Friday, March 24, 2023

वीरगञ्ज यूनाइटेड क्वाटर फाइनलमा

१० चैत, बारा । वीरगञ्ज युवा क्लव १३ औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

बागमती युवा क्लबलाई ३-० ले पराजित गर्दै वीरगञ्ज यूनाइटेड क्लबले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोस्रो हाफमा वीरगञ्ज हाबी भयो ।

बागमतीविरुद्ध खेलको ५४औं मिनेटमा विवेक चौधरीले अग्रता लिए । १-० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले ५६औं मिनेटमा अग्रता दोब्बर पारे ।

खेलको ८४औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगञ्जलाई ३-० को फराकिलो अग्रता दिलाए ।

वीरगञ्जको जीतमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हातपारे ।

प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाइनल खेलमा शनिबार केबिए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुनेछ ।

भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।



from Online Khabar https://ift.tt/92mzD5e

No comments:

Post a Comment