Saturday, March 25, 2023

राष्ट्रपति पौडेल गोरखा जाँदै, सुरक्षा प्रबन्ध सामान्य

१२ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् ।

उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ-जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ । उनले भने, ‘सर्वसाधारण प्रभावित नहोउन् भनेर हामीले एकदमै सिम्पल तरिकाले आवश्यक प्रबन्ध गरेका छौं ।’

यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा उनको प्रशंसा भएको थियो ।



from Online Khabar https://ift.tt/Q5TjL8v

जल्द शुरू होगी Alienware m18 लैपटॉप की बुकिंग, 26,999 रुपये का मिलेगा लाभ, RTX ग्राफिक्स से लैस होगा डिवाइस

Alienware ने CES2023 में एक नए गेमिंग लैपटॉप लॉन्च किया है. लैपटॉप की प्री-बुकिंग अगले सप्ताह शुरू होगी. यह लैपटॉप डुअल-ऐरे माइक्रोफोन और एक स्टीरियो स्पीकर सेटअप के साथ आता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/MmvPYks

जीर्ण बन्दै राप्ती लोकमार्ग

१२ चैत, तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ’, सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ ।’

सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । ‘धुलोले शरिर थपक्कै ढाकेको हुन्छ,’ मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।’

बिग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । ‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स-साना ठेक्का लागिरहेका छन्,’ उनले भने, ‘स-साना ठेक्काको काम सकेपछि अर्को बर्षदेखि ठूलो ठेक्का लाग्छ ।’

ठाउँ-ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक-पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ ।

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ-ठाउँमा बिग्रिएको उनको भनाइ छ ।

तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ-ठाउँमा बिग्रिएको छ । तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालु वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करिब ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्सेनि करोडौं बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ ।



from Online Khabar https://ift.tt/5GpFtVz

Friday, March 24, 2023

वीरगञ्ज यूनाइटेड क्वाटर फाइनलमा

१० चैत, बारा । वीरगञ्ज युवा क्लव १३ औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

बागमती युवा क्लबलाई ३-० ले पराजित गर्दै वीरगञ्ज यूनाइटेड क्लबले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोस्रो हाफमा वीरगञ्ज हाबी भयो ।

बागमतीविरुद्ध खेलको ५४औं मिनेटमा विवेक चौधरीले अग्रता लिए । १-० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले ५६औं मिनेटमा अग्रता दोब्बर पारे ।

खेलको ८४औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगञ्जलाई ३-० को फराकिलो अग्रता दिलाए ।

वीरगञ्जको जीतमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हातपारे ।

प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाइनल खेलमा शनिबार केबिए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुनेछ ।

भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।



from Online Khabar https://ift.tt/92mzD5e

पहिलो अन्तर्राष्ट्रिय खेलका लागि तयार हुँदै मुलपानी मैदान (भिडियो)

११ चैत, काठमाडौं । करिब एक दशकपछि क्रिकेटको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो तयारीलाई तीव्रता दिएको छ ।

एसियाका १० टिमको सहभागितामा ५ वैशाखदेखि एसीसी प्रिमियर कप सुरु हुँदैछ । नेपालले दुईवटा मैदानमा प्रतियोगिताका खेलहरु सन्चालन गर्न एसियन क्रिकेट काउन्सिलबाट अनुमति पाएको छ ।

नियमित अन्तर्राष्ट्रिय खेल सञ्चालन भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा धेरै सुधार गर्नुपर्ने छैन । तर, मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेलका लागि योग्य बनाउन क्यानले विशेष ध्यान दिएको छ ।

मुलपानीमा मैदान विस्तार, पार्किङ, ड्रेसिङ रुम, ब्रोडकास्टर हल, खेलाडीको लागि लन्च हल, मैदानको दक्षिण भागमा रहेको पर्खाल मर्मत, पर्खाल माथिको जाली मर्मत भएको कोषाध्यक्ष सिंहले बताए ।

मुलपानी मैदानमा यतिबेला पर्खाल मर्मत, पीच र आउटफिल्ड (घाँसे मैदान) सुधारदेखि ड्रेसिङ रुम निर्माणको कार्य भइरहेको छ ।

