ट्रम्पको विदेश नीति हेर्दा यो कुरा असम्भव भने छैन । किनकि ट्रम्प नेटो विस्तारका पक्षधर हैनन्, जो पुटिनको मुख्य चाहनामध्ये एक हो ।

अन्य कारणमा चीनसँगको महाशक्ति प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय आप्रवासनको दबाब, बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूको खर्चभार र बढ्दो अमेरिकी राष्ट्रवादको भावनाले ट्रम्पको लोकप्रियतालाई संभव बनाइराखेको बताइन्छ ।

विश्लेषकहरू भने रिपब्लिकन पार्टीभित्र बलिया प्रतिस्पर्धी व्यक्तित्वको अभावलाई पनि ट्रम्पको लोकप्रियताको कारण मान्दछन् । नभन्दै रिपब्लिकन प्राइमारीमा पार्टीभित्र बलियो प्रतिस्पर्धी र नेतृत्वको दाबेदार कोही देखिएन ।

ट्रम्पको लोकप्रियतालाई ‘विचारधारात्मक’ तथा ‘लेफ्ट–लिवरल संकट’ को उपज मान्ने विश्लेषकहरूको पनि कमी छैन । फ्रान्सिस फुकुयामादेखि रोबर्ट कागनसम्मका अमेरिकी बौद्धिकले यो यथार्थलाई स्वीकार गरेका छन् ।

सन् १९९० को दशकमा सोभियत संघको विघटन, साम्यवादको पतनसँग शीतयुद्धको अन्त्य र उदार लोकतन्त्रको विजय भयो भनिएको थियो । त्यसपछिका दिनमा भने अनौठो वैचारिक विकासक्रम देखियो । सन् २०१० पछि पहिचानको राजनीति, राष्ट्रवादको भावना र सम्बर्धनवादी सोच बलियो हुँदै गयो ।

उदार लोकतन्त्रको विजयको घोषणबाट नवउदारवादी अर्थनीतिले जुन वैधता र अनुमोदन पायो, समस्या त्यहींनेर भयो । नवउदारवादले नयाँ प्रकारको वर्गभेद र सीमान्तकरण शुरुवात भयो र मान्छे दक्षिणपन्थतिर ढल्किँदै गए ।

खासमा अमेरिकी स्वतन्त्रताको घोषणापत्रप्रतिको निष्ठा, संस्थापक पिताहरूको विचारधारा र योगदानप्रतिको सम्मान, दोस्रो विश्व युद्धकाालीन भूमिका र शीतयुद्धमा विजयको भावना पाल्ने अमेरिकीले ट्रम्प मोडेलको राजनीति र व्यवहारलाई अमेरिकी ‘भावना र सपना’ को विपरीत ठान्न पर्ने हो । तर, त्यस्तो भइरहेको छैन ।

रिपब्लिकन पार्टी सन् १८५४ मा दास मोचन पक्षधर अभियन्ताहरूले गठन गरेका थिए । यस पार्टीबाट पहिलो राष्ट्रपति थिए– अब्राहम लिंकन । लिंकन एक महान राष्ट्रपति मात्र हैन, लोकतन्त्रका पनि उत्तिकै लोकप्रिय भाष्यकार मानिन्छन् ।

लिंकनलाई यो डर थियो कि स्वयं अमेरिकीले नै स्वतन्त्रताको घोषणपत्र, संस्थापक पिताहरूको योगदान र लोकतन्त्रको महत्वलाई बुझ्न सकेनन् भने त्यसलाई कसैले बचाउन सक्ने छैन । लिंकनले चिन्ता गरेको यस्तो व्यक्तित्व आज उनैले स्थापना गरेको पार्टीभित्रबाट जन्मिएको त हैन भनेर ट्रम्पतिर औंला देखाउनेहरूको पनि कुनै कमी छैन ।

ट्रम्पप्रतिको समर्थन नवउदारवादी संकटबाट उत्पन्न राज्यप्रतिकै विद्रोहको भावना पनि हुन सक्दछ । अमेरिकी प्रणाली र विश्व व्यवस्थाका संकटलाई गम्भीर पुनरावलोकन गर्ने बेला भएको संकेत पनि हुन सक्छ ।

रोबर्ट कागन भन्छन्, ‘क्रिश्चियन राष्ट्रवादको भावना र आन्दोलन अमेरिकी इतिहासमा सधै प्रवल थियो । संस्थापकहरूले उदारवाद अमेरिकी समाजमा विद्यमान छ भनेर यसका सिद्धान्त स्वतन्त्रताको घोषणापत्र, संविधान र समाजमा स्थापित गरेको हैनन् । उदारवाद स्थापित गर्न आवश्यक छ भन्ने ठानेर विस्तार हुँदै जाने आशाले अबलम्बन गरेका हुन् ।’

उनलाई लाग्छ कि ट्रम्पको लोकप्रियताको मुख्य कारण ‘क्रिश्चियन राष्ट्रवाद’ को भावना हो, जो पहिलेदेखि नै थियो र, फेरि एकपटक पुनर्जाग्रित भएको छ । ट्रम्पका हजार कमजोरी किन नहुन्– ‘क्रिश्चियन मूल्य प्रणालीमा आधारित महान अमेरिका’ सबैलाई चाहिएको छ ।

तसर्थ, महिला हुन् वा पुरुष, श्वेत हुन वा अश्वेत, धनी हुन् वा गरिब, नेटिभ हुन वा नननेटिभ सबै खाले मतदाता ट्रम्पको वरिपरि गोलबन्द हुन्छन् र ‘एक महान उद्देश्य’ का लागि ट्रम्पका गल्ती र यहाँसम्म कि अपराधलाई पनि क्षमा गर्दिन्छन् !

