Sunday, July 4, 2021

नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

२१ असार, चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ ।

सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए ।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।



from Online Khabar https://ift.tt/3jJ9ikA

No comments:

Post a Comment