४ असार, बुटवल । रुपन्देहीको एक गैर सरकारी संस्थाले कोभिड-१९ संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने साढे १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अमेरिकाबाट नेपाल ल्याएको छ ।
भैरहवाको प्रतिमान-निमा स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा दोस्रोपटक ठूलो मात्रामा कोभिड-१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो ।
त्रिभुवन विमानस्थलमा आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० हजार थान पीपीई गाउन, १९ हजार ४ सय ४० थान फेस शिल्ड, ७० हजार थान मेडिकल मास्क, १५ हजार थान एन ९५ मास्क, १६० थान डिजल थर्मामिटर, १५ हजार सात सय ५० थान प्रोटेक्ट फेस शिल्ड रहेका प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।
यस्तै २३ सय ४ थान पीपीई कभर (मिडियम), २३ सय ४ थान पीपीई कभर (ठूलो), ३० थान इमरजेन्सी रिलिफ बेड, १४ लाख थान डिस्पोजेबल ग्लोभ्स र १ लाख २८ हजार थान केएन ९५ प्रोटेक्टिभ मास्क रहेको थापाले बताइन् ।
प्रोजेक्ट होप, एयर लिंक, फ्लेक्स पोर्ट, हेनरी शाइन केयर्स, मेड शेयरको सहकार्यमा आएको स्वास्थ्य सामग्रीहरु संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हन्तान्तरण गरी सातवटै प्रदेशका सरकारी अस्पताललाई आवश्यकता र मागका आधारमा वितरण गरिने प्रतिष्ठानका निर्देशक धर्म केसीले बताए ।
प्रतिष्ठानले यसअघि पहिलोचरणमा अक्सिजन कन्सन्ट्रेटर,अक्सिजन सिलिण्डर, मेडिकल टेन्ट, बाइप्याप मेसिन,आइसीयू बेड, पीपीई, सेनिटाइजरलगायत दुई करोड ७० लाख मूल्य बरावरको स्वास्थ्य सामग्रीहरु लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई वितरण गरेको थियो।
from Online Khabar https://ift.tt/3rkZyyH
No comments:
Post a Comment