Sunday, March 19, 2023

दाङको देउखुरी क्याम्पसमा वामपन्थी विद्यार्थीको प्यानल विजयी

६ चैत, दाङ । दाङको देउखुरी बहुमुखी क्याम्पसमा वामपन्थी विद्यार्थीको संयुक्तको प्यानल विजयी भएको छ ।

प्यानलबाट अखिल (क्रान्तिकारी)का भरत भुसालले ४५४ मत प्राप्त गर्दै सभापतिमा  विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका शिशिर वलीले ३१९ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा अनेरास्ववियुका विकास भट्टराई र कोषाध्यक्षमा विशाल पौडेलले निर्वाचित भएका छन् ।

क्याम्पसमा जम्मा एक हजार १३९ मतदाता रहेकोमा ७८६ जनाको मत खसेको थियो ।

क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौ)को गठबन्धन थियो । 



from Online Khabar https://ift.tt/lW1C5ZJ

No comments:

Post a Comment