२६ जेठ, काठमाडौं । वैकल्पिक खेलाडी ओलिभर जिरुड लुईले दुई गोल गरेपछि फ्रान्सले मैत्रीपूर्ण खेलमा बुल्गेरियालाई ३-० ले पराजित गर्दै युरोकपको तयारी सकाएको छ ।
मंगलबार राति घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा एन्टोनी ग्रीजमनले पनि गोल गरेका थिए ।
ग्रीजमनले २९औं मिनेटमा बाइसाइकल किकमार्फत उत्कृष्ट गोल गर्दा फ्रान्सलाई अग्रता दिलाएका थिए।
४१औं मिनेटमा करिम बेन्जामाको स्थानमा मैदान प्रवेश गरेका जिरुडले अन्तिम १० मिनेटभित्र दुई गोल गरे । उनले ८३औं मिनेटमा बेन्जामिन पाभार्डको पासमा गोल गरे भने ९०औं मिनेटमा विसम बेन येडरको पासमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए।
यही जुन ११ देखि सुरु हुने युरोकपमा फ्रान्स ग्रुप अफ डेथमा छ । समूह एफमा फ्रान्ससँगै साविक विजेता पोर्चुगल, जर्मनी र हंगेरी छन् ।
from Online Khabar https://ift.tt/3zaIKxL
No comments:
Post a Comment