अर्थात् ट्रम्पका समर्थक आफूलाई ‘देशभक्त’ ठान्दछन् र ‘देशभक्ति’ का सामु अरु सबै चिज उनीहरूलाई क्षम्य र फिका लाग्दछ ।

 



from Online Khabar https://ift.tt/3YCm1OB

Wednesday, June 19, 2024

राजा महेन्द्रका ज्वाइँ कुमार खडगविक्रमलाई भ्रष्टाचार मुद्दामा सफाइ

६ असार, काठमाडौं । विशेष अदालतले सार्वजनिक जग्गा आफ्ना नाममा दर्ता गराएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन राजपरिवारका ज्वाइँ कुमार खड्गविक्रम शाहलगायत सबैलाई सफाइ दिएको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले जग्गा सार्वजनिक हुने ठहर गर्दै आरोपितहरूलाई सफाइ दिएको हो ।

‘प्रतिवादीहरको उक्त कार्यमा कुनै बदनियत रहेको नदेखिंदा सबै प्रतिवादीहरूले सफाइ पाउने,’ विशेष अदालतले तयार पारेको रायमा भनिएको छ, ‘उल्लेखित विवादको जग्गा सरकारी सार्वजनिक जग्गा रहेको फिल्डबुक समेतका मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले जफत भई नेपाल सरकारको नाममा दर्ता कायम हुने ठहर्छ ।’

धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले ९ भदौं २०७९ मा शाह सहित गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा लागेका कुमार खड्कविक्रम दिवंगत राजा वीरेन्द्रका भिनाजु हुन् । उनले राजा महेन्द्रकी छोरी शारदासँग बिहे गरेका थिए । १९ जेठ २०५८ सालमा भएको दरबार हत्याकाण्डमा कुमार खड्कविक्रम पत्नी शारदा पनि मारिएकी थिइन् ।

उनी २०२४ देखि २०३४ सालसम्म राष्ट्रिय खेलकुद परिषदका सदस्य समेतसमेत थिए । धनुषाको जग्गा भ्रष्टाचार घटना २०५८ को दरबार हत्याकाण्ड हुनुभन्दा अघिको हो ।

अख्तियारले धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गुठीको आवरणमा व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको थियो ।

आरोपपत्र अनुसार, जनकपुरस्थित गुठी तहसिल तथा खर्च कार्यालयले उक्त जग्गा गुठीको लगत कायम गरिदिएपछि भ्रष्टाचारको शुरुवात भएको हो ।

गुठी कार्यालयका तत्कालिन प्रमुख मधुप्रसाद बस्ताकोटीले कुनै मेल नखाने गुठीको नाममा लगत कायम गरिदिएका थिए । अनि त्यसपछि कुमार खड्गविक्रम शाहको नाममा उक्त जग्गा दर्ता कायम भएको थियो ।

बस्ताकोटीकै पहलमा पछि मालपोत कार्यालय धनुषाले शाहलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) बनाइदिएको थियो ।

गलत नापनक्सा तयार गरेपछि गलत राय टिप्पणीका आधारमा मालपोत कार्यालयले जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको थियो ।

गुठी जग्गाको लगत र अभिलेख राखी त्यसको संरक्षण गर्नुपर्ने दायित्व बोकेको गुठी कार्यालयकै प्रमुखले पदको दुरुपयोग गरेको अख्तियारको आरोप थियो ।

अख्तियारले ६ टुक्रा जग्गा तत्कालीन राजाको ज्वाइँको नाममा पास भएको आरोप लगाएको थियो । गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा भने मालपोत कार्यालय, धनुषाका तत्कालीन नासु यमुना प्रसाद पञ्जियार संलग्न थिए ।

टिप्पणी उठाउने लगायतका काममा खरिदार जगदेव कामतीले सहयोग गरेका थिए । उनीहरुले गुठी तहसील तथा खर्च कार्यालयको पत्रका आधारमा जग्गा व्यक्तिको नाममा दर्ता हुने भनी निर्णय गरेका थिए ।

अख्तियारले त्यतिबेलाको भ्रष्टाचार निवारण ऐन र हाल प्रचलनमा रहेको ऐन अनुसार भ्रष्टाचार भएको भन्दै २९ करोड ८८ लाख विगो मागदावी गरेको थियो ।

दुई वर्षअघि दायर भएको मुद्दामा दिवंगत भइसकेकाले कुमार खड्गविक्रममाथि कैद र जरिवानाको मागदावी थिएन । भ्रष्टाचार भएको भनी दाबी गरिएको जग्गाको मूल्य बराबरको रकम उनका हकवाला परिवारका सदस्यहरूबाट असुलउपर हुनुपर्ने दाबी थियो ।

अख्तियारले व्यक्तिका नाममा भएका ती जग्गा बिक्री र नामसारी गर्न रोक लगाएको थियो । ६ कित्ताका ती जग्गा नामसारी र कित्ताकाट हुँदै अहिले १३ जनाको नाममा दर्ता भइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको जग्गा अतिक्रमणवारे अनुसन्धान गर्नुअघि नै भूमि व्यवस्था मन्त्रालयलाई यसवारे अध्ययन गर्न निर्देशन दिएको थियो ।

२८ माघ २०७५ मा अख्तियारले गरेको निर्देशन अनुसार मन्त्रालयले उपसचिव विक्रमप्रसाद पाण्डेको नेतृत्वमा अध्ययन समिती बनाएको थियो । समितिले जनकपुरको गुठीअन्तर्गतका जग्गा व्यक्तिको नाममा दर्ता भएको तथा अतिक्रमणमा परेको विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदन अनुसार, जनकपुरमा करिब १० हजार बिगाहा जग्गा अतिक्रमण परेको थियो । २५ गुठीको ९८४२ विगाहा १२ कट्टा जग्गा अतिक्रमण भएको भन्दै समितिले रत्नसागर मन्दिर जग्गा कब्जा गरेर ३३ घर बनाइएको उल्लेख गरेको थियो । त्यसक्रममा मोही नलाग्ने भनी छुट्टयाइएको जग्गा समेत पछि मोही लाग्ने भनी परिमार्जन गरिएको थियो ।



from Online Khabar https://ift.tt/vrAHEZT

बैतडीमा ट्रक चालकको हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

६ असार, धनगढी । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

उनको हत्या अभियोगमा प्रहरीले पाटन नगरपालिका-६ की ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पुन्टु भनिने २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको बैतडीका डीएसपी दिपक गिरीले जानकारी दिए ।