मैदानमा खानेपानी, बुजुली आपूर्ति तथा सरसरफाइ र बाटो मर्मतको काममा कागेश्वरी मनोहरा नगरपालिकासँग समन्वय गरिरहेको क्यानले जानकारी दिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले आफ्नो स्थानीय तहभित्र हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा आवश्यक सहयोगका लागि शुक्रबार शुक्रबार बिहान क्यान पदाधिकारीसँग छलफल गरेका थिए ।

‘हाम्रो नगरमा पहिलोपल्ट कागेश्वरी मनोहरा नगरपालिकामा पहिलो पटक हुँदैछ । यसलाई सफल पार्ने हाम्रो पनि दायित्य हो । क्यानलाई सहयोग गर्नेछौं,’ नगरप्रमुख कार्कीले अनलाइनखबरसँग भने ।

चाबहिलबाट मुलपानी मैदान जाने बाटो धुलाम्य छ । त्यति मात्रै होइन मुख्य सडक छोडेर क्रिकेट मैदान तर्फ उकालो लाग्ने सुरुकै मोडको बाटो मर्मतको पर्खाईमा छ । क्रिकेट मैदानमा पानी र विजुली उपलब्ध छैन ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा डेढ दशकअघि निर्माण भएको यो मैदानको विकेटमा प्रश्न उठ्ने गरेको छ । क्यानले बंगलादेशबाट क्युरेटर बोलाएर पीच स्तरीय बनाउने तयारी थालेको छ ।

यो मैदानमा ७ वटा पीचहरु छन् । यो प्रतियोगितामा तीनवटा पीच प्रयोग गरिनेछ । मैदानमा अहिले स्तरीय घाँस रोप्ने र मैदान फराकिलो बनाउने काम भइरहेको छ । ७० मिटरको बाउन्ड्री लाइन ३ तिरबाट बढाएर ७५ मिटरको बनाइएको छ । अन्तर्राष्ट्रिय मापदण्ड मिलाउन त्यसो गरिएको क्यानले जनाएको छ ।

मैदानको पश्चिमतर्फ रहेको दुईतल्ले पेविलियन भवलको सरसफाईसहित ड्रेसिङ रुमको फर्निसिङ, शौचालय मर्मतको कार्य भइरहेको छ । धुलाम्य रहेको ड्रेसिङ रुममा दुवैतर्फ १२/१२ वटा गरी दराज र सिटिङ डेस्कहरु बनाइँदै छ । फर्निसिङको काम एक हप्तादेखि १० दिनमा सकिने क्यानको भनाई छ ।

प्रतियोगिता आउन तीन साताको समय बाँकी रहँदा क्यानले मैदान प्रवेशद्धारमा रहेको नाली व्वस्थित गर्नु पर्नेछ, दर्शकका लागि भनेर छुट्याइएको भिरालो चौर सम्माएर केही व्यवस्थित बनाउनु पर्नेछ । दर्शकका शौचालय निर्माण गर्नुपर्नेछ ।

त्रिवि मैदानमा १५ हजारबढी दर्शक अट्ने चौर भए पनि मुलपानी मैदानमा भने दर्शकका लागि दक्षिण पूर्वको क्षेत्रमा एकदमै सीमित ठाउँ छ । यो मैदानमा नेपालले पनि समूह चरणको एक खेल खेल्नेछ । वैशाख ११ गते साउदी अरेबियासँगको खेल हेर्न जाने घरेलु दर्शकका लागि मूलपानीको सीमित दर्शकदिर्घा पर्याप्त नहुनसक्छ ।

‘हामीले पाएको यो अवसरलाई हामीले गम्भीर रुपमा लिएका छौं । हामीले मैदानमा चौतर्फी सुधार गरिरहेका छौं,’ निर्माण क्षेत्रको रेखदेखमा रहेका क्यान कोषाध्यक्ष रोशनकुमार सिंहले भने, ‘म आफैंले पनि श्रीलंका गएर अन्तर्राष्ट्रिय ड्रेसिङ रुम हेरें, त्यसपछि हाम्रो स्तर थाहा भयो । अहिले सक्दो स्तरीय बनाउने कोसिस गरेका छौं ।’

