२६ असार, काठमाडौं । साउनको तेस्रो साता सेयर बजार समग्रमा घटेर बन्द भयो । सातामा भएका पाँच कारोबार मध्ये अन्तिम दिन बिहीबार दोहोरो अंकले बजार बढेर बन्द भएको थियो ।
बिहीबार बजार बढे पनि बाँकी चार दिन घटेका कारण सतामा नेप्से परिसूचक २७ दशमलव २४ अंकले घटेको छ ।
अघिल्लो २ हजार ८ सय ५२ दशमलव २४ अंकमा रहेको नेप्से परिसूचक २ हजार ८ सय २५ दशमलव १० अंकमा झरेको छ । सातामा सबैभन्दा धेरै आकर्षण उत्पादनमूलक समूहमा देखिएको छ । या समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४३१ अंक अथाएत ७ दशमलव द५७ प्रतिशतले बढेको छ ।
यसबाहेक पनि व्यापार, बैंकिङ र म्युचुअल फण्ड पनि बढेका छन् । व्यापार समूहको सवइन्डेक् ४२ अंकले बढेको छ भने बैंकिङ समूह ४ अंकले बढेको छ ।
उता घट्नेहरुको शिर्ष स्थानमा भने हाइड्रोपावर क्षेत्र देखिएको छ । हाइड्रो सातामा ५ दशमलव २८ प्रतिशतले घटेको छ । घट्ने दोस्रोमा फाइनान्स समूह ३.४२ प्रतिशत र तेस्रोमा लगानी समूह २.२२ प्रतिशत रहेको छ ।
कारोबारमा हिमालय डिस्टीलरी पहिलो
सातामा सबैभन्दा धेरै कारोबार हुनेमा हिमालय डिस्टीलरी लिमिटेडको सेयर देखिएको छ । बिहीबार प्रतिकित्ता ६३ रुपैयाँले बढेर यस कम्पनीको सेयर मूल्य ५ हजार ५ सय २५ रुपैयाँमा बन्द भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो नम्बरमा माथिल्लो तामाकोशी देखिएको छ ।
हेर्नुस् कुन कम्पनीको कति कारोबार :
क्र.सं. | कम्पनीको नाम | कारोबार रकम |
१ | हिमालय डिस्टीलरी | १ अर्ब ३१ करोड ७४ लाख ८८ हजार |
२. | माथिल्लो तामाकोशी | ९५ करोड २५ लाख ३४ हजार |
३. | छिमेक लघुवित्त | ६० करोड २१ लाख ६७ हजार |
४. | निफ्रा | ५९ करोड ८३ लाख ३० हजार |
५. | नेपाल बैंक | ५९ करोड ८१ लाख ३२ हजार |
माथिल्लो तामाकोशीको सेयर मूल्यमा पहिरो
सातामा सबैभन्दा धेरै सेयर मूल्य घट्ने पहिलो नम्बरमा माथिल्ले तामाकोशी देखिएको छ । यो कम्पनीको सेयर मूल्य एक सातामै १०४ रुपैयाँले घटेको छ ।
जुन १२ दशमलव ९४ प्रतिशत हो । यहीँ सातामात्रै तामाकोशी आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । धेरै घट्नेको दोस्रो नम्बरमा भने नेको इन्स्यारेन्स देखिएको छ । तालिकामा हेर्नुस् धेरै मूल्य घटेका कम्पनीहरुः
क्र.सं. | कम्पनीको नाम | घटेको मूल्य (प्रतिशतमा) |
१ | माथिल्लो तामाकोशी | १२.९४ |
२. | नेको इन्स्यारेन्स | १२.१३ |
३. | राधी जलविद्युत् | ९.३३ |
४. | गुहेश्वरी फाइनान्स | ८.८५ |
५. | मल्टिपर्पज फाइनान्स | ८.३३ |
यी कम्पनी जसले धेरै कमाए
सातामा सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा सिभिल लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सेयर मूल्य मसबैभन्दा धेरै ८ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । हेर्नुस् मूल्य बढ्ने अन्य कम्पनीहरुको अवस्थाः
क्र.सं. | कम्पनीको नाम | बढेको मूल्य (प्रतिशतमा) |
१ | सिभिल लघुवित्त | ८.३९ |
२. | राष्ट्रिय बिमा कम्पनी (संस्थापक) | ७.९१ |
३. | छ्याङ्दी हाइड्रो | ७.७७ |
४. | कर्पोरेट डेभलपमेन्ट बैंक | ७.३८ |
५. | हिमालय डिस्टीलरी | ७.०७ |
from Online Khabar https://ift.tt/3r1eWjv
No comments:
Post a Comment