प्रारिम्भक अनुसन्धानका क्रममा बिष्टको शिक्षिका समेत रहेकी भागरथी बिष्टको घरमा हत्या भएको खुलेको उनको भनाइ छ ।

असार १ गते राति बिष्टको हत्या गरी दोस्रो दिन राति प्लाष्टिकमा बेरेर खोलामा शव फालेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका ध्ये शिक्षिक बिष्टसहितका चार जना घटनामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ । अर्का आरोपी भरतमोहन बिष्ट मुख्य अभियुक्त भागरथीका नातेदार भएकाले अप्रत्यक्ष रुपमा घटनामा सघाएको आशंका गरिएको छ । तर, मृतकका परिवारले उनका नाममा समेत किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

मृतक बिष्ट नातामा हाल प्रहरी हिरासतमा रहेकी भागरथी बिष्टका कान्छा ससुरा पर्छन् ।



from Online Khabar https://ift.tt/JqlY5QT

दक्षिण अफ्रिकाको लगातार पाचौं जित

५ असार, काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सुपर-८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू-१९ क्रिकेट खेलेका थिए ।

हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए ।

एक समय ११.१ ओभरमा ७६(५ को अवस्थामा पुगेको अमेरिकालाई छैटौं विकेटका लागि हरमीत र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १-१ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

कप्तान एडेन माक्ररम ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए । ओपनर रिजा हेन्ड्रिक्स टप एज लागेर मिडअफमा क्याच आउट हुँदा दक्षिण अफ्रिका २.४ ओभरमा १६-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि डिकक र माक्ररमले ११० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

डिकक स्पिनर हरमीत सिंहको फुलटस बलमा शयान जहाजिंगरको बलमा क्याच आउट भएका थिए । लगत्तै डेविड मिलर शून्यमा कट एण्ड बोल्ड आउट भए । हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहे । अमेरिकाका हरमीत सिंहले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

सौरभ नेत्रवालकरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । दक्षिण अफ्रिका समूह डी बाट ४ खेलमा अपराजितका साथ अपराजित रहँदै सुपर ८ मा पुगेको थियो । अमेरिका ४ खेलमा २ मा जित, १ मा हार र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ समूह ए बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको थियो ।

 



from Online Khabar https://ift.tt/vXkh14C

Tuesday, June 18, 2024

औषधिले शरीरमा कसरी काम गर्छ ?

टाउको दुख्दा, पेट दुख्दा वा संक्रमणको उपचारमा हामी औषधि खान्छौं,  तर कहिल्यै सोच्नुभएको छ- शरीरमा यो समस्याको उपचार गर्नुपर्छ भनेर कसरी थाहा हुन्छ ? शरीरका सबै अंगहरुलाई छोडेर, औषधिले आवश्यक पर्ने ठाउँमा मात्र काम गर्छ, त्यो कसरी सम्भव भएको होला ?  धेरै मानिसलाई त्यस्ता औषधिले आफ्नो शरीरमा कसरी काम गर्छ भन्ने कुरा सायदै थाहा हुन्छ होला ।

हाम्रो शरीरको प्रणालीले शरीरलाई चाहिएको कुरा आफैं खोजेर निकाल्छ । साथै, चाहिएको स्थानमा त्यसको प्रयोग पनि गर्छ ।

शरीरमा कसरी काम गर्छ ?

औषधि खाँदा सबैभन्दा पहिला यो पेटमा पुग्छ र साना-साना टुक्रामा विभाजित हुन्छ । त्यसपछि यो कलेजोसम्म पुग्छ । यसले औषधिको शरीरलाई आवश्यक तत्त्व हाम्रो रगतमा पठाउँछ । शरीरको सबै अंग तथा मांसपेशीमा रगतको माध्यमबाट नै आवश्यक तत्त्व पुग्छ । औषधि पनि रगतकै माध्यमबाट हाम्रो शरीरभर पुग्ने फेमिली हेल्थ तथा इमर्जेन्सी फिजिसियन डा. रमेश पन्त बताउँछन् ।

‘जुनसुकै औषधि पनि रगतको माध्यमबाट हाम्रो शरीरभर फैलिन्छ । तर प्रत्येक औषधि कुनै निश्चित प्रोटिन मोलिक्युस अर्थात् ग्रहणकर्ताको लागि बनाइएको हुन्छ,’ उनी भन्छन्, ‘हामीले जुन समस्या निवारणका लागि औषधि खाएका हुन्छौं, उक्त समस्या समाधानको लागि त्यो मोलिक्युसले औषधि लिन्छ र रोगविरुद्ध लड्न थाल्छ ।’

औषधि भनेको साँचो जस्तै हो, यो शरीरभरि फैलिन्छ र जहाँ फिट हुनसक्छ, त्यहाँ बस्छ । यसबाट जे प्रयोजनका लागि औषधि खाइएको हो, त्यसको काम पूरा हुने डा. पन्त बताउँछन् ।

‘लक्षित स्थानमा औषधि पुगेपछि यो एक कोषको रुपमा विकास हुन्छ । त्यसैले यसले राम्रो काम गर्न थाल्छ,’ उनले भने ।

उत्सर्जन

मेटाबोलिज्मपछि औषधिले काम गर्ने अन्तिम चरण उत्सर्जन हो । निष्क्रिय औषधि शरीरबाट बाहिर जान्छ । निष्क्रिय औषधिको उत्सर्जन पिसाब वा मल मार्फत हुने डा. पन्त बताउँछन् ।

‘क्लिनिकल फार्माकोलोजिस्टहरूले पिसाब र रगतमा औषधिको मात्रा नाप्छन् । जसबाट व्यक्तिले कसरी औषधि प्रशोधन गरिरहेको छ भनेर गणना गर्न सकिन्छ । उदाहरणका लागि यदि औषधि अपेक्षाकृत छिटो उत्सर्जित हुन्छ भने उच्च खुराक आवश्यक हुन सक्छ । यसरी औषधिले काम गर्छ,’ उनी भन्छन् ।