सन् १९९८ मा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा एसीसी ट्रफीको आयोजना गरेको थियो । त्यतिबेला किर्तिपुर मैदान भर्खर निर्माण गरिएको थियो । त्यसबाहेक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दुईवटा मैदान र जावलाखेलस्थित सेन्ट जेभियर्स मैदानमासमेत अन्तर्राष्ट्रिय खेल आयोजना गरिएका थिए ।

पछिल्लोपल्ट सन् २०१३ मा एसीसी टी-२० कप आयोजना गर्दा किर्तिपुर मैदान र पुल्चोक इन्जिनियरिङ मैदानलाई प्रयोग गरिएको थियो । त्यतिबेला मूलपानी मैदान तयार भइसके पनि सुरक्षा र पीचकै समस्याले प्रयोग गरिएको थिएन ।

पीचको समस्या समाधान होला ?

मूलपानी मैदानको पीचमा डवल बाउन्स र टर्निङ विकेटको परम्परागत समस्या हो । राष्ट्रिय प्रतियोगितामै अनुभवी घरेलु क्रिकेटरहरु भुक्तभोगी भइसकेका छन् । समस्या समाधानका लागि क्यानले बंगलादेशका क्युरेटर अब्दुल मलमामुमले काम गरिरहेका छन् ।

विशेषज्ञ क्युरेटरले आसन्न प्रतियोगितासम्म पीचको समस्या समाधान गर्ने विश्वास कोषाध्यक्ष सिंहको छ । ‘खेलाडीहरुबाट आएको गुनासो समाधानकै लागि हामीले उहाँलाई जिम्मेबारी दिएका छौं । उहाँसँग पीच राम्रो बनाउन पर्याप्त समय छ,’ क्यान कोषाध्यक्ष सिंहले अनलाइनखबरसँग भने ।

विगत २ वर्षयता मूलपानी मैदानको पीचमा काम गरिरहेका प्रफुल्लसागर प्रधान, सिनियर क्युरेटर अजय पाण्डेलगायत पीच सुधारका लागि काम गरिरहेका छन् । ‘पीचको अवस्थाबारे खेलाडीहरुको गुनासो जायज थियो । यहाँको अवस्था राम्रो थिएन,’ प्रधानले अनलाइनखबरसँग धनेका छन्, ‘पहिला हामीसँग त्रिविको जत्तिको पनि उपकरण थिएन । अहिले उपकरण ल्याउने तयारी भइरहेको छ । प्रतियोगिता अघिसम्म मापदण्डअनुसार गर्नेछौं ।’

उनले पीचका लागि आवश्यक स्तरीय माटो नभेट्दा समस्या भएको स्वीकारे । यसपाली राम्रो हुने उनको विश्वास छ । मूलपानी मैदानको भौगोलिक अवस्थिति र खुल्ला स्थान हुनुका कारण पनि विहानको विकेटमा बल टर्निङ हुने गरेको क्युरेटर प्रधानको दावी छ ।

‘काठमाडौंमा अन्यभन्दा चिसो मौसम छ । त्यसमध्ये मुलपानी अझै उचाईमा छ र टाकुरोजस्तो छ । त्यसैले बिहानको इनिङ्समा बल टर्न धेरै नै हुन्छ,’ उनले थपे ।

‘ड्रप-इन पिच’को सम्भावना छ ?

अन्तर्राष्ट्रिय क्रिकेटमा सदावहार विकेट कण्डिसन बनाइराख्न आवश्यकता अनुसार राख्ने र निकाल्न सकिने प्रविधिको पीच प्रयोगमा आउन थालेको छ । यसले जस्तोसुकै परिस्थितिमा पनि विकेटमा उठ्नसक्ने प्रश्नलाई कम गर्ने अपेक्षा छ ।

