काठमाडौं । साउन १८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।
पोस्टरमा अभिनेता अमरप्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । त्रिकोणात्मक कथावस्तुमा फिल्म निर्माण भएको अनुमान गर्न सकिन्छ ।
पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ ।
यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो । पोस्टरको थिम ‘सर्कल थिम’मा छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यलाई घुमाइएको छ ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मकोे कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटना भइरहेको पाइने निर्देशक शंकर कोइरालाले बताए ।
फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीपसहित सरोज खनाल, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माताको रुपमा छन् ।
from Online Khabar https://ift.tt/DxAyYXm
No comments:
Post a Comment