औषधिमा केही अन्य तत्त्व पनि हुन्छन्

डा. पन्तका अनुसार औषधिले प्रभावित ठाउँका लागि सक्रिय औषधिबाहेक अन्य धेरै सामग्री समावेश गर्छ । औषधिमा अन्य सामग्रीहरू पनि समावेश हुन्छन्, जसले औषधिको स्थिरता, अवशोषण, रंग, स्वाद र अन्य गुण बढाउँछन् । ताकि औषधिले प्रभावकारी रूपमा काम गर्न सकोस् ।

उदाहरणका लागि टाउको दुखाइका लागि लिइने औषधि एस्पिरिनमा पनि यस्ता तत्त्व हुन्छन् । जसकारण औषधि ढुवानीका क्रममा बिग्रेको हुँदैन, तर त्यस्ता औषधिहरू मुखमा लिने बित्तिकै पग्लिन थाल्छ ।

कतिपय औषधि सिधै प्रभावित ठाउँमा दिइन्छ

कतिपय औषधिहरू यस्ता हुन्छन्, जो पेटमा पग्लिंदैनन् भने केही औषधि बिस्तारै पग्लिन्छन् । केही कम घुलनशील हुन्छन्, जसकारण तिनीहरूलाई बारम्बार लिनुपर्छ । त्यसैले पेटको पाचन प्रक्रियाबाट बच्न, केही औषधिहरू सिधै रगतमा सुईमार्फत दिइने डा. पन्त बताउँछन् । ‘उदाहरणका लागि ‘मोनोक्लोनल एन्टिबडी’हरूले क्यान्सर ट्युमर कोषिकालाई मार्ने विशेष प्रोटिनहरू समावेश हुन्छ । यदि यो औषधि पेटको माध्यमबाट शरीरमा पुग्छ भने पेटले यसलाई अन्य प्रोटिनबाट छुट्टाउन सक्दैन,’ उनी भन्छन् ।

छालाको लागि क्रिम, आँखाको लागि आईड्रप वा फोक्सोको लागि इनहेलर जस्ता औषधि सिधै प्रभावित क्षेत्रमा पुर्‍याइन्छ । डा. पन्त भन्छन्, ‘मुखबाट खाने औषधि सही समयमा र सही मात्रामा लिनु धेरै महत्त्वपूर्ण हुन्छ । यस्तो अवस्थामा डाक्टरले मात्र बिरामीको अवस्था अनुसार सही खुराक निर्धारण गर्न सक्छन् । कतिपय औषधि बिरामीले आवश्यकता महसुस गरेपछि मात्रै लिनुपर्छ ।’

औषधिको साइडइफेक्ट ?

औषधिलाई विशेषगरी प्रभावित ठाउँमा असर गर्नेगरी डिजाइन गरिएको हुन्छ । तर रगतको माध्यमबाट शरीरका अन्य भागहरूमा पुग्नबाट रोक्न सम्भव नहुन सक्छ । जसकारणले अनावश्यक ठाउँमा जाँदा औषधिको साइड-इफेक्ट देखिने डा. पन्त बताउँछन् ।

‘समयसँगै औषधिको प्रभाव कमजोर हुँदै जान्छ र पिसाबको माध्यमबाट पनि निस्कन्छ, त्यसैले केही औषधि खाँदा पिसाबको दुर्गन्ध आउँछ भने केही औषधि खाँदा पिसाबको रङ पहेंलो हुन्छ,’ उनी भन्छन् ।

कुन औषधि कति बेला खानु बढी प्रभावकारी ?

डा. रमेश पन्त, फेमिली हेल्थ तथा इमर्जेन्सी फिजिसियन

कुनै पनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ । किनभने हाम्रो शरीरको अंग, अलग-अलग समयमा सक्रिय हुन्छ । त्यही कुरालाई ध्यानमा राखेर औषधि सेवन गर्नु बढी प्रभावकारी हुन्छ ।

उच्च रक्तचापको औषधि

जब हामी सुत्छौं, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर सामान्यता उच्च रक्तचाप ५५ वर्षभन्दा बढी उमेर भएकामा घट्दैन । त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ । त्यसैले उच्च रक्तचापको औषधि राति सुत्नुअघि सेवन गर्नु बढी प्रभावकारी हुन्छ ।

थाइराइडको औषधि

थाइराइडको औषधि बिहान खाली पेटमा खानुपर्छ । किनभने केही खानेकुरा र पेय पदार्थहरूले औषधिले शरीरमा काम गर्ने तरिका परिवर्तन गर्न सक्छन् ।

हाइ कोलेस्टेरोलको औषधि

कलेजोमा कोलेस्टेरोलको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राति सुत्नुअघि कोलेस्टेरोलको  औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।

ग्यास्ट्रिकको औषधि

खाना खानुभन्दा आधा घण्टाअघि ग्यास्ट्रिकको औषधि खानु प्रभावकारी हुन्छ । किनकि आधा घण्टाअघि ग्यास्ट्रिकको औषधि शरीरभित्र पुगेर ग्यासको स्राव नियन्त्रण गर्छ । त्यो खाना खाँदा त्यो सजिलै पच्ने र ग्याससम्बन्धी समस्या कम हुन्छ ।

आस्टियो आर्थराइटिसको औषधि

यस किसिमको रोगीलाई अलग-अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च शोधकर्ताले गरेको अध्ययनअनुसार आस्टियो आर्थराइटिसमा लिइने औषधि दुख्नु भन्दा ६ घण्टाअघि लिनुपर्छ । त्यसैले यदि मध्यान्हको समय धेरै दुख्छ भने बिहान औषधि सेवन गर्नुपर्छ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यान्हमा औषधि सेवन गर्नुपर्छ ।

एलर्जीको औषधि

एलर्जीको लागि लिइने एन्टिहिस्टामाइन्स ट्याब्लेट खाएपछि निद्रा लाग्छ । यस्तो अवस्थामा दिउँसो औषधि सेवन गर्दा काम गर्न झर्को लाग्न सक्छ । त्यसैले एलर्जीको औषधि राति नै सेवन गर्नुपर्छ ।

डिप्रेसनको औषधि

डिप्रेसन र चिन्ता हटाउने औषधि एन्टिडिप्रेसन सेवन गरेपछि निद्रा लाग्छ । यसकारण यो औषधि पनि राति सुत्नुअघि सेवन गर्नु राम्रो हुन्छ ।

उपभोग्य मिति सकिएको औषधि खाए के हुन्छ ?

