१८ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । यद्यपि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ ।
बिहीबार बसेको सो समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका थिए ।
खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान छ ।
ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन्, जसमा पूर्वमाओवादीका २० जना सदस्य छन् ।
from Online Khabar https://ift.tt/3hqWTPn
No comments:
Post a Comment