Sunday, March 19, 2023

रियलमाथि बार्सिलोनाको पुनरागमन जित, १२ अंकको अग्रता

६ चैत, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको एल क्लासिको खेलमा शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई २-१ ले  पराजित गरेको छ ।

फ्रांक केस्सीले इन्जुरी टाइममा गोल गरेपछि घरेलु मैदानमा बार्सिलोनाले एक गोलले पछि परेको स्थित उल्ट्याएर पुनरागमन जित निकालेको हो ।

खेलको नवौं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराजोले आत्मघाती गोल गरेपछि रियलले १-० को अग्रता बनाएको थियो ।

४५औं मिनेटमा बार्सिलोनाका सर्जी रोबर्टोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि बराबरीतर्फ अग्रसर खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

जितपछि बार्सिलोनाले २६ खेलबाट ६८ अंक जोडेर रियलमाथि १२ अंकको अग्रता कायम गरेको छ ।

समान खेलबाट रियलको ५६ अंक छ ।



from Online Khabar https://ift.tt/axmo2sb

No comments:

Post a Comment