डा. छिरिङ वाङ्दी शेर्पा, पेट तथा कलेजो रोग विशेषज्ञ

प्रायः औषधिमा कुनै न कुनै प्रकारका रसायन हुन्छन् । सबै रासायनिक पदार्थहरूको विशेषता भनेको समयसँगै तिनको प्रभाव परिवर्तन हुन्छ । औषधिमा पनि यस्तै हुन्छ । धेरै पटक हावा, आर्द्रता, गर्मीका कारण समयसँगै औषधिको प्रभावकारिता क्रमशः घट्दै जान्छ । यसकारण यसको साइड-इफेक्ट पनि हुनसक्छ ।

त्यसैले म्याद सकिएको औषधि सेवन गर्नुहुँदैन । म्याद नाघेका औषधि सेवन गर्नु जोखिमपूर्ण पनि हुनसक्छ । तर एक्सपायरी डेट भनेको त्यो मितिपछि औषधि विष बन्ने भन्ने पटक्कै होइन । आज औषधिको उपभोग्य मिति सकियो भोलिपल्ट त्यसलाई प्रयोग गर्दा नकारात्मक असर गरिहाल्ने होइन । एक्सपायरी डेटपछि औषधिको प्रभावकारिता कम हुने हो । औषधिको काम गर्ने क्षमता कम हुने हो ।

जस्तो- उदाहरणका लागि नराम्रो ब्याक्टेरिया मार्न एन्टिबायोटिक औषधि खान्छौं । तर यदि हामीले उपभोग्य मिति सकिएको एन्टिबायोटिक औषधि खायौं भने त्यो औषधिको प्रभावकारिता कम भएको कारण ब्याक्टेरिया मर्दैन ।

ब्याक्टेरिया नमरेपछि एउटा त बिरामी समयमा ठीक हुँदैन र अर्को ‘एन्टिबायोटिक रेजिस्टन्स’ संक्रामक जीवाणुको औषधि प्रतिरोध गर्ने क्षमता विकास हुन्छ । त्यसैले उपभोग्य मिति सकिएको औषधि उपभोग नगर्नु नै राम्रो हुन्छ ।



from Online Khabar https://ift.tt/06CZLcP

रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

५ असार, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ ।

आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ ।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए ।

तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । उक्त घटना लगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए ।

आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन् । यता खेलपछि रोहितलाई उक्त समयमा बलिङ गर्न जान भनेको जवाफ दिएका थिए ।

नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । उनकै बलमा रोहित ब्याकवार्ड प्वाइन्टमा १ रनमा रिशाद हसनबाट क्याच आउट भएका थिए । २४ मध्य २१ बल डट राखेका थिए ।

बंगलादेशले नेपाललाई २१ रनले हराउँदै समूह डी बाट ६ अंकका साथ सुपर ८ मा स्थान बनाएको थियो । नेपाल ४ खेलमा १ अंकका साथ समूह चरणबाटै बाहिरिन पुग्यो ।



from Online Khabar https://ift.tt/qpIaNDK

Monday, June 17, 2024

डिभिलियर्स र गेललाई पछि पार्दै साहिल बने सर्वाधिक छिटो शतक हान्ने खेलाडी

४ असार, काठमाडौं – इस्टोनियाका ब्याटर साहिल चौहान अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । उनले इस्टोनियाबाट साइप्रसविरुद्ध दोस्रो टी-२० आईमा २७ बलमा शतक हान्दै दुई दुर्लभ विश्व कीर्तिमान बनाएका छन् ।

६ खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा १९२ रनको लक्ष्य पछ्याएको इस्टोनियाले १३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । साहिल चौहान ४१ बलमा ६ चौका र १८ छक्कासहित सर्वाधिक १४४ रनमा नट आउट रहे ।

यसअघि गत फेब्रुअरीमा टीयु मैदानमा नामिबियाका जेन निकोल लोफ्टी इटोनले टी-२० आईमा  नेपालविरुद्ध ३३ बलमा शतक हानेका थिए । उनले उक्त कीर्तिमान तोडेका हुन् । नेपालका कुशल मल्लले टी-२० आईमा मंगोलियाविरुद्ध सन् २०२३ मा ३४ बलमा शतक हानेका थिए । सन् २०१७ मा दक्षिण अफ्रिकाका डेविड मिलरले बंगलादेश तथा भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए ।

साहिल टी-२० आईमा एकै खेलमा सर्वाधिक १८ छक्का हान्ने खेलाडी पनि बनेका छन् । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाई र न्युजिल्यान्डका फिन एलेनको समान १६ छक्काको कीर्तिमान तोडेका हुन् ।

साहिल अन्तर्राष्ट्रिय मान्यता प्राप्त कुनैपनि खेलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी पनि बनेका छन् । गत अक्टोबरमा अष्ट्रेलियाका ज्याक फ्रेजर म्याक गुर्कले लिष्ट ए मान्यता खेलमा २९ बलमै शतक हानेका थिए । उक्त शतक नै अन्तर्राष्ट्रिय क्रिकेटको सर्वाधिक छिटो थियो ।

