१ असार, काठमाडौं । आयोजक जर्मनीले युरो-२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५-१ ले पराजित गरेमो हो ।
म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे ।
खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे ।
पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो ।
जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए । त्यसमा काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।
स्कटल्याण्ड दश खेलाडीमा रहेको फाइदा उठाउँदै जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो ।
निकलस फुलकर्कले ६८औं मिनेटमा जर्मद्दीका लागि चौथो गोल गर्दा इम्रे चानले इन्जुरी टाइममा गोल थपे ।
स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।
युरो-२०२४ मा आज समूह चरणका तीन खेल हुनेछन् । जसमा समूह एमा रहेका हंगेरी र स्विट्जरल्याण्डबीच नेपाली समय अनुसार साँझ ६:४५ बजे खेल हुनेछ ।
यस्तै समूह बी मा रहेका स्पेन र क्रोएसियाबीच राति ९:४५ बजे खेल हुनेछ भने र समूह बी कै इटली र ल्वानियाबीच मध्यराति १२:४५ बजे खेल हुनेछ ।
from Online Khabar https://ift.tt/UDMIQ4h
No comments:
Post a Comment