२८ जेठ, काठमाडौं । बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गरेको छ ।
काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवार समेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ ।
त्यही प्रतिशोध साध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे काँग्रेसको ठहर छ ।
from Online Khabar https://ift.tt/358CLvF
No comments:
Post a Comment