लिष्ट ए, प्रथम श्रेणी, टी-२०, टी-२० आई, ओडीआई र टेस्ट खेललाई अन्तर्राष्ट्रिय मान्यता मानिन्छ । यी बाहेक टी-१० क्रिकेटमा २७ बल भन्दा कममा शतक बनेको छ । तर टी-१० लाई अन्तर्राष्ट्रिय मान्यता मानिदैन । सन् २०१९ मा दुबईमा इंग्ल्यान्डका विल ज्याक्सले सर्रेबाट ल्याङ्कशायरविरुद्ध टी१० खेलमा २५ बलमा ११ छक्का र ८ चौकासहित शतक हानेका थिए ।

दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध ओडीआई सन् २०१५ मा खेलमा ३१ बलमा शतक हानेका थिए । ओडीआईमा त्यो नै सर्वाधिक छिटो शतक हो ।

यसअघि टी-२० क्रिकेटमा सर्वाधिक छिटो क्रिस गेलले आईपीएल सन् २०१३ मा पूणे वारियर्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरबाट ३० बलमै शतक हानेका थिए ।  टेस्टमा न्युजिल्यान्डका ब्रेन्डन म्याकुलमले २०१६ मा अष्ट्रेलियाविरुद्ध ५४ बलमै शतक हानेका थिए ।

 

 

 



from Online Khabar https://ift.tt/to8ldeH

मिलेनियल्स और Gen Z के बीच फ्लिप फोन में दिलचस्पी बढ़ी, स्टडी में खुलासा

एक स्टडी से पता चलता है कि जेन जेड (Gen Z) और युवा मिलेनियल्स (Millennials) के बीच फ्लिप फोन फिर से लोकप्रियता हासिल कर रहे हैं.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/PHDnYf8

Sunday, June 16, 2024

आज बकर इद मनाइँदै

३ असार, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।

‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ’, उनले भने ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ ।

मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।



from Online Khabar https://ift.tt/st60aDW

नेपालले टस जित्यो, प्लेइङ-११ मा एक परिवर्तन

३ असार, अमेरिका । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् । नेपालले एक परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलबाट सन्दीप जोराले आज खेल्ने मौका पाउँदा तीव्र गतिका बलर करण केसी बेन्चमा छन् ।

समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।

शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ ।

उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ । बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो । बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।

उता नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिका ४ खेलमा अपराजित रहँदै सुपर ८ मा पुगेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ । सन् २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा,

बेन्च – सागर ढकाल, कमलसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी ।



from Online Khabar https://ift.tt/OgElq43

अन्तिम खेलमा पाकिस्तानको जित

असार ३, काठमाडौं – पाकिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई ३ विकेटले हराएको छ । १०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । कप्तान बाबर आजमले ३४ बलमा २ चौकासहित सर्वाधिक ३२ रन जोडे । ओपनर मोहम्मद रिजवान, अब्बास अफ्रिदी र सैम अयुबले १७–१७ रनमा आउट भए ।

शाहिन शाह अफ्रिदी ५ बलमा २ छक्कासहित १३ रनमा नट आउट रहे । आयरल्यान्डका ब्यारी म्याकार्थीले ३, कर्टिस क्याम्फरले २, मार्क आदिर र बेन ह्वाइटले १-१ विकेट लिए ।

त्यसअघि सेन्ट्रल बोवार्ड रिजनल पार्क रंगशाला फ्लोरिडामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनायो । ग्यारेथ डेलानीले १९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३१ रन बनाए । जोश लिटिलले २२ र मार्क आदिरले १५ रन जोडे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी र इमाद वासिमले ३-३ विकेट लिए । मोहम्मद आमिरले २ र हरिस रौफले १ विकेट लिए ।

समूह ए मा पाकिस्तान ४ खेलमा समान २ मा जित र हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । अमेरिकासँग सुपर ओभरमा हार्नु पाकिस्तानलाई ठूलो भारी पर्न पुग्यो । अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो । समूह ए बाट भारत ४ खेलमा ७ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ । समूह डी अन्तर्गत नेपालले बिहान ५ : १५ मा आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।

 



from Online Khabar https://ift.tt/F7yviUT

Saturday, June 15, 2024

ठेक्का लागेको ९ वर्षपछि कालोपत्रे हुँदै तम्घास-खाम्सेपानी सडक

२ असार, गुल्मी । गुल्मीमा ९ वर्षसम्म अलपत्र परेको एक सडकको कालोपत्रेको काम सुरु भएको छ ।

तम्घास-खाम्सेपानी-नयाँगाउ-नादी सूर्यटारी सडकको करिब ३ किलोमिटर सडक अलपत्र परेको ९ वर्षपछि कालोपत्रे हुन लागेको हो ।

उक्त सडकको सुपा खोलासम्म साढे दुई किलोमिटरमा कालोपत्रे हुन सकेको थिएन । उक्त कार्यलाई अहिले पूर्णता दिन लागिएको हो ।

निर्माण व्यवसायिले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पू नगर्दा समयमै काम हुन सकेको थिएन । अन्तिमपटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरिएको थियो ।

यसवर्ष भने अन्तिमपटक गर्नुपर्ने कालोपत्रेको काम सुरु भएको सडक पूर्वाधार कार्यालय गुल्मीका सब–इन्जिनियर लेनिस देवले बताए । अबको केही दिनमै कालोपत्रेको काम सम्पन्न हुने उनको भनाइ छ ।

सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले पहिलोपटक सम्झौता गरेको थियो । तर, ९ वर्ष हुँदा पनि काम पूरा भएन ।

सडकको तम्घासदेखि खाम्सेपानीअन्तर्गत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ७ करोड १९ लाख ८७ हजार ७० रुपैयाँमा सम्झौता भएको थियो ।

यो सडकखण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने २ वर्षअघि नै कालोपत्रे भएको थियो ।

सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकलाई बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य सडकमा यात्रागर्नुपर्ने बाध्यता थियो ।

सबै सडक कालोपत्रे हुँदा बर्खयाममा सहज हुने रेसुङ्गा नगरपालिका–६ का स्थानीय रोमबहादुर गुरुङले बताए ।

यो सडक कालोपत्रे हुँदा रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुन्छन् ।

