भनिन्छ, प्रेममा हुन र प्रेम पाउनु संसारकै आनन्ददायक क्षण हो । तर, कहिले काहीँ हामी यस्तो प्रेममा दूरी बनाउन खोज्छौं । यसका केही कारण छन् ।
कतिपय हाम्रा अनौठा व्यवहार पनि यसको जिम्मेवार छन् । आखिर कारण के हुनसक्छ, जसले हाम्रो प्रेम-सम्बन्ध टुट्छ ? वा प्रेम सम्बन्ध बनाउन नै सक्दैनौं ?
तपाईं अहिले पनि पुरानै दिनमा हराइरहनुभएको छ
कुनै नयाँ सम्बन्ध सुरुवात नहुनको सबैभन्दा ठूलो कारण हो कि हामी विगतकै सम्झनामा अल्भिmएर बसिरहेका हुन्छौं । विगतका सम्बन्धलाई लिएर हाम्रो मनमा कतिपय नराम्रा क्षणहरु संग्रहित हुन्छन् । सोही कुरा सम्भिmएर हामी भित्र भित्रै आतंकित भइरहेका हुन्छौं । अतः कुनैपनि सम्बन्धबाट यस्तै किसिमको पीडा मिल्छ भन्ने मनोविज्ञान गहिरोसँग गाडिएको हुन्छ । यसरी द्विविधाग्रस्त मानसिकता बोकेर पुरानो दिनमा हराइरहँदा पनि हाम्रो नयाँ सम्बन्धहरु स्थापित हुन सक्दैन ।
तपाईं एकदमै दोधारमा हुनुहुन्छ ?
कसैप्रति आकषिर्त हुनु स्वभाविक र सजिलो छ । तर, त्यहाँसम्म आफ्नो सम्बन्ध विस्तार गर्नु सोचेजस्तो सहज छैन । आफुप्रति अरुको धारणा के होला ? आफ्नो बोली-व्यवहारले अरुलाई प्रभावमा पार्न सकिएला वा नसकिएला ? यस्तै कुराले हामीलाई दोधार बनाइरहन्छ । अतः हामी नयाँ सम्बन्धका लागि कदम उठाउन सक्दैनौं ।
पुरानो साथीसँग तुलना
खुसी रहनु र जीवनमा अगाडि बढ्नुछ भने त्यसको सबैभन्दा पहिलो मन्त्र हो, तुलना गर्ने बानी हटाउनुपर्छ । तर, यो मन्त्र सुन्नमा जति सजिलो लाग्छ, व्यवहारिक जीवनमा उतार्नका लागि उत्तिकै कठिन पनि । आखिर मान्छेको स्वभाव न हो, हरेक कुरामा तुलना गरेर हेर्छौं ।
कुनैपनि सामान खरिद गर्नका लागि यसरी तुलनात्मक दृष्टि राख्न सकिएला । तर, प्रेम-सम्बन्धमा यसरी नै तुलना गर्नु हानिकारक हुन्छ । आफ्ना नयाँ साथीलाई अरुसँग तुलना गरेर हेर्ने वा अपेक्षा गर्ने बानीले अन्ततः सम्बन्धलाई अगाडि बढ्न दिदैन । किनभने हरेक मान्छे आफैमा भिन्न हुन्छन् र आफुले सोचेजस्तो सबैकुरा ठीकठाक पाउन संभव हुँदैन । जो जस्ता छन्, त्यही रुपमा स्विकार गर्नु उचित हुन्छ ।
समझदारी र समर्पण नहुनु
प्रेम सम्बन्धलाई टिकाइराख्नका लागि धेरै कुरामा समझदारी जरुरी हुन्छ । एकअर्कालाई बुझ्ने, एकअर्काको भावनालाई सम्मान गर्ने, आफ्ना कतिपय अडानहरु छाड्ने, अरुको व्यवहारलाई स्विकार्ने गुण चाहिन्छ । जब हामी आफुलाई केन्द्रमा राखेर मात्र सबैकुरा सोच्छौं, सबै कुराको निर्णय गर्छौं, त्यसले कुनैपनि सम्बन्धलाई अगाडि बढ्न दिदैन । त्यसले जरुरी हुन्छ, प्रेम सम्बन्धलाई टिकाइराख्नका लागि समझदारी र समर्पण चाहिन्छ ।
अरुको गल्ती खोज्ने
कतिपय मान्छेको स्वभाव के हुन्छ भने, अरुको गल्ती खोज्ने । अरुको कमजोरीमाथि बढी चियोचर्चा गर्ने । यस किसिमको स्वभाव नै बाधक हो, प्रेम सम्बन्धका लागि । मान्छेमा कुनै न कुनै कमजोरी हुन्छ । सबै मान्छे सबै कुरामा पोख्त हुँदैनन् । मान्छेहरु सर्वगुणले सम्पन्न हुँदैन । त्यसैले अरुको कमजोरी खोज्ने प्रवृत्तिले प्रेम होइन, घृणा बढाउँछ ।
from Online Khabar https://ift.tt/3hDYGAA
No comments:
Post a Comment