Thursday, March 16, 2023

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ । शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।

प्रमिलाले उम्मेदवारी फिर्ता लिएको र रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।  तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।



from Online Khabar https://ift.tt/n6JAr1l

No comments:

Post a Comment