 



from Online Khabar https://ift.tt/fpQNTvM

सिन्धुलीमा जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

२ असार, काठमाडौं । सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो ।

दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत फेला परेका हुन् ।

उनको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

 



from Online Khabar https://ift.tt/1VTBtey

अष्ट्रेलियाले जिते इंग्ल्यान्ड सुपर-८ मा पुग्ने

असार २, अमेरिका – साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नामिबियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ४१ रनले हराएको छ । योसँगै इंग्ल्यान्डको समूह बी बाट शीर्ष दुईमा रहँदै सुपर–८ मा खेल्ने सम्भावना उच्च बनेको छ ।

१२३ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनायो । नामिबियाका माइकल भान लिंगेनले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए । निकोलस डेविन १८ र डेविड विजाले २७ रन जोडे । इंग्ल्यान्डका क्रिस जोर्डन र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १० ओभरमा ५ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । इंग्ल्यान्डका ह्यारी ब्रुकले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । जोनी बेयरस्टोले १८ बलमा ३ चौका र २ छक्कासहित ३१, फिलिप साल्ट ११, जस बटलर शून्य, मोईन अली १६ र लियाम लिभिङस्टोनले १३ रन जोडे ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले २, डेविड विजा र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए । समूह बी मा इंग्ल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । इंग्ल्यान्डको नेटरनरेट ३.६११ र स्कटल्यान्डको २.१६४ छ ।

अष्ट्रेलिया र स्कटल्यान्डबीच बिहान ६ : १५ मा खेल हुँदैछ । उक्त खेलमा अष्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड नेटरनरेटको कारण सुपर–८ मा पुग्नेछ । तर स्कटल्यान्ड विजयी भएमा वा वर्षाको कारण रद्द भएमा भने इंग्ल्यान्ड बाहिरिनेछ । अष्ट्रेलिया सुरुवाती तीन खेलमा जितका साथ सुपर–८ मा पुगी सकेको छ ।

 



from Online Khabar https://ift.tt/daEWS2L

Friday, June 14, 2024

काठमाडौं महानगरको नीति कार्यक्रम : सम्पदा संरक्षण र सेवामा जोड (पूर्णपाठ)

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम  ल्याएको छ ।

महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र साहले ल्याएको तेस्रो नीति तथा कार्यक्रममा सार्वजनिक सेवा, सम्पदा संरक्षण र रोजगारी मा जोड दिइएको छ ।

विश्वसम्पदा सूचीका सम्पदा मातहत ल्याउनेदेखि ‘नो भेहिकल जोन’सम्म

काठमाडौं महानगरपालिकाले न्यूरोड, हाँडीगाउँसहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने घोषणा गरेको छ ।

विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिकाअन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताएका छन् । बृहत हाँडीगाउँ गुरुयोजना तयार गरी लिच्छविकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले मेयर बालेन साहले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा काठमाडौंलाई ‘ओपन एण्ड लाइभ म्यूजियम’ र ‘क्रिएटिभ सिटी’का रूपमा विकास गरिने उल्लेख रहेको छ । ‘उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक, महत्वका मठ, मन्दिरलगायतका स्थानहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै डिजिटल अभिलेख, मौलिक नामाकरण र नक्साङ्कन गरिने उल्लेख छ । महानगरका पर्यटकीय स्थलहरूलाई समेटी थिम बेस्ड टुरिज्मलाई प्रवर्द्धन गरिने पनि कार्यक्रममा उल्लेख छ ।

प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छविकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने महानगरको नीति कार्यक्रममा रहेको छ ।

घोषणा पत्रमा रहेको सम्पदाको विषय नीति कार्यक्रममा

मेयर बालेन आफ्नो घोषणा पत्रमा उल्लेख गरेका तर कार्यान्वयन नभएका विषयहरु आगामी आवको नीति कार्यक्रममा उल्लेख भएको छ ।

‘अमूर्त सम्पदाहरू इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरव जात्रा, पाँहाँचह्रे जात्रा, अन्य जात्रा तथा पर्व, स्थानीय परिकार, परम्परालाई संरक्षण र सम्वर्धन गर्दै सम्भावना भएका थप कला, संस्कृति र सम्पदाहरू युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया सुरु गरिनेछ,’ शुक्रबार आएको नीति तथा कार्यक्रममा भनिएको छ ।

जुन विषय मेयर बालेनको घोषणा पत्रमा पनि उल्लेख थियो । यस्तै घोषणा पत्रमा भएर कार्यान्वयन नभएका ‘नेपाल भाषा, लिपी, साहित्य, कला, सिपको प्रवर्द्धन गर्न स्थान तोकेर हरेक दिन सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने, चलचित्र, सङ्गित, कला, स्थानीय पेयपदार्थ, मौलिक र परम्परागत खानालाई ब्रान्डिङ गरिनेलगायत विषय नीति कार्यक्रममा आएका छन् ।’

काठमाडौंलाई फिल्म सिटीको रुपमा पहिचान गराई चलचित्र छायाङ्कनको उपयुक्त गन्तव्यका रुपमा विकसित गरिने’ आगामी आवको नीति कार्यक्रममा आएको छ ।

हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको हेरिटेज वाकलाई प्रवर्धन गरिनेछ । वसन्तपुर– स्वयम्भुनाथ–बौद्धनाथ-पशुपतिनाथ-वसन्तपुरलाई हेरिटेज रूटका रुपमा विकास गरिनेछ ।

अन्य स्थानहरूमा पनि रणनीतिक, व्यवसायिक र पर्यटकीय रुटको पहिचान तथा नक्साङ्कन गरी हेरिटेज रूटको रूपमा विकसित गरिने ।

पोखरी, ढुङ्गेधाराहरूको पुनर्स्थापना गर्दै रिचार्ज काठमाडौं अभियानअन्तर्गत आकाशे पानी सङ्कलन तथा पुनर्भरण गर्ने कार्यलाई निरन्तरता दिइने लगायत उल्लेख छ ।