नेपालमा अहिलेसम्म यसको प्रयोग भएको छैन । क्यान कोषाध्यक्ष सिंहले पनि तत्कालका लागि ड्रप इन पीचको सम्भावना नरहेको तर्क गरे । ‘बंगलादेशी क्युरेटरसँग कुरा भइसकेको छ । उनी अहिले सबैकुरा परीक्षण गरिरहेका छन् । उनकै सल्लाहमा यही पीच खेल्न योग्य बन्छ भन्ने विश्वास छ,’ उनले थपे, ‘ड्रप-डन पीच’का ल्याउन हाम्रो आर्थिक क्षमताले पुग्दैन ।’

स्तरीय पीच निर्माणका लागि क्यानसँग स्तरीय र पर्याप्त उपकरणसमेत छैन । यतिसम्म कि क्यानसँग भएको एउटा रोलर किर्तिपुर र मूलपानीमा पालैपालो प्रयोग गर्ने गरिएको छ । क्यानले १५ दिनभित्र पीचसहित अन्य तयारी सम्पन्न गर्ने लक्ष्य लिएको छ । ‘हामीसँग रोलर, सुपर सपर, पीच कटर, पीच कभर चाहिन्छ । चार किसिमको रोलर मात्रै चाहिन्छ । यो सबै प्रतियोगिता अघि नै आउँछ भन्ने आशा छ,’ क्युरेटर प्रधानले भनेका छन् ।

कम्पाउन्ड बाहिरको व्यवस्थापनका नगरपालिकाले गर्ने

मुलपानी मैदानलाई अन्तर्राष्ट्रियकरण गर्न लागिए पनि मैदान बाहिरको समस्या पनि कम छैनन् । सडक समस्या, विद्युत आपूर्ति, पानी, सुरक्षा चुनौती, सरसफाइ र मैदान नै भूस्खलनको जोखिममा छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कार्कीले २० वर्ष अघि यहाँका जनताले देखेको सपना पूरा गर्न क्यानसँग हातेमालो गर्न लागिएको बताए । ‘केही व्यवस्थापकीय पक्षमा सहयोग समिति बनाएर क्यानलेसक्नेमा क्यानले र स्थानीय सरकारले सक्ने स्थानमा स्थानीय सरकारबाट सहयोग हुनेछ,’ प्रमुख कार्कीले भने ।

क्यान कोषाध्यक्ष सिंहले बाहिरी व्यवस्थापनको पक्षमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको बताए, ‘विजुलीको लागि हामीसँग भएको मात्रा पर्याप्त छैन । त्यसैले यहाँ अगाडी नै एउटा ट्रान्समिटरको आवश्यकता छ । खानेपानी हामीले भित्रका लागि ल्याइसकेका छौं । बाहिर दर्शकका लागि नगरप्रमुखसँग कुरा भइसकेको छ । उहाँले मलाई विश्वास्तता दिलाउनु भएको छ ।’ उनले थपे ।

नगरपालिकाले दर्शकका लागि चौर, सडक, खानेपानी, विद्युत, सरसफाई र सुरक्षा तथा पार्किङमा समन्वय र सहयोगको आश्वासन पाएको सिंहले बताए ।

यसरी बनेको थियो मूलपानी (माथिल्लो) मैदान

मूलपानीको माथिल्लो मैदान २०६३ सालमा निर्माण सुरु भएको हो । नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष विनयराज पाण्डेको पहलमा एसियाली क्रिकेट काउन्सिल -एसीसी)ले १ करोड रुपैयाँ दिएपछि यो क्रिकेट मैदान निर्माणको काम सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको जग्गा लिजमा लिएर क्यानले मैदान निर्माण प्रक्रिया थालेको हो । माथिल्लो मैदान बनाउँदा बालुवाको ठूलो थुप्रो हटाएर जमिन सम्याउने काम भएको तत्कालीत अध्यक्ष पाण्डे स्मरण गर्छन् ।

२०६४ सालमा मूलपानीमा त्यो मैदानका लागि सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गर्यो । त्यतिबेला क्रिकेटका लागि ठूलो रकम विनियोजन हुनुका पछाडि पनि रोचक कारण छ ।

