Saturday, March 11, 2023

यू-२० महिला एसियन कप छनोट : नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग खेल्दै

२८ फागुन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको समूह ए को अन्तिम खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग खेल्दैछ ।

नेपाल र नर्दन मारियाना आइल्याण्डसँग फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानिय समय अनुसार दिउँसो तीन बजे सुरु हुनेछ । आजको खेल बराबरी खेले पनि नेपाल दोस्रो चरणमा छनोट हुनेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली प्यालेस्टाईनलाई ६-० ले पराजित गरेको थियो ।

नर्दन मारियाना आइल्याण्डभने प्यालेस्टाईनसँग ३-१ ले पराजित भएको थियो ।

समूह विजेता बन्ने टोली मात्र दोस्रो चरणमा प्रवेश गर्नेछ ।

छनोटको पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ८ समूहको विजेता (८ टोली ) दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणमा ८ टिमलाई  दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

नेपाली टोली

गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान



from Online Khabar https://ift.tt/AGmE2Do

No comments:

Post a Comment