Thursday, July 1, 2021

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

१८ असार, गोरखा । मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ ।

गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।

गोरखा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रामबहादुर खड्काले पुल भत्किएका कारण आउ–जाउ बन्द भएको जानकारी दिए ।

यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ स्थित ढुन्डुरे खोलाले मोटरेवल पुलको दुवै तर्फ कटान गरेकाले सो पुल जोखिममा परेको छ ।



from Online Khabar https://ift.tt/3hbN88R

No comments:

Post a Comment