‘पार्ट टाइम’ रोजगारीदेखि व्यवसायीलाई कर छुटसम्म

काठमाडौं महानगरपालिकाभित्र विद्यार्थीलाई पढ्दै-कमाउँदै जाने अवधारणा लागू गरिने भएको छ ।

आगामी आवको नीति तथा कार्यक्रम मार्फत महानगरपालिकाले ‘पार्ट टाइम’ काम गर्ने गरी रोजगारी सिर्जना घोषणा गरेको हो ।

काठमाडौं महानगरभित्र शैक्षिक संस्थाको चलअचल सम्पत्ति शैक्षिक प्रयोजनमा मात्र प्रयोग गरिने मेयर बालेनले बताए ।

महानगरभित्रका सामुदायिक सिकाइ केन्द्रलाई पुस्तकालयका रूपमा विकास गरिने समेत उनले बताए । निजी क्षेत्रका गैरसरकारी संस्थालाई पुस्तकालय विकासमा प्रोत्साहन गरिने समेत उनले बताए ।

विद्यालयको लेखा परीक्षण अब महानगरबाट गरिने उनले घोषणा गरे । काठमाडौं महानगरपालिकाभित्र कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवसाय सुरु गर्दा तीन वर्षको व्यवसाय करमा शतप्रतिशत छुट पाइने भएको छ । नयाँ दर्ता हुने व्यवसायीको हकमा यो नीति ल्याइएको उनले जानकारी दिए ।

काठमाडौं महानगरबाट कार्यान्वयन हुने विकास निर्माणका काममा कम्तीमा ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकबाट आपूर्ति गरिने समेत उनले घोषणा गरे ।

महानगर पालिका क्षेत्रका सहरी सहकारी संस्थाको कारोबार विद्युतीय प्रणालीमा आबद्ध गरी प्रतिवेदन प्रणाली थप व्यवस्थित गराइने उनले बताए ।

विषादीरहित तरकारी होम डेलिभरी, फोहोरको स्रोतमै वर्गीकरण

महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा एग्रोपुलिङ तथा मेट्रोमार्ट मार्फत विषादीरहित तरकारी होम डेलिभरी हुने व्यवस्था मिलाइने घोषणा गरेको छ । ‘महानगर क्षेत्रमा उपभोग हुने खाद्य पदार्थको गुणस्तर सुनिधितताका लागि कृषि, खाद्य र भेटेरिनरी परीक्षण प्रयोगशाला स्थापना गरी नियमन कार्यलाई थप प्रभावकारी बनाउँदै लगिनेछ । पशुपालनका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्ने, प्रविधिमैत्री एवम् आधुनिक उपकरणको प्रयोगबाट फोहरमैला ट्रान्सफर स्टेशन र अन्तिम विसर्जन स्थलको फोहरलाई ‘फोर आर’ अर्थात् रिड्यूस, रियूज, रिसाइकल एण्ड रिकोभर गार्बेज विधिबाट व्यवस्थापन गर्न जोड दिइनेछ ।

वायु, जल, ध्वनि, दृष्य आदि प्रदूषण नियन्त्रणका लागि कानुन तथा प्रविधिको आवश्यक व्यवस्था गरी कार्यान्वयन गरिनेछ ।

प्रदूषण मापन, अग्नि प्रकोप पहिचान र आपतकालीन सञ्चार तथा विपद् पूर्व जानकारी समेतका विषयमा अविलम्ब तथ्याङ्क प्राप्त गर्नका लागि स्याटेलाइट प्रविधिको प्रयोग गरिनेछ ।

एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिटको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयात एवम् ४० माईक्रोनभन्दा मुनिका प्लास्टिकजन्य उत्पादन तथा प्रयोगलाई पूर्ण निषेध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

योजना अनलाइन पोर्टल मार्फत

योजना तर्जुमा तथा कार्यान्वयनमा जनसहभागिताको सुनिश्चितताको लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइने महानगरले घोषणा गरेको छ ।

सर्वपक्षीय क्षेत्रगत योजना तथा २० वर्षे रणनीतिक विकास योजना सहितको मिसन २१०० को अवधारणालाई पूर्णता दिने भन्दै महानगरले । काठमाडौंलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने घोषणा गरेको छ ।

सम्भावित क्षेत्रहरूलाई आइटी पार्कको रुपमा विकसित गर्न सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख रहेको छ ।

महानगरपालिकाबाट जारी हुने चिठीपत्र, सिफारिसपत्र, घटना दर्ता प्रमाणपत्र जस्ता कागजातहरू जारी गर्दा सुरक्षण मुद्रण प्रविधि तथा सेक्यूरिटी सिलिङ प्रयोगमा ल्याइनेछ ।

तोकिएका सिफारिस सम्बन्धी सेवाहरू, नक्सापास, योजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, जिन्सी व्यवस्थापन, खरिद प्रकिया लगायतका कार्यहरू पूर्णरुपमा सूचना प्रविधिमैत्री बनाइनेछ ।

अत्यावश्यक सेवा १६ घण्टा देखि होम डेलिभरी सरकारसम्म

महानगरले ल्याएको नीति तथा कार्यक्रममा सडकहरूको वैज्ञानिक तथा मौलिक नामाकरण गरी घर नम्बर प्रणालीलाई व्यवस्थित गरिने उल्लेख रहेको छ । ‘महानगर क्षेत्रभित्र कुरियर सेवाको लागि मेट्रो पोष्ट सञ्चालन गरिने उल्लेख गरिएको छ । होम डेलिभरी सरकारको अवधारणा अनुरुप सेवा प्रवाहलाई घरघरमा पुर्‍याइनेछ,’ नीति कार्यक्रममा भनिएको छ ।

यस्तै एकल सेवा केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याई वडा तहसम्म पुर्‍याइने उल्लेख छ । ‘महानगरपालिकाको अत्यावश्यक सेवाहरू परिभाषित गरी सेवा प्रवाहलाई दैनिक १६ घण्टासम्म र अन्य सेवालाई दैनिक १२ घण्टासम्म सञ्चालन गरिने’ घोषणा गरेको छ ।

 



from Online Khabar https://ift.tt/oAiKk6H