‘हामीले नियमित सोल्टी सुपर सिक्स प्रतियोगिता गर्दैआएका थियौं । त्यो संस्करणमा अर्थ, खेलकुदसहित नेपाल सरकारका ८ जना सचिवलाई हामीले सुपर सिक्स खेलाएर क्रिकेट खेलको पहिचान र महत्वबारे बुझाउन सक्यौं,’ पाण्डे स्मरण गर्छन्, ‘त्यही वर्ष सरकारले हामीलाई यो मैदान स्तरोन्नत्तिका लागि बजेटको व्यवस्था गरेको हो ।’

सरकारी बजेट आएपछि क्यान आफैंले मैदानको स्तरोन्नत्ति, विकेट निर्माण र पश्चिमतर्फ दुईतल्ले सुविधासम्पन्न पेविलियन भवलको निर्णण गरेको हो । सरकारले दिएको ४ करोडमध्ये मूलपानीका लागि ३ करोड खर्च भएको र १ करोड रुपैयाँ रुपन्देहीको भैरहवामा सिद्धार्थ क्रिकेट रंगशाला निर्माणको थालनी गरिएको तत्कालीन क्यान अध्यक्ष पाण्डेले बताए ।

मैदान स्तरोन्नत्ति सकिएपछि पाकिस्तान क्रिकेट बोर्डसँगको समन्वयमा क्युरेटर बोलाएर स्तरीय पीच निर्माण गरिएको हो । पाकिस्तानी क्युरेटरको सम्पूर्ण खर्च पाकिस्तान क्रिकेट बोर्डले नै ब्यहोरेको थियो । त्यसयता घरेलुस्तरमा राष्ट्रिय र स्थानीय क्रिकेट प्रतियोगिताहरु नियमित आयोजना हुँदै आएका छन् ।

एक दिवशीय राष्ट्रिय प्रतियोगिता गर्दा क्यानले हरेकपल्ट मूलपानी मैदानलाई त्रिवि मैदानपछिको बैकल्पिक मैदानका रुपमा प्रयोग गर्दै आएको छ । तर, त्यहाँ अहिलेसम्म अन्तर्राष्ट्रिय खेल भने आयोजना भएको छैन ।

फोटो/ भिडियोः विकास श्रेष्ठ



from Online Khabar https://ift.tt/QfVOCgm

किराए पर AC, फ्रिज लेने का प्लान बना रहे हैं? बुकिंग से पहले ये काम करिए, नहीं लगेगी चपत

सामान किराए पर देने वाली कई वेबसाइट्स कम से कम रेंट पर सामान देने का दावा करती हैं. देती भी हैं. पर सालभर के किराए में आप सामान की आधी या कई बार उससे भी ज्यादा कीमत चुका देते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/LjoqMNm

सुदूरपश्चिमका जनताको पीडा र अपमान नदेख्ने शासक

कुरा २०३७ सालतिरको हो । हामी अमृत साइन्स क्याम्पसको विद्यार्थीको रूपमा भारतका विभिन्न शहरको शैक्षिक भ्रमणमा गएका थियौं, लखनऊबाट काठगोदाम हुँदै पहाडकी रानी भनेर चिनिने नैनीताल पनि गयौं । पोखराका फेवा, वेगनास र रूपातालको भ्रमण गरिसकेको सन्दर्भमा पहाडकी रानी भनिने ठाउँमा अवस्थित नैनीताल विशाल र सुन्दर होला भन्ने सोचिएको थियो । तर, त्यसको विपरीत पहाडको खोंचमा नहर मार्फत पानी थुनेर बनाइएको सो ताल हेर्दा हाम्रो पोखराका तालहरूसँग तुलनै गर्न नसकिने लाग्यो ।

आजभन्दा ४२ वर्ष अगाडि नै पर्यटनका लागि चाहिने सबै पूर्वाधार बनेका थिए । सँगसँगै भारतका प्रतिष्ठित नेता तथा व्यापारीका छोराछोरीहरूले समेत अध्ययन गर्ने स्कुलहरू एकसे एक भएको हुँदा त्यो ठाउँको पर्यटकीय मात्रै नभइकन शैक्षिक महत्व पनि रहेको थियो । त्यही नैनीतालको शेरउड भन्ने स्कुलमा भारतीय चलचित्रका महानायक अमिताभ बच्चन र प्रधानमन्त्री राजीव गान्धीले समेत अध्ययन गरेका थिए ।

पर्यटक रमाउने गरी पूर्वाधार विकास गरेको देख्दा त्यतिबेला हाम्रा पर्यटकीय गन्तव्यहरू भर्खर वामे सर्दै गरेको भान हुन्थ्यो । त्यतिबेला पनि त्यहाँको सानो बसपार्कमा हातमा नाम्लो र कसैकसैले पछाडि बोरा बोकेका भरियाहरू हरेक सवारी आउँदा दौडेर त्यसमा भएका भारीहरूलाई तँछाडमछाड गर्दै निकालेका देखिन्थे । भारीका लागि छिनाझपटी गर्दा एकापसमा झगडा समेत गरेको देखिन्थ्यो ।

पछि बुझ्दै जाँदा त्यसरी भारी बोक्नको लागि तँछाडमछाड गर्नेहरू सबै नेपाली रहेछन्, त्यो पनि सुदूरपश्चिमका विभिन्न जिल्लाका । आज भन्दा ४२ वर्ष अगाडिको सो दृश्य पुनः ताजा र ज्वलन्त भयो, जब मैले कान्तिपुर टेलिभिजनबाट प्रसारित विद्या चापागाईं प्रस्तोता र कमलकुमार निर्देशक रहेको ‘हेर्ने कथा’को १०१औं शृंखला हेरें । यो वृत्तचित्र कुनै बेला नेपालकै एउटा भूभाग रहेको कुमाउ-गढवालको पिथौरागढमा वर्षौंदेखि अपमानित जीवनमा पनि आफ्नो रोजीरोटीका लागि अनवरत संघर्षरत नेपाली भरियाको हृदयविदारक जीवनलाई चित्रित गर्दै बनाइएको रहेछ ।

त्यसो त नेपाली मूलधारका मिडियाले रिपोर्टिङको लागि कम योग्य सम्झेका पुछारमा रहेका आम मान्छेका कथा, व्यथा र पीडालाई ‘हेर्ने कथा’ले देखाउने गर्छ । त्यस्तै शृंखलामध्येको एक यो पनि हो । तर यसले भुईंमान्छेको कथा-व्यथा मात्रै देखाएको छैन, एकैसाथ देशप्रतिको भावना र प्रेम, राजनैतिक व्यवस्थाप्रति असन्तुष्टि र कटाक्षसँगै नेपाल र नेपालीप्रतिको आफ्नोपन पनि देखाएको छ ।

‘हेर्ने कथा’ मेरो विचारमा यस्तो वृत्तचित्रहरूको शृंखला हो, जसले विना उद्देश्य, विना पटकथा, विना कथा जे भेटिन्छ त्यसको छायांकन गर्दै जान्छ र पछि त्यसलाई कथाको स्वरूप दिएर दर्शकको सामु प्रस्तुत गरिन्छ । यसको शृंखलामा यसका प्रस्तोता र निर्देशकद्वय विद्या चापागाईं र कमलकुमार आफैं पनि त्यसका पात्र तथा सूत्रधार भइदिन्छन् । उनीहरूको मलाई मनपर्ने अर्को शैली हो, पात्रहरूको भोगाइलाई जस्ताको तस्तै राख्नु । उनीहरूको अवस्थालाई असर पार्ने शासक वा शासन व्यवस्था प्रति पनि कुनै आग्रह वा पूर्वाग्रह नदेखिनु ।

उनीहरू समाजशास्त्रका विद्यार्थी वा अध्येता हुन् कि होइनन् मलाई थाहा छैन, तर उनीहरूका हरेक प्रस्तुति समाजशास्त्रीय हिसाबले बेजोड हुन्छन्, भन्नु र भनाउनु पर्ने विषयहरूलाई पात्र मार्फत नै व्यक्त गराइएका हुन्छन् । यी दुई प्रस्तोताहरू कठिन भन्दा कठिन र दुर्गम भन्दा दुर्गम ठाउँमा आफैं पुगेका र पात्रहरूसँगै खाने, बस्ने र रमाउने गरेका हुन्छन् ।

कतिपय सन्दर्भमा उनीहरूको पहिरनलाई फरक नदेख्ने हो भने मानौं उनीहरू पनि पात्रमध्येकै पात्र हुन् । खानाको लागि पनि पात्रहरूसँग जे उपलब्ध छ वा उनीहरूले जे खान्छन् काठमाडौंकी सम्भ्रान्त महिला विद्याले पनि त्यही खाइरहेकी हुन्छिन् । यो अर्थमा उनको पत्रकारिता बेजोड मात्रै नभइकन अन्यका लागि अनुकरणीय छ । उनीहरूको कथालाई अन्त्य गर्ने शैली पनि मलाई रोचक लाग्छ, त्यसमा न त कुनै समाधान देखाइएको हुन्छ न त समस्या, यो सबै सोच्ने र गर्ने जिम्मा संभवतः उनीहरूले दर्शकलाई नै छोड्न चाहेका हुन् । हेर्ने कथाको अर्को सशक्त पक्ष भनेको यसको शीर्ष गीत, जो यति कर्णपि्रय छ कि यसले समेटेका दृश्यहरू हेर्दा मनलाई भावुक बनाइदिन्छ । नेपालका भुईंमान्छेहरूको जिन्दगी सबैको यस्तै हो भनेर सोच्नुपर्ने बनाइदिन्छ ।

मैले चर्चा गर्न लागेको पिथौरागढमा जीवन बिताइरहेका नेपाली भरियाहरूको कथालाई हेर्दा यसका दृश्यहरूले दर्शकलाई भावुक मात्र बनाइदिन्न आँशु समेत निकालिदिन्छ । सामान्यतया चलचित्रहरूले देखाउने दृश्यहरू हाम्रो सामाजिक तथा पारिवारिक जीवनसँग जोडिएका हुन्छन् र कुनै मार्मिक दृश्यहरू आए भने दर्शकको आँखामा स्वतः आँशु आउँछ तर आम वृत्तचित्रमा त्यस्तो कमै हुन्छ, किनभने त्यसमा कुनै नाटक हुँदैन, न त यसमा अत्यधिक सिर्जनात्मकता प्रयोग गरिएको हुन्छ ।

तर यो कथाका धेरै पात्र र दृश्यले भावुक बनाइदिन्छ । उनीहरूले त्यहाँ कुनै ठूलो उपलब्धिको लागि संघर्ष गरिरहेका हुँदैनन्, केवल बाँच्नको लागि संघर्ष गरिरहेका हुन्छन् । अहिले हामी एक्काइसौं शताब्दीमा छौं । संसार कहाँबाट कहाँ पुगिसक्यो, तर हाम्रा सुदूरपश्चिमका नेपाली दाजुभाइ पलपलमा हुने अपमान सहेर बाँच्नकै लागि छिमेकी देशमा संघर्ष गर्नु परेको देख्दा कसलाई चित्त बुझ्ला ?

दर्शकको रूपमा तीनवटा दृश्यहरूले मेरो मन छियाछिया मात्र भएन, आँखाबाट धरधरी आँशु समेत आयो । एकजना भरिया पिथौरागढमा एक दशक भन्दा बढी समयदेखि छन् । उनले संवाद गर्दै जाने क्रममा आफ्नो सम्झेर उनीहरूको दृश्य खिचिरहेकी आफ्नो देशकी चेली विद्यालाई आफ्नो सुरुवालको भित्री खल्तीबाट झिकेर ५०० भारु दिन्छन् । ५०० विद्याका लागि कुनै ठूलो रकम होइन र आवश्यकता पनि तर ती भरियाले कर गरेर दिंदा उनले आफ्नो आँशु थाम्न सक्दिनन् । एउटा कुनामा गएर भक्कानिन्छिन् । त्यो दृश्य हेर्दा दर्शकले पनि आँशु थाम्न सक्ने कुरा भएन ।

एउटा सामूहिक बसाइमा रहेका धेरै भरियाले पेट भर्नको लागि सुक्खा रोटी ग्याँसमा बनाइरहेको देखाइन्छ । आफ्ना लागि बनाएको रोटी विद्यालाई पनि दिइन्छ तर त्यसमा कुनै दाल र तरकारी हुँदैन, रोटी माथि मुलाका चाना राखिएको हुन्छ त्यही रोटी विद्याले पनि खान्छिन् । दिनभरि अत्यन्तै बल पर्ने कठिन काम भारी बोकेर पनि साँझ मीठो चोखो खानुको सट्टा रोटी र मुलाले पेट भरेको दृश्य देखिन्छ । उनीहरूको कति धेरै कष्टपूर्ण जीवन रहेछ ? कथामा देखाइए अनुसार पिथौरागढका भारतीयहरूले नेपालीलाई गर्ने पलपलको अपमान र शोषण पनि हो ।

राम्रो गर्नेले महिनामा ३० हजारसम्म कमाउने नत्र १०/१२ हजार कमाउने, आफूले सुक्खा रोटी मुलाको चानासँग खाएर बचेको पैसा घरमा पठाउने । धेरै जसोले त भारी बोक्दा जति कबोल गरेको छ त्यति दिने तर कसै कसैले ५०० भनेको ठाउँमा पैसै नदिने र दिएमा पनि थोरै दिने र पिटेर समेत पठाउने गर्छन् भन्दा कुन हदको अपमान र शोषण रहेछ, थाहा हुन्छ ।

यो एउटा पुस्तामा मात्रै सीमित हो कि भन्ने लाग्छ तर ४० वर्षदेखि त्यहीं पसिना बगाइरहेकाहरूले आफ्नो छोरा र कतिपयले परिवार समेत त्यहीं लगेर राखेको देखिन्छ । दोस्रो पुस्ताका युवा भन्छन्, ‘देशमा रोजगारी भएको भए यहाँ किन आउनुपर्थ्यो  !’

त्यहाँ पुगेका महिलाहरूले पनि कुचो, पोछा लगाउने तथा भाँडा माझेर बसेको बताउँछन् । यदि देशमा बस्ने वातावरण भएको भए हामी यहाँ भारतीयहरूको हेपाइ खान किन आउँथ्यौं भन्छन् । उनीहरूलाई राजनैतिक रूपमा समेत अपमान गर्दै भनिन्छ, ‘तिमीहरूको देश अब गणतन्त्र भइसक्यो अब चीनले तिमीहरूलाई हेर्छ, तिमीहरू त्यता नगएर किन यहाँ आउँछौं ?’ यसैबाट थाहा हुन्छ, उनीहरूले कुनस्तरको अपमान सहेका रहेछन् भन्ने ।

उनीहरूको देशप्रेमको कुरा गर्दा ती पात्र भन्छन्, ‘पिथौरागढको डाँडाबाट पारिपट्ट बैतडीका विभिन्न ठाउँ देखिन्छ । ती ठाउँहरूलाई देख्दा पनि एकदम सन्तोष लाग्छ र आफ्नो देशको तिर्सना केही हदसम्म भए पनि मेटिन्छ । कहिलेकाहीं पुल पार गरेर नेपालको माटो छुन पाउँदा आफू धन्य भएको जस्तो लाग्छ ।’

कुनै समय कुमाउ-गढवाल क्षेत्र नेपालको आफ्नै भूमि थियो, पिथौरागढमै वीर बलभद्र तथा अमरसिंहले बनाएको किल्ला पनि रहेछ । अन्त्यमा विद्या भन्छिन्, ‘कुनै बेला ती बलभद्र र अमरसिंहको वीरताको कथा भन्ने ठाउँमा अहिले हजारौं बलभद्र र अमरसिंहहरू बाँच्नको लागि संघर्ष गरिरहेका छन् ।’

यो हेर्ने कथाको शृंखला हेरेपछि मन अमिलो भयो । हामीले शासन व्यवस्था त फेर्‍यौं । देउवा, ओली र प्रचण्डहरूलाई पटक-पटक सत्तामा पुर्‍यायौं तर यी भुईंमान्छेहरूलाई स्वदेशमै राख्ने काम त के प्रयास समेत भएको देखिंदैन । अनि मलाई भन्न मन लाग्यो- धिक्कार छ हाम्रा शासकहरूलाई !



from Online Khabar https://ift